Wednesday, June 25, 2014

पर्वत एमाओवादी विवाद : समानान्तर कमिटीका अध्यक्ष पार्टीबाट निष्काशित !

             पर्वत २०७१ असार ११ । तीन दिनको अन्तरालमा दुई जिल्ला कमिटी गठन गरेर विवादमा तानिएको एकीकृत नेकपा माओवादी पर्वतमा झनै अन्तरव्दन्द बढेर गएको छ । एमाओवादी पर्वतको यहि असार ७ गते सम्पन्न जिल्ला कमिटिको बैठकले अध्यक्ष चयन गरेको कृष्ण पराजुलीको नेतृत्वमा रहेको जिल्ला कमिटिप्रति असन्तुष्टी जनाउँदै ९ गते केशव कुँवरको नेतृत्वमा ३६ सदस्यीय समानान्तर जिल्ला कमिटि घोषणा भएपछि दुबै गुटबीच बिबाद चुलिदैँ गएको छ । दुवै कमिटिले आ–आफ्नै कमिटि आधिकारीक भएको दावी गर्दै आएका छन् । कुँवरको नेतृत्वमा जिल्ला कमिटि घोषणा भए लगत्तै बुधबार पराजुली नेतृत्वको कमिटिले पत्रकार सम्मलेलन गरी पार्टीका केहि सदस्यले पार्टीको मर्म बिपरीत कमिटि घोषणा गरेको आरोप बताएका छन् । सम्मेलनमा बाँडिएको अध्यक्ष पराजुली र सचिब ढाकाराम गौतमद्धारा जारी विज्ञप्तीमा नयाँ घोषणा गरिएको कमिटीको अध्यक्ष केशव कुँवर र सचिब महेन्द्रजंग लामिछानेलाई पार्टीको सदस्यता समेत नरहने गरी अनिश्चितकालका लागि पार्टीवाट निस्कासन गर्ने निर्णय

Monday, June 23, 2014

पर्वतमा एमाओवादी विभाजन, तीन दिनमै दुई छुट्टाछुट्टै कमिटि

सिर्जनशिलको नेतृत्वमा नयाँ कमिटि घोषणा 
लक्ष्मीप्रसाद सापकोटा-
          पर्वत, ९ असार । पर्वतमा एमाओवादी दुई खेमामा विभाजन भएको छ । गत शनिवार संस्थापन पक्षका मानिने कृष्ण पराजुलीको अध्यक्षतामा जिल्ला कार्यसमिति चयन भएलगत्तै संस्थापन पक्षकै मानिने केशव कुँवर सिर्जनशिलको नेतृत्वमा ५१ सदस्यीय नयाँ कमिटि घोषणा गरेको हो । पराजुलीको नेतृत्वमा गठित कमिटि पार्टीको एउटा उपगुट मात्र भएको र पार्टीका अधिकांश सदस्यहरु बाहिर भएको भन्दै नयाँ पार्टी घोषणा गरिएको नवगठित कमिटिका अध्यक्ष सिर्जनशिलले जानकारी दिए । सोमवार पत्रकार सम्मेलन गरी आधिकारीक रुपमा एमाओवादी पर्वत जिल्ला कार्यसमितिको नयाँ कमिटि घोषणा गरिएको हो । नवघोषित कमिटिको उपाध्यक्षमा यमबहादुुर विक, सचिबमा महेन्द्रजंग लामिछाने,

बजार नपाएपछि म्याग्दीमा लाखौँ मुल्यको गोलभेँडा बारीमै कुहीन थाल्यो

सन्तोष गौतम, 
           म्याग्दी २०७१ असार ९ । म्याग्दीका किसानले उत्पादन गरेको गोलभेडाँले बजार नपाएपछि बारीमै कुहिन थालेको छ । बजारमा मागको तुलनामा गोलभेडाको उत्पादन बढी भएको र जिल्ला बाहिरको बजारमा कृषकको पहुँच नभएका कारणले बारीमा गोलभेडा कुहिन थालेको हो । रत्नेचौर, ज्यामरुककोट, सिंगा, घतान, बाबियाचौर, दरवाङ लगायत गाविसका कृषकले उत्पादीत गोलभेडाँले बजार र मूल्य नपाएपछि बारीमै कुहीन थालेको बताएका छन् ।
           केही दिनअघि ६० रुपैया प्रतिकिलोमा बिक्री भएको गोलभेडाको मूल्य घटेर यसहप्ता १० रुपैयामा झरेपछि बोटबाटै टिप्नै छाडेको ज्यामरुककोटका कृषक सोभित शर्माले बताए ।
‘धेरै उत्पादन भएकाले एकाएक मूल्य घट्नुका साथै पसल पसलमा पुराउँदा समेत बिक्री हुन छाड्यो’ शर्माले भने ‘बजार र मूल्य पाउन नसकेपछि पाकेका गोलभेडाँ बारिमै कुहिएर नष्ट हुन थालेको छ ।’ असार महिना गोलभेडा खेतीका लागि अनुकुल सिजन मानिन्छ । बजार बिस्तार हुन

पहिरनको आलोचना भएपछि रेखा अवार्डमा नजाने

         बलिउडकी सर्वाधिक चर्चित नायिका रेखा अब कुनै पनि अवार्ड कार्यक्रममा भाग लिन नजाने भएकी छिन् । रेखा यसरी अवार्डमा नजानुको कारण उनको पहिरन हो । रेखा हरेक कार्यक्रममा प्राय एउटै पहिरनमा पुग्ने गर्छिन् । कानमा लगाने गहनादेखि सारी उनको लागि मनपर्ने पहिरन हुन् । 
            हरेक कार्यक्रममा एउटै स्टाइलको पहिरन लगाएपछि रेखाको आलोचना हुन थालेको छ । यही कारण गर्दा पनि रेखाले अब कुनै पनि अवार्ड कार्यक्रममा सहभागीता नजनाउने निर्णय गरेकी हुन् । रेखाले पहिरन बदल्न छोडेर किन अवार्ड नै बहिष्कार गरिन्, यो भने अनौठो बिषय छ । तर जे भएपनि रेखाको यो कदमले अवार्ड आयोजकहरुलाई भने हैरानीमा राखिदिन

सेतीका एमालेबीच कुटाकुटको आरोप

आफ्नै कमरेडले पैसा र मोबाइल लुटे
              ९ असार, काठमाडौं । नेकपा एमालेको महाधिवेशन प्रतिनिधि छनौटका क्रममा सेती अन्चल सम्पर्क कमिटीमा एकले अर्को पक्षमाथि कुटपीट र बलजफ्ती गरेको आरोप लगाउँदै निर्वाचन बदरको माग गरेका छन् । माधव नेपाल पक्षले ओली पक्षमाथि कुटपीटको आरोप लगाए लगत्तै ओली पक्षले पनि कुटपीटको आरोप लगाएको छ । महाधिवेशन प्रतिनिधि छनौटका लागि निर्वाचनका समयमा आफुमाथि कुटपीट गरी प्रतिनिधि चयन गरिएको भन्दै प्रयाग खड्काले एमाले संगठन विभागमा उजुरी गरेका छन् । सर्बसम्मत प्रतिनिधि चयन गर्न छलफल भइरहेका बेला बाहिरवाट आएका युवासंघका केन्द्रीय सचिवालय सदस्य सुरेन्द्रमान कार्की र अनेरास्ववियुका भीम रावलले आफुमाथि कुटपीट गरेको र आफु घाइते भइ बीर अस्पतालमा जानु परेको र सोही अवसर पारेर प्रतिनिधि छनौट गरेको बताएका छन् । नेपाल पक्षले भीम रावलमाथि आक्रमण भएको आरोप लगाएको

स्टेजमै यस्तो देखाउने जेनिफरको पीटबुल कसरी भाई ?

             विश्व कप फुटबलको उद्घाटनमा विश्व चर्चित गायिका जेनिफर लोपेजर गायक पिटबुलले धमकेदार प्रस्तुत दिए ।
              पिटबुल र जेनिफरकाको जोडी लामो समयदेखि चर्चामा छ । केही समय अघि जेनिफर र पिटबुलले स्टेजमा देखाएको हर्कत चर्चामा थियो ।
                 मिडियामा यो जोडी चाडै नै सम्बन्ध जोड्ने बाटोमा लागेको खबर सार्वजनिक भएको थियो । तर गायिका जेनिफरले मिडियासँग कुरा गर्दै पिटबुल आफ्नो भाई जस्तो भएको बताएकी छिन् । पिटबुललाई आफूसँग सम्बन्ध जोड्ने समेत समय नभएको उनको

दुई नेताको प्रेम विवादमा अल्झियो सद्भावना

          काठमाडौ असार ९ – मधेशवादी दलबीचको एकीकरणको चर्चा सलाएको अवस्थामा सद्भावना पार्टीभित्र एक जोडी नेताको प्रेमले चर्चा पाएको छ । सद्भावना पार्टीका केन्द्रीय सदस्य एवं प्रवक्ता सन्तोष मेहता र सोही पार्टीका भातृसंगठन विद्यार्थी मञ्चका महासचिव चुनी खातुनबीचको प्रेम सम्बन्धले यतिखेर पार्टीमा मात्र होइन मधेश राजनीतिमा नै चर्चा पाएको छ । करिब पाँच वर्षदेखिको प्रेम सम्बन्ध अहिले आएर मात्र चर्चामा आउनुको कारण दुई जनाबीच विहेको कुराले भएको झगडा हो । कागजी रुपमा विहे गरेर काठमाडौमा प्रायः सँगै बस्ने कतै जाँदा सँगै जाने गर्दै आएका प्रवक्ता मेहताले अहिले आएर चुन्नीसँग विहे नगर्ने भनेपछि दुईबीचको विवाद बाहिर आएको हो । स्वयं दुईजनाले आपसमा सम्झौता गरी कागजी विवाह गरी श्रीमान् श्रीमती भएर अमेरिका भ्रमण समेत गर्न भ्याएका यी जोडीबीच अहिले आएर तनाव शुरु भएको छ । सद्भावना पार्टी स्रोतका अनुसार प्रवक्ता मेहताले चुन्नी खातुनसँग नै विहे गर्ने भनिरहेका थिए तर उनको परिवारले स्वीकृति नदिएपछि

मोदीको भ्रमण तयारी गर्न सुष्मा स्वराज नेपाल आउँदै

            काठमाडौ असार ९ – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण र नेपालमा हुने सार्क सम्मेलनको तयारी व्यवस्थाको बारेमा जानकारी लिन त्यहाँका विदेश मन्त्री सुष्मा स्वराज नेपाल आउने भएकी छिन् । भ्रमणमा मोदी नेपाल आउने चर्चा चलेपनि नेपालले त्यसको तयारी पूरा गर्न नसकेको कारण भ्रमणको मिति लम्बिदै गइरहेको छ । भुटान जानुअघि मोदी नेपाल आउने तयारीमा थिए तर नेपालले खासै चासो नदेखाएपछि उनी भुटान गएका थिए । नेपाल आउने तयारी रहेकै अवस्थामा भुटान गएको कारणले त्यहाँ मोदीले आफ्नो मन्तव्य दिँदा पटक पटक नेपालको नाम उच्चारण गरेको विश्लेषकहरुको दावी छ । यसअघिका प्रधानमन्त्री मनमोहन सिंह पनि नेपाल आउने तयारीमा थिए तर सरकारले चासो नदेखाएपछि भ्रमण स्थगित भएको थियो । साउथ ब्लकले सुष्माको यसपटक भरतीय विदेश मन्त्री सुष्मा