Saturday, July 27, 2013

कबाडीसंग घुस लिँदालिदै डीएसपी पक्राउ !

nepali note                काठमाडौ, २०७० साउन १२ । कबाडी व्यापारीसंग घुस लिँदालिदै एक जना प्रहरी नायव उपरीक्षक (डीएसपी)अख्तियारको नियन्त्रणमा पुगेका छन् ।
                       अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कलंकीमा ३५ हजार घूस लिँदालिँदै शुक्रबार बेलुका प्रनाउ तेजेन्द्र पौडेललाई पक्राउ गरेको हो । 
                उनको साउन ४ गते निरीक्षकबाट नायब उपरीक्षकमा बढुवा पछी भरतपुर तालिमकेन्द्रमा पदस्थापन भएको थियो ।
                  कबाडी सामानका व्यापारीबाट घूस लिँदालिँदै उनलाई समातिएको अख्तियारले बताएको छ । कबाडी सामान

जियाको बलात्कार पहिले नै

jiya khan             काठमाडौं, साउन १२– गत जुन महिनाको ३ तारिखका दिन आफ्नै निवासमा आत्महत्या गरेकी बलिउड नायिका जिया खानको प्रेमी सुरज पञ्चोलीले एक अंगे्रजी अखबारलाई अन्तवार्ता दिद्यदै आफूहरुको प्रेम कहानीका बारेमा पहिलोपटक मुख खोलेका छन् । जियाको आत्महत्यापछि सुरजले उनका बारेमा सार्वजनिक रुपमा बोलेका यही नै पहिलो हो ।
         सुरजले जियासँग आफ्नो भेट करिब दश महिनाअघि फेसबुकको माध्यमबाट भएको बताएका छन् । फेसबुकको भेटपछि २/३ पटक डिनर र लन्चसँगै गरेको उनले स्वीकार गरेका छन् ।
          सुरजमाथि जियालाई बलात्कार गरेको आरोपसमेत लागेको थियो । सुरजले भने जियाको बलात्कार पहिले नै लन्डनमा भएको

भारतीय दुतावासको सहयोगमा क्याम्पसमा भवन

IndianFlag3सन्तोष गौतम, 
             म्याग्दी २०७० साउन ११ । काठमाडौ स्थित भारतीय दुतावासको करिब तीन करोड रुपैया सहयोगमा बेनी स्थित म्याग्दी बहुमुखी क्याम्पसमा भवन निर्माण भएको छ ।
          क्याम्पस परिसरमा आठ÷आठ कोठे दुई वटा कक्षा कोठा र अर्को आठ कोठे छात्र छात्रावास भवन निर्माण भएको हो । अन्तिम चरणमा रहेको भवन निर्माण योजनाका लागि भारतीय दुतावासले २ करोड ७९ लाख रुपैया सहयोग उपलब्ध गराएको म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख कृष्णबहादुर

‘चेन्नाई एक्सप्रेस’को प्रमोशनमा साहरुख, जताततै ट्राफिक जाम


               बलिउड नायक साहरुख खान आराम गर्नुपर्ने समयलाई समेत वेवास्ता गर्दै यतिबेला आफ्नो नयाँ चलचित्र ‘चेन्नाई एक्सप्रेस’को प्रमोशनमा व्यस्त छन् । 
                यतिबेला साहरुख सिनेमाको प्रमोशनका लागि देश दौडाहामा छन् । उनी शुक्रबार भारतको भुपाल र अहमबाद क्षेत्रमा पुगेका छन् ।साहरुखले उक्त क्षेत्रमा पुगेर आफ्नो सिनेमाको प्रमोशन गरेका थिए । प्रमोशनका क्रममा भुपाल पुगेका साहरुखलाई

स्नातक तह प्रथम वर्षको परीक्षा तालिका सार्वजनिक

tribhuvan university                 काठमाडौं, साउन १२–त्रिभुवन विश्व विद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुले संचालन गर्ने यस वर्षको स्नातक तह प्रथम वर्षको परीक्षा तालिका शनिबार सार्वजनिक भएको छ ।
                      परीक्षामा नियमित तथा प्राइभेट पूरा तथा आंशिक परीक्षा दिने मानविकी, व्यवस्थापन, विज्ञान, कानुन र शिक्षाशास्त्र संकायका २०६३ देखि २०६९ सम्मका आंशिक, २०७० का पूरा र पहिलो वर्ष पहिलो पटक २०५४ मा परीक्षा दिएका र सो पछि ७ वर्षे अवधी नाघेका मौका परीक्षा दिने विद्यार्थीहरु समेत सहभागि हुन पाउने कार्यालयले सुचनामार्फत जनाएको छ ।
                परीक्षा आगामी भदौ १७ गतेदेखि असोज १७ गतेसम्म संचालन हुने छ । परीक्षा दिउसो १ बजेदेखि अपरान्ह ४ बजेसम्म

खुमबहादुरलाई २० हजार दस्ताले स्वागत गर्ने

khum_bahadur                साउन १२– काठमाडौं। भ्रष्टाचार मुद्धामा जेल जीवन बिताइरहेका नेपाली कांग्रेसका प्रभावशाली नेता एवं केन्द्रीय सदस्य खुमबहादुर खड्कालाई जेलबाट रिहा हुँदा २० हजार युवा दस्ताले स्वागत गर्ने भएका छन्। 
                      आगामी भदौंमा जेलबाट छुट्न लागेका खड्कालाई स्वागत गर्न तराईका प्रत्येक जिल्लाबाट एक हजारका दरले नेपाल तरुण दलका कार्यकर्ता काठमाडौं उतार्ने तयारी हँुदैछ। पहाडी जिल्लाबाट भने स्वविबेकले जति पनि तरुण कार्यकर्ता आउनसक्ने खड्का निकट एक नेताले बताए। खड्कालाई स्वागत गर्न तराईका २० जिल्लाबाट एक हजारका दरले युवा कार्यकर्ता राजधानी

बिकेकै हो त जीया र सोनियाको जवानी ?

                    शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘एटीएम’ले देशभरका हलमा राम्रो सुरुवात गरेको निर्माता दिनेश थापाले बताएका छन् । 
                 काठमाण्डौका अधिकांश हलमा सिनेमाले हाउसफुलको ओपनिङ गरेको निर्माता दिनेश थापाले दाबी गरे ।यादव सिलवालको निर्देशनमा तयार भएको यो सिनेमामा जीया केसी, सोनिया शर्मा, सविना कार्की, दिनेश थापा लगायतका कलाकारको अभिनय छ । प्रदर्शन अगावै अश्लिलताको पगरी गुँथेको यो सिनेमालाई सेन्सर बोर्डले प्रदर्शनमै रोक

राजबहादुरका कारण तनाबमा ज्ञानेन्द्र

Raj Bahadur Singh                       काठमाडौं। परिवारका सदस्यहरूबाट अनेकौं समस्या र हण्डर खेप्दै आउनुभएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्ना एक्ला ज्वाइँका तर्फबाट पनि सुख र सन्तोष प्राप्त हुन सकेको छैन।
                       ज्वाइँ राजबहादुर सिंहले बेलाबेखतमा गरिरहने लफडाले पूर्वराज परिवार हैरान बनेका छन्।
पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्ना एकमात्र ज्वाईं राजबहादुर सिंहबाट सन्तोष पाएका छैनन्। आफ्नो भावनालाई ज्वाईंले लत्याउने गरेकाले पटक–पटक मन दुखेको उनले अति निकटस्थहरूलाई सुनाउने

Friday, July 26, 2013

सबैकुरा श्रीमानलाई नै सुम्पिन्छु’ : नन्दिता केसी

                                          उसो त नायिका नन्दिता केसीका बारेमा विभिन्न खालका चर्चा बजारमा आउने गर्दछन् । कहिले लीभिङ टुगेदरमा रहेको कुरा त कहिले प्रेम सम्बन्धमा रहेको कुरा । तर नायिका केसी भने आफू कहिले पनि प्रेममा नपरेको बताउछिन् । उनी भन्छिन्, ‘म कसैसँग प्रेम सम्बन्धमा पनि छैन र लीभिङ टुगेदरमा रहेको भन्ने हल्ला पनि गलत हो ।’उनले आफू सुरुमा सुमिना श्रेष्ठको कान्छी छोरी जसरी बसेको र अहिले मम्मी, दाई भाउजूसहितको ठूलो परिवारमा बसेको बताइन् । उनले आफ्नो परिवारले बिहेको बारेमा चिन्ता जनाए पनि अझै २ बर्ष यस बिषयमा नसोच्ने दाबी गरिन् ।
                            नन्दिताले आफू अहिलेसम्म कुमारी नै रहेको बताएकी छिन् । उनले भनेकी छिन्, ‘मलाई सेक्सको चाहना सानै देखि अस्वभाविक लाग्थ्यो । यसैले एकैपटक विवाह गर्ने र श्रीमान्मै समर्पित रहने

यातायातमा घुसको दर झन बढ्यो, लाइसेन्स लिन कम्तीमा नौ हजार

Driving_licence                               काठमाडौं। यातायात व्यवस्था कार्यालयले सवारी अनुमतिपत्र बनाउने व्यवस्थापछि प्रहरीले जस्तो अनियमितता नहुने र दृष्टिविहीनले समेत लाइसेन्स पाउने अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको थियो। तर यातायातले लाइसेन्स बितरण गर्दा पनि अनियमितता कम नभएको गुनासो आउने गरेको छ। नारायणी अन्चल यातायात कार्यालयका कर्मचारीहरूलाई मृतकलाई लाइसेन्स दिएको प्रमाणित भएपछि २०७० बैशाख १२ गते निलम्बनमा परेका थिए। भक्तपुरमा तीन महिना अघि मृत्यु भएका व्यक्तिको नाममा कार्यालयबाट २०७० बैशाख ८ गते लाइसेन्स दिएको खुलेपछि नारायणी यातायातका

प्रसंग ‘एटीएम’ र ‘नशा’ : जीया केसी र पूनम पाण्डेमा के छ समानता ?

                 बलिउडमा शुक्रबारबाट चलचित्र ‘नशा’ प्रदर्शनमा आएको छ । बलिउड हट मोडल पूनम पाण्डेले अभिनय गरेको यो  चलचित्रमा एक अधवैशे युवतीले आफू भन्दा केही कम उमेरको युवासँग गर्ने रोमान्सलाई देखाउन खोजेको छ । चलचित्रमा पूनम पाण्डेले निक्कै हट दृश्यहरु दिएको बताइएको छ ।
                  बलिउडमा उत्तेजक तस्बिरका कारण चर्चामा आएकी पूनम पाण्डेको ‘नशा’ले दर्शकलाई गर्माइरहेको समयमा नेपालमा भने विवादस्पद चलचित्र ‘एटीएम’ प्रदर्शनमा आएको छ । दिनेश थापा, जीया केसी, सोनिया शर्मा, सविना कार्कीले अभिनय गरेको यो चलचित्रले सोलो प्रदर्शनको अवसर पाएको हो । चलचित्रमा प्रयोग गरिएका संवाद र दृश्यले सर्वाधिक आलोचना भोगेपछि ‘एटीएम’को प्रदर्शन राज्यले नै रोकेको थियो । तर पुनरावेदन अदालत पाटनले चलाउन दिनु भनि आदेश दिएपछि निर्माताले लामो सास फेरेका

साहरुख र कटि्रनाको जोडी फेरी पर्दामा, मानेनन् खानले डाक्टरको सल्लाहा

              अन्तत विभिन्न खालका चर्चालाई चिर्दै बलिउड नायक साहरुख खानले आफ्नो नयाँ चलचित्र ‘ह्याप्पी न्यू इयर’का लागि नायिका पक्का गरेका छन् । भारतिय संचारमाध्यका अनुसार यो चलचित्रमा नायिका कटि्रना कैफ पक्का भएको बताइएको छ ।उसो त नायिका कैफ यतिबेला नायक रणवीर कपुरसँग डेटमा मस्त छिन् । स्पेनमा रणवीरसँग विकिनीमा मस्त भएको फोटो सार्वजनिक भएपछि कटि्रनाको चर्चा र आलोचना पनि सर्वत्र छ । यसैबिच उनी साहरुखको नयाँ नायिका भएको खबरले फेरी चर्चामा छिन्   साहरुख र कटि्रनाले यसअघि चलचित्र ‘जब तक हे जान’मा अभिनय गरिसकेका छन् ।

शिव रेग्मीलाई चलचित्र क्षेत्रको साथ

                     धेरै कलाकार छन् जो बुढेसकालमा उपचार गर्न नसकेर छटपटिएका छन् । नेपाली सिनेमा नगरीले कलाकारहरुलाई साथ नदिएको पनि आरोप लाग्दै आएको छ । 
                 तर दुबै मृगौला फेल भएर प्रत्यारोपणको तयारीमा रहेका निर्देशक शिव रेग्मीलाई सिंगो सिने नगरीले साथ दिइरहेको छ ।चलचित्रकर्मी कल्याणकारी कोषबाट ५ लाख नगद हस्तान्तरण भएको केही दिनमै हलहरुको छाता संगठन चलचित्र संघले एक लाख नगद सहयोग गरेको छ । ओम

Thursday, July 25, 2013

कमल थापाका जर्नेल दाजुले ज्ञानेन्द्रको हेलिकोप्टर बसाल्न दिएनन्



           निर्वाचन आयोगले तेर्स्याएको आचारसंहिताको लठारो पार गरेर राहत बाँड्न बुधबार दार्चुला पुगेका पूर्वराजा ज्ञानेन्द्र सामुन्ने अर्को तगारो पनि तेर्सियो– हेलिकोप्टर सदरमुकाम खलंगास्थित ब्यारेकको हेलिप्याडमा अवतरण गर्न दिइएन। सेनाको शत्रुभञ्जन गुल्मले हेलिकोप्टर बसाल्न रोक लगायो । पूर्वराजाका सहयोगी पूर्वसंवाद सचिव फणिराज पाठकले जिल्लाको सिडिओ, सेना मात्र हैन, सिंहदरबार र सैनिक

लोकमानको मर्निङवाक भ्रष्टको ओखति

Lok Man singh karki 01.jpg                            काठमाडौं। उच्च माध्यमिक शिक्षा परिषद्मा बढेको अनियमिततालाई मध्येनजर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनका लागि पठाएको पत्रले परिषदमा ठूलै भूइँचालो ल्यायो। अख्तियारको पत्रका बारेमा सदस्य सचिव भीमलाल गुरुङ, सहसचिव नारायण कोइराला र अर्का नरेन्द्र ढकालबीच हरेक दिन गोप्य कुराकानी हुने गरेको स्रोतले बताएको छ। परीक्षा नियन्त्रक दुर्गा अर्याललाई परीक्षा नियन्त्रकबाट हटाएर आफू बन्न नारायण कोइरालाले परीक्षा नियन्त्रक दुर्गा अर्यालबाट पनि अनियमितता भएको भन्दै हिंडेको थाहा भएको छ। 
                          अख्तियारको पत्रबारे सदस्य सचिव गुरुङले चिन्ता लिएपछि सहसचिव कोइरालाले ठूलै फुई लगाएको बताइन्छ। कोइरालाले अख्तियार प्रमुख लोकमानसिंह कार्की आफूसँग अन्यन्तै निकट रहेको र मोर्निङवाक पार्टनर भएकाले हामी सँ‌गै जाने गरेका थियौं भन्दै आफूलाई

फोरम नेपालको कार्यालयमा गोली प्रहार

gun                           महोत्तरी , श्रावण १० ।  मधेसी जनअधिकार फोरम नेपालको महोत्तरीस्थित कार्यालयमा गोली प्रहार हुँदा पार्टीका जिल्ला सदस्य तथा पार्टी कार्यालय सचिव प्रकाश साह घाइते भएका छन्। भारतीय मोटर साइकलमा आएका दुई जना मध्ये एक जनाले गोली प्रहार गरेका थिए ।
                       जलेश्वरको खएराचोकस्थित कार्यालयमा ति ब्यक्तिहरुले गोली प्रहार गरेका हुन् प्रहरीका अनुसार गोली प्रहार गर्नेहरु गोली हानीर भारतीय सीमातर्फ भागे छन् ।। जिल्ला

‘टुल्के’ पछि मुर्रेको निर्देशनमा स्म्यासिङ एप्पलको नयाँ सिनेमा

                 ‘स्म्यासिङ एप्पल’ले तेश्रो सिनेमा बनाउने तयारी गरेको छ । पहिलो चलचित्र ‘वधशाला’ निर्माण गरेर चर्चा कमाएको यो ब्यानरले दोश्रो चलचित्र ‘टलकजंग भर्सेस टुल्के’ निर्माण गर्ने तयारी गरेको छ ।
                  दोश्रो सिनेमा निर्माण नहुँदै यो कम्पनीले तेश्रो चलचित्र बनाउने घोषणा पनि गरेको छ । फेब्रुअरी देखि छायांकन हुने यो सिनेमाको कथा मुर्रे र सीटी जोरोले लेखेका छन् ।‘बिरामी शहर’ निर्देशक मुर्रे केरले यो सिनेमाको निर्देशन गर्ने बताइएको छ । द्वन्द्वको कथालाई ‘वधशाला’को मुख्य बिषय बनाएको यो कम्पनीले दोश्रो चलचित्र ‘टलकजंग भर्सेस

पूर्वप्रधानमन्त्री भट्टराईलाई शिवसेनाले निगरानीमा राख्ने


               राजाले बाढी पीडितलाई राहत बाँडेको विषयलाई लिएर जेल हाल्नु पर्ने अभिब्यक्ति दिएका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई शिवसेना नेपालले आजबाट निगरानीमा राख्ने भएको छ। 
                   राजधानीमा विहीबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी शिव सेनाले सो विषयलाई लिएर भट्टराईले तत्काल माफी माग्नु पर्ने स्पष्ट पार्दै नमाग्दासम्म निगरानीमा राख्ने चेतावनी दिएको हो।
पत्रकार सम्मेलनमा चेतावनी दिदै भट्टराईले तत्काल माफी माग्नु पर्ने अन्यथा जनयुद्धको नाममा हजारौं निर्दोष

सलमान अदालतमा पुग्दा साहरुखलाई चिन्ता

                     हिट एन्ड रन केश’ मा फसेका बलिउड नायक सलमान खान अहिले समस्यामा छन् । सन् २००२ मा गरेको एउटा गल्तीले सलमानलाई जीवनभर छोडेको छैन । 
                 सलमान वुधबार मात्र मुम्बइको सेशंस अदालतमा पुगेका थिए ।सलमान अदालतमा पुगेसगै अर्का नायक साहरुख खान उनको बिषयमा धेरै नै चिन्ता लिइरहेका थिए । आफ्नो नयाँ चलचित्र ‘चेन्नाई एक्सप्रेस’को प्रि प्रोडक्शनमा रहेका साहरुखले सलमानको खबर बारम्बार लिइरहेको भारतिय संचारमाध्यहरुले जनाएका छन् । आफ्नो टिमसाग खबर वुझिरहेका साहरुखले जब सलमानलाई

दूग्ध विकास संस्थानको बेथिति, नेता र हाकिमका घरमा दूधको खोलो

                     हेटौंडा  । थोरै पैसा भए पनि घर खर्चमा सहयोग हुने आशामा कृषकहरू दूध बेच्छन्। दिनहुँजसो बजार बढ्छ तर वर्षौँसम्म दूधको मूल्य उही रहन्छ। निराश कृषकहरू कम मूल्यमै चित्त बुझाउन बाध्य छन्। ‘हामीले बेच्ने दूधको मूल्य बढ्दैन। बजार भाउ छोइ नसक्नु छ’ मकवानपुर जिल्ला गढी गाविसका कृषक केशव खड्काले गुनासो गरे। 
                  दूध उत्पादन बढी भएकाले मूल्य नबढेको हुनसक्ने अनुमान छ उनको। तर, वास्तविकता उनले सोचेभन्दा फरक छ। पछिल्लो समय घरैपिच्छे भैंसी पाल्ने कृषकहरू घटेका छन्। युवा पुस्ता घाँस, सोतर र भकारोभन्दा अन्य सुकिला र इज्जतिला कार्य गर्न इच्छुक छन्। तर, पनि व्यावसायिक पशुपालनको कारण नेपाल दूधमा आत्मनिर्भर बन्दै आएको छ। दुःख गर्ने कृषले दूधको उचित मूल्य नपाए पनि विभिन्न

चुहियो रणवीरसँग कटि्रनाको वीकिनी मस्ती

                           अब भने नायक रणवीर कपुर र नायिका कटि्रना कैफको रोमान्सको तस्बिर छताछुल्ल भएको छ । केही हप्ता अघि रणवीर र कटि्रना स्पेन पुगेको खबरले बजार तताएको थियो । तर पनि यि दुइले कस्तो खालको रोमान्स गरे भन्ने सुइको कसैले पाएका थिएनन् ।
                          उसो त बलिउडमा यि दुइको प्रेमको बारेमा निक्कै नै चर्चा चल्ने पनि गरेको छ । तर दुबैले आफूलाई एक अर्काको राम्रो साथी भएको बताउदै आएका छन् । नायिका दीपिका पादुकोणसागको

कलियुगका राम पनि लक्ष्मणविरुद्ध’ एक महिलासहित छोरालाई नियुक्त गर्न दबाब

Ram-baran-yadav
            काठमाडौ । राज्य सञ्चालन प्रक्रियामा आफ्नो भूमिका शून्य बराबर हुन थालेपछि राष्ट्रपति डा. रामवरण यादवको ध्यान काङ्गे्रसको आन्तरिक राजनीतितर्फ केन्द्रित हुन थालेको छ। आफ्नो सुपुत्र डा. चन्द्रमोहन यादवलाई केन्द्रीय सदस्य नियुक्त गराउन विगत नौ महिनादेखि सभापति सुशील कोइरालालाई दबाब दिँदै आउनुभएका राष्ट्रपति यादवले पछिल्ला दिनहरूमा मकवानपुरतिर निकै ‘चर्चामा रहने’ गरेकी कुनै रिता खनाल नामक महिलालाई समेत केन्द्रीय सदस्य बनाइदिन कोइरालामाथि दबाब दिन थाल्नुभएको छ। राष्ट्रपति डा. यादवले आफ्नी भतिजी पूर्वसभासद् किरण

Wednesday, July 24, 2013

क्यान्सरलाई परिवारबाटै टाढा राख्न मनिषाले गरिन् पूजा

             नायिका मनिषा कोइराला क्यान्सर रोगबाट निको भैसकेकी छिन् । तर पनि उनको मनलाई अझै सन्तोक मिलेको छैन ।
                   आफू निको भएपनि परिवारलाई क्यान्सरबाट टाढै राख्ने कामना गर्दै उनले घरमै पूजा गरेको भारतिय संचारमाध्यहरुले जनाएका छन् ।मनिषाले आइतबार र सोमबार घरमै महा पूजा लगाइन् र कामना गरिन् । आफ्नो परिवारको साथमा पूजा गर्दा मनिषा निक्कै खुशी थिइन् ।
                         भारतिय संचारमाध्यमहरुका अनुसार क्यान्सर मुक्त भएपनि रोगबाट मुक्त हुन

प्रहरीपछि सेनामा चीनको चासो

army                               मौन कुटनीतिबाट समय आक्रामक कुटनीतितर्फ लागेको उत्तरी छिमेकी चीन पछिल्लो समय नेपालको हरेक क्षेत्रमा आफ्नो सामीप्यता बढाउँदै लगेको छ। राजतन्त्र रहँदासम्म नेपालसँगको सम्बन्धमा ढुक्क रहेको चीन गणतन्त्रको आगमनसँगै नेपालमा सबै क्षेत्रमा भरपर्दाे मित्र शक्तिको खोजीमा छ।
                                 पछिल्लो वर्ष चीनको चासो नेपालको सुरक्षा क्षेत्रमा केन्द्रित भएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा गृह मन्त्रालयका अधिकारीलाई हरेक हप्ताजसो तालिम तथा भ्रमणमा बोलाएर उसले सम्बन्ध मजबुत बनाउन खोजिरहेको छ। नेपाल प्रहरीलाई डिजिटल संचार सेट सहयोग

ल तयार हुनुहोस्, सहिमासँगै तीजमा माइत जान

                 महिलाहरुको महान चाड हरितालिका अर्थात तीज पर्व नजिकिदै जाँदा यसको चहलपहल पनि सुरु भएको छ । विशेषगरी तीजको गीत बजारमा ल्याउने गायक तथा गायिकाहरुलाई भने हतार भैसकेको छ । 
               तीजको गीतको चर्चा निक्कै छोटो समयमा हुने भएकाले पनि उनीहरुले बजारमा गीत सार्वजनिक गर्न थालिसकेका छन् ।यसैक्रममा गायिका सहिमा श्रेष्ठले पनि तीजको अवसरमा कोशेली ल्याएकी छिन् । ‘तीज सहिमा’ एल्बममा समावेश ‘तीजको बेला माइतीमा आको’ बोलको गीत सहिमाले

राजदूतलाई सताउन खटिइन्, युवती मुरारीले देखाए सक्कली अनुहार

Murari-raj-sharma                            भनिन्छ, आफ्नो भाग खोस्ने व्यक्तिलाई मानिसले आफ्नो जीवनकै सबभन्दा ठूलो शत्रु ठान्दछ। बेलायतमा शरणार्थी जीवन बिताइरहेका पूर्वपरराष्ट्रसचिव मुरारीराज शर्माले हालै दर्शाएको व्यवहारले उक्त कहावतको पुष्टि गरेको छ।  कूटनीतिक सेवाको सबै महत्त्वपूर्ण जिम्मेवारीलाई आफ्नै पैतृक अंश ठान्ने मुरारीराज शर्मालाई चार वर्षअघि तात्कालिक सरकारले राजदूतबाट फिर्ता बोलाएपछि उनले आफ्नो अपमान भएको ठाने र त्यसरी नेपाल फर्कनुभन्दा बेलायतमै शरणार्थी जीवन बिताउनुलाई उनले उपयुक्त माने। अनि नेपालको राजदूतका रूपमा डा. सुरेशचन्द्र चालिसे नियुक्त भई

लिम्बुवानमा नांगो सिनेमा बन्द, जीयाको भित्री बस्त्र निशानामा

                नेपाली सिनेमामा अश्लिलता हाबी हुँदै गएपछि लिम्बुवान चलचित्रकर्मी संघले कडा कदम चाल्ने छनक देखाएको छ । लिम्बुवान चलचित्रकर्मी संघले आइतबार सम्म पूर्वका सम्पुर्ण हलमा पत्र काटी यस्ता सिनेमा नचलाउन आग्रह गर्ने निर्णय गरेको छ ।
                       सम्पुर्ण सिने नगरीलाई नै दुर्गन्धित बनाउने गरी निर्माण भएका अश्लिल सिनेमालाई निरुत्साहीत गर्न यस्तो कदम चालिएको अध्यक्ष उदय सुब्बाले अनलाइनखबरलाई जानकारी दिएका छन् ।उनले निर्माता संघ, पत्रकार, चलचित्रकर्मीले अश्लिल भनेको सिनेमालाई लिम्बुवान क्षेत्रमा प्रदर्शन गर्न नदिने बताए । अध्यक्ष सुब्बाले सिनेमा भित्रका अश्लिल दृश्यहरु काट्नका लागि निर्मातालाई पनि पत्र काट्ने तयारी भएको जानकारी दिएका छन् । चलचित्र सेन्सर बोर्डले चलाउन भनी पास गरेको सिनेमालाई

सलमान अदालतमा, हुनसक्छ १० बर्ष जेल सजाँय

                बलिउड नायक सलमान खानको विरुद्धमा लामो समयदेखि चल्दै आएको ‘हिट एन्ड रन केश’को फैसला वुधबार हुन सक्ने छ । 
            मुम्बई अदालतले सलमानलाई जुलाई २४ अर्थात वुधबार जसरी पनि उपस्थित हुन आदेश दिएको थियो । यसैले सलमान बिहान ११ बजे घरबाट निस्किएका पनि थिए । तर न्यायधिसको सरुवा भएकाले उनको फैसला केही समय पर सरेको बताइएको छ ।सलमानलाई मदिरा पिएर गाडी चलाई १ व्यक्तिको हत्या र ४ जनालाई घाइते बनाएको आरोपमा सलमान मुद्दा खेपिरहेका छन् । सलमानको विरुद्धमा आइपीसी को धारा ३०४-२), ३७९, ३३७, ३३८, ४२७ र १३४-ए) र मोटर ऐन अधिनियमको धारा ६६-बी)

Tuesday, July 23, 2013

एमाओवादीमा कोतपर्व, बाबुरामको कठपुतली बन्दै प्रचण्ड

prahanda-baburam                        ललितपुरको खन्ना गार्मेन्टमा आइतबार सम्पन्न एकीकृत नेकपा (माओवादी)को विस्तारित बैठकले बाबुराम भट्टराईको माग अनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को एकल नेतृत्वको प्रस्ताव पारित गरेको छ। यस घटनाले गम्भीर एमाओवादीको आन्तरिक जीवनमा मात्र होइन, राष्ट्रिय राजनीतिक प्रक्रियामै गम्भीर खतराको संकेत गरेको छ।  ब्ााबुरामले उपाध्यक्ष पद त्यागको घोषणा गरेपछि चर्केको आन्तरिक विवाद मिलाउन केन्द्रीय समितिले नसकेपछि विस्तारित बैठक बोलाइएको थियो। विस्तारित बैठकसम्म आउँदा बाबुरामको माग अनुसार अर्का उपाध्यक्ष नारायणकाजी

छोटो लुगा लगाएर समाजसेवा गरिरहेको छुः पुनम पाण्डे

poonam              (एजेन्सी)–पोर्न स्टारबाट नायिका बनेकी सन्नी लियोनसँग दाँजेको कारण दुखी बनेकी पुनम पाण्डेले आफू रेखा, माधुरी दिक्षित र काजोलसँग प्रतिस्पर्धा गर्न चाहने बताइन् ।
            रिपोर्टरहरुसँगको कुराकानीको क्रममा उनको आफूलाई लियोनसँग दाँजेको कुरा मन नपरेको बताएकी छिन् । उनले आफ्नो मनपर्ने स्टारहरु रेखा, माधुरी र काजोल रहेको बताइन् ।
              ‘भविष्यमा मलाई यिनै कलाकारहरुसँग दाँजेमा म खुसी हुनेछु,’ उनले भनिन् । आफ्नो नयाँ फिल्म ‘नशा’ जुलाई २७ तारिकमा रिलिज हुने कुरा पनि उनले बताइन् ।
              केहि इन्टिमेट सिनहरुको बाहेक अरु धरै सिनहरु त्यस्ता दृश्यहरु छन् जसलाई दर्शकहरुले मनपराउने उनको दाबी छ ।
                उनका अनुसार, उनले आफ्नो अभिनयको क्षमता उजागर गर्नका लागि यो फिल्म रोजेको बताइन् । उनले भनिन्, मानिसहरुले मलाई स्क्रिनमा जस्तो देखिन्छु त्यस्तै हेर्न रुचाउँछन् र कसैलाई यस्तो कुरामा समस्या हुनुभएन । ‘थोरै लुगा लगाएर मैले समाजसेवा गरिरहेको छु

भित्ते राष्ट्रपति यसपटक भट्टराईको भागमा

              काठमाडौं। पहिलो संविधानसभाको निर्वाचनका बेला प्रचण्ड भित्ते राष्ट्रपति बने जस्तै दोस्रो संविधानसभाको निर्वाचनमा बाबुराम भट्टराई भित्ते राष्ट्रपति बन्ने भएका छन्। भट्टराईले अबको निर्वाचनपछि राष्ट्रपति बन्ने गरी प्रचण्डलाई पार्टीमा सर्वाधिकार सम्पन्न अध्यक्ष बनाउन उपाध्यक्ष पदत्याग गरेको विश्लेषण एमाओवादीका नेताहरूले पनि गरेका छन्।
             प्रचण्डपछि अब भित्ते राष्ट्रपति बन्ने पालो बाबुरामको आएको भन्दै खन्ना गार्मेन्टमा भेला भएका देशभरका एमाओवादीका अगुवा कार्यकर्ताहरूबीच हाँसोठट्टा चलेको थियो। प्रधानमन्त्री भइसकेकाले अब बाबुरामले राष्ट्रपति बन्ने सपना देखेर प्रचण्डलाई रिझाउन उनलाई प्राधिकार बनाउने गरी पदत्यागको नाटक रचेको आरोप समेत कार्यकर्ताले लगाएका छन्। ‘तर उनी पनि भित्ते राष्ट्रपति मात्र बन्नेछन्। किनकि प्रचण्डले नै उनलाई राष्ट्रपति बन्न दिने छैनन्’ एक केन्द्रीय सदस्यले भने। बाबुराम भट्टराईको पदत्यागबाट सिधा फाइदा प्रचण्डलाई मात्र भएको र अन्य नेताहरूको नेतृत्व तथा व्यक्तित्व विकासमा दीर्घकालीन

पर्वतको वहाकी गाविसमा भिषण पहिरो

दुई सिंचाई ट्याङ्की र सयौं मुरी धानखेतीमा क्षति

             पर्वत जिल्लाको दक्षिणी क्षेत्रमा रहेको वहाकी गाविसमा अविरल वर्षाका कारण आएको भिषण पहिरोले लाखौंको क्षती पु¥याएको छ । 
                  गए राती वहाकी गाविस वडा नं ६ र ७ को भुभाग अन्तर्गत माथिल्लो क्षेत्रबाट खसेको पहिरोले दुई सिंचाई ट्याङ्की र सयौं मुरी धान उब्जनी हुने खेतीलाई क्षतिग्रस्त बनाएको हो । 
                   वहाकी गाविसको भुसालचोक–सगरमाथा सडक खण्ड माथि रहेको ठुलपँधेरा भन्ने स्थानबाट झण्डै डेढ किलोमिटिर तलसम्म ठुलो जब्रे पहरो खसेको स्थानीयबासीले बताएका

काठमाडौंका जनतामा चुनावप्रति उत्साह देखिएन

कुन जिल्लाका कति प्रतिशत मतदाता ?

             ८ साउन, काठमाडौं । संविधानसभा निर्वाचनको मिति नजिकिँदै गएपनि जनतामा अझै चुनावप्रति उत्साह देखिएको छैन । यो दुरदराजभन्दा राजनीतिक बहसको केन्द्र मानिने काठमाडौंमा बढि देखिएको छ ।
           काठमाण्डौमा बालिग मताधिकार प्रयोग गर्ने जनसंख्याको ४६ दशमलव १२ प्रतिशतले मात्र फोटोसहितको मतदाता नामावलीले पनि यसलाई प्रष्ट पारेको छ । निर्वाचन आयोगका अनुसार झण्डै ५४ प्रतिशत मतदाता अबको निर्वाचनमा मतदात गर्नबाट बन्चित भएका

गोलमेच सम्मेलन सबैको एजेन्डा बन्नुपर्छ : गजुरेल

cp gajurel              ८ साउन, बाँके । नेकपा-माओवादीका केन्द्रीय उपाध्यक्ष सिपी गजुरेलले सर्वपक्षीय गोलमेच सम्मेलनबाट मात्र संविधानसभा निर्वाचन र संविधान निर्माणको सर्वसम्मत आधार तय हुन सक्ने बताउनुभएको छ ।
                        क्रान्तिकारी पत्रकार महासङ्घ बाँकेले मंगलवार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “गोलमेच सम्मेलनलाई हाम्रो दलको मात्र एजेन्डा बनाउन खोजेका छैनौ, यो सबै दलको साझा सहमतीय एजेन्डा बन्नुपर्छ ।”
                                आफ्नो दलले अगाडि सारेको माग पूरा नभए संविधानसभा निर्वाचनमा भाग नलिने अडान दोहोर्‍याउँदै उहाँले सहमतिबिना

बलिउडमा श्रुतीको चर्चा, भन्छिन् ‘म बोल्ड हैन कामुक छु’

            साउथ इन्डियामा आफ्नो सेक्सी फिगर र उत्कृष्ट अभिनयका कारण चर्चा कमाएकी नायिका श्रुती हसन यतिबेला बलिउडमा पनि चर्चामा छिन् । 
          चर्चित साउथ इन्डियन कलाकार कमल हसनकी छोरी श्रुतीले अभिनय गरेको ‘रमैया वास्तभैया’ र ‘डी डे’ यतिबेला प्रदर्शन भइरहेका छन् ।
          २ सिनेमा जुध्दा उनलाई घाटा त भएकै छ तर पनि उनी बलिउडमा चर्चा कमाउन सफल छिन् ।
        श्रुतीले भारतिय संचारमाध्यमहरुसँग कुरा गर्दै भनेकी छिन्, ‘म बोल्ड भन्दा पनि कामुक छु ।’
                  उनले आफ्नो भूमिका पनि सिनेमामा यस्तै भएको बताइन् । बलिउडमा यतिबेला श्रुतीको

पहिलो बन्ने एमालेको यस्तो छ प्लान

                 काठमाडौं। नेकपा एमालेले देशव्यापी रुपमा गरेको कार्यकर्ता परिचालनले पार्टीको शक्ति सर्वेक्षण गरेको छ। देशैभरि केन्द्रीय प्रतिनिधि तोकेर गरिएको सर्वेक्षणले पार्टी पंक्ति उत्साहित भएको ठहर एमालेले गरेको छ। पहिलो पार्टी बन्ने लक्ष्य लिए पनि एमालेको आन्तरिक सर्वेक्षणले पहिलो बन्न निकै मेहनत गर्नुपर्ने निष्कर्ष समेत निकालेको छ। 
                तर विभिन्न व्यक्तिहरूको बहिर्गमनले एमाले कमजोर भएको हल्ला चलिरहेका बेला ग्रासरुटमा भने त्यसको खासै असर

Monday, July 22, 2013

बलात्कारको दृश्यले पायो एडल्ट सर्टिफिकेट

                नेपाली सिने नगरीमा चलचित्र ‘प्राण भन्दा प्यारो’बाट डेब्यू गर्न लागेकी नव कलाकार अनामिका चौलागाइँलाई हेर्न तपाई १६ बर्ष भन्दा माथिको हुनुपर्छ । 
                  किनकी अनामिका र बासु पुडासैनीले अभिनय गरेको चलचित्र ‘प्राण भन्दा प्यारो’लाई चलचित्र सेन्सर बोर्डले एडल्ट सर्टिफिकेट दिएको छ ।चलचित्रमा समावेश एक बलात्कारको दृश्यका कारण सेन्सर बोर्डले एडल्ट सर्टिफिकेट दिएको निर्देशक कमलकृष्णले बताएका छन् । नारी बलात्कृत भएपछि उसले आत्महत्या होइन बदला लिनुपर्छ भन्ने कथालाई सिनेमाले उठान गर्न खोजेको छ । चलचित्रमा नेपालसँगै मलेसियाका

रेग्मी सरकारद्वारा २८ बुँदेमा राष्ट्रघात !

Khil-Raj-Regmi                 काठमाडौं । नेपालको राजनीतिक संक्रमण चुलिएका बेला आफू अनुकुलको सरकार निर्माण गरेर त्यसबाट फाइदा लुट्दै आएको भारतले पुनः यसपटक खिलराज रेग्मी नेतृत्वको सरकारबाट त्यस्तै फाइदा लुटेको खुलासा भएको छ।
                तत्कालीन व्यवस्थापिका–संसद्बाट निर्वाचित बाबुराम भट्टराई नेतृत्वको सरकारको स्थानमा प्रधानन्यायाधीशको नेतृत्वमा नयाँ सरकार बनाउन भारतको मुख्य हात रहेको चर्चा हुँदै आएका बेला रेग्मी नेतृत्वको सरकारले भारतको स्वार्थअनुकुल राष्ट्रघाती सम्झौता गरेपछि सबैकुरा छर्लंग

सलमानको रेकर्ड ब्रेक गर्न एक दिन पछि सरे साहरुख

                          रोहित सेट्टीको निर्देशनमा तयार भएको पछिल्लो चलचित्र ‘चेन्नाई एक्सप्रेस’ अहिले सर्वाधिक चर्चामा छ । चलचित्रले बलिउडमा यसअघि बनेका सबै बक्स अफिस रेकर्ड तोड्ने अपेक्षा पनि गरिएको छ ।
                         यसैक्रममा यसको निर्माणपक्षले चलचित्रको प्रदर्शन मिति एक दिन पछि सारेको छ । अगष्ट ८ बाट प्रदर्शनमा आउने भनिएको यो चलचित्र अब एक दिन पछि अर्थात अगष्ट ९ बाट विश्वभर एकसाथ प्रदर्शनमा आउनेछ ।
                     साहरुख खान, दीपिका पादुकोण अभिनित यो चलचित्रको प्रदर्शन मिति किन एक दिन पछि सारियो भन्ने विषयमा निर्माणपक्षले केही बोलेको छैन । तर अगष्ट ९ मा भारतको चर्चित पर्व ईद

आज पुष्पलालको ३६ औं स्मृति दिवस

Puspa Lal shrestha                काठमाडौं, साउन ७ – नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ३६ औं स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरि मनाईदै छ ।
            विक्रम संवत् १९८१ असार १५ गते रामेछापको भंगेरीमा जन्मनुभएका पुष्पलालले २००६ बैशाख १० गते भारतको कलकत्तामा नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्नु भएको थियो ।
                   सन् १९४७ मा नेपाली राष्ट्रिय कांग्रेसको कार्यालय सचिवबाट विद्रोह गरी कम्युनिष्ट आन्दोलनमा लाग्नुभएका पुष्पलालले कम्युनिष्ट पार्टीको घोषणापत्र नेपालीमा अनुवाद गरी त्यसमा भूमिका समेत लेख्नु भएको छ । हाल पुष्पलालले तयार पारेको मार्ग निर्देशक सिद्धान्तबाट नेपाली कम्युनिष्टहरु बिचलित भएको गुनासो बढेको छ । २०१७ सालमा भारत प्रवासमा जानु भएका पुष्पलालको २०३५ सालमा आज कै दिन भारतमै निधन भएको थियो ।
                     नेपाल कम्युष्टि पार्टीका संस्थापक मध्य नरबहादुर कर्माचार्य मात्र जिवित हुनुहुन्छ । उहाँ एकीकृत नेकपा माओवादीका सल्लाहकार हुनुहुन्छ ।

राजघाटलाई चिनाउदै डम्बरदेखि श्रृजनासम्म

                      मोरङको राजघाट कलाकारहरुको उर्वर भुमिको रुपमा परिचित बन्दै गएको छ । गायक डम्बर नेपाली, चीत्र राई, गायिका योजना पुरी, तारा लिम्बु, मनु लिम्बु, नायिका सिर्जना सुब्बा, नायक श्री धिमाल र मोडल भानु धमलाले आ-आफ्नो क्षेत्रबाट राजघाटको नामलाई परिचित गराएका छन् । 
                  ‘मेलोडी’, ‘मलाई’ र ‘मात्र’ जस्ता गीति एल्बम श्रोेतासामु पस्किसकेका चर्चित गायक डम्बर नेपालीे आफ्नो ठाँउको नाम चिनाउन पाएकोमा गर्व गर्छन् । गायक नेपाली भन्छन्- ‘आफुले संघर्ष गरेको आफ्नो जन्मभूमिलाई चिनाउन पाउनुमा गर्व लाग्छ ।’
                          अरुले अन्य विधाबाट चिनाउँदै आउनु भएको छ, गायक नेपाली भन्छन्- ‘मैले पनि मेरो रोजाईको क्षेत्रबाट चिनाएको छु ।’ ‘मेरो जीवनबाट जाने भए जाउ, तर अन्तिम पल्ट भेट्न आउ’ बोलको गीतबाट ख्याति कमाएका डम्बर नेपाली नाम

Sunday, July 21, 2013

पत्रकार महासंघको भवनमा दिउँसै रासलिला !

vabaan           भरत खड्का, उदयपुर, २०७० साउन । नेपाल पत्रकार महासंघ उदयपुरको निर्माणाधीन भवन वेवारिसे बनेपछि यतिबेला युवायुवतीको यौन क्रीडा स्थल बनेको छ ।
              पाँच बर्षअघि जिबिस, नगरपालिका र संचार मन्त्रालयको करिब २० लाख रुपैयाँको लागतमा भवन निर्माण कार्य सुरु गरिएपनि त्यसलाई सम्पन्न गर्न सरोकारवालाहरुले चासो नदिँदा भवन वेवारिसे बनेर यौन क्रीडास्थलमा परिणत भएको हो ।
     भवन नजिकै घर भएका स्थानीय महेश पौडेलले महासंघ भवनमा दिउँसै युवायुवतीले

बाबुरामका जुँगा उखेल्नेलाई मिठाई !

विस्तारित बैठकमा अकबर-वीरबलको कथा

               ७ साउन, काठमाडौं । एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले आफ्ना जुँगा उखेल्नेलाई सजायँ दिनुको साटो मिठाई दिने बताउनुभएको छ । ललितपुृरको खन्ना गार्मेन्टमा आयोजित विस्तारित बैठकको अन्तिम दिन अकबर र वीरबलको कथा सुनाउँदै डा. भट्टराईले यस्तो बताउनुभएको हो ।
विस्तारित बैठकमा भट्टराईले सुनाएको कथा  :
          एकदिन अकबरले ठूलो भारदारी सभाको आयोजना गरेका थिए । वीरबल पनि अकबरकै छेउमा बसेका थिए । सभामा अकबरले सहभागीहरुलाई प्रश्न गरे, ‘कसैले मेरा जुँगा उखेल्यो भने त्यसलाई कस्तो सजायँ दिनुपर्ला ?’
              अकबरको प्रस्तावमाथि टिप्पणी गर्दै भारदारमध्ये

अवकाशको मुखमा आइजीपी बदनाम

                               काठमाडौं। अवकाशको मिति जति जति नजिकिंदैछ, त्यति नै नेपाल प्रहरीका आइजीपी कुवेरसिंह रानाले नीतिनियम विपरीत काम गर्न थालेका छन्।
               ३२ बर्षे पदावधि बढाउन नसकेको र चुनावको बहानामा एक बर्षे कार्यकाल थप गर्ने विशेष निर्णय गराउने संभावना पनि नदेखेपछि आइजीपी राना अवकाशको मिति नजिकिंदै गर्दा प्रहरीमा एकपछि अर्को विवादास्पद निर्णयहरू गर्न थालेका छन्। नेपाल प्रहरीको आर्थिक प्रशासन जस्तो
              संवेदनशील स्थानमा कार्यरत हुने कर्मचारीहरू दक्ष, नैतिकवान, कर्तव्यनिष्ट एवं व्यावसायिक हुनुपर्ने नीति

प्रचण्डको प्रस्ताव पारित, श्रेष्ठ र बोगटीको राजिनामा स्वीकृत

            काठमाडौं, साउन ६– एकीकृत नेकपा –माओवादी)को केन्द्रीय समितिको ललितपुरमा जारी विस्तारित वैठकमा अध्यक्ष प्रचण्डले शुक्रबार प्रस्तुत गरेको प्रस्ताव आज एकमतले पारित भएको छ ।      
                 वैठकका ५ सयभन्दा बढी सहभागीले ताली बजाएर उक्त प्रस्तावलाई पारित गरेका हुन् । प्रस्तावलाई पारित गर्न कार्यक्रमका सञ्चालक पोस्टबहादुर बोगटीले आह्वान गरेपछि सहभागीहरुले पाँच मिनेटसम्म ताली बजाएर हर्षोल्लासका साथ प्रस्ताव पारित गरेको वैठकका एकजना सहभागीले जानकारी

साहरुखसँग नाच्ने प्रियामनीको हट अवतार(फोटो फिचरसहित)

                   बलिउडका बादशाह साहरुखसँग नृत्य गरेपछि साउथ फिल्मकी नायिका प्रियामनीको चर्चा अहिले चुलिएको छ ।
                       चलचित्र ‘चेन्नाई एक्सप्रेस’मा समावेश ‘डान्स अन द फ्लोर’ बोलको गीतमा नाचे पछि प्रियामनी चर्चामा आएकी हुन् ।
                    उनले सो गीतमा निक्कै सामान्य पहिरन लगाएर नृत्य गरेकी छिन् । सार्वजनिक कार्यक्रममा समेत प्रियामनी निक्कै साधारण पहिरनमा पुग्ने गर्छिन् ।
                      तर प्रियामनीको अवतार सामान्य मात्र छैन । उनी साउथ फिल्ममा निक्कै खुल्ने गरेकी

रेग्मी सरकारद्वारा २८ बुँदेमा राष्ट्रघात!

Khil-Raj-Regmi                    काठमाडौं । नेपालको राजनीतिक संक्रमण चुलिएका बेला आफू अनुकुलको सरकार निर्माण गरेर त्यसबाट फाइदा लुट्दै आएको भारतले पुनः यसपटक खिलराज रेग्मी नेतृत्वको सरकारबाट त्यस्तै फाइदा लुटेको खुलासा भएको छ।
                  तत्कालीन व्यवस्थापिका–संसद्बाट निर्वाचित बाबुराम भट्टराई नेतृत्वको सरकारको स्थानमा प्रधानन्यायाधीशको नेतृत्वमा नयाँ सरकार बनाउन भारतको मुख्य हात रहेको चर्चा हुँदै आएका बेला रेग्मी नेतृत्वको सरकारले भारतको स्वार्थअनुकुल राष्ट्रघाती सम्झौता गरेपछि सबैकुरा छर्लंग भएको छ।

पूर्वराजा ज्ञानेन्द्रसँग कार्यगत एकता हुनसक्छ: विप्लव


                नेकपा–माओवादीका सचिव नेत्र विक्रम चन्द विप्लवले चार दल र सरकारले गोलमेच सम्मेलनमा देखाएको लचकतालाई पार्टीले सकारात्मक रुपमा लिएको बताएका छन् । क्रान्किारी पत्रकार महासंघ कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा चन्दले राज्यको पुर्नसंरचना र प्रगतिशिल भूमिसुधार गोलमेचका एजेण्डा भएको बताए ।  उनले गोलमेच सम्मेलन मार्फत उच्च स्तरीय सहमति गरी जनताको संविधान समेत निर्माण गर्न सकिने बताए । ‘गोलमेच मार्फत उच्च