समाचार

 फाइभजी प्रविधि सफल परिक्षण गरेको सामसुङ कम्पनीको दावी

           सोल, ३० वैशाख । सामसुङ कम्पनीले हालसम्मको ताररहित सञ्चारमा सबैभन्दा द्रुत  गतिको डाटा आदान-प्रदान गर्ने माध्यम पाँचौँ पुस्ता (फाइभजी) प्रविधिको विकास गर्न सफल भएको दावी गरेको छ। कम्पनीका अनुसार यस नविनतम प्रविधि बिकास पछि प्रयोगकर्ताले एउटा चलचित्र डाउनलोड गर्नु परेमा एक सेकेन्डको समय पर्याप्त हुने बताएको छ। जसमा दुई किलोमिटरको दूरीमा प्रति सेकेन्ड एक गिगाबाइट बराबरको डाटा आदान-प्रदान गर्ने प्रविधि परीक्षण पछि सफल भएको जानकारी समेत कम्पनीले दिएको छ।
           यो पाँचौँ पुस्ताको नयाँ प्रविधि सन् २०२० भन्दा अगाडि व्यापारिक प्रयोजनका लागि बजारमा आउन नसक्ने सामसुङ कम्पनी जनाएको छ। भर्खरै चौँथो पुस्ता (फोरजी) प्रविधिको व्यवसायीक सेवा विश्व बजारमा उपोभोक्ता माझ ल्याएको अवस्थामा यस नविनतम प्रविधि फाइभजी प्रयोग गर्न ग्राहकले केही बर्ष पर्खनु पर्ने पनि कम्पनीले बताएको छ। हालै  परिक्षण सफल भएको फाइभजी प्रविधि फोरजी भन्दा सयौँ गुणा छिटो गतिले डाटा सञ्चार गर्न सक्ने कम्पनीले प्रकाशन गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। फाइभजी प्रविधिले थ्रीडी चलचित्र तथा खेल र वास्तविक समयमा ‘अल्ट्रा हाइ डेफिनिसन’ सामग्री सञ्चार गर्न तथा दूर-चिकित्सा सेवालाई सरल बनाउन सहयोग गर्ने अपेक्षा यस कम्पनीले लिएको उक्त विज्ञप्तिमा उल्लेख छ।

दाहालको होस टुङ्गोमा छैन : नेपाल

          नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको होस टुङ्गोमा नभएको बताएका छन्। पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीको १५ औं स्मृति दिवसको अवसरमा राजधानीको इन्द्रायणीमा बोल्दै नेपालले हरेक ठाँउमा कुरा फेर्ने बानीले पनि दाहालको होस ठाँउमा नभएको स्पष्ट भएको बताए।
          मनमोहन स्मृति सङ्कल्प ज्येष्ठ नागरिक उद्धार केन्द्रको शिलान्यास कार्यक्रममा बोल्दै नेता नेपालले कहीँ एमाले छैन भन्ने र कहीँ मैले त्यसो भन्न खोजेको हैन भन्नुले पनि उनको होसै हराएको प्रष्ट भएको बताए।
कार्यक्रममा नेपालले मुलुक राजनीतिक संक्रमणमा रहेको अवस्थामा आन्दोलनमा जानु भन्दा पनि सहमतिय राजनीतिमा आएर चुनावमा भाग लिन वैद्यपक्षलाई आग्रह गरेका छन्। सहमती र सहकार्यबिना मुलुकको निकास हुन नसक्ने बताउदै नेता नेपालले जतिसक्दो चाँडो सहमत गराएर चाँडै चुनावमा जानुपर्ने बताए।
                ज्येष्ठ नागरिकको मानव अधिकार र सामाजिक सुरक्षाका काम गरिरहेको संस्था सङ्कल्प नेपालको पहलमा सरकारबाट उपलब्ध २० रोपनी क्षेत्रफलमा करिब ३० करोड रुपियाँको लागतमा सम्पन्न गर्ने लक्ष्य राखेर निर्माण हुन लागेको सङ्कल्प ज्येष्ठ नागरिक ग्राम ज्येष्ठ नागरिकको सुरक्षा र अधिकारका लागि सहारा बन्ने विश्वास व्यक्त गरेका थिए।  

माओवादी बैठकमा बैद्यद्धारा राजनीतिक प्रस्ताव पेश

Maoist-Flag        नेकपा-माओवादीको केन्द्रीय समितिको विस्तारित बैठक मंगलबारबाट सुरु भएको छ ।

   बैठकमा सरकारविरुद्ध आन्दोलन, भावी रणनीति लगायतका विषय समेटेर अध्यक्ष मोहन बैद्य किरणले राजनीतिक प्रस्ताव पेश गर्नु भएको छ ।

    प्रतिवेदनमा आफ्नो पार्टी नयाँ बैकल्पिक शक्तिका रुपमा आएको समिक्षा गरिएको छ । वर्तमान सरकारलाई प्रतिगमनको नयाँ स्वरुप भन्दै बैद्यले कुनै सम्झौता नगर्ने बताउनु भएको छ । उहाँले वर्तमान सरकारलाई घुँडा नटेकाएसम्म आन्दोलन जारी राख्ने बताउनु भएको एक नेताले बताए ।

       बैठकमा १ सय ८ बैकल्पिकसहित १ सय ५१ केन्द्रीय सदस्य र सल्लाहकार सहभागी छन् । बैद्यको प्रतिबेदनमाथि भोलिबाट छलफल सुरू हुनेछ । भोलिको बैठक विहान १० बजेपछि बस्नेछ ।

 अदालतले खोजेको बखत उपस्थित हुने शर्तमा मनाङे छुटे

dons_property       - दीपक मनाङेलाई काठमाडौं जिल्ला अदालतले हाजिर जवानीमा रिहा गरेको छ। अदालतले खोजेको बखत उपस्थित हुने शर्तमा मनाङेका कानुन ब्यवसयीलाई अदातले जिम्मा दिएको हो। ब्यालेन्स नभएको साढे २० लाखको चेक दिएर ठगि गरको अभियोगमा पक्राउ परेका मनाङेलाई महानगरीय प्रहरी परिसर काठमाडौंले ठगि मुद्दादमा कारबाही पक्रिया अगाडि बढाएको थियो।  प्रारम्भमा सात दिने म्याद लिए पनि म्याद पूरा नहुँदै प्रहरीले मंगलबार मुद्दा अदालत पुर्‍यएको थियो।

सरकारले बैद्य र उपेन्द्रलाई वार्ताको निम्तो दियो, फोरमसँग शनिवार वार्ता


      काठमाडौं । सरकारले आन्दोलनरत नेकपा-माओवादी र मधेसी जनअधिकार फोरमलाई औपचारिक रुपमा वार्तामा बोलाएको छ ।

              सरकारद्वारा गठित वार्ता टोलीले मंगलबार औपचारिक पत्र पठाई वार्ताको निम्तो दिएको हो । मन्त्रिपरिषद् अध्यक्षका प्रेस सल्लाहकार विमल गौतमका अनुसार फोरम अध्यक्ष उपेन्द्र यादवसहितको टोलीसँग शनिबार वार्ता हुँदैछ । संघीय लोकतान्त्रिक मोर्चामा फोरमसहितका ८ दल छन् ।

         स्रोतका अनुसार सरकारले मोहन बैद्य नेतृत्वको माओवादी नेतृत्वको मोर्चालाई पनि वार्तामा बोलाए पनि आउने- नआउने निश्चित छैन । ३३ दलले राष्ट्रपतिसँग मात्र वार्ता गर्ने अडान लिएका छन् ।

 मध्यरातमा यसरी अस्वीकृत भयो कांग्रेस महामन्त्रीको प्रस्ताव

सभापतिले पाएनन् आमन्त्रित सदस्य छान्ने अधिकार


२३ चैत, काठमाण्डौ । बिहीबार मध्यरातसम्म खानासमेत नखाई बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापतिलाई शक्तिशाली बनाउने महामन्त्री कृष्णप्रसाद सिटौलाको प्रस्ताव अस्वीकार गरेको छ । तेह्रौं महाधिवेशनअघि सभापतिको अधिकार परिमार्जन गर्न नपाइने केन्द्रीय सदस्यहरुको अडानपछि सभापति कोइरालालाई ‘पावरफूल’ बनाउने सिटौलाको प्रस्ताव अस्वीकृत भएको हो ।krishna-susil
बुधबार शुरु भएको बैठकमा महामन्त्री सिटौलाले पार्टी सभापतिले ५० प्रतिशत पदाधिकारी कार्यसमितिमा मनोनित गर्न पाउने गरी विधान संशोधन गरिनुपर्ने प्रस्ताव राख्नुभएको थियो । साथै कार्यसमितिमा ल्याइने १० प्रतिशत आमन्त्रित सदस्यलाई समितिले मनोनयन गर्ने प्रावधान हटाएर ‘सभापतिले गर्ने’ व्यवस्था गरिनुपर्ने सिटौलाको प्रस्ताव थियो ।

कांग्रेसको दोस्रो दिनको बैठकमा सबै केन्द्रीय सदस्यहरुले बोलिसक्नुपर्ने भएपछि बैठक बिहीबार राति डेढ बजेमात्रै सकिएको थियो । मध्यरातसम्म बैठक बसे पनि नेताहरुले खानाको सट्टा बिस्कुट, स्याऊ र केरामात्र खाएका थिए । बैठक सकेर रातको २ बजेतिर नेताहरु निवास फर्केका थिए ।
विहीबारको बैठकले सभापतिलाई ५० प्रतिशत मनोनयनको अधिकार नदिने निर्णय गरेको छ । साथै १० प्रतिशत आमन्त्रित सदस्यको मनोनय पनि सभापतिले एक्लै गर्न नपाउने र सो मनोनय समितिले नै गर्नुपर्ने विधानको साबिक प्रावधान कायम राखिएको छ । सिटौलाको प्रस्ताव अनुरुप कार्यसमितिको पदाधिकारीमा महासमिति र महाधिवेशन प्रतिनिधिबाटसमेत मनोनयन गर्ने पाउने अधिकार दिने गरी विधान संशोधन गर्नर् बैठक सहमत भएको केन्द्रीय सदस्य एनपी साउदले अनलाइनखबरलाई बताउनुभयो ।
बैठकमा उपसभापति रामचन्द्र पौडेलद्वारा प्रस्तुत राजनीतिक प्रस्तावमाथि केन्द्रीय सदस्यहरुले आ-आफ्नो विचार राखेका थिए । यसक्रममा रेग्मी सरकार गठनबारे असहमति राख्दै आएका नेताहरु पूर्णबहादुर खड्का, बालकृष्ण खाँड, शंकर भण्डारीलगायतका नेताहरु कडारुपमा प्रस्तुत भएका थिए । तर, सभापति कोइरालाले सबैको विचार पौडलेको दस्तावेजमा समेटिएको र बाँकी विषय पनि समेट्ने अडान राख्दै असन्तुष्टको माग पूरा नहुने अडान दोहोर्‍याउनुभएको बैठकमा सहभागी केन्द्रीय नेताले बताएका छन् । सभापतिको अडानपछि केन्द्रीय सदस्य बलबहादलुर केसी र पुष्पा भुसालले असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउने प्रयास गरेका थिए ।
फरक मतलाई दस्ताबेजमा समेट्ने सहमति
कांग्रेसमा २२ केन्द्रीय सदस्यले पेश गरेको फरक मतलाई महासमिति वैठकमा पेश गरिने पौडेलको राजनीतिक प्रतिबेदनमा समेटिने बैठकले सहमति गरेको छ । बैठकले ४ बुँदे फरक मतलाई प्रतिवेदनमा समावेश गर्ने निर्णय गरेको हो । फरक मतलाई मिलाएर राजनीतिक प्रतिवेदनमा समावेश गर्ने जिम्मा उपसभापति रामचन्द्र पौडेल र पूर्णबहादुर खड्कालाई दिइएको छ । यस्तै मीन विश्वकर्मा, जीवन परियार लगायतले पेश गरेको आर्थिक सामाजिक रुपान्तरणको प्रस्ताव पनि राजनीतिक प्रतिवेदनमा समावेश गरिने भएको छ ।
असन्तुष्टहरुले अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीश पदबाट राजीनामा दिनुपर्ने प्रस्ताव राखेका छन् । पूर्णबहादुर खड्का, अर्जुननरसिंह केसी लगायतका २२ केन्द्रीय सदस्यले पेश गरेको फरक मतमा प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने, संविधानसभा चुनाव असारमै गर्नुपर्ने, निर्वाचन आयोगमा नियुक्ति भइसकेको अवस्थामा अन्य संवैधानिक निकायहरुमा नियुक्ति चुनाव अघि गर्न नहुने र कांग्रेसले विरोधमा उत्रेका पार्टी र नागरिक समाजसँग वार्ता गरेर चुनावको माहोल तयार गर्नुपर्ने उल्लेख छ ।
बिहीबारको बैठकमा पौडेलले पेश गरेको १४ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा आफूहरुको फरक मतलाई अस्वीकार गरेको भन्दै २२ केन्द्रीय सदस्यले चर्को विरोध गरेका थिए । प्रतिवेदन २६ गतेबाट नवलपरासीमा हुने महासचिव बैठकमा पेश हुनेछ ।

No comments:

Post a Comment