Friday, March 28, 2014

सन्नी लियोनीलाई भारतबाट निष्कासित गर्न माग

                (एजेन्सी) पछिल्लो समय रागिनी एमएमएस–२ बाट चर्चा बटुलिरहेकी सन्नी लियोनीलाई भारतबाट निष्कासन गर्ने माग भारतको हिन्दु जनजागरण समितिले गरेको छ ।
             साथै, उनको रागिनी एमएमएस–२ को प्रदर्शनमाथि पनि रोक लगाउन समितिले माग गरेको छ । समितिले आफ्नो मागसहितको ज्ञापनपत्र केन्द्रिय चलचित्र प्रमाणिकरण बोर्डमा बुझाएको छ ।
                      पोर्न चलचित्रबाट बलिवुडकी नायिका बनेकी लियोनीको रागिनी एमएमएस–२ भारतीय अत्मसम्मान, संस्कृति र हिन्दु धर्मको अपमान गरेको अरोप समितिले लगाएको छ । समितिले चलचित्रको शुरुवातमा हनुमान चालिसाको प्रयोग गरेकोमा पनि अपत्ति जनाएको छ । भारतमा बलात्कार र यौनदुव्र्यवहार बढी रहेको अवस्थामा यस्ता अश्लिल चलचित्रले त्यसलाई झन् बढावा दिएको आरोप पनि समितिको छ ।
              तत्कालै चलचित्रको प्रदर्शनमा रोक नलगाए हल अगाडि गएर प्रदर्शन गर्ने समितिले

पत्नीको शव जलाएपछि पतिसहित बाह्र मलामी पक्राउ

             १४ चैत, स्याङ्जा । घरैमा झुण्डिएको अवस्थामा भेटएकी स्याङ्जाको चित्रेभञ्याङ-८,की एक महिलाको शव दाहसंस्कारमा संलग्न १२ जना मलामीलाई प्रहरीले पक्राउ गरेको छ । ४१ वर्षीया खुमाया राना घरैमा झुण्डिए मृत्यु भएको अवस्थामा भेटिएपछि उनका पति र गाउँले मिलेर गत फागुन ३० गते दाहसंस्कार गरेका थिए । आफैं झुण्डिएर मरेको भन्दै गाउँलेले प्रहरीलाई खबरै नगरी शवको दाहसंस्कार गरेपछि प्रहरीले घटनालाई शंकास्पद भन्दै अनुसन्धानका लागि पतिसहित १२ जनालाई हिरासतमा लिएको हो । खुमायाको मृत्युपछ गिाउँलेले ४५ मिनेटको पैदल दूरीमा रहेको इलाका प्रहरी कार्यालय चिसापानीलाई जानकारी नदिई दाहासंस्कार गरेपछि मलामी गएका ४८ जनामध्ये पतिसहित १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । घटना रहस्यमय भएको जनाउँदै छानविनका लागि मलामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक हरिबहादुर बडुवालले

किन नेपाल आउँदैछन् मलेसियाली गृहमन्त्री ?

             काठमाडौँ, चैत १४– मलेसियाका गृहमन्त्री डा अहमद जालिद हमिदी आगामी मङ्गलबार नेपाल भ्रमणमा आउने भएका छन् । एक्काइस सदस्यीय उच्चस्तरीय मलेसियाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गृहमन्त्री हमिदी नेपालको तीनदिने भ्रमणमा आउन आउन लागेको मलेसियाका लागि नेपाली राजदूत निरञ्जनमानसिंह बस्न्यातले बताए ।
                भ्रमणबाट नेपालसँगको श्रम सम्बन्ध थप सुमधुर बनाउनुका साथै आपसी सहयोगका नयाँ क्षेत्रहरू पहिल्याउने उद्देश्य गृहमन्त्रीले राखेका छन् । नेपालमा रहँदा उनले नेपाली श्रमिकको व्यवस्थापन, उनीहरूका सेवा सुविधाका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श गर्ने बस्न्यातले जानकारी दिए । मलेसियामा नेपाली श्रमिकको अधिक माग भइरहेको सन्दर्भमा मलेसियाली

अघिल्लो संविधानसभाको कामको स्वामित्व ग्रहण

             १४ चैत, काठमाडौं । संविधानसभाले अघिल्लो संविधानसभाले गरेको कामको स्वामित्व ग्रहण गरेको छ । संविधानसभाको शुक्रबार बसेको पहिलो बैठकले स्वामित्व ग्रहणको प्रस्ताव पास गरेको हो । बैठकमा संविधानसभा सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले अघिल्लो संविधानसभाका ११ समितिले गरेका निर्णय र कारबाहीका अभिलेखहरु पेश गरेका थिए । लगतै सभाध्यक्ष सुवास नेम्वाङले अभिलेखहरु अभिलेख अध्ययन तथा निक्र्योल समितिमा पठाउने प्रस्ताव निर्णयार्थ पेश गरेका थिए । ध्वनी मतका आधारमा प्रस्ताव पास भएको छ । यसअघि स्वामित्व ग्रहणको प्रस्तावको विपक्षमा रहँदै आएका राप्रपा नेपालले समेत प्रस्तावको विरोध गरेन । बैठकमा राप्रपा नेपालका अध्यक्ष कमल थापा भने अनुपस्थित थिए । उनी हैटौडामा छन् । बैठकमा सहभागी राप्रपा नेपालका संसदीय दलका सचिव सुशील श्रेष्ठले स्वामित्व ग्रहण नभएको भन्दै ’पुराना अभिलेखहरु महासचिवले सभाध्यक्षलाई

Thursday, March 27, 2014

को–को पर्दै छन् ‘छब्बीस मनोनयन’भित्र?

         काठमाडौ । संविधानसभाको छब्बीस रिक्त स्थान पूर्तिका लागि नेपाली काङ्गे्रसको उच्च तहमा आन्तरिक परामर्श सुरु भएको छ। छब्बीस सिटमा काङ्गे्रस, एमाले, एमाओवादी र राप्रपा नेपालबीच भागबन्डा हुने सम्भावना रहे पनि सरकारले दलहरूसँग औपचारिक तवरमा छलफल गरेको छैन। संविधानमा छब्बीस स्थान पूर्तिका लागि दलीय भागबन्डा गर्नुपर्ने या दलको सदस्य हुनुपर्ने प्रावधान छैन। बरु राष्ट्रिय जीवनमा महत्त्वपूर्ण योगदान पुर्या्एका, विज्ञ र संविधानसभामा प्रतिनिधित्व गर्न छुटेका कुनै आदिवासी र जनजाति समुदायका व्यक्तिलाई सरकारले मनोनीत गर्नुपर्ने स्पष्ट व्यवस्था संविधानले गरेको छ। तर, संविधानले जस्तोसुकै व्यवस्था गरेको भए पनि सभासद्हरूको चयन भागबन्डाकै आधारमा हुने सम्भावना बढी छ। यसै साताको प्रारम्भमा सत्तारुढ दलहरूको उच्च तहमा यस विषयलाई लिएर सामान्य छलफल पनि भएको छ। भागबन्डा भएमा काङ्गे्रसको बढीमा दश, एमालेको आठ, एमाओवादीको चार र राप्रपा नेपालको बढीमा दुई स्थानसम्म हुनसक्ने बुझिएको छ। काङ्गे्रसमा सम्भावित सभासद्का

एचआइभी सङ्क्रमित बालबालिकाले मासिक भत्ता

         १३ चैत, पर्वत । एचआइभी/एड्सबाट सङ्क्रमित बालबालिकालाई पनि पर्वतमा मासिक रूपमा भत्ता दिइने भएको छ । एचआइभी सङ्क्रमित बालबालिकालाई जीवनयापन र अध्ययनमा सहयोग पुगोस् भन्ने उद्देश्यले मासिक रूपमा एक हजार रुपैयाँ भत्ता दिन लागिएको हो । सङ्क्रमित १८ वर्षभन्दा मुनिका बालबालिकाले अनुदान पाउनेछन् । एचआइभी सङ्क्रमित बालबालिकाका लागि संरक्षण तथा स्याहार गर्न र उनीहरूको क्षमता विकासका लागि अनुदान दिन लागिएको जिल्ला एड्स समन्वय समितिका अध्यक्ष तथा स्थानीय विकास अधिकारी कृष्णप्रसाद शर्माले बताए । ‘अनुदान पाएपछि सङ्क्रमित

एमाओवादी अध्यक्ष प्रचण्डलाई पुत्री शोक

              १३ चैत, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डका छोरी ज्ञानु केसीको निधन भएको छ । 
       क्यान्सरबाट पीडित केसीको चावहिलस्थित ओम अस्पतालमा उपचारका क्रममा निधन भएको प्रचण्डका स्वकीय सचिव एवं केन्द्रीय सदस्य चुँडामणि खड्काले बताए । 
              केसीप्रति अन्तिम श्रद्धान्जली व्यक्ति गर्न आफन्त तथा विभिन्न दलका नेता कार्यकर्ता ओम अस्पताल पुगेका छन् । केसीको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने बताइएको छ ४० वर्षकी केसी लामो
समयदेखि स्तन क्यान्सरबाट पीडित थिइन् । अमेरिका र भारतमा उपचार गरेपनि स्वास्थ्य लाभ नभएपछि केसीलाई काठमाडौं ल्याइएको थियो । केसीका दुई

Wednesday, March 26, 2014

अमृतमय कुम्भ घडा पर्वतमा

                    १३ पर्वत धर्मकै माध्यामबाट राष्ट्रियता, राष्ट्रिय एकता, अखण्डता, सहिष्णुता सद्भाव संरक्षणको सम्बद्र्धन गर्दै आन्तरीक तथा बाह्य पर्यटकको प्रवद्र्धन गर्नुका साथै नेपाल र नेपालीको छुट्टै पहिचान कायम गर्दै नेपालको छविलाई अन्तराष्ट्रिय क्षेत्रमा उच्च राख्ने उद्येश्यबाट चैत्र १ गते हरिद्धार चतनाधामबाट शुरु भएको अमृतमय कुम्भ घडा पर्वत सदरमुकाममा बुधबार साझँ आइ पुगेको छ ।
                  नेपालका पवित्र नदिहरुको जल सहित अमृतमय कुम्भ घडा पर्वत सदरमुकाम कुश्मामा आईपुग्दा सयौ सर्वसाधारणहरुको भिडलागेको थियो । पर्वतका प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी बल पर्वतका प्रमुख, नेपाल प्रहरी पर्वतका प्रमुख, स्थानिय विकास अधिकारी लगायतले  शिवालय चोकमा अमृतमय घडाको पुजा गरेपछि सदरमुकाममा घडा यात्रा गराइएको थियो ।छ वटा घडामा आएको कुम्भमेला प्रचार प्रसार समितिलाई पर्वतमा स्वागत गर्दै भजन कृतन सहित सयौं सर्बसाधारणले बजार परिक्रमा गरेका

Tuesday, March 25, 2014

सम्पूर्ण राष्ट्रभक्तहरु एक हुनुपर्नेः बादल

         नेकपा–माओवादीका महासचिव रामबहादुर थापा ‘बादल’ले मंगलबार हेटौंडामा आयोजित पार्टीको प्रथम जिल्ला अधिवेशन उद्घाटन गर्दै सम्पूर्ण राष्ट्रभक्तहरु एक हुनुपर्नेमा जोड दिएका छन् ।
          थापाले अधिवेशनको उद्घाटन शत्रलाई सम्बोधन गर्दै दश वर्षे सशस्त्र युद्धबाट आएको माओवादीबाट जनताले धेरै आशा गरेको र उक्त आशालाई पूरा नगरी विभाजित भएकोमा जनता निराश भएको बताएका छन् । कार्यक्रममा थापाले पार्टीले बिभिन्न समयमा प्राप्त गरेको उपलब्धिहरुसमेत गुम्दै गरेको बताए । नेकपा–माओवादी मकवानपुरकी इन्चार्ज एवम् केन्द्रीय सदस्य कुमारी मोक्तानको

प्रचण्डका चेलाको यस्तो चिहिलबिहील

                  काठमाडौं। एनेकपा माओवादीका प्रचण्डपक्षीय केही नेता कार्यकर्ताहरूले दुई माओवादी अब एकीकरण हुनै लागे भनेर हल्ला चलाउन थालेपछि नेकपा माओवादीका नेताहरूले त्यो सम्भावनालाई ठाडै अस्वीकार गरेका छन्। संविधानसभा निर्वाचनमा लज्जास्पद पराजय भोगेर निराश र हतास बनेका प्रचण्ड पक्षका नेता कार्यकर्ताहरू पछिल्लो समयमा बाबुराम भट्टराईले पनि नयाँ शक्ति निर्माणको कुरा उठाएपछि एकताका लागि हतारिएको टिप्पणी माओवादी नेताहरूले गरेका छन्। प्रचण्ड पक्षधरहरूको पराजयको पीडामा मल्हमपट्टी लगाइदिनका लागि तत्काल सहमति भएका दुई बुँदामा संयुक्त वक्तव्य जारी भए पनि पार्टी एकताको हल्लामा सत्यता नरहेको माओवादी उपाध्यक्ष सीपी गजुरेलले बताए। ‘अहिले प्रचण्डजीका कार्यकर्ताहरू निरास, हतास र हतप्रभ अवस्थामा छन्। उनीहरू पलायनको बाटोमा पुगेका छन्। कतिपयले बाबुरामलाई देखाउनकै लागि पनि हामीसँग एकता हुनै लाग्यो

विराटकी पूर्व प्रेमिका हिरोसँग मस्त , लाजले छोपिन् मुख

            चर्चित क्रिकेटर विराट कोहली यतिबेला बलिउड नायिका अनुष्का शर्मासँग डेटमा रमाइरहेका छन् । तर उनको पूर्व प्रेमिका भने ‘हसी तो फसी’ हिरो सिद्धार्थ मल्होत्रासँग मस्त छिन् । 
             ब्राजिलकी मोडल तथा नायिका इलाबेली लेइटले एक अन्र्तवार्तामा विराटसँग २ बर्ष प्रेममा रहेको खुलाएकी थिइन् । उनै नायिका यतिबेला सिद्धार्थसँग रोमान्स गर्दैछिन् । हालै मात्र दुई जोडीलाई मुम्बइको एक रेष्टुरेन्टमा रमाउँदै गरेको अवस्थामा देखिएको भारतीय संचारमाध्यहरुले जनाएका छन् । मिडियालाई देखेपछि इलाबेलीले आफ्नो

भाइटिका लगाएकी हिरोइन, कसरी मेरी प्रेमिका ?

        गसिप बजारमा कोही हिरोइन कुनै निर्देशक या निर्मातासँग नजिक हुने वित्तिकै विभिन्न कोणबाट विश्लेषण गरिन्छ । दुई जनाको सम्बन्धलाई प्रेमको उपमा दिइन्छ पनि । यतिबेला नव निर्देशक मिलन चाम्स र नव नायिका हेमा श्रेष्ठको सम्बन्धले पनि यस्तै खालका उपमा पाएको छ । हेमा र मिलनको निकटता निक्कै छ । हेमालाई नै हेरेर मिलनले ‘हँसिया’ नामक सिनेमा बनाएका हुन् । उसो त हेमाले मिलनले निर्देशन गरेका थुप्रै म्यूजिक भिडियोमा अभिनय पनि गरेकी छिन् । सायद यसैले पनि होला हेमा र मिलनको निकटताको बिषयमा विभिन्न खालका अड्कलबाजी सुरु भएको । तर ‘हँसिया’ डेब्यू निर्देशक मिलन चाम्सले हेमा र आफू

अमेरिकाले बनायो मोबाइलबाट चल्ने ड्रोन

         (एजेन्सी) पछिल्लो समय अमेरिकाले मानवरहीत ड्रोन विमानको प्रयोग निकै बढाएको छ । विशेष गरेर अफगानिस्तान तथा पाकिस्तानका विकट क्षेत्रमा रहेका आतंकवादीहरु माथि यसको व्यापक प्रयोग गरिएको छ । बेला–बेला यस्तो आक्रमणमा सर्वसाधारण परेको भन्दै अमेरिकाको आलोचना पनि हुने गरेको छ ।
अहिले अमेरिकी सेनाका विशेषज्ञहरुले यस्तो ड्रोन बनाएका छन्, जुन निकै अप्ठ्यारो स्थानमा पनि जान सक्छ । विशेष गरेर सैन्य हेलिकोप्टरहरु नपुग्ने ठाउँका लागि यस्तो ड्रोन निर्माण गरिएको हो । यसबाट सजिलै दुश्मनहरुलाई निशाना लगाउन सकिने सेनाले जनाएको छ । अझ रोचक कुरा के छ भने यसलाई सजिलै ट्याब्लेट

एयर एम्बुलेन्सबाट जोशीलाई भारत लगिँदै

            १२ चैत, काठमाडौं । काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशीलाई थप उपचारका लागि नयाँ दिल्ली लैजाने तयारी भएको छ । जोशीको रक्तचाप न्यून रहेको र कलेजोमा पनि समस्या देखिएकोले नर्भिक अस्पतालका चिकित्सकहरुले दिल्ली लैजान सुझाव दिएपछि एयर एम्बुलेन्स मार्फत दिल्लीको मेदान्त अस्पताल लैजान लागिएको हो । 
            अस्पतालले नेपालमा उपचार पद्धति नभएको भन्दै भारत लैजान सुझाव दिएको थियो । अस्पताल र नागरिक उडड्यन प्राधिकरणको पहलमा एयर एम्बुलेन्सको व्यवस्था अस्पताल लैजाने तयारी भएको कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडूले जानकारी दिए । अस्पतालमा भर्ना भएका जोशीको स्वास्थ्य अवस्थाको जानकारी लिन प्रधानमन्त्री सुशील कोइरालासहित कांग्रेसका शीर्ष नेताहरु मंगलबार नर्भिक अस्पताल

बल्लबल्ल उडेको निगमको जहाज अवतरण हुनै सकेन

         काठमाडौँ, चैत १२–आन्तरिक उडानमा जहाजबिहीन भएको नेपाल वायु सेवा निगमको जहाजले फेरि उडान सुरु गरेपनि अवतरण हुँदै सकेन । जहाजबिहीन भएको १६ दिनपछि निगमले मंगलबारदेखि औपचारिक उडान सुरु गरेको थियो । तर, लुक्लाका लागि उडान तालिका तय गरेको भएपनि खराब मौसमका कारण जहाज अवतरण हुन नसकेपछि पुनः काठमाडौँ नै फर्केको निगम स्रोतले बतायो । गत फागुन २६ गते खोटाङको लामीडाँडाका लागि उडेको निगमको जहाजको इन्जिनमा खराबी आएपछि उडान भरेको केही समयमा नै आकस्मिक अवतरण गरिएको थियो । त्यसलगत्तै

Monday, March 24, 2014

कालीगण्डकी नदीमा जलयात्रीहरुको संख्यामा बृद्धि

jalyatra              पर्वत, २०७० चैत १० । केहि वर्ष यता जलयात्रा ¥याफ्टिङको लागी आकर्शक गन्तव्य बन्दै गएको कालीगण्डकी नदी (नयाँपुल- मालढुंगा)मा जलयात्रीहरुको संख्यामा बृद्धि भएको छ । फागुनको अन्तिम सातादेखि जलयात्राका लागि पर्यटक आउन थालेका हुन् ।
              जलयात्राका लागि आकर्षक गन्तव्य बनेको कालीगण्डकीमा पर्यटकको आगमन हुन थालेपछि व्यवसायीहरु समेत उत्साही भएका छन् । पर्वतको पाङ गाविस स्थित नयाँ पुल तथा मालढुङगाबाट सुरु हुने -याफटिङ स्याङजा, पर्वत र गुल्मी जिल्लाको सिमानामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत परियाजनाको जलाशयमा पुगेर टुङ्गिन्छ । तीन दिन लाग्ने सो जलयात्रा पर्यटकका लागि निकै आकर्षक गन्तव्यका रुपमा रहेको छ । छोटो र पारिवारिक जलयात्राका लागि ‘फेमिली रिभर’का रुपमा चिनिएको कालीगण्डकी नदीमा लामो, समथर र कम बहाब भएकाले विदेशी

शुभेच्छाले थाम्लिन् त विमलेशको हात ?

bimlesh-and-suvekshya             निर्देशक राजु गिरी चलचित्र निर्देशनसँगै म्यूजिक भिडियोको काममा पनि व्यस्त देखिएका छन् । उनले हालै मात्र कमल खत्रीको शब्द तथा संगीतमा तयार भएको ‘थामी देउ हात मेरो’ बोलको गीतको म्यूजिक भिडियो तयार पारेका छन् ।
                  सबिन घिसिङको आवाज रहेको यो गीतको भिडियोमा नायिका शुभेच्छा थापा र मोडल विमलेश अधिकारीले अभिनय गरेका छन् । मुकेश हुँमागाइले छायांकन गरेको भिडियोलाई क्रान्ती केसीले सम्पादन गरेका

पर्वत बासखर्कका कृषकहरु सुन्तलाको बजार खोज्दै तिब्बत तिर …

imagesCAAKLTPL             पर्वत २०७० चैत १० । पर्वतको बासखर्कका कृषकहरु सुन्तला बिक्रीका लागि चीनको तिब्बतमा बजार खोज्न थालेका छन् । स्वाद र गुण्ँस्तरका हिसाबले उत्कृष्ट मानिने बासखर्कको सुन्तलालाई बढी मूल्यमा बिक्री गर्न कृषकहरुले तिब्बतमा बजार खोज्न थालेका हुन ।
                 पर्वतबाट करिब १ हजार किलोमिटर टाढा पर्ने र तिब्बतमा सुन्तलाको माग अत्याधिक भएकाले आगामी सिजनमा ल्हासामा सुन्तला बिक्री गर्ने योजना कृÈकले बनाएको तिब्बतमा बजार अध्ययन गरेर हालै फर्किएका कृषक हेमकुमार पाइजाले बताए । उनका अनुसार आउने सिजनमा तिब्बतमा सुन्तला बिक्री गर्नका संभाब्यता अध्ययनन र ब्यापारीसग सम्झौता गर्ने तयारी समेत भएको छ । तिब्बतमा सुन्तला उपहारको रुपमा धेरै प्रयोग हुने र नेपाली तीन सय रुपैया केजीमा बिक्री हुने भएकाले राम्रो मूल्यमा बिक्री गर्न सकिने भनाई पाइजाको छ । बासखर्क गाविसका ८ वटा वडाको प्रमुख बाली

स्वयम्भू पुगेर सन्नीले गरिन् रागिनीको सफलताको कामना

               यूवा उद्यमीहरुको निमन्त्रणामा आइतबार नेपाल आएकी बलिउड नायिका सन्नी लियोनी आज बिहानै स्वयम्भू पुगेकी छिन् । पति डेनियल वेभरसँग स्वयम्भू पुगेको तस्बिर सार्वजनिक गर्दै उनले नेपाललाई सुन्दर देश भनेकी छिन् । 
                नेपाल आएपछि पहिलो पटक ट्विटरमा फोटो सार्वजनिक गर्दै यि अभिनेत्रीले ट्विट गर्दै लेखेकी छिन्, ‘नेपाल निक्कै सुन्दरमय छ । यहाँका दृश्य अवलोकन गर्दा निक्कै रमाइलो लागिरहेको छ ।’ आफ्नो नयाँ चलचित्र ‘रागिनी एमएमएस २’ अझै सशक्त रुपमा अघि बढ्ने आशा सन्नीको छ । उनले भगवान वुद्धसाग प्रार्थना गरेको जनाउादै ‘रागिनी एमएमएस २’ को सफलताको लागि आर्शिवाद लिएको जनाएकी छिन् ।
आज बेलुकी नै मुम्बई र्फकन लागेकी पोर्न स्टार सन्नीले नेपाल र नेपाली निक्कै सुन्दर लागेको प्रतिक्रिया दिएकी थिइन् । सन्नी लियोनीलाई जीवनको

बस दुर्घटनामा पाँचको मृत्यु

             काठमाडौँ,चैत १०। काठमाडौँबाट धनकुटाको हिले जाँदै गरेको बस चितवनको दारेचोक–९ फिस्लिङमा आइतबार साँझ दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।
          इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक लोकबहादुर गुरुङका अनुसार काठमाडौँबाट हिले जाँदै गरेको ना ४ ख ५८२९ नम्बरको बस सडकबाट त्रिशुली नदीमा खसेको थियो। दुर्घटनामा घाइते भएका १९ जनालाई उपचारको लागि भरतपुर पठाइएको र उद्धार कार्य जारी रहेको गुरुङले जानकारी दिनुभयो।
                  मृत्यु हुनेमध्ये तीन पुरुष र दुई महिला मध्ये एक जनाको मात्र सनाखत भएको छ । मृतक मध्ये बसका चालक मकवापुर बसहामाडी ५ का ४० वर्षीय राजु घिसिङको मात्र सनाखत भएको प्रहरीले जनाएको हो । बसमा कतिजना यात्रु सवार थिए, त्यसको यकिन भइनसकेको र दुर्घटनाको बारेमा विस्तृत विवरण आउन अझै

संविधान जारी नभएसम्म सरकार परिवर्तन हुँदैन : देउवा

                १० चैत, विराटनगर । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले संविधान जारी नभएसम्म सरकार परिवर्तन हुन नसक्ने वताएका छन् । उनले संविधान निर्माणका लागि आवश्यक वातावरण तयार पार्न वर्तमान सरकार गठन भएको भन्दै संविधान जारी नहुन्जेलसम्म सरकार परिवर्तन नहुने स्पष्ट पारेका हुन् । नेपाल प्रेस युनियन मोरङले विराटनगरमा सोमवार विहान गरेको पत्रकार भेटघाट कार्यक्रममा देउवाले वर्तमान सरकारका विषयमा टीकाटिप्पणी गर्न नहुने वताए । 
                 देउवाले स्थानीय निकायको निर्वाचनको मिति घोषणा सवै दलको सहमतिमै हुने वताए । उनले भने,’स्थानीय निकायको निर्वाचन सहमतिमै हुन्छ । ग्रामीण क्षेत्रमा अवरुद्ध विकास निर्माणका कार्यलाई सुचारु गर्न स्थानीय निकायको निर्वाचन आवश्यक छ ।’ उनले संविधान सहमतिको दस्तावेज भएकाले सबैको भावनालाई सम्बोधन हुने गरी दलहरुको सहमतिमा संविधान बन्नुपर्नेमा जोड दिए । देउवाले संविधानसभामा

अन्तरबस्तुमा सहमति गरेरे संविधान जारी गरे हुन्छःनेता गुरुङ

                  काठमाडौं,चैत१०–नेकपा–माओवादीका सचिव देब गुरुङले अन्तरबस्तुमा सहमति गरेर अहिलेकै संविधानसभाले संविधान जारी गरे पनि आफ्नो पार्टीको आपत्ती नहुने बताएका छन् । नेकपा–माओवादीले दोस्रो संविधानसभाबाट संविधान बन्नै नसक्ने बताइरहेका बेला सचिव गुरुङले संविधानका अन्तरबस्तुमा सहमति गरेर अहिलेकै संविधानसभाबाट संविधान बन्न सक्ने सम्भावना औल्याएका हुन् । 
                ‘संविधानसभाले यदि अन्तरबस्तुमा सहमति गरेर संविधान जारी गर्छ भने हाम्रो पार्टीको त्यसमा कुनै आपत्ती हुँदैन’,राजधानीमा आज आयोजित एक कार्यक्रममा गुरुङले भने,‘संविधानसभाका अन्तरबस्तुमा सहमति गरे संविधान कसरी जारी गर्ने भन्नेमा हामी खुला छौं ।’ सबै दलको प्रतिनिधित्व हुने गरी गोलमेच सम्मेलन गरेर सहमति हुने विषयमा सहमति गर्ने र सहमति नभएका विषयलाई स्पष्ट विधी बनाएर जान सकिने तर्क गुरुङको छ । तर गुरुङले आफ्नो पार्टी लचिलो भएर प्रस्तुत भए पनि संविधानसभामा रहेको दलहरुले त्यसका लागि तदारुकता नदेखाएको भन्दै  आक्रोस पोखे । उनले संविधान नभएर समस्या आएको नभइ सहमति नभएर समस्या आएको बताए । उनले दलीय संयन्त्र बनाएर छलफल र सहमति गरे संविधान बन्ने भन्दै त्यसका लागि सहमति गर्न नेकपा–माओवादी