Wednesday, March 19, 2014

सेलिब्रेटीलाई विश्वकपको ज्वरो, भन्छन्, ‘उत्तेजीत हुनुपर्ने कारण छैन’

          पहिलो खेलमा नै हङकङलाई भारी रनले हराएपछि ‘विश्वकप ‘ट्वान्टी-ट्वान्टी’मा नेपालले आफूलाई बलियो टिमको रुपमा उभ्याएको छ । नेपालले पहिलो खेलमा नै जीत हासिल गरेपछि सिङ्गो नेपाल नै खुशीले गद्गद् छ । यो खुशीबाट नेपाली सेलिब्रेटीहरु पनि टाढा रहन सकेका छैनन् । यतिबेला सबैलाई क्रिकेटको ज्वरोले छोएको छ । कतिपय कलाकारले छायांकन स्थलबाट विश्राम नै लिएर क्रिकेट हेरिरहेका छन् भने कतिपय कामकै बिचबाट नेपाललाई साथ दिइरहेका छन् । एकातिर हलमा सिनेमाहरु ३ घन्टा पनि टिकेका छैनन् । अर्कोतिर तिनै कलाकार क्रिकेट हेर्न मस्त छन् । यसैले यतिबेला नेपाली

अब भित्तामा हैन, हिरोइनको तिघ्रामा फिल्मको प्रचार

                    तिघ्रामा झट्ट धेरैको आँखा जान्छ, सायद यस्तै सोचाई हुनसक्छ नायिका जेनिशा केसीको । यसैले त उनले आफ्नो तिघ्रामा चलचित्र ‘आधी बाटो’को नाम लेखेर प्रचारमा लागिन् । एक कार्यक्रममा जेनिशाको यस्तै क्रियाकलाप देखिदै गर्दा धेरैले कानेखुशी गरे । तर पनि जेनिशा ‘आधी बाटो’लाई जसरी पनि दर्शकको नजरमा पार्न चाहन्थिन् । 
                  निर्माता रमेश त्वयनाको नजिक भएपछि चलचित्रमा उनको हालीमुहाली नै चलेको छ । अर्की नायिका अनु शाह सिनेमाको नाम पनि लिन चाहन्नन् । यसैले त जेनिशाका लागि ‘आधी बाटो’मा जे गरेपनि हुने भएको छ । अर्की नायिका प्रचारबाटै टाढा भएपछि जेनिशाका लागि यो सिनेमा चर्चा पाउने सस्तो माध्यम बनेको छ । 
                     राजधानी भित्रने राजमार्गहरुमा सिनेमाको नाम लेखेर निर्माता निर्देशकहरु प्रचार शैली अपनाइरहेका छन् । तर नायिका केसी पनि आफ्नै तिघ्रालाई प्रचारको भित्तो बनाइरहेकी छिन् । सविन श्रेष्ठ, यश कुमारको समेत अभिनय रहेको यो चलचित्र चैत्र २१ गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रलाई सविर श्रेष्ठले निर्देशन गरेका हुन् । भित्तो छोडेर तिघ्रामा नाम लेखाउने नायिका यो शैलीले सिनेमालाई असर पार्छ या फाइदा, त्यो त भोलीका दिनमा नै थाहा हुनेछ । तर करिअर बचाउने ‘आधी बाटो’को प्रचारका लागि जेनिशा थुप्रै उपाय

लोकसेवासँग गृहको दोहोरी

                 काठमाडौ । चार महिनादेखि नेपाल प्रहरीलाई एआईजीबिहीन बनाएको गृह मन्त्रालयसँग लोकसेवा आयोगको झगडा सुरु भएको छ। प्रहरी नियमावलीको विषयलाई लिएर गृह र लोकसेवा आयोगबीच दोहारी नै चलेको छ। 
                    प्रहरी नियमावली ल्याउनका लागि यसअघि नै लोकसेवा आयोगले अन्तिम पटक भनेर दुई पटक म्याद दिइसकेको छ। तर, दुई अन्तिम पटक भनेर थपिएको ६ महिनाको अवधिमा पनि प्रहरी नियमावली आउन सकेन। गत फागुनको ७ गते म्याद सकियो। त्यसपछि गृहका अधिकारीहरूले लाज पचाएर अब चाहिँ पक्का अन्तिम पटक म्याद थपिदिनुपर्योग भन्दै पत्राचार गरे। त्यो पत्रलाई लोकसेवाले अस्वीकार गर्योन। पछि गृहका अधिकारीले आग्रह गरेपछि गृहमन्त्रीको निर्णय गराएर पत्राचार गर्न भन्यो। गृहमन्त्री वामदेव गौतमले नै हस्ताक्षर गरेर लोकसेवालाई प्रहरी सेवामा नियुक्ति तथा बढुवा

पारसलाई चुम्बन गर्ने जीयाको रहर

                      २०७० चैत ५ उसो त नायिका जीया केसीको यो प्रचारमा आउने नयाँ फण्डा पनि हुनसक्छ । तर पनि उनी पारस खड्काको भने निक्कै ठूलो फ्यान हुन् ।
                 नेपालले पहिलो खेलमा हङकङलाई पराजित गरेतापनि हिजो बंगलादेशसँग भने सम्मानजनक हार ब्यहोर्‍यो । पारस खड्कासँग फिल्म खेल्ने ईच्छा भएकी जीयाले उनलाई हिरोको संज्ञा दिइन् । 
                  नेपाली सिनेमाका हिरो भन्दा केही कम नरहेका पारससँगसिनेमामा रोमान्स गर्ने चाहना छ, जीयाको । ‘पारससँग सिनेमा खेल्न पाए खुशीका साथ निशुल्क खेल्छु’, ‘रङ वे’ हिरोइनले भनिन् । 
                  पारसको क्याप्टेनसिप उत्कृष्ट रहेको भन्दै यि नायिकाले उनलाई भेटेमा गालामा चुम्बन गर्ने बताइन् । ‘अरु कुरा भने नखोलै, बाँकी भेटमा के-के हुनसक्छ’, जीयाको तर्क थियो । सिनेमा क्षेत्रबाट खासै सफलता हात पार्न नसकेपछि जीया यतिबेला तनावमा छिन् । उत्तेजक दृश्य दिएरै चर्चा पाएपनि जीयाका लागि मिडिया उचाई क्षणिक मात्र रहेको विश्लेषण

सरकारद्वारा न्युनतम साझा कार्यक्रम सार्वजनिक

काठमाडौं, चैत - सुशील कोइराला नेतृत्वको सरकारले मंगलबार आफ्नो न्युनतम साझा कार्यक्रम साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेको छ । नेपाली काँग्रेस र नेकपा (एमाले) सहभागी रहेको सरकारले सार्वजनिक गरेको सो नीति तथा कार्यक्रममा स्थानीय निकायको निर्वाचन, भौतिक पूर्वाधार विकास, विद्युत्भार कटौती योजना, आर्थिक समृद्धिलगायत विषय रहेको छ । 
                 सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले सिंहदरबारस्थित हर्क गुरुङ हलबाट साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरे । कार्यक्रममा सरकारले एक वर्ष भित्र संविधान जारी गर्न संविधानसभालाई सरकारका तर्फबाट गर्न पर्ने कामलाई उच्च प्राथमिकतामा राख्दै स्थानीय निकायको निर्वाचनलाई पनि जोड दिएको छ । संघीय संरचना अन्तर्गतका निकायहरु गठन नहुन्जेलका लागि दलहरुसंग परामर्श गरी स्थानीय निकाय निर्वाचनको मिति घोषणा गरिने कार्यक्रममा उल्लेख छ । शान्ति प्रक्रियाको बाँकी सबै कामलाई प्राथमिकता दिंदै संवैधानिक निकायमा रिक्त पदहरु यथासिघ्र पदपूर्ति गरिने सरकारले आफ्नो साझा कार्यक्रममा समेटेको छ ।रिजालले १४५ बुँदको साझा कार्यक्रमका प्रमुख बुँदालाई

‘तक्मे बुढा’ भारतीय सिरियल खेल्दै

                ‘तक्मे बुढा’ अर्थात विल्सन विक्रम राई अब भारतीय टेलिभिजनको पर्दामा पनि छाउने भएका छन् । भारतीय चर्चित निर्देशक आशुतोष गोवारिकको निर्देशनमा बन्न लागेको एक सिरियलमा विल्सनले काम गर्न लागेका हुन् । उनलाई यो स्थानसम्म पुर्‍याउन कलाकार सुलिन थापाले मद्दत गरेका हुन् । 
                 सिरियलको एक सय भागसम्म विल्सनको अभिनय रहने बताइएको छ । उनले यो सिरियलमा काम गरुन्जेल अन्य प्रोजेक्टमा भने काम गर्न पाउने छैनन् । तर उनका लागि सिनेमाको काममा कुनै रोकावट हुनेछैन । सिरियलमा संझौतका लागि विल्सन दिल्ली उड्न लागेका छन् । हिमान्चल प्रदेशको शेर्पा जातीको एक यूवकको भूमिका विल्सनलाई देख्न पाइनेछ । मार्च २८ मा दिल्ली जान लागेका विल्सनले काम गर्न लागेको सिरियलको नाम भने खुलाइएको छैन । हाँस्य सिरियल ‘मेरी बास्सै’बाट

बाबुरामद्वारा नयाँ शक्ति निर्माणको पहल शुरु ?

              काठमाडौं । एमाओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले नयाँ शक्ति निर्माणका लागि गम्भीर बहस प्रारम्भ गरेका छन् । 
                  एमाओवादी र मोहन बैद्य नेतृत्वको माओवादीवीच एकिकरणको चर्चा चलीरहेकै बेला डा. भट्टराईले नयाँ शक्ति निर्माणका दिशामा पहल थालेका हुन । उनको पहल अहिले बहसकै चरणमा छ । डा. भट्टराईले एमाओवादी, एमाले, काँग्रेस र मधेशवादी दलका विभिन्न नेतासँग यसबारेमा विभिन्न चरणमा वार्ता चलाइसकेका छन् । उच्च स्रोतका अनुसार उनले एमाले नेता प्रदीप ज्ञवाली, घनश्याम भुषाल, हरि रोका, योगेश भट्टराई, वाम विश्लेषक मुमाराम खनालसँग बेग्ला बेग्लै भेटेर यसबारेमा छलफल गरिसकेका छन् । भारतको राजधानी नयाँ दिल्लीमा अरविन्द केजरीवालले भ्रष्ट नेताहरुविरुध्द झाडु आन्दोलन