Saturday, August 10, 2013

वार्ता विथोल्दै दाहाल

prachanda-speech                       काठमाडौं । आगामी मंसिर ४ गते नयाँ निर्वाचन गराउन प्रधानन्यायाधीशको नेतृत्वमा बनेको वर्तमान निर्दलीय सरकार कटिबद्ध रहे पनि व्यवहारत निर्वाचनको वातावरण बल्न सकेको छैन। निर्वाचनको पक्षमा प्रमुख चार शक्ति कडाई रहे पनि विभिन्न कारणले निर्वाचनको मार्ग खुल्न सकेको छैन। सरकारले वार्ताका लागि विरोधीपक्षलाई पटक–पटक बोलाए पनि त्यस्ता वार्ता वार्तामै मात्र सीमित हुन पुगेका छन्।
                      निर्वाचनको विपक्षमा देखिएका मोहन वैद्य नेतृत्वको नेकपा– माओवादीसहितका ३३ दलसँग वार्ता गर्न पुष्पकमल दाहाल खटिनु भएको छ। चार दलीय उच्च स्तरीय राजनीतिक

झरनाको घरमा स्कर्ट नै स्कर्ट, गरिमा जुत्ताको फ्यान

                           कलाकार भएपछि पहिरनको कलेक्शन गर्नु बाध्यता हो । एउटै पहिरन दोहोर्‍याएर लगाएको खण्डमा दर्शकदेखि मिडियासम्मको आँखा पर्ने पिर पनि हुन्छ । यसैले पनि उनीहरु पहिरनमा विशेष ध्यान दिन्छन् ।
                         नायिका विनिता बराल जिन्स पाइन्टको सौखिन हुन् । लगाउन सजिलो हुने भएकाले पनि उनले जिन्स पाइन्टको भण्डार नै गरेकी छिन् घरमा । विनिताका अनुसार उनीसँग ३५ वटा जिन्स पाइन्ट छन । जसमध्ये उनले एउटा पाइन्ट २ पटकसम्म लगाउँछिन् । तर घरमै बस्दा त बारम्बार धोएर लगाउँदा पनि फरक पर्दैन, उनले अनलाइनखबरसँग भनिन् । अहिले ज्यान मोटाएकाले पनि जिन्स पाइन्ट नयाँ नयाँ किन्नुपरेको उनको तर्क छ । नव नायिका अशिष्मा नकर्मीको सौख भने अन्य नायिकाको भन्दा फरक छ । उनलाई पुराना पैसा जम्मा गर्न मन लाग्छ । तर पहिरनको बिषयमा पनि

असन्तुष्टको मागप्रति हदैसम्मको लचकता अपनाउने कांग्रेसको निर्णय

                     पार्टी सभापति सुशिल कोइराला भारतबाट फर्केको भोलीपल्ट उनकै निवास महाराजगञ्जमा बसेको बैठकले असन्तुष्टको मागप्रति हदैसम्मको लचकता अपनाउने निर्णय गरेको हो ।
                           बैठकले सरकार विघटन, मंसिरमा तोकिएको संविधानसभाको दोस्रो निर्वाचनकोको स्थगन लगायताका माग भने पूरा गर्न नसकिने बताएको छ । कुनैपनि हालतमा मंसिरमा चुनाव गर्नको लागि असन्तुष्टहरुको मागप्रति पार्टीले हदैसम्मको लचकता

आमिर खानलाई कसको प्रतिक्षा ?

                         अभिनेता आमिर खान आफ्नो बहुप्रतिक्षित फिल्म धूम-३ को फाइनल कट देखेपछि निकै उत्साहित छन् र उनले आफ्नो रोमान्स फेसबुकमार्फत आफ्ना प्रशंसकहरुसँग बाँडेका छन् । उनले खेलेका छन्-’साथीहरु हो । मैले धूम-३ को फाइनल कट दिएँ । र म यसलाई तपाईहरुमाझ ल्याउन आतुर छु । मलाई क्रिसमससम्मको प्रतिक्षा कठिन भइरहेको छ ।’
                         धूम सीरीजको यो तेस्रो फिल्ममा आमिर खलनायकको भूमिकामा छन् । पछिल्लो फिल्म तलाश सोचेजस्तो सफल नभएपछि आमिरका लागि धूम-३ निकै महत्वपूर्ण छ । २००४ मा यशराज ब्यानरमा यो सीरीजको

वार्तामा हतार नगरौं :वैद्य

                    काठमाडौं,साउन २६–नेकपा–माओवादी सरकार तथा चारदलीय राजनीतिक समितिसँगको वार्ता हतारमा टुंग्याउन नहुने अडानमा देखिएको छ । ‘हतारमा वार्ता टुंग्याउने कुरा वार्ताबाटै भाग्ने चारदलीय नेताको षड्यन्त्र भएको’ बताउँदै उसले ‘वार्ता फलदायी बनाउन हतार गर्न नहुने’ प्रस्ट्याएको छ । नेकपा–माओवादी अध्यक्ष मोहन वैद्यले वार्ता सार्थक निष्कर्षमा पु¥याउन सबै राजनीतिक दलले गम्भीरतापूर्वक छलफल र बहस गर्नुपर्नेमा जोड दिए ।
                   पार्टीनिकट राष्ट्रिय कर्मचारी संगठन निजामती केन्द्रीय समितिको प्रथम महाधिवेशनमा शुक्रबार सम्बोधन गर्दै वैद्यले केही दिनभित्रै वार्ता टुंग्याउने सरकार तथा चारदलीय नेताका अभिव्यक्तिप्रति असन्तुष्टि जाहेर गरे । ‘केही दिनभित्रै वार्ता टुंग्याउने भनी आएको अभिव्यक्ति वार्ताबाटै भाग्ने प्रवृत्ति हो,’ उनले भने, ‘तीन दिनमा वार्ता टुंग्याउछौं भन्ने प्रवृत्ति वार्ताबाटै भाग्ने प्रवृत्ति हो, वार्ता सुरु नहु“दै

Friday, August 9, 2013

घर लिलामीको सूचना छापिएपछि युरोपमा एक घण्टा रोएँ- रामकृष्ण ढकाल

                       कुनै बेला सडकमा गीत गाउँदै हिड्ने गायक रामकृष्ण ढकाल गीत संगीतबाटै करोडपति बने । तर, पछिल्लो समय उनी फेरी सडकमै झरेको चर्चा चल्न थालेको छ । भैंसेपाटीमा रहेको उनको घर लिलामीको सूचना पत्रिकामा छापिएपछि उनी फेरि सडकमै आइपुगेको हल्ला चल्न थालेको छ । आफ्नो हैसियतभन्दा बढि खर्च गर्ने, फेरी-फेरी गाडी चढ्ने र महंगो घरमा बस्ने शौखका कारण उनी धरासायी भएको टिप्पणी हुने गरेको छ ।
                  शुक्रबार  अन्र्तवार्ता दिंदै उनले घर लिलामी भएपनि आफु सडकमा आइ नसकेको र अझै आफुसंग पर्याप्त सम्पत्ति भएको दावी गरेका छन् । आफुले भर्खरै कियाको नयाँ स्र्पोटेज गाडी किनेको र हात्तिगौडाको घर पनि रहेको भन्दै ढकालले भने- अहिले पनि मेरो स्टाण्डर्ड घटेको छैन ।
हात्तिगौंडाको घर हुँदाहुँदै आफन्तको नजिक बस्न एक सहकारीको अनुरोधमा दुई करोडमा घर किनेको जानकारी

स्टेजमा ऐश्वर्याको कमब्याक

                        ऐश्वर्या राय बच्चनले लामो समयपछि सार्वजनिक समारोहमा परर्फम गर्ने भएकी छिन् । 
                                आमा बनेपछि उनी फिल्म तथा स्टेज कार्यक्रम दुबैबाट टाढा थिइन् । तर, उनी अगष्ट १५ मा भारतको स्वतन्त्रता दिवसको अबसरमा हुने एक टीभी च्यानलको विशेष कार्यक्रममा स्टेजमा देखिने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
                          उनले शोबाट उठेको रकम उत्तराखण्डका बाढी पीडितहरुलाई दिने बताइएको छ । कार्यक्रममा अमिताभ बच्चन, माधुरी दीक्षित र काजोल

सन्नीले पछारिन् कटरिनालाई, शाहरुख र प्रियंकाको अत्तोपत्तो छैन

                   बलिउडमा गत वर्ष छिरेकी पोर्नस्टार सन्नी लियोनले बलिउडकी नम्बर वान भिनेत्री कटरिना कैफ मात्र होइन पछिल्लो समयकी हट नायिका दीपिका पादुकोणलाई समेत पछारेकी छिन् । सन्नी सँगको यो लडाइँमा विद्या बालन, सोनाक्षी सिन्हा तथा प्रियंका चोपडा निकै पछि रहेका छन् ।
                  यद्यपि धेरै फिल्म खेलेर वा उनले खेलेको फिल्मले धेरै कमाएको हुनाले सन्नीले अरु हिरो हिरोइनलाई जितेकी होइनन् । इन्टरनेटमा सबैभन्दा बढि खोजी गरिएको आधारमा सन्नी लियोन बलिउड स्टार मा पहिलो नम्बरमा परेकी हुन् । यो खोजीको लडाइँमा सन्नी सँग सलमान तथा शाहरुख र रणविर कपूर लगायत सबैले हारेका छन् । गत जुन महिनामा सन्नी लियोनलाई साढे ३ करोड पटक इन्टरनेटमा सर्च गरिएको छ । दोश्रो स्थानमा रहेकी क्याटरिना

माग सम्बोधन नभए निर्वाचन असफल पार्छौ : बैद्य


                २५ साउन, काठमाडौं । नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्य किरणले आफूहरुले उठाएका मागहरु सम्वोधन नभए जसरी पनि निर्वाचन असफल पार्ने चेतावनी दिनु भएको छ ।
                    नेपाल राष्ट्रिय कर्मचारी संगठनको प्रथम राष्ट्रिय अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष बैद्यले आफूहरुले वार्ता र संघर्ष एकैसाथ अघि बढाउने बताउनुभयो । मंसिर ४ को चुनाव रुपमा लोकतन्त्रका लागि जस्तो देखिए पनि लोकतन्त्र र जनताको अधिकारमाथि धावा बोल्न गराउन खोजेको उहाँको भनाई थियो ।
              २०४६ सालपछि दलहरुले बेवास्ता गरेकै कारण आफूहरुले १० बर्षे जनयुद्ध गरेको भन्दै माओवादी अध्यक्ष बैद्यले दलहरुले फेरि बेवास्ता गरे दुर्घटना निम्तिने चेतावनी

राजेन्द्रद्वारा रकमबाटै राजनीति

rajendra-mahato                काठमाडौं। जसको सरकार बन्दा पनि नछोडेर सदाबहार मन्त्रीको पहिचान बनाएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोमाथि पैसाका आधारमा नेताहरू खरिद गरेको आरोप पार्टीभित्रैबाट लागेको छ। सरकारबाट बाहिरिएपछि मात्रै उनले आधा दर्जनभन्दा बढी समूह र नेताहरूलाई पार्टी प्रवेश गराइसकेका छन्।
०६२–६३ को परिवर्तनपछि झलनाथ खनाल प्रधानमन्त्री हुँदाबाहेक अरू सरकार परिवर्तन हुँदा महतोले मालदार मन्त्रालय पाउँदै आएका थिए। प्रायः उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र पूर्व कर्मचारीहरूलाई सुम्पिनुअघि स्वास्थ्य मन्त्रालयमा उनी चर्चामा आइरहन्थे। मन्त्री हुँदा बुझाएको सम्पत्ति विवरणमा समेत सबैभन्दा बढी धनी देखिने तिनै महतोको ध्याउन जसरी भए पनि पार्टीलाई ठूलो बनाउनेछ। केही वर्षअघि एमाओवादीको इशारामा महासचिव अनिलकुमार झाले

Wednesday, August 7, 2013

तरुण दलको बन्दले चितवनको जनजीवन प्रभावित

                चितवन, साउन २४- नेपाली काँग्रेसको युवा संगठन नेपाल तरुण दलले आहृवान गरेको चितवन बन्दका कारण यहाँको जनजिवन प्रभावित भएको छ । पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाईको माग गर्दै तरुण दलले आहृवान गरेको बन्दका कारण विहीवार

मल्लिकाले कसरी मच्चाउनेछिन् ‘घमासान’

mallika sherawat                      (एजेन्सी)–आफ्नो अर्को फिल्म ‘डर्टी पोलिटिक्स’ मा मल्लिका शेरावत एउटा आइटम नम्बर गर्ने छिन् जसको शब्दहरुको अहिले बलिउडमा निकै चर्चा भइरहेको छ ।
                   खबरका अनुसार गीतको बोल ‘घमासान’ शब्दबाट सुरु हुन्छ र यो गीत निकै उत्तेजक किसिमको छ त्यसकारण यो चर्चाको केन्द्र बनेको छ ।
                     ९० को दशकमा सुभाष घईको फिल्म ‘खलनायक’ को गीत ‘चोली के पिछे’ को बोलमा पनि निकै विवाद भएको थियो तर मल्लिकाको 
                   यो गीतको बोल त्यो भन्दा पनि निकै कदम अघि

हराएकी छोरी खोजीगर्न गएका बाबुलाई प्रहरीले भन्यो-’बसपार्कतिर गएर खोज !’

black girl                  बागलुङ २०७० साउन २४ । ९ दिन देखी हराएकी बालिकाको सोधखोज गरिदिन बुधवार जिल्ला प्रहरी कार्यालय बागलुङमा पुगेका अभिभावकलाई प्रहरीले ‘बसपार्क तिर गएर खोज’ भन्ने जवाफ दिएर पन्छिएको बालिकाका बाबु हमन्ने परियारले बताएका छन् ।
                 तर प्रहरीले भने बसपार्क तिर गएर खोज भन्ने गैह्र जिम्मेवार जवाफ नदिएको बताएको छ । हराएका र समस्यामा परेकालाई सहयोग गर्ने प्रहरीको जिम्मेवारी हो भन्दै प्रनानि शैलेन्द्र खडकाले प्रकृयागतरुपमा निवेदन लिएर

पाकिस्तानमा भेटिए सलमानका फोटोकपी

                      बलिउड स्टार सलमान खानका फोटोकपी पाकिस्तानमा अहिले खुबै चर्चामा छन् । सलमान खानकै जस्तो अनुहार तथा जिउडाल मात्र होइन बोलिभाषा, लवज तथा हिँडाइ समेत दुरुस्तै सलमानकै जस्तो भएका हसनैन सलीमले ठूलै तहल्का मच्चाइरहेका छनपाकिस्तानको सियालकोटका बासिन्दा रहेका सलीमको भिडियो तथा तस्वीरहरुले इन्टरनेटमा समेत धूम मच्चाइरहेका छन् ।    आफ्नो गृहसहरका गल्ली गल्लीमा सलीमलाई हेर्न स्थानीय बासिन्दाको भिड लाग्ने गर्छ । सलमान खानका पाकिस्तानी फ्यानहरु अझ

देउवाले खोजे आरजुको हिस्सा

koirala-deuba-paudel-nepali-congress
                         काठमाडौं। सुशील कोइराला दुई जना महामन्त्रीलाई लिएर भारत भ्रमणमा गएका बेला कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले भने आफू निकटस्थहरूलाई निवासमै बोलाएर संविधानसभा निर्वाचनमा आफ्नो पक्षको उपस्थिति बलियो बनाउने गरी लाग्न निर्देशन दिएका छन्। 
                               बुढानीलकण्ठस्थित देउवा निवासमा जम्मा भएका किचन क्याबिनेटका नेता कार्यकर्ताहरूसँग उत्साहित मुद्रामा उपस्थित भएका देउवाले आगामी निर्वाचनमा कांग्रेसको उपस्थिति बलियो हुने निश्चित देखिएकोले त्यसमा पनि आफ्नो गुटको उपस्थिति बलियो

दीपिका र रणविरबीच झगडा

                      बलिउडका चर्चित प्रेमजोडी दीपिका पादुकोण र रणविर सिंहबीच झगडा भएको छ । हालै एक साथीको पार्टीमा सँगै पुगेका रणविर र दीपिकाबीच साथीको घरमै झगडा भएको हो ।
                           यी दुइ बीच झगडा पर्नुको कारण रणविर नै रहेछन् । रणविरले दीपिकाको सम्बन्धका बारेमा विना अनुमति मिडियामा विभिन्न कुरा गरेको प्रति दीपिका रिसाएकी रहेछिन् ।सोही कारण दीपिकाले रणविरलाई हकारेपछि यी दुइबीच झगडा भएको बताइएको छ । रणविरसँगको आफ्नो प्रेम सम्बन्धका बारेमा दीपिकाले मिडियामा

खिलाको राजमा यो कस्तो लीला

Lilamani-poudel                                 काठमाडौं। मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीलाई समेत गुमराहमा राख्दै मुख्य सचिव लीलामणि पौडेलले धमाधम आफ्नो हात जगन्नाथ गर्न थालेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा खैलाबैला मच्चिएको छ। मुख्य सचिवको हिम्मत देखेर मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि बाँस्कोटा, सूर्यप्रसाद सिलवालहरू पनि चकित हुन थालेका छन् भने मन्त्रीहरू रनभूल्लमा छन्। सामान्यतः मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरूले बोल्छन् र प्रधानमन्त्रीले धारणा राखेपछि त्यसलाई अन्तिम मानिन्छ। तर यो सरकारमा त मन्त्रिपरिषद् बैठकमा एजेन्डा नै नआएको र छलफल नै नभएका विषयलाई पनि मुख्यसचिवले निर्णय पुस्तिकामा उतारेर मन्त्रीहरूलाई बोधार्थ

Tuesday, August 6, 2013

सुशीलले फरिया नलाँदा सेकुवा फसाद


susil-koirala             २३ साउन, काठमाण्डौं । इतिहासदेखि नै ‘फरिया फर्मुला’ मा चलेको कांग्रेसमा यसचोटि फरिया ‘बर्जित’ पारिँदा बजेको सेकुवामा वाइन र मासु खपत भएको छ । सभापति सुशील कोइराला भारतीय प्रधानमन्त्री मनमोहन सिंहको निमन्त्राणामा दिल्ली गएपछि केही ‘फरिया’ को सेकुवा जमघट भएको हो । जिकिर थियो, ‘सुशील दा’ लाई त्यत्रो भन्दाभन्दै किन मान्नुभएन ?’
                कोइरालाका नाममा रकम असुलीदेखि हैसियत दुरुपयोग गर्नेसम्मको अभियोग लागेका पिए लक्ष्मण ढकालविरुद्ध अनामनगरस्थित सेकुवा सेन्टरमा

रेखा मोरङ ८ मा छम्माछम्मा

Rekha-thapa                     काठमाडौं। एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भद्रकालीमा नाचेर चर्चामा आएकी नायिका रेखा थापालाई सो पार्टीले संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवार बनाउने भएको छ।
                     समाचार स्रोतका अनुसार एमाओवादीका वरिष्ठ नेताहरूको असहमति हुँदाहुँदै पनि अध्यक्ष दाहालले रेखालाई प्रत्यक्षतर्फबाट मोरङको ८ नम्बर क्षेत्रबाट रेखालाई उठाउने तयारी गरिएको छ। केही समयअघि मात्र रेखा एमाओवादीमा औपचारिक रूपमा प्रवेश गरेकी थिइन्। नायिका रेखाको घर पनि मोरङकै

खसी देखाएर कुखुरा बेच्दै, मासु खाए ज्यान जाने डर

chicken-died-of-bird-flu                     काठमाडौं । पन्छीजन्य संक्रमित रोग बर्डफ्लुका कारण यतिबेला काठमाडौं उपत्यका उच्च जोखिममा छ। बर्डफ्लु भाइरस भएको पुष्टि भइसके पनि सरकारले संक्रमित सबै कुखुरा नष्ट गर्ने सकृयता समयमै देखाउन नसक्दा अवस्था भयावह बनेको हो। त्यसले गर्दा बिहीबारदेखि उपत्यकाका तीन जिल्लामा कुखुराको बिक्री वितरण र ओसारपसारमा रोक लगाए पनि खसरी देखाउँदै कुखुरा बेच्नेहरु पनि कमी छैन। कतिपय व्यापारीहरुले कुखुरा राख्ने स्थान नै परिवर्तन गरेर बिक्रि वितरण गरिहेका छन। विगत दुई सातामा

हलिउड सिनेमालाई बिर्साउने ऋतिकको ‘क्रिश ३’

                 राकेश रोशनको निर्माण तथा निर्देशनमा तयार भएको नयाँ चलचित्र ‘क्रिश ३’ को प्रोमो सार्वजनिक गरिएको छ । ब्रेन सर्जरी पश्चात आराम गरिरहेका नायक ऋतिक रोशन, पि्रयंका चोपडा, विवेक ओबराय, कंगना रनावत लगायतका कलाकारको अभिनय रहेको यो चलचित्रको प्रोमो सार्वजनिक भएसँगै यसको चर्चा पनि चुलिएको छ ।चलचित्रलाई अत्याधुनिक प्रविधिले सिगारिएको छ । यसैले पनि यो चलचित्र हलिउडमा बनेकासुपरम्यान,

मलेसियामा हुने ‘एभरेष्ट कर्न्सटमा तक्मे बुढा र विश्वकै होचा चन्द्रबहादुर डाँगी नाच्ने


                     मलेसियाका विभिन्न शहरमा ४ दिनसम्म आयोजना हुन लागेको ‘एभरेष्ट कर्न्सट’मा ‘मेरी बास्सै’का चर्चित कलाकार विल्सन विक्रम राई ‘तक्मे बुढा’ र विश्वकै सबैभन्दा होचा चन्द्रबहादुर डाँगीले नृत्य गर्ने भएका छन् । कार्यक्रमको बिषयमा जानकारी दिन आयोजना गरिएको एक पत्रकार सम्मेलनमा विल्सनले डाँगीसँग आफूले नृत्य गर्ने जानकारी दिए ।विश्व आदिवासी दिवस तथा मलेसियाको ठूलो चाड हरि रायाको अवसर पारेर यो कार्यक्रमको आयोजना गर्न लागिएको हो । यो कार्यक्रमको आयोजना १९ औ विश्व आदिवासी दिवसको अवसर पारेर नेपाल आदिवासी जनजाति महासंघ मलेसियाले एभरेष्ट कर्न्सट नाम दिएर ४

काँग्रेसका नेतालाई चुनाब जित्नकै चिन्ता

congress flag                         काठमाडौं। आगामी मंसिर ४ गते चुनाब हुने कुनै ठेगान नभए पनि नेकांका नेताहरुलाई कसरी चुनाब जितेर पदमा पुग्ने भन्ने चिन्ताले सताउन थालेको देखिएको छ। आगामी निर्वाचनलाई केन्द्रबिन्दुमा राखेर नेपाली काँग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले पार्टी केन्द्रीय कार्यालयमा गत साता अयोजना गरेको राष्ट्रिय प्रशिक्षक प्रशिक्षणमा निर्वाचन रणनीति र संगठन विस्तारका बारेमा केन्द्रित रहेको छ। ती विषयमा सहभागीहरूले समूहमा छलफल गरी पार्टीलाई सुझाव समेत दिएका छन्। गत साउन १२ गतेबाट शुरु भएको सो प्रशिक्षणमा अधिकांश बक्ताहरुले चुनाबमा कसरी

Sunday, August 4, 2013

प्रसंग ‘होस्टेल’ ‘तयार हुनुहोस् गोलकिपर भएको पोष्टमा गोल हान्न’

                                            खाली पोष्टमा त जसले पनि गोल हान्छ, जसले गोलकिपर भएको पोष्टमा गोल हान्छ उही नै खेलाडी हो’ । यस्तै खालका संवादका कारण चर्चामा रहेको चलचित्र ‘होस्टेल’ भदौ १४ गतेबाट प्रदर्शनमा आउँदैछ ।सुनिल रावलको निर्माणमा हेमराज वीसीले निर्देशन गरेको यो चलचित्रले सुतिरहेको नेपाली सिनेमाको व्यापारलाई जुरुक्कै उठाउने विश्वास गरिएको छ । अनमोल केसी, सलोन बस्नेत, गौरब पहाडी, रीस्ता बस्नेत, प्रकृती श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेको यो चलचित्रले अहिले सिनेमा नगरीमा एउटा आशा जगाएको  युवापुस्ता र उनीहरुमा आउने प्रेम, आकर्षण, विकृती,

प्रचण्ड—भटट्राई सबैभन्दा ठूला भ्रष्टाचारी र दलाल

manmohan_prachanda-two-indian                        नेकपा–माओवादीले देशका ‘भ्रष्टाचारी’ र ‘विदेशी दलाल′हरूको नाम सङ्कलन गरी सार्वजनिक गर्ने तयारी गरेको छ। सम्बद्ध सूत्रबाट प्राप्त जानकारीअनुसार राष्ट्रियस्तरमा देखापरेका ‘भ्रष्ट र दलाल′हरूको नाम सङ्कलन गर्ने कार्य उक्त पार्टीले गरिरहेको छ। यसपछि दुई सय चालीस निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दलका तर्फबाट उम्मेदवार बन्नेहरूमध्ये पनि ‘भ्रष्ट र दलाल′हरूको पहिचान गरी नाम सार्वजनिक गरिने बताइएको छ। माओवादीले एमाओवादीका अध्यक्ष प्रचण्ड र डा. बाबुराम भट्टराई देशको सबैभन्दा ठूला ‘भ्रष्टाचारी र दलाल′ भएको ठहर गरेको छ। त्यसैगरी वर्षमान पुन,

ड्यासको जनकारवाही लिष्टमा क्यास

netra-bikram-chand                        काठमाडौं। एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैद्य माओवादीलाई बुथबुथबाट लखेट्न वाइसीएललाई निर्देशन दिएलगत्तै वैद्य पक्षले प्रचण्ड पक्षका केही नेताहरूलाई जनकारबाही गर्न लिष्ट नै बनाउन थालेको छ। वैद्य नेतृत्वको माओवादीले हरेक बुथमा अर्ध सैन्य दस्ता बनाउने निर्णय यसअघि नै गरिसकेको छ। दाहालको निर्देशन र वैद्यको तयारीलाई हेर्दा निर्वाचनका बुथहरू एमाओवादी र माओवादीको शक्ति प्रदर्शन गर्ने क्षेत्रमा रुपान्तरण हुने सम्भावना छ।  नेकपा माओवादीका एक प्रभावशाली केन्द्रीय सदस्यका अनुसार एमाओवादीका भ्रष्ट र जनविरोधी नेता तथा उम्मेदवारहरूको लिष्ट बनाई उनीहरूमाथि चरणबद्ध रुपमा

सुरक्षा बैठकमा गुरुङलाई दनक

madav ghimire                       काठमाडौं। चुनाव हुने  निश्चित नभएपछि प्रहरी अधिकारीलाई भने चुनाव लागिसकेको छ। सशस्त्र प्रहरीले बुधबार निर्वाचन सेल स्थापना गरेको छ भने नेपाल प्रहरीका कार्य विभागका एआईजी पुष्कर रेग्मीले पनि बुधबार निर्वाचन सुरक्षाको विषयमा सेलका अधिकारीलाई निर्देशन दिइसकेका छन्। बिहिबार मन्त्रीपरिषद्को बैठकको एजेण्डा पनि सुरक्षा योजना नै भयो।
                           चुनावको मिति नजिकिँदै गर्दा दलहरू त्यति नताते पनि सुरक्षा निकाय भने तातिसकेको छ। गत सोमबार सुरक्षाकै विषयमा मध्यरातिसम्म छलफल चल्यो। गृहमन्त्री माधवप्रसाद घिमिरेको अध्यक्षतामा

७ हजार दर्शकको बिचमा लण्डनमा नेपथ्यको कर्न्सट

                            नेपालको चर्चित व्याण्ड ‘नेपथ्य’ले लण्डनमा भव्य कर्न्सट गरेको छ । ‘आकाशैबाट के उडी आयो भेडाको उनजस्तो मायाको फोटो मै खिची लान्छु पूर्नेको जुनजस्तो’ गीतबाट सुरु भएको कर्न्सटमा  दर्शकहरुको खचाखच उपस्थिती थियो ।
                      बेलायतको अन्तरराष्ट्रिय मञ्च मानिने बेम्लीमा नेपथ्य व्याण्डका गायक अमृत गुरुङले चर्चित गीतहरु गाएका थिए । यो मञ्चमा विश्वका चर्चित ब्यान्डहरु स्याडोज, द होलिज, स्पाइस गल्स, रोलिङ स्टोन्स लगायतले आफ्ना गीतहरु पस्किसकेका छन् ।
                                  यो कार्यक्रममा गायक अमृत गुरुङले जोगल हुन्छ भेट, रेशम, तालको पानी माछिले खानी, चरी मर्‍यो शिशैको  गोलीले, छेक्यो छेक्यो देउराली डााडा