Saturday, April 11, 2015

माओवादीसंग गरेको शान्ति सम्झौता द्वन्द्व रोक्नु मात्र, संविधानमा समावेश गर्न होइन: कृषि मन्त्री

               कैलाली, चैत्र २८ कृषि मन्त्री हरि पराजुलीले तत्कालिन ने.क.पा. माओवादीसंग गरेको शान्ति सम्झौता संविधानमा समावेश गर्नका लागि नभएको बताएका छन् । आज प्रेश चौतारी नेपाल कैलालीले आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री पराजुलीले शान्ति सम्झौता त नेपाली जनतालाई द्वन्द्वबाट मुक्ति दिलाउनका लागि मात्र भएको र संविधानमा समावेश गर्नका लागि होइन । सबै दलहरु सहमतिबा
ट संंविधान जारी गर्न लालाईत भए ८ प्रदेशको बहुपहिचान सहितको संघिय राज्य निर्माण गरिने यदि सहमति भएन भने प्रक्रियाबाट जेट १५ भित्र कांग्रेस र एमालेले निर्धारण गरिएको संघिय राज्य सहितको संविधान निर्माण गर्न अग्रसर हुने मन्त्री पराजुलीको भनाइ

कोमल वलीले केपी ओलीसँग भनिन्- बागमतिमा डेटिङ जान पाउनुपर्‍यो

           काठमाडौ । बागमति सफाई अभियान सुरु भएको एक सय हप्ता पुगेको अवसरमा शनिवार बाग्मतीमा मानव साङलो बनाइयो । मानव साङ्लोमा सहभागी हुन थुप्रै कलाकार बागमति नदी किनारमा भेला भए । गायिका कोमल वली शनिवार बिहानै ललितपुरस्थित बागमति किनारमा पुगिन् । संयोग एमाले अध्यक्ष केपी ओलीसहितको टोली पनि त्यहि थियो । मौकामा चौका हान्दै कोमलले केपीनेरै पुगेर खासखुस कुरा गरिन् । उनका कुरा सुनेर केपी ओली मुसुक्क हाँसे । अनलाइनखबरले कोमललाई सोध्यो- ओली कमरेडसित के खासखुस हो तपाईको ? वलीले भनिन्- मैले त ओली कमरेडलाई गजब प्रस्ताव गरेँ ।’ नदी किरानमा रुख रोपेर नयाँ पुस्ताका केटाकेटीलाई डेटिङ जान सजिलो बनाइदिउँ भन्ने प्रस्ताव कोमलले केपीसँग राखेकी छन् । बागमति नदीलाई एउटा प्रतिक मानेर यहि प्रतिकको आधारमा आफ्नो मति पनि सुधार्नुपर्छ

भौगोलिक विशिष्ठताको आधारमा संघीयता : ओली


'तेस्रो संविधानसभाको कुरा गरेर समय बर्बाद नगरौं' 

            २८ चैत, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालको भौगोलिक विशिष्ठताको आधारमा राज्य पुनसंरचना हुने बताएका छन् । नेपालका कुनै पनि स्थानमा एउटै जाति र एउटै भाषाभाषीको बाहुल्यता नरहेको भन्दै उनले जातीय आधारको संघीयता एमालेलाई मान्य नहुने दोहोर्‍याए । यूरोपीयन युनियनको संसदीय टोलीसँग बालकोटस्थित निवासमा शनिबार भएको भेटमा ओलीले भने, ‘कुनै पनि भाषाभाषी र जातजातिको कुनै पनि क्षेत्रमा बाहुल्यता नरहेको विशिष्ठ परिस्थितिलाई ध्यान दिँदै यही संविधानसभाबाट संविधान जारी हुन्छ ।’ उनले तेस्रो संविधानसभाबारे कल्पनासमेत गर्न नसकिने पनि बताए । ‘यही संविधानसभाबाट अधिकतम सहमतिमा संविधान आउँछ,’ ओलीले भनाइ उदृत गर्दै उनका स्वकीय सचिव रमेश आचार्यले भने, ‘तेस्रो संविधानसभाको कुरा गरेर समय बर्बाद नगरौं ।’ ओलीले धेरै विषयबस्तुमा सहमति भैसकेको

प्लेनमा कुटपिट गरेको आरोपमा सलमानमाथि अर्को मुद्दा

       
               मुम्बाई, प्लेन यात्राको दोरान प्यासेन्जरसँग बहस र कुटपिटको आरोपमा बलिवुडका सुपरस्टार सलमान खानमाथि प्रहरीमा उजुरी दर्ज गरिएको छ । ‘हिट एण्ड रन’ केसमा अदालतको चक्कर काटिरहेका सलमानमाथि पाँच महिना पूरानो घटनालाई लिएर एफआइआर दर्ज गरिएको हो । गत वर्षको नोभेम्बर ४ का दिन मुम्बाईबाट दिल्ली जाने प्लेनमा सवार सलमानको अर्का यात्रुसँग बहस भएको थियो । सलमानमाथि बडिगार्डलाई लगाएर ती व्यक्तिलाई कुटपिट गरेको आरोप छ । रविन्द्र द्वीवेदी नामक ती व्यक्तिले सलमानमाथि आफ्नो महत्वपूर्ण कागजात लगेको पनि आरोप लगाएका छन् । उनले आफूसँग विजेपीका दिवंगत नेता गोपीनाथ मुंडेको दूर्घटनाको बारेमा महत्वपूर्ण कागजात रहेको दाबी गरेका छन् । आफूलाई भ्रष्टाचार निर्मूलन समितिका सदस्य बताउने द्वीवेदीले जेट एयरवेजको फ्लाइट 9W331  मा यात्राको क्रममा यो घटना घटेको

महिलाद्धारा आत्महत्या, श्रीमान १८ वर्षदेखि वेपत्ता

              रामेछाप, चैत २८–ओखलढुंगामा हिजो एक महिलाले झुण्डीएर आत्महत्या गरेकी छिन् । जिल्लाको कटुन्जे गाविस वार्ड न १ बस्ने ५० बर्षिय पुर्णमाया सार्कीले आफ्नै घरको निदालमा डोरिले पासो लगाई झुण्डीएर आत्महत्या गरेकी हुन् । वेलुकि करिब ७ वजे तिर घरमा कोहि नभएको बेला सार्की ले आत्महत्या गरेको मृतकका जेठो छोरा नेत्रबहादुर सार्कीले बताएका छन । आत्महत्याको कारण भने नखुलेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । मृतक सार्कीको श्रीमान भिमबहादुर सार्की १८ बर्ष देखि बेपत्ता रहेको ओखलढुङगाबाट दिपक

सन्नी भन्छिन्-‘गर्भवती हुने समय छैन’

          सन्नी लियोनी अभिनित चलचित्र ‘लिला’ आजबाट प्रदर्शनमा आएको छ । यसले सन्नीको भाग्य चम्काउने विश्वास गरिएको छ । बलिउडमा भाग्य चम्काउन लागेकी सन्नीले आफूसँग अहिले नै सन्तान जन्माउने समय नभएको बताएकी छिन् । सन्नीले अहिले नै परिवारको संख्या बढाउने बेला नआएको बताइन् । उनले आफूले परिवारको बारेमा सोचेको तर अहिले नै गर्भवती हुने समय नभएको बताइन् । बच्चालाई जन्म दिदा एक बर्ष पूर्ण रुपमा सकिने भएको भन्दै सन्नीले यसले आफ्नो करिअरलाई नै बर्बाद बनाउने बताइन् । बलिउडमा पाइला राखेको छोटो समयमा नै चर्चाको शिखरमा रहेकी सन्नीले यो समय काम गर्ने बेला भएको बताइन् । सन्तानलाई जन्म दिएपछि नायिकाहरु केही बर्ष हराउने गरेका

बागलुङ– १ मा आज उपनिर्वाचनः मतदान जारी

तीन स्वतन्त्रसहित १३ उम्मेदवार चुनावी मैदानमा  

             
               बागलुङ, चैत २८– बागलुङ क्षेत्र नं १ को संविधानसभा उपनिर्वाचनमा आज बिहान ७ बजेदेखि सबै मतदान केन्द्रमा मतदान सुरु भएको छ । उन्नाइस गाविस र एक नगरपालिका गरी ३५ मतदानस्थलमा रहेको ७० मतदान केन्द्रमा मतदान सुरु भएको हो । ७ बजे अघि नै मतदान केन्द्रमा मतदाताको भीड लागेको छ । मतदाता उत्साहका साथ मतदान गर्न लामबद्ध बनिरहेका छन् । साँझ ५ बजेसम्म मतदान कार्य चल्ने जिल्ला निर्वाचन अधिकारी टोलराज उपाध्यायले बताए । यस क्षेत्रमा ५२ हजार २०२ मतदाता रहेका छन् । यो उपनिर्वाचनमा मतदानको दर बढ्ने अनुमान गरिएको छ । मतदान अवधिभर मतदान केन्द्रको सुरक्षाका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । भित्री घेरामा जनपद प्रहरी र बाहिरी