Wednesday, February 7, 2018

ओली मेरो भगवान भन्दै फोरमका उपेन्द्र यादव पुगे वाम गठबन्धनको शरणमा !के गर्लान ओलीले ?

काठमाण्डौ । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी अबको सरकारमा सहभागि हुने बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै यादवले बाम गठबन्धनको सरकारमा सहभागि हुने स्पष्ट पारेका हुन्

भावी प्रधानमन्त्री एमाले अध्यक्ष केपी ओलीसँग हात मिलाएर आफ्नो दल सरकारमा जान चाहेको यादवले स्पष्ट पारेका छन् । यादवले सरकारमा सहभागि हुनका लागि संविधान संशोधनको मुद्दा नछोड्ने पनि स्पष्ट पारेका छन् ।

“म ओलीसँग हात मिलाएर सरकारमा जान चाहन्छु, तर संविधान संशोधन हुनुपर्छ ।” यादवले भने । जनताको म्यान्डेटअनुसार वाम गठबन्धनकै नेतृत्वमा सरकार बन्नुपर्नेमा यादवले जोड

प्रचण्डनै पार्टी अध्यक्ष बन्ने पक्का !झलनाथ खनालले गरे गोप्य सहमतिको पर्दाफास

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले प्रचण्डलाई एकीकृत पार्टीको अध्यक्ष मान्न आफू तयार रहेको बताएका छन् । वाम एकतालाई कुनै पनि हालतमा भड्किन दिन नहुने भन्दै प्रचण्डलाई एकीकृत पार्टीको अध्यक्ष मान्नुपर्ने स्थिति आए पनि त्यसमा तयार हुनुपर्ने नेता खनालको भनाइ छ ।

एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पद आफैंमा राख्न चाहेको गुनासो माओवादी पंक्तिबाट आइरहेका बेला एमालेका पूर्वअध्यक्षसमेत रहेका झलनाथले प्रचण्डलाई अध्यक्ष मान्न सकिने अभिव्यक्ति दिएका हुन् ।

दुई पार्टीवीचको एकता त भड्किन लागेको चर्चा छ नि भन्ने अनलाइनखबरको प्रश्नमा एमाले नेता खनालले भने- ‘एउटा बाटो खोज्नुपर्छ, हामीले

नेपालमै यस्तो हुन्छ ! वडा सदस्यमा हारेका व्यक्ति राष्ट्रिय सभा सदस्यमा बिजयी

सुर्खेत, – राष्ट्रिय सभा सदस्य निर्वाचनमा कालिकोटका नरपति लुहार विजयी भएका छन् । उनी गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा रास्कोट नगरपालिका ८ को वडा सदस्यमा पराजित भएका थिए ।
माओवादी केन्द्रका उम्मेदवारसँग ४ मत अन्तरले पराजित लुहारले राष्ट्रिय सभा निर्वाचनमा ३ हजार ६ सय ६६ मतभार प्राप्तगरे । ०४७ सालमा एमालेमा आबद्ध उनी हाल जिल्ला कमिटीको सचिवालय सदस्य हुन् । ०४४ सालमा उपप्रधानपञ्च, ०५४ सालमा एमालेबाट तत्कालीन फुकोट गाविसको वडाध्यक्ष निर्वाचितभएका

केपी ओलीका कारण एमालेमा आयो अहिलेसम्मकै खराब दिन, अहिले नै भन्न सकिन्न…

एमाले अध्यक्ष केपी ओलीसहित शीर्ष नेताले मुख्यमन्त्रीको टुंगो चुनावी प्रतिस्पर्धाबाटै हुने प्रस्ट संकेत गरेका छन् । मुख्यमन्त्रीका आकांक्षी संसदीय दलको नेता चुनिनका लागि ‘मतको जोडघटाउ’मा व्यस्त देखिएकै वेला ओलीसहित शीर्ष नेताले अन्तिम टुंगो चुनावी प्रतिस्पर्धाबाटै हुने प्रस्ट संकेत गरेका हुन् । मुख्यमन्त्रीका आकांक्षीहरू सम्बन्धित प्रदेशमै सांसदलाई छुट्टाछुट्टै भेट गर्दै चुनाव जित्ने लबिङमा व्यस्त छन् ।

एमालेले प्रदेश १ र ३ मा दलको नेता चयनका लागि शुक्रबार बैठक डाकेको छ । त्यस्तै, प्रदेश ४ मा संगठन कमिटीले २८ गते बैठक