साहित्य




















गजल
 स्वार्थी यो समाजमा जल्नेहरु धेरै रैछन्
अरुको प्रगतिमा ढल्नेहरु धेरै रैछन्

तिल जत्रो कुरालाई पहाडनै बनाई दिने
आगो माथि घीउ थपी बल्नेहरु धेरै रैछन्

मुखले मात्रै ठिक्क पार्दै चिल्लो घस्नेहरु
कन्चन अमृतमा बिष मल्नेहरु धेरै रैछन्

समाजमा सत्य कुरा कसले पो गुन्छ र ?
झुटको मुकुट पहिरिएर छ्ल्नेहरु धेरै रैछन्

                                                         Santoshi Shrestha

    




गजल

किन माया मारौ मैले कै त गरेको छैन
किन बोल्न छोडौ नजर अन्त परेको छैन ।।


जे गरौ तो त तिम्रो लागि राम्रो होला तर                                                  
  -कृष्ण प्रसाद पोखरेल “गाजल”
तिमी यस्तो भनि म त अन्त सरेको छैन । ।


तिम्रो माया कस्तो छ तो त बुझन बाकी नै छ
                                            
किन आजै तर्किन्छौ धेरै ठाउँ मा चरेको छैन । ।


छरेको छु तिम्रो लागि भनि यत्रो बिस्यास मैले
तिम्लाई जस्तो माया मैले कसैलाई छरेको छैन । ।

किन माया मारौ मैले कै त गरेको छैन
किन बोल्न छोडौ नजर अन्त परेको छैन ।। 



गजल
राम्रो फल मेरो मनमा, नफलेको पनि होइन

फुल्दा फुल हावा हुरी, नचलेको पनि होइन ।।


खोज्दा पनि सकिन खै, तिमीलाइ पाउन मैले
दुःख सुःख सवै चिज, नछलेको पनि होइन ।।


भनीनौकी पापी जाली, फटाहा नै होस भनि
तिम्लाइ देख्दा मेरो मन, नजलेको पनि होइन ।।


गाली गर्यौ भन्नु भन्यौ, तर पनि माया लाग्यो
मेरो मनमा दिप ज्योती ,नवलेको पनि होइन ।।

घात गर्यौ धोका दियौ, चोखो वन्यौ अरु संग
तर पनि तिम्रो इज्जत, नढलेको पनि होइन ।।                          

                                                                                        -कृष्ण प्रसाद पोखरेल “गाजल”
                                                                                  
गाजल

तिमै लागी वाचेको हु, ठाडो सिर झुकाएर
पलाएका मुनापनि, खढेरीझै सुकाएर।।


खोजीनकी तीमीलाइ ,सहर देखी गाउसम्म
तिम्लाइ पाउने ठुलो आसमा ,वास्तविकता लुकाएर

मुनाजस्तै पलाएका ,कलिला ति माया हरु
छोडीगयौ विचैमा झन ,मेरो मुटु दुखाएर।।


साथ हुदा आसै लाग्यो तिमी माथि विश्वाष जाग्यो
जाल वुन्यौ छोडी गयौ, वैज्यति झै चुकाएर।।

मरया छैन अझै पनि, आस्को खेती मनै वाट
सक्छौ भने फर्की आउ ,मन मुटु फुकाएर ।।

                        — कृष्ण प्रसाद पोखरेल “गाजल” 
 


 

No comments:

Post a Comment