prachanda and mohan                     काठमाडौं। एकीकृत माओवादीको दलीय स्वार्थका लागि नेकपा–माओवादीलाई संविधानसभा निर्वाचनमा सहभागी गरेर समाप्त पार्न खोजेको निष्कर्ष निकाल्दै नेकपा–माओवादीले चुनाव वहिष्कारलाई हिंसात्मक बनाउने रणनीति अख्तियार गरेको छ। सोही कारण पछिल्ला दिनमा बन्द, बम विष्फोट, उम्मेदवारमाथि भौतिक आक्रमण, प्रचार सामग्री जलाउने लगायतका घटनामा नेकपा–माओवादी प्रतिष्ठाको सवाल बनाएर अग्रसर भएको छ। यस्तो वातावरणमा गराइने चुनावले द्धन्द्ध समाधान नगर्ने र संविधान बनिहाले पनि सर्वस्वीकार्य नहुने खतरा