Saturday, December 28, 2013

एमालेमा आफ्नै प्रतिवद्धताविपरीत पति-पत्नी सभासद्

कसैलाई सँधै हाइहाइ, कसैलाई खाइ न पाइ !

asta-amit-bharat             १४ पुस, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीले आफ्नो कोटामा परेका ८४ जना समानुपातिक सभासद्को नामावली निर्वाचन आयोगमा दर्ता गरेपछि पार्टीभित्र विवाद बढ्न थालेको छ ।
                केन्द्रीय कमिटीले बनाएको मापदण्ड विपरीत स्थायी कमिटीले सभासद् छानेको भन्दै एमालेमा असन्तुष्टि बढेको हो । एमाले केन्द्रीय कमिटीले अवसर नपाएका, पार्टीका काम र आन्दोलनमा सक्रिय भएका, भूगोल र केन्द्रको सन्तुलन मिलाएर समानुपातिक सभासद् छान्न स्थायी कमिटीलाई सुझाव दिएको थियो । सभासद छान्दा नयाँलाई प्राथमिकता दिने र श्रीमान् श्रीमती दुबैलाई नपारिने

गौहरले जित्ने बित्तिकै पुलिस बिग बोसको घरमा

               मुम्बई, पुस १४ – बिग बोसको ७ औं संस्करण सकिए पनि यससँग जोडिएको विवाद भने सकिएको छैन । शनिबार राती सकिएको बिग बोसमा घरमा शो सकिने बित्तिकै पुलिस पुगेका छन् । पुलिसले अरमान कोहली र सोफिया हयातका बीच भएको विवादका विषयमा घरमा बस्ने सबै सदस्य तथा शोसँग जोडिएका सबैसँग सोधपुछ गरेका छन् ।
                 यसअघि, गौहर खानले बिग बोस–७ को विजेता बनेकी छिन् । त्यस्तै तनिषा मुखर्जी रनर–अप बनिन् । शोमा चार फाइनलिस्ट पुगेका थिए – गौहर खान, संग्राम सिंह, एजाज खान र तनिषा । शनिबारको ग्राण्ड फिनालेमा सबैभन्दा पहिला संग्राम सिंह बाहिर भएका थिए । त्यसपछि एजाज पनि बाहिर भएका थिए । शोका होस्ट सल्मान खानले गौहरलाई विजेताको ट्रफी दिएका थिए । बिग बोसको घरमा तनिषा र संग्राम १०५ दिन रहेका थिए भने गौहर १०३ र एजाज ६३ दिन रहेका थिए । यो शोको बिजेता ट्रफीसँगै गौहरले ५० लाख

साइँलाहरुको प्रचण्डलाई सुझाव – सीता र प्रकाशलाई चितवन पठाउनोस्

prachanda                     १४ पुस, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्ड पारिवारिक विषयमा पटक-पटक विवादमा तानिँदै आउनुभएको छ । तर, आफ्नै कारणले नभएर पत्नी सीता दाहाल र छोरा प्रकाशका कारण । 
                        ‘सर्वहारावर्ग’ का नेता भनिए पनि प्रचण्डको उठबस र लवाइ-खवाइको पनि पार्टीभित्रैबाट निकै ठूलो चर्चा र आलोचना हुँदै आएको छ । र, यसको असर हालै सम्पन्न संविधानसभा चुनावमासमेत परेको छ । तर, भित्री खासखुस कुराकानीमा यसलाई स्वीकार गर्ने एमाओवादी नेताहरु औपरिचारिक फोरमहरुमा प्रचण्डबारे प्रश्न उठाउन आँट गर्दैनन् । एमाओवादी नेताहरुकै शब्दमा ‘मुखले बोले बाइलो हुन्छ, झिम्काई देऊ परेली’ भन्ने गीतझै प्रचण्डको विपक्षमा

रणवीर-प्रियंकासँग प्रतिस्पर्धा गर्न दीपिकालाई ४ करोड

रणवीर-प्रियंकासँग प्रतिस्पर्धा गर्न दीपिकालाई ४ करोड            नयाँ दिल्ली— दीपिका पादुकोणको चमक यतिबेला बलिउडमा निकै उचाइमा छ। उनका ५ मध्ये ४ फिल्म सुपरहिट भएसँगै उनको माग चुलिँदो छ। सिनेमा मात्र हैन दीपिकाको माग विज्ञापन दुनियाँमा पनि बढ्दो छ। ठूला कम्पनीहरु यतिबेला उनको पछि लागेका छन्।
                      दीपिका अब कोकाकोलाको विज्ञापनमा देखिँदैछिन्। कोक प्रवर्द्धनका लागि उनले एक वर्षको ४ करोड भारु लिनेछिन्। कोकको काममा उनको प्रतिस्पर्धा रणवीर कपुर र प्रियंका चोपडासँग हुनेछ। यी दुई स्टार कोकको प्रतिद्वन्द्वी कम्पनी पेप्सीको विज्ञापनमा छन्। आर्थिक पत्रिका द इकोनोमिक टाइम्सका अनुसार कोक र दीपिकाबीच करार सम्झौतामा हस्ताक्षर भइसकेको छ। रोचक पक्ष यो छ कि २००८ र २००९

सम्बन्ध विच्छेदका मुद्दा बढे : बैदेशिक रोजगारी मुख्य कारण !

images (2)सन्तोष गौतम, 
                  म्याग्दी २०७० पुष १३ । म्याग्दीमा पछिल्लो समय सम्बन्ध विच्छेद गर्नेको संख्या बढ्दै गएको छ । दाम्पत्य जीवनमा विभिन्न कारणहरुले पतिपत्नी विचको सम्वन्धमा अविश्वासको वातावरण सृजना गरेपछि सम्वन्ध विच्छेद गर्ने प्रचलन बढ्दै गएको हो । 
                     म्याग्दी जिल्ला अदातलको तथ्याङ्क अनुसार पछिल्ला बर्षहरुमा सम्वन्ध विच्छेद गर्नेहरुको संख्या बढ्दै गएको देखिन्छ । चालु आर्थिक बर्ष २०७०/०७१ को मंसिर मसान्तसम्ममा जिल्ला अदातलमा ४१ वटा सम्वन्ध विच्छेदको मुद्दा दर्ता भएका छन् । दर्ता भएका मुद्दा मध्ये आधा भन्दा बढि मुद्दा फैसला भएको अदालतका डिठ्ठा लेखनाथ अधिकारीले जानकारी दिए । उनका अनुसार अघिल्लो आब २०६९/०७० मा अदालतमा सम्वन्ध विच्छेदको लागी दर्ता भएका ५९ मुद्दा मध्ये ४२ थान फैसला

ज्योतिषीको शरणमा राष्ट्र बैंकका गभर्नर

yubaraj-khatiwada               मुलुकको केन्द्रीय बैंकका गभर्नर नै अर्थशास्त्र र मौद्रिक नीतिका ठेलीको अध्ययन छाडेर ज्योतिषीको शरणमा जान थालेपछि त्यो मुलुकको आर्थिक र बैङ्किङ क्षेत्रको अवस्था कस्तो होला? 
                        सहजै अनुमान लगाउन सकिन्छ। पछिल्लो केही समयदेखि बैंकरहरूले केन्द्रीय बैंकले नियन्त्रित अर्थतन्त्रमा झैं निर्देशित नीति जारी गर्न थालेपछि बैङ्किङ व्यवसाय ओरालो लागेको बताउँदै आएका छन्। यसैको पछिल्लो कडीको रूपमा सोमबार बैंकरहरूले नेपाल राष्ट्र बैंकमा बुझाएको स्प्रेडसम्बन्धी पछिल्लो नीतिको विरोधपत्रलाई पनि लिन सकिन्छ। गत चैतमा शंकर कोइराला अर्थमन्त्री बनेदेखि नै निकै असहज महसुस गर्दै आएका गभर्नर युवराज खतिवडाले त्यसपछि आफ्नो भविष्य केलाउन नियमित रूपमा मध्यबानेश्वरस्थित एकजना चर्चित ज्योतिषीकहाँ धाउने

माघ १७ मा नेफ्टा अवार्ड मलेसियामा हुने पक्का

malesiya-aawrd-pressmeet                   नेपाल चलचित्र प्राविधिक संघको आयोजनामा आउँदो जनवरी ३१ अर्थात माघ १७ गते मलेसियामा ‘छैटौ नेफ्टा अवार्ड’ हुने पक्का भएको छ । 
                            मलेसियाको क्वालालम्पुरमा रहेको ‘द खुकुरी रेष्टुरेण्ट’मा बिहिवार पत्रकार सम्मेलन आयोजना गरी आयोजकहरुले उक्त जानकारी गराएका हुन । कार्यक्रममा वोल्दै प्राविधिक संघका अध्यक्ष मनोज केसीले यो अवार्ड राष्ट्रकै भएकोले सबैलाई सहयोग गर्न आग्रह गरेका थिए । यस्तै कार्यक्रममा बोल्दै कलाकार सुनिल थापाले विदेशमा नेपाली सिनेमालाई प्रतिनिधित्व गर्दै

गुरुङ्गले भने – सडकमा हामी मात्र छौं

dev_gurung                           लमजुङ, पुस १३ नेकपा–माओवादीका सचिव देव गुरुङले ४ राजनीतिक दलसँग वार्ताको सम्भावना क्षीण बन्दै गएकाले आन्दोलनको विकल्प नभएको बताएका छन् । लमजुङमा आज क्रान्तिकारी पत्रकार महासंघले गरेको पत्रकार भेटघाटमा नेता गुरुङले अहिलेको संविधानसभा निर्वाचनको कुनै औचित्य नभएको बताए ।
                        औचित्य नभएको संविधानसभाले जारी गरेको संविधानको पनि औचित्य नहुने भएकाले आफूहरुले त्यसलाई नमान्ने उनले बताए ।
सार्वभौम सम्पन्न अधिकारसहितको संविधान अहिलेको आवश्यकता रहेको भन्दै गुरुङले विदेशीको इशारामा बन्ने संविधान मान्य नहुने र यसका लागि सडक आन्दोलन गर्ने चेतावनी दिए । अहिलेको अवस्था २०४८ सालको

कस्ले जित्ला ‘बीग बोस ७’ ?, संग्रामको संभावना बढि

big-boss-final                     २०७० पुष १३  टेलिभिजनको भिडमा सर्वाधिक चर्चित मानिएको रीयालीटी शो ‘बीग बोस ७’ को नतिजा आज बेलुकासम्म आइपुग्ने छ । ‘बीग बोस ७’ को बिषयमा यतिबेला विश्वभर नै एक प्रकारको चर्चा सुरु भएको छ ।‘बीग बोस ७’ को अन्तिम ४ मा पुग्न सफल संग्राम सिंह, तनिषा मुखर्जी, गौहर खान र एजाज खान बिच चर्को प्रतिस्पर्धा हुँदैछ । यतिबेला यि ४ जना मध्ये ‘बीग बोस ७’ कसले जित्ला भन्ने अड्कल

प्रचण्डका दुई कमजोरी- अमरेश र अजय सुमार्गी ?

बैठकमा गल्ती कोट्याउँदै प्रचण्ड, बाबुराम र नारायणकाजी !

prachanda-baburam-narayanka                  १३ पुस, काठमाडौं । पेरिसडाडाँमा शुक्रबार आयोजित एकीकृत नेकपा माओवादीको पूर्वपोलिटब्यूरो बैठकमा शुक्रबार तीन शीर्षनेताहरुले आ-आफ्ना गल्ती के-के हुन् भन्ने सबैलाई सुनाउनुभयो । सबैभन्दा धेरै गल्ती नारायणकाजी श्रेष्ठले महसुस गर्नुभयो भने डा. बाबुराम भट्टराईले व्यक्तिगत भन्दा पनि राजनीतिक कमजोरीबारे टिप्पणी गर्नुभयो । नेताहरुले आफ्नोमात्रै होइन, सहपाठी नेताको पनि गल्ती औंल्याउन भ्याउनुभयो । पूर्व पोलिटब्यूरो बैठकको अन्तिम दिन

Friday, December 27, 2013

पर्वतको वास रणनैतिक योजना निर्माण कार्य अन्तिम चरणमा

           पर्वत २०७० पुस १२ । पर्वतमा सन् २०१७ सम्म आधारभूत खानेपानीको सुविधा पु¥याई सुरक्षित पानी युक्त गाविस घोषणा गर्ने र सवै गाविसहरुमा खुल्ला दिसामुक्त गाविस घोषणा सँगै सरसफाईमा सचेतना विस्तार गर्ने उद्देश्यले पर्वतमा वास रणनैतिक योजना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
गत बर्ष देखि प्रारम्भ गरिएको योजना निर्माण कार्य अन्तिम चरणमा पुगेको जिल्ला सरसफाई तथा स्वच्छता समन्वय समितिले जानकारी दिएको छ ।
                विहिबार एक बहुसरोकारवालाको बैठकमा समितिले निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी गराएको हो । सन् २०१७ सम्म सम्पन्न हुने गरी उक्त गुरुयोजना तयार पारिएको हो । गुरुयोजना निर्माणका लागि समग्र ९५ करोड ८१ लाख २६ हजार रुपैँयाको अनुमानित लागत स्टिमेट

समानुपातिक सभासद चयनमा कांग्रेसमा विवाद

nepali con flag                  काठमाडौ, नेपाली कांग्रेस सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा बिहीबार बसेको पदाधिकारी बैठकमा समानुपातिक तर्फका सभासद् चयनमा विवाद भएको छ ।
                  सभापति कोइराला र वरिष्ठ नेता शेरवहादुर देउवाले आफू निकटलाई सभासद् चयन गर्नुपर्ने प्रस्ताव गरेपछि संसदीय समितिको बैठक दुई दिनसम्मका लागि स्थगित भएको छ । पदाधिकारी बैठकमै कुरा नमिलेपछि संसदीय समितिको बैठक दुई दिनपछि सरेको स्रोतको दाबी छ । कांग्रेसमा सभापति कोइरालाले ६० प्रतिशत र देउवाले ४० प्रतिशत सभासद् आ आफ्नो पक्षका हुनुपर्ने माग गरेकाले विवाद

भ्रष्ट हाकिमलाई अख्तियारमा काज

yatayata byabastaपुस १२ बुटवल।  चोरलाई चौतारो भनेझैं यातायात व्यवस्था  कार्यालय लुम्विनीमा बसेर भ्रष्ट हाकिमको परिचय बनाएका आनन्दकेशरी पोखरेल भ्रष्टाचारको छानवीन गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा काज सरुवा भएका छन्। ११ महिना यातायात व्यवस्था कार्यालय लुम्विनी बसेर गाडी दर्ता, नविकरण र लाइसेन्स परिक्षामा अनियमिततामा विवादमा तानिएका पोखरेल अन्ततः पुरस्कार  स्वरुप अख्तियारमा सरुवा हुदा इमान्दार कर्मचारी आश्चर्यचकित  भएका छन्।
पोखरेलले यातायात व्यवस्था कार्यालय छाड्ने बेलामा  मोटरसाइकलको लाइसेन्सका लागि लिएको लिखित परिक्षाको रिजल्ट निकाल्दा समेत गोलमाल गरेका छन्। कार्यालयका अन्य अधिकृत र कर्मचारीलाई

बिग बोसमा १५ हप्ता बसेर करोडपति बनिन् तनिसा

tanisha                (एजेन्सी) बिग बोसको विजेता चाँडै नै घोषणा हुँदैछ । यसबीच विभिन्न सेलिब्रेटीहरुले बिग बोसको घरमा निकै लामो समय बिताए । उनीहरुले गाह्रोभन्दा गाह्रो टास्क गरे । कसैले गोबरले नहुँए त कसैले आफूलाई बाकस भित्र कयौं घण्टा बन्द गरेर राखे । आखिर किन यस्ता चर्चित सेलिब्रेटीहरु यस्तो काम गर्न हिच्किचाउँदैनन् ? यसको सजिलो उत्तर छ पैसा कमाउन ।
                 यो शो सकिँदा त्यहाँका सेलिब्रेटिहरुको मोटो रकम जम्मा गरेर घर फर्कने छन् । स्रोतका अनुसार बिग बोसको यस सिजनमा सबैभन्दा धेरै पैसा कमाउनेमा काजोलको बहिनी तनिषा मुखर्जीले सबैभन्दा बढी पैसा कमाउँछिन् । यसैगरी सबैभन्दा कम पैसा कमाउनेमा एली अबराम रहेका छन् । तनिसाले एक हप्ताको करिब ७.५ भारतीय रुपैयाँ कमाउँछिन् । शोको १५ हप्तामा उनले करिब १ करोड ५ लाख ७५ हजार भारतीय रुपैयाँ

संविधानसभालाई विघठन गर्नुपर्ने : बादल

OLYMPUS DIGITAL CAMERA
                  कैलाली, पुस १२ – नेकपा–माओवादीका महासचिव रामबहादुर थापा बादलले अब बन्ने संविधानसभाले जनताको संविधान बनाउन नसक्ने भन्दै यसलाई अभिलम्ब बिघठन गर्नुपर्ने बताए ।
                       क्रान्तिकारी पत्रकार महासंघ कैलालीले शुक्रवार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले त्यस्तो कुरा बताएका हुन् । नेता बादलले संविधानसभा जनताको साधन हो, तर यो साधनलाई पश्चगामी, जनविरोधी शक्तिहरूले आफ्नो हातमा लिई सकेका कारण यो सभाले जनताको संविधान कुनै पनि हालतमा बनाउन नसक्ने ठोकुवा गरे । पत्रकारले सोधेको प्रश्नको जवाफ दि“दै उनले वर्तमान घटना क्रमले राष्ट्रलाई सात वर्ष पछाडि

भिडियो बाहिरिएपछि माइलीको असन्तुष्टी

miley-cyrus-hot-pic                    २०७० पुष १२गायिका माइली साइरसले आफ्नो असन्तुष्टी ट्विटर मार्फत पोखेकी छिन् । 
                    आफ्नो नयाँ गीतको म्यूजिक भिडियो ईन्टरटेनटमा सार्वजनिक भएपछि उनले असन्तुष्टी जनाएकी हुन् । 
                     माइलीको योजना भिडियोलाई बिहिबार मात्र सार्वजनिक गर्ने थियो । तर उनको नयाँ गीतको भिडियोको वुधबार नै ईन्टरनेटमा उपलब्ध भएपछि उनी रिसाएकी हुन् ।२१ बर्षको उमेरमै माइली निक्कै चर्चित छिन् । 
                         उनले आफ्नो भिडियोमा विभिन्न विवादस्पद दृश्य राखेर चर्चा कमाउने गरेकी छिन् ।                      भिडियो सार्वजनिक भएपछि माइलीले आफ्ना फ्यानहरुलाई हेरेर मनोरञ्जन लिन आग्रह पनि गरेकी

अबका प्रधानमन्त्री सुशील कोइराला : बडु

dilendra-badu                    १२ पुस, काठमाण्डौ । नेपाली काँग्रेसका प्रवक्ता दिलेन्द्र बडुले अब बन्ने सहमतीय सरकारको नेतृत्व पार्टी सभापति सुशील कोइरालाले गर्ने दावी गर्नु भएको छ । उहाँले सभापति कोइरालालाई सरकारको नेतृत्व दिने विषयमा पार्टीभित्र विवाद नरहेको समेत स्पष्ट पार्नु भयो । शुक्रवार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उहाँले भन्नुभयो,’सभापतिकै नेतृत्वमा काँग्रेस ठूलो पार्टी बन्यो । जनताले पनि सभापतिप्रति विश्वास देखाएका छन् । त्यसैले सरकारको नेतृत्वको विषयमा पार्टी भित्र विवाद छैन । ‘
                     बडुले काँग्रेसको हाराहारीमा जनमत पाएको दोस्रो ठूलो दल एमाले र शान्ति प्रक्रियाको एक पक्ष एमाओवादीलाई बाहिर राखेर सरकार निर्माण गर्ने कुरा काँग्रेसले नसोचेको वताउनुभयो । उहाँले काँग्रेसले राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने प्रस्तातसहितको वार्ता समेत अघि बढाईसकेको

Wednesday, December 25, 2013

१४ बर्षिय बालिकाको बिबाह गरी गर्भ रोक्न झुक्काएर संगीनी सुई !

              सुर्खेत ११ पुस । घरमा सौतेनी आमा र आर्थिक अवस्था कमजोर भएकी सुर्खेत वीरेन्द्रनगर-६ की मञ्जु रामजाली -नाम परिवर्तन लाई सानीआमा पर्ने चन्द्रा गौतमले असार ०६८ मा १४ वर्षकै उमेरमा वीरन्द्रनगरमा ल्याइन् । तर, आठ कक्षा पढ्दापढ्दै ल्याएकी उनलाई चन्द्राले मंगलगढी चोकस्थित आफ्नै गौतम मिठाइपसलमा श्रमिक बनाइन् ।
                 त्यसको केही दिनमै चन्द्रा र उनका पति हेमप्रसाद मिलेर मञ्जुलाई पसलमै काम गर्ने ३१ वर्षका टेकबहादुर रावतसँग विवाह गराईदिए । १५ असार ०६८ मा पढाउन भनेर ल्याइएकी उनको सोही वर्ष २६ असारमै बिहे गराइएको थियो । विवाह गरिदिएपछि पसलका सञ्चालकले गर्भवती भई पसलको काममा सहयोग नहुने भन्दै उनलाई बिरामी भएको बेलामा झुक्याएर तीन महिने संगिनी सुई

Monday, December 23, 2013

प्रचण्ड वावुरामहरु पतनको वाटोमा ?


बैकुण्ठ गिरी
                     माओवादी आन्दोलनमा लामो समय पसिना वगाएका धेरै भन्दा धेरै कार्यकर्ताहरु तथा जनताहरुको चाहानालाई एमाओवादीका नेतृत्वमा रहेकाहरुले नवुझेकै  कारण माओवादी दुई टुक्रावाट विभाजन भई तिन चारमा वाडिन लागिरहेको जस्तो बाहिर देखिन थालेकोछ । कम्युनिष्ट पार्टी भित्र बिपरितहरुको एकत्व हुनुलाई नराम्रो मान्न सकिदैन तर बिपरितहरुको एकत्वको नाममा फरक धारहुदै पार्टी नै बिभाजनको अवस्था सम्म आउनु राम्रो होईन ।
      एक पटकको विशेष अन्तरर्वातामा प्रचण्डले भनेका थिए एमाओवादीलाई नेपाल अथवा विदेशी कुनै पनि शक्तीले समाप्त पार्न सक्दैन किनकी माओवादीको निर्माण गर्ने घातु नै अलग प्रकारको छ । एमाओवादीका अध्यक्ष प्रचण्डको भनाई आज पनि उत्त्तिकै चर्चामा छ हिजो उनी बोल्ने बेला जति थियो । तर वस्तुगत परिस्थतिमा धेरै नै फेरवदल

दीपिका र कपिललाई ‘ईन्डियन अफ द ईयर’को अवार्ड

dipika-and-kapil                बलिउडमा सन् २०१३ निक्कै सफल मानिन्छ । ८ वटा सिनेमाले १ सय करोड माथिको व्यापार गर्‍यो भने केही कलाकार भाग्यमानी पनि ठहरिए । यही भिडमा नायिका दीपिका पादुकोण पनि अग्र स्थानमा रहन सफल भइन् । 
                  उनले अभिनय गरेका ४ वटै सिनेमाले १ सय करोडको क्लबमा आफूलाई सहभागी गराए । उनी निर्माताको पैसा असुल गर्ने सबैभन्दा दह्रो हतियार बन्न पुगिन् ।यस्तै ‘कमेडी नाइट्स विथ कपिल’ नामक कमेडी कार्यक्रम संचालन गरेर चर्चित हाँस्य कलाकार कपिल शर्माले धेरैको मन जिते । उनको शो भारतीय टेलिभिजनको भिडमा सबैभन्दा बढि हेरिने कार्यक्रम बन्न पुग्यो । एउटा सामान्य परिवारमा हुर्किएका कपिलले छोटो समयमै ठूलो सफलता हात पारेका छन् । यही क्रममा भारतको एक लिडिङ टेलिभिजनले कपिल र दीपिकालाई ‘ईन्डियन अफ द ईयर’को अवार्डबाट

आज पूर्व प्रम भट्टराईको ९० औं जन्मजयन्ती

images (2)             काठमाडौ, २०७० पुष ८ । नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको आज ९०औं जन्मजयन्ती मनाइँदै छ । जन्मजयन्तीको अवसरमा ललितपुरको बाडे गाउँमा दिउँसो १ बजे विशेष कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा विभिन्न दलका नेताहरुका साथै राष्ट्रकवि माधवप्रसाद घिमिरेको उपस्थिति रहने बताइएको छ ।
               विक्रम सम्बत १९८१ साल पुस ८ गते जन्मनु भएका सन्त नेता भट्टराईको ८७ वर्षको उमेरमा दुई वर्षअघि निधन भएको थियो ।
कांग्रेस संस्थापक नेता विपी कोइरालाको निधनपछि कांग्रेसको नेतृत्व गरेका भट्टराईले २०४६ सालमा प्रजातन्त्र प्राप्तिपछि अन्तरिम सरकारको

विनिताको प्रेममा अर्जुनलाई ‘कस्तो टेन्सन’

binita-and-arjun                 चलचित्र ‘कस्तो टेन्सन’बाट नेपाली सिने नगरीमा उदाउन लागेका नव कलाकार अर्जुन पौडेल यो क्षेत्रलाई बचाउने जिम्मा नयाँ पुस्ताको भएको बताउँछन् । 
                नायिका बिनिता घिमिरेसँग पर्दामा जोडी जमाउने सुरमा रहेका अर्जुनले आफू पैसा खर्च गरेर हिरो नभएको बताए ।उनले आफू चलचित्र ‘कस्तो टेन्सन’बाट निक्कै आशावादी समेत रहेको बताएका छन् । आफ्ना साथीहरु यही क्षेत्रमा रहेकाले उनीहरुको सल्लाहा अनुसार तयारी गरेरै आफू हिरो हुन आएको तर्क पौडेलको छ । उनले आफू हिरो भन्दा पनि कलाकार बन्न आएको बताएका छन् । चलचित्र ‘कस्तो टेन्सन’लाई शिव घिमिरेले निर्देशन

ज्ञानेन्द्र र रामवरणको प्रतिस्पर्धा

rambaran-gyanendra               काठमाडौं। दोलखा भीमेश्वरलाई ‘पसिना’ आएपछि परम्पराअनुसार ‘क्षमापूजा’का लागि पूर्वराजा ज्ञानेन्द्र शाहले समेत आफ्ना चार सहयोगीसँगै भेटी पठाएका छन्। ज्ञानेन्द्रले एक हजार रुपैयाँ भेटी पठाएका छन्। यसअघि राष्ट्रपति डा. रामवरण यादवले २ हजार ५ सय भेटी पठाएका थिए भने गृहमन्त्रालयले दुईवटा काला बोकाहरु पठाएको थियो।
                         ‘पूर्वराजा ज्ञानेन्द्र’ लेखेर रसिद कटाउँदै भेटी प्राप्त भएको भीमेश्वर व्यवस्थापन समिति कोषाध्यक्ष भरत श्रेष्ठले जानकारी दिए। उनकै नामबाट

झरना, नम्रता, नीता, रेखा र सुमिना ४ महिनाका उत्कृष्ट नायिका

nepali-heroin            नेपाल चलचित्र विकास कम्पनी (एनएफडिसी) ले आयोजना गर्दै आएको “एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार” को दोस्रो संस्करण “एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार २०७०” को प्रारम्भिक मनोनयन भाग २ सार्वजनिक गरिएको छ । हरेक ४/४ महिनामा सार्वजनिक गरिने प्रारम्भिक मनोनयनको भाग २ अन्र्तगत २०७० भाद्र १ देखि मंसिर मसान्त सम्म सार्वजनिक प्रदर्शनमा आएका कुल २९ चलचित्रको मुल्यांकन गरिएको छ ।संयोजकसहित ५ सदस्य रहेको निर्णायक समितिबाट १७ बिधाका लागि सार्वजनिक मनोनयन अन्र्तगत प्रकाश सर्वोत्कृष्ट निर्देशकको बिधामा होस्टेलबाट हेमराज वि.सी.,

सार्वजनिक स्थानमा यौन हिंसा बढ्दो, बस पर्खंदा बढी हिंसा

        ८ पुस, चितवन । सार्वजनिक स्थानमा यौनजन्य हिंसा बढ्दै गएको एक अध्ययन प्रतिवेदनले देखाएको छ । सार्वजनिक स्थानमा महिला तथा किशोरीमाथि हुने यौन हिंसा तथा दुव्र्यवहार नमुना सर्वेक्षणले यस्तो देखाएको हो ।
              चितवन सक्रिय समूहले सुरक्षित सहर कार्यक्रमअन्तर्गत भरतपुर क्षेत्रमा गरिएको अध्ययनले सार्वजनिक स्थानमा हुने यौनजन्य हिंसा बढ्दै गएको देखाएको हो । बीसदेखि ४९ वर्षका महिलामा गरिएको अध्ययनमा अधिकांश महिला (करिब ७५ प्रतिशत) ले कुनै न कुनै माध्यमबाट यौनजन्य हिंसा हुने गरेको बताएका थिए ।
       सार्वजनिक क्षेत्रमा सवारी कुर्दा बढी हिंसाको