Tuesday, December 9, 2014

पर्वतका तीन गाविस धुँवामुक्त बन्दै

गणेश गिरी
             पर्वत जिल्लाका तीन गाविसहरु भान्सा भित्रका धुँवामुक्त गाविस बन्ने भएका छन । जिल्ला विकास समिति पर्वतले दिएको जानकारी अनुसार चालु आर्थिक बर्षमा जिल्लाका तीन गाविस भान्सा भित्रका धुँवामुक्त गाविस बन्ने भएका हुन । जिल्लाको थापाठाना, क्याङ र लिमिठानालाई धुँवामुक्त बनाउने अभियान सञ्चालन गरिएको जिविस पर्वतकी वातावरण, उर्जा तथा जलवायू परिर्वतन अधिकृत मञ्जु शिलाकारले बताईन । शिलाकारका अनुसार चालु आर्थिक बर्ष भित्रमा विभिन्न संघ संस्थाहरुसंगको समन्वयमा घर घरमा सुधारिएको चुलो निर्माण अभियान सञ्चालन गरिने भएको छ । क्याङ र लिमिठाना गाविसलाई असल छिमेकी संस्थाले पर्वत सामुदायिक विकास परियोजना मार्फत सहयोग गरिरहेको छ भने थापाठाना गाविसलाई

नेकपा–माओबादी पर्वतका सबैजसो नेता बिप्लबको पक्षमा बैद्य माओबादी रित्तै

 जनसंगठनका अध्यक्षहरु पनि बिप्लबकै पक्षमा


 नेकपा–माओबादी बिभाजित बनेपछि पर्वत जिल्ला कमिटीका सबैजसो नेताहरु नेत्र बिक्रम चन्द नेतृत्वको नेकपा माओबादीमा लागेका छन । मोहन बैद्य नेतृत्वको नेकपा–माओबादी पर्वतको २९ सदस्यीय जिल्ला कमिटीका २१ जना जिल्लाका नेताहरु नेत्र बिक्रम चन्द नेतृत्वको नेकपा माओबादीमा लागेका हुन । बैद्य नेतृत्वको नेकपा–माओबादीमा जम्मा २ जना मात्रै रहेका छन  नेकपा–माओबादी पर्वतका संयोजक गगनबहादुर थापा(प्रदिप)को नेतृत्वमा अधिकाँश जिल्ला कमिटी र जनसंगठनका प्रमुखहरु नेत्रबिक्रम चन्दको नेतृत्वमा गएका छन । नेकपा(माओबादी)का एक जिल्ला नेताका अनुसार अहिले सम्म जिल्ला संयोजक थापा, जिल्ला कार्यालय सदस्य बैगुण्ठ गिरी, जिल्ला सदस्यहरु ओमबहादुर पुन, नारायण जिसी, यज्ञ थापा, प्रकाश लामिछाने, घर्म पौडेल, तारा नेपाली, राम अधिकारी, धर्म सुबेदी, बिष्णु भुसाल, प्रदिप थापा, ढकबहादुर क्षेत्री, बलबहादुर क्षेत्री, छलिमाया अधिकारी, टेकबहादुर क्षेत्री, सुर्य थापा, तिलक अधिकारी, हरि पौडेल, अनिल मास्के र राजेन्द्र तिवारी बिप्लबको पक्षमा खुली सकेका