Saturday, October 26, 2013

टपलेस भइनन् सन्नी

          मुम्बई– पहिले पोर्नस्टार भए पनि सन्नी लियोनीले अंग प्रदर्शनमा लिएको अडानबाट फिल्म 'रागिनी एमएमएस २'को निर्माण टोली आश्चर्यमा परेको छ। सुटिङ एउटा दृश्यमा सन्नीलाई टपलेस हुन आग्रह गरिएको थियो तर उनले उक्त आग्रहलाई स्विकारिनन्।
            सन्नीले हत्केलाले खुला वक्षस्थल छोपेको दृश्य फिल्ममा चाहिएको थियो। फिल्म टोलीले आग्रह गरे पनि सन्नीले त्यसको सट्टा बिकिनी टप लगाएरमात्र सुटिङ गरिन्। फिल्म टोलीसँग सन्नीको कुरा मान्नुको कुनै विकल्प थिएन।
             तर सुटिङमा टप लगाउन दिइए पनि पछि कम्युटरबाट मेटेर फिल्म टोलीले चतुर्याइँ देखाएको छ । उनको वक्षस्थल पनि विगतका फिल्मबाट कपी गरेर पेस्ट गरिएको स्रोतको दाबी छ।

             बालाजी मोसन पिक्चर्सले निर्माण गरेको 'रागिनी एमएमएस २' एक हररथ्रिलर थ्रिडी फिल्म हो। फिल्ममा सन्नीले बलिउडकी अभिनेत्री भएर अभिनय गरेको समाचार

चुनाबी प्रचारका चार मोटरसाइकल र एक जिपमा आगजनी

                बाग्लुङ - निर्वाचन प्रचारमा हिँडाएका सवारी साधन अज्ञात समुहले जलाएका छन्। संविधान सभा निर्वाचनको चुनाबी अभियानमा हिँडेका एमाओवादी मोटरसाइकल र एमाले कार्यकर्ताले प्रयोगमा ल्याएको जिप पार्किङ गरेको अवस्थामा जलाएका हुन्। बाग्लुङ क्षेत्र नं १ का एमाले उमेद्वार हिरा बहादुर के.सी.को प्रचारमा कार्यकर्ता लिएर गएको ध १ ज ६९ नम्बरको जिप शुक्रबार राती जलाएको प्रहरीले जनाएको छ।
त्यस्तै बाग्लुङकै क्षेत्र नं ३ मा एमाओवादीका उमेद्वार तुलसी अर्यालको प्रचारमा हिँडेका चार मोटरसाइकल जलाएका छन्। एमाओवादीको खुंगा सम्पर्क कार्यालय आगाडी राखिएका चार मोटरसाइकल जलाएको प्रहरीले जनाएको छ ।
                    पार्किङ गरेर राखिएका बा ५० प ९०७३, बा १ प २४५२, बा १ प २८२५ र ग ७ प २१८४ नम्बरको मोटरसाईकलमा आगजनी भएको छ। घटनाको कुनै समुहले जिम्मेवारी

उम्मेदवारको गाडीमा आक्रमण

       टीकापुर, कार्तिक ९ - कैलाली क्षेत्र नं ४ का राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका उम्मेदवार वीरेन्द्र बमको गाडी तोडफोड गरिएको छ । उम्मेदवार बमले प्रयोग गर्दै आएको भारतीय नम्बर प्लेटको युपि ए ०० एफ ७१०० नम्बरको गाडीमा शनिबार विहान ७ बजेतिर घोडाघोडी ताल नजिक तोडफोड भएको हो । घोडाघोडी ताल नजिक गाडी राखेर उम्मेदवार बमसहितको टोली चिया खान गएका बेला गाडी तोडफोड भएको प्रहरीले जनाएको छ ।
                    गाडीको पछाडिको सीसा फुटेको र अगाडिको चर्केको जनाइएको छ । विरोधी राजनीतिक दलले गरेको हो कि चुनाव विथेाल्नेले गरेको हो छानविन गरिरहेकेा कैलालीका प्रहरी उपरिक्षक

‘सैनिक शासन सुरु, प्रचण्ड, सुशील र झलनाथ धुरुधुरु हुनेछन्’

                      काठमाडौं, कात्तिक । सुरक्षामामिला जानकारहरुले मंसिर ४ मा हुने संविधानसभा चुनावमा सेना परिचालन हुनुलाई नेपालमा सैनिक शासनको सुरुवातको संज्ञा दिएका छन् । उनीहरु संविधानमा नै नभएको व्यवस्थालाई जवर्जस्ती लादेर विशेष कानुनको बलमा सेना परिचालन गर्नाले शिशु गणतन्त्रलाई धरापमा पार्ने खेल भएको बताए ।
                आज काठमाडौंमा संवाद डबलीले गरेको कार्यक्रममा सैन्यविद डा इन्द्रजित राईले हतारमा गरिएको सेना परिचालनलाई मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी

अग्निपरिक्षामा आर्यनको करिअर, नीताको पनि नाडी छाम्दै दर्शक

war-and-madhumas                नायक आर्यन सिग्देलले अभिनय गरेको चलचित्र ‘मधुमास’ आजबाट देशभरका हलमा प्रदर्शनमा आएको छ । सुदर्शन थापा निर्देशित यो चलचित्रमा आर्यनका अलवा पूजा शर्मा, सिवांगिनी राणा, मनोज आरसी लगायतका कलाकारले अभिनय गरेका छन् ।नायक आर्यन सिग्देलका सिनेमाहरु विगत २ बर्ष यता सफल छैनन् । यो बर्षमात्र आर्यन अभिनित ‘दबाब’, ‘महशुश’ले हावा खाइसकेका छन् । यसैले पनि ‘मधुमास’ आर्यनका लागि आशा बोकेर आएको छ । बाबुराम दाहाल र सुदर्शन थापाले निर्माण गरेको यो चलचित्रले हनिमुनको

सलमान र अमिताभलाई पछि पार्दै साहरुख आकर्षक नायक

srk-and-salman                      बलिउडका बादशाह साहरुख खानको राज अझै पनि कायम नै छ । बलिउडमा विगत २० बर्षदेखि वादशाह बनेर राज गरिरहेका साहरुखको तुलना अन्य नायकसँग भएपनि उनीहरु फिक्का पर्ने गरेका छन् ।हालै मात्र साहरुख खान निर्मित तथा अभिनित चलचित्र ‘चेन्नई एक्सप्रेस’ले सबै रेकर्ड कायम गरेपछि उनलाई फेरी वादशाहको स्थानमा उभ्याएको छ । साहरुख खानको तुलना सलमान खान, आमिर खान जस्ता स्टारसँग भएतापनि उनीहरु पछि पर्दै आएका छन् । हालै मात्र भारतमा गरिएको एक सर्वेक्षणले साहरुखलाई सबैभन्दा आकर्षक नायकको सूचिमा राखिदिएको छ । साहरुखले बलिउडका अविवाहित नायक सलमान खानदेखि मेघास्टार

विप्लबले भने, ‘चुनाबको सशस्त्र बहिस्कार गर्छौ’

 biplab                काठमाडौँ, कात्तिक  ९ – बाहिर-बाहिर चुनाबलाई शान्तिपूर्णरुपमा बहिस्कार गर्ने भने पनि नेकपा-माओबादी निर्बाचनताका उपद्रो मच्चाउने तयारीमा रहेको खुलासा भएको छ | 
                       जनचाहना बिपरितको यात्रामा रहेको बैद्य समुहको त्यस्तो योजनाबारे खुलासा गर्दै डिजिटल मिडिया हातेमालो डट कमले बैद्यका प्रभावशाली नेता नेता नेत्र बिक्रम चन्द “विप्लव” लाई उध्रित गर्दै लेखेको छ :  “मंसिर ४ मा हुनलागेको चुनाब सक्रिय, सशक्त र सशस्त्र ढंगले बहिस्कार हुन्छ |” संबिधानसभाको दोस्रो निर्बाचनलाई बैद्य माओबादीले बिथोल्छ कि भन्ने आशंका कमजोर बन्दै गएका बेला त्यो दल भित्रका निर्णायक पात्रका

Wednesday, October 23, 2013

पैसा बाँड्न आउने उम्मेदवारलाई झापड !

rupees                      पर्वत, कात्तिक ७– दोस्रो संविधानसभा निर्वाचनको मिति जति नजिकिँदैछ दलहरू आफ्नो पक्षमा मतदाता तान्न विभिन्न प्रलोभनका पोका बोकेर गाउँगाउँमा पसिरहेका छन् ।
प्रलोभनबाट मतदाता प्रभावित गर्ने क्रम चल्न थालेको बेला पर्वतको क्याङ गाविसका बासिन्दाले भने त्यस्तो प्रलोभन दिने दल र उम्मेदवारलाई सामाजिक बहिष्कार गर्ने निर्णय गरेर गतिलो झापड दिएका छन् । धन र बलका भरमा मतदातालाई प्रभावित गर्ने क्रम बढ्ने सङ्केत मिलेपछि कात्तिक ३ गते आइतबार गाउँमा भएको सर्वदलीय बैठकले सामाजिक बहिष्कार गरी गाउँ पस्न नदिने निर्णय गरेको हो ।
                        एकीकृत नेकपा (माओवादी), नेपाली काँग्रेस, नेकपा (एमाले), राष्ट्रिय जनमुक्ति पार्टी र नेकपा (माले)को गाविसस्तरीय सर्वदलीय बैठकले जनतालाई भेडाबाख्रा झँै किनबेच हुनबाट रोक्ने र निष्पक्ष रूपमा आफूले चाहेको उम्मेदवारलाई मत दिन यस्तो निर्णय गरेको पूर्व गाविस अध्यक्ष भीम पुनले जानकारी दिए ।
“सोझा गाउँलेलाई भेडाबाख्राजस्तो चुनावमा खरिद गर्ने चलन यसपटक दोहोरिन हुँदैन भन्नेमा सर्वदलीय सहमति भयो”– उनले भने –“जनजाति किनबेच गरेर आफू चुनाव जित्ने अनि गाउँका लागि सिन्को नभाँच्ने प्रवृत्तिका विरुद्ध जनता एक भएका छन् ।”
                  क्याङ, मगर जातिको ९० प्रतिशतभन्दा बढी बाहुल्यता भएको बस्ती हो । यहाँका युवा क्बल, आमा समूहलगायतलाई दलका उम्मेदवारले आर्थिक प्रलोभन देखाउँदै आएको गुनासो उनीहरूको छ । अघिल्ला निर्वाचनमा दलहरूले मतदाता किन्न अनेक बहाना अपनाउने गरेका थिए ।
                   युवा क्लब, आमा समूह, विद्यालय, स्कुल, बिजुली, सामुदायिक भवनलाई सहयोगका नाममा चन्दा दिने र चुनावमा मत लिने प्रतिस्पर्धा हुने गरेको निष्कर्ष पनि सर्वदलीय बैठकले निकालेको छ ।
गाउँमा चुनाव बिथोल्न खोज्नेलाई कारबाहीका लागि हरेक वडामा सर्वदलीय युवा दस्ता गठन गर्ने निर्णयसमेत गरिएको छ । दलका युवा सम्मिलित सर्वदलीय युवा दस्ताले नियमित रूपमा गाउँ अनुगमन गर्नेछ । युवाले कुनै दल र उम्मेदवारले पैसा वा अन्य प्रलोभनमा पारेको थाहा भएमा सामाजिक बहिष्कार गरी गाउँबाट धपाउने योजनासमेत बनाइएको छ ।
केही दिनयता ठूला दलले गाउँगाउँमा चुनावी अभियानका क्रममा युवा, आमा समूहलाई प्रभावित पार्न आर्थिक प्रलोभन देखाउन थालेका छन् । लाखाँै रुपैयाँको आश्वासन बाँड्न थालिएकाले निर्वाचन आचारसंहितासमेत उल्लङ्घन भइरहेको छ । आचारसंहिता उल्लङ्घन भए पनि जिल्ला निर्वाचन कार्यालयले रोक्नका लागि प्रभावकारी काम नगरेको आरोपसमेत लाग्दै आएको छ । रासस