सम्पादकीय

आजबाट हामी दश हजारमा

                नेपाली पत्रकारीताको ईतिहास हेरेकपल चुनौती पुर्ण छ । नेपाली जनताको बिचबाट पैदा भएको पत्रकारीता र केहि मुठीभर मान्छेले जन्माएको पत्रकारीताको बिचको अन्तरविरोधमा आज पनि हामी रुमलिई रहेका छौं ।    धेरै लामो इतिहास बोकेको नेपाली पत्रकारीतालाई केहि मानिसहरुले आफ्नो अनुकुल प्रयोग गर्न नसकेका कारण हामीलाई निरन्तर दोषारोपण गरिनै रहे हामीलाई थाहा छ यो लामो अभियानलाई असफल बनाउनको लागि बिविध प्रकारका खेलहरु भई नै रहेका छन र तिनी अझै केहि समय निरन्तर अगाडी बढ्ने पनि छन् ।
           हाल पनि नेपालमा बर्गीय अन्तरबिरोधको हल भएको छैन त्यो थाहा पाउदा पाउदै पनि केहि मानिसहरुले आफ्नो बर्ग परिवर्तन गरेका छन् । त्यो सबै कुरा होईन तर उनीहरुले बर्ग परिबर्तन गर्ने नाउँमा जुन प्रकारको सम्झौता र मानिसहरुको संगत गरेका छन तिनीहरुको अन्त्य निश्चित जस्तै छ ।  यहि अभियानलाई जनताको बिचमा लैजानने पुलको रुपमा मात्रै हामी उभिएका हौं हामी जन्मिएको लामो समय भएको छैन तर हामीलाई धेरै लामो र पुरानो भए जस्तो आम नेपाली तथा विदेशमा रहेका नेपाली दाजुभाई दिदिबहिनीहरुले माया गर्नु भएको छ ।
           तपाईहरु कै माया कै कारण हामी लगभग एक महिना नपुग्दै दसौं हजार साथीहरुको बिचमा पुगी सकेका छौं यहाँ सम्म आउदा हाम्लिाई साथीहरुले निरन्तर सहयोग गर्नु भएको छ उहाँहरु प््रति हार्दिक आभार भन्न चाहान्छौ र निरन्तर सहयोगको अपेक्षा पनि गर्दछौं साथै यो अभियानमा केहि साथीहरु हाम्रा बिरुद्धमा ज्यान फालेर पनि लाग्नु भो तर सहयोगी साथीहरुका अगाडी उनीहरुको केहि लागेन ।   हामी तपाईहरु सबैलाई हार्दिक कृतज्ञता ब्यक्त गर्दै आम साथीहरुलाई हामीलाई निरन्तर माया गर्ने अपेक्षा पनि राखेको स गौरब भन्न चाहान्छौं ।
                                             बैकुण्ठ गिरी
                                         प्रकाशक÷सम्पादक

  प्रचण्डले भारतबाट अर्को राष्ट्रघात गरेर फर्केनेहुन ?          

         एमाओवादीका नेता बाबुराम भट्टराई प्रधानमन्त्री भएका वेला भारत भ्रमणमा गएर विप्पा सम्झौता गरी जुवा खेलेर आएको कुरा गरे । पछि तिनै बाबुरामले नेपालको साँचो अन्तै भएको र दुइ देशमध्ये कुनै एकमा नेपाल सवमर्ज हुने राष्ट्रघाती कुरा गरेर नेपालीको सार्वभौमसत्ता र राष्ट्रियताको उछितो काढेकै थिए । अब उनका पनि नेता प्रचण्ड भारत गएर त्यस्तै के गरेर आउने हुन् ? चिन्ताको विषय वन्न पुगेको छ । आफ्नो थैली भर्न र नेपाली जनतालाई कंगाल बनाउने भन्दा बढी यिनीहरुले के नै पो जानेका छन् र ! 

               पटक पटक जाल–झेल र षडयन्त्र गर्दै सबैलाई धोका दिई छल गर्न माहिर प्रचण्डले भारत जानु अघि पत्रकार सम्मेलनमा भनेछन् ‘भारतसंग पुराना कुनै विषयमा कुरा गर्दिन ।’ वास्तवमा हिजो देउवासंग प्रस्तुत ४० वुँदे मागमा राखिएका राष्ट्रियताका मुद्दाहरु पुरा गर्नका लागि राखेका भए पो भारतसंग ती विषयमा कुरा गर्ने थिए । उक्त मुद्दाहरु त जनतालाई मुर्ख बनाएर शहिदको खेती गर्नका लागि न राखिएको थियो । हिजो भारतसंग सुरुङ् युद्धको घोषणा गरेकै बेलामा भारतिय गुप्तचर संस्था ‘र’ का प्रमुखसंग बसेर वावुराम र प्रचण्डले लिखित पञ्जाछाप गरेको कुरा त बाबुराम भट्टराईका राजनीतिक गुरु एस.डी. मुनीले सार्वजनिक गरेकै छन् । त्यसैले ‘पुराना कुरा’को चर्चा मात्र गर्यो भने पनि उक्त पञ्जाछाप बाहिर ल्याइदिने डर बोकेर भारत भ्रमणमा गएका प्रचण्डले उक्त कुरा उठाउने कुरै भएन । त्यस अर्थमा उनले भनेको कुरामा एक हदसम्म सत्यता छ ।

           तर भारतमा गएर उनले जे गर्छन् त्यो चाँही नेपालको हितमा गर्छन् कि उनीहरुको आदेशलाई जस्ताको त्यस्तै स्विकार गरेर राष्ट्र र जनताका लागि थप संकटमा पार्ने काम गर्ने हुन् भन्ने कुरा अहिलेको मुख्य चिन्ताको विषय हो । हिजो एमाओवादीको नेतृत्वले आफ्नो सुरक्षा र स्वार्थका लागि गरेको अनुचित सम्झौता र मानवता विरुद्धका अपराधका कारण उनीहरु चाहेर पनि ‘पुराना कुरा’ उठाउन सक्ने स्थितिमा छैनन् । आफै वैदेशिक शक्तिको कठपुतली बनेको शक्ति र नेतृत्वबाट राष्ट्रको हित रक्षाको के अपेक्षा गर्नु । वास्तवमा एउटा झुठ लुकाउन खोज्दा सैयौंं झुठको जन्म हुन्छ र एउटा अपराधलाई लुकाउन खोज्दा अनेक अपराधको मतियार बन्नु पर्छ भन्ने कुराको दृष्टान्त एमाओवादी र उसको नेतृत्व बन्न पुगेको छ, होइन र ?
                                                                                                                         बैकुण्ठ गिरी कुश्मा, पर्वत


 कसैका कारण हामी रोकिने छैनौं

           नेपालको लामो ईतिहासमा मानिसहरु सामाजीक रुपाण्तरणलाई जुन गतिमा सोचिरहेका छन । हामी त्यो गतीलाई नयाँ उचाईमा उठाउन चाहान्छौ । नेपालको राजनैतिक ईतिहासलाई अगाडी बढाउदै गर्दा जनता र राज्यको बिचमा अन्तरविरोधहरु पैदा भए र हुदै गएका छन । त्यो अन्तरविरोधका कारण जनताका प्रतिनिधिहरु र राज्यका शासकहरुको बिचमा निरन्तर बहसका प्रकृयाहरु चलिरहन्छन ।
सो अवस्थामा जनताको विचमा न जनताका प्रतिनिधि भनिएकाहरु जान सक्छन न विरोधि सोहि अवस्थामा मिडियाको माध्यामबाट हामी जनताको विचमा गएका थियौ र आगामी दिनमा पनि निरन्तर जान चाहान्छौं । आज हामीले बिजी न्युजको नाममा अनलाईन पत्रिका चलाउने जुन सोच बनाएका छौ त्यो हाम्रो आवेग र अरु कसैको रिसीईविमा निकालिएको होईन तर यो अवस्यको हामीलाई जुन गतीमा केहि मानिसहरुले सोचरहेका छन त्यसलाईए पराजीत गर्न हामी निरन्तर जनताको सुचना पाउने अधिकारको नारा लिएर अगाडी बढीनै रहेछौ ।
केहि मानिसहरु आजको यो समयमा आफुलाई सबै कुराको हिमायती तथा ठेकेदार जस्तो ठानिरहेका छन त्यो तिनीहरुको भ्रम मात्रै हो त्यसैले पनि हामी अगाडी आएका छौ । हामीले आज यो अनलाईनलाई जुन सोचबाट सञ्चालन गर्ने सोच बनाएका छौ छिट्टै नै यसलाई बाग्लुङ्ग, म्याग्दी र पर्वतलाई केन्द्रमा राखी बिजी न्युज नाममै एउटा विचार मुलक साप्ताहि पत्रिकालाई सञ्चालनमा ल्याउने सोच बनाएका छौ आज तपाईहरुले जसरी यो अनलाईनलाई माया गर्नु भएको छ सोहि स्तरमै हमीलाई तपाईहरुको माया प्राप्त हुनेछ भन्ने हामीले पूर्ण विशवास लिएका छौ ।
                                                                                                                     बैकुण्ठ गिरी कुश्मा, पर्वत


No comments:

Post a Comment