Saturday, September 27, 2014

शुभेच्छाको फेरि यस्तो पोज

        राजु गिरीले निर्देशन गरेको चलचित्र ‘टाइगर द रियल हिरो’को च्यारेटी शो गरिएको छ । 
              अनाथ बालबालिकाहरुको सहयोगका लागि काठमाण्डौको हिरारत्न हलमा सिनेमाको च्यारेटी गरिएको हो ।
                    निर्देशक राजु गिरीले विभिन्न संस्थामा रहेका टुहुरा र असाहय बालबालिकाका लागि च्यारेटीबाट उठेको रकम खर्च गर्ने बताए । 
             यसैविच, चलचित्रकी कलाकार शुभेच्छा थापाले सिनेमाको पोष्टरका लागि हट फोटोसुट गरेकी छिन् । 
               प्रदर्शन मिति तय नभएको यो सिनेमामा थापाका अलवा सुशान्त कार्की, अशोक फुयाँल, समिक्षा अर्यालको मुख्य

एनजिओले दियो सभासदलाई संविधान लेखनबारे तालिम

क-कसले सिकाए सभासदलाई संविधान लेख्न ? 
           
       ११ असोज, काठमाडौं । संविधान निर्माण प्रक्रियामा एनजीओ/आइएनजीओको भूमिकाको बेलाबेलामा चर्चा र आलोचना हुने गरेको छ । सभासदहरुले संविधानसभा बाहिर हुने कुनै पनि प्रक्रिया स्वीकार्य हुँदैन पनि भन्न पनि छाडेका छैनन् तर, संविधानसभाभित्र प्रत्यक्ष अप्रत्यक्ष रुपमा एनजीओको चलचेख भने रोकिएको छैन । नेपाल ल सोसाइटी नामक एनजीओले संविधान मस्यौदा समितिका सभासदहरुलाई नगरकोटमा लगेर मस्यौदा लेखनबारे तालिम दिएको छ । यसअघि गत माघमा नेपाल कानुन समाजले संविधानसभा नियमावलीको मस्यौदा बनाएको सार्वजनिक भएपछि निकै आलोचना भएको थियो । सभासदहरुलाई तालिम तथा प्रशिक्षण दिन संविधानसभामा छुट्टै समिति नभएको भने होइन । संविधानसभामा क्षमता अभिवृद्धि तथा स्रोत व्यवस्थापन समिति छ । यसको काम भनेकै सभासदहरुलाई संविधान लेखनका क्रममा आवश्यक तालिमदेखि

फिल्म निर्माताले भने ‘रोल चाहिए मसँग रात बिताउनुपर्छ ’

         बलिउड होस् या मोडलिङ जगत, कास्टिङ काउचको विषयमा खबरहरु यदाकदा आउने गर्दछन् । एकपटक फेरि दुई मोडलले एक फिल्म निर्मातामाथि यौन शोषणको आरोप लगाएका छन् । पुलिसले आरोपी निर्माता चमनलाल देसाईलाई पक्राउ गरेको छ । दुबै मोडलको आरोप अनुसार देसाईले टेलिफिल्ममा रोल दिनका लागि दुबैसँग एक–एक रात बिताउनुपर्ने शर्त लगाएका थिए । यी मोडलहरु मुल रुपमा आसामका हुन् र उनीहरु मुम्बईमा आफ्ना आफन्तहरुसँग बस्दै आएका छन् । पुलिसले आरोपीलाई गत शनिबार कोर्टमा पेश गरेका छन् जहाँ सेप्टेम्बर २६ तारिखसम्म उनलाई न्यायीक हिरासतमा राखिने बताइएको छ । आरोपीले अरु युवतीहरुलाई पनि यौन शोषण गरेको हुनसक्ने आशंका पुलिसले गरेको छ । पुलिसले गरेको प्रारम्भिक अनुसन्धानको आधारमा आरोपीले ती मोडलहरुलाई फेसबुकमार्फत सम्पर्क गरेको देखिएको छ । पुलिसका अनुसार आरोपी निर्माताले उक्त मोडललाई टेलिफिल्ममा रोलको लागि सम्झौतामा हस्ताक्षर

कांग्रेस-एमालेको दस्तावेजलाई संविधान मान्न सकिँदैन : विष्ट

         ११ असोज, दाङ । एकीकृत नेकपा माओवादी स्थायी समिति सदस्य लोकेन्द्र बिष्टले कांग्रेस र एमालेले आफूहरुको सहमति विना संविधान जारी गर्न खोजे त्यसको कडा प्रतिकार गर्ने चेतावनी दिएका छन् । रिपोर्टर्स क्लब नेपाल दाङले शनिवार बिहान तुलसीपुरमा गरेको साक्षात्कारमा उनले एमाओवादीलगायतका दलहरुको सहमति बिना काँग्रेस एमालेले आफ्नो दस्तावेजलाई नै संविधान बनाउन खाजे त्यसलाई जलाउने चेतावनी दिएका हुन् । साक्षात्कारमा नेता विष्टले संविधानलाई कुनै दल विशेषको नभई सम्पूर्ण राजनीतिक दल र जनताले अफनत्तो महसुस गर्ने खालको हुनु पर्नेमा जोड दिए । उनले कांग्रेस-एमाले लगायतका दलहरु अन्य दललाई बाइबास गरेर जंगवहादुरको शैलीमा अघि बढे फेरि विद्रोह हुन सक्ने वताए । उनले भने-‘संघीयता पक्षधर दलहरुलाई बाइपास गरेर संविधान जारी गर्ने बाटोमा जानु हुँदैन । यदि कांग्रेस एमालेले एकलौटीरुपमा संविधान जारी गर्न खाजे मुलुक मुठभेडमा जान्छ । त्यसतर्फ सचेत हुनु जरुरी छ ।’ बिष्टले दलहरुवीच राज्य पुर्नसंरचना, संघीयता, शासकीय स्वरुप, न्याय प्रणाली र निर्वाचन प्रणालीका विषयमा सवै दलवीच कुरा मिले माघ ८ मै संविधान जारी हुने दावी गरे । बैद्य माओवादीसँग पार्टी एकताबारे छलफल जारी

दिपिकाको ‘क्लिभेज’ पछि टाइम्सले भन्यो ऐश्वर्याको ‘कुरुप खुट्टा’

              अहिलेसम्म बलिउडकी हट–सेक्सी अभिनेत्री दिपिका पादुकोण र टाइम्स अफ इन्डियाको बिच भएको क्लिभेज विवाद शान्त नभइसकेको अवस्थामा टाइम्स अफ इन्डियाले फेरि एकपटक यस्तो आर्टिकल प्रकाशित गरेको छ जसले विवाद सिर्जना गर्नसक्छ । यस पटक टाइम्सको टारगेट दिपिका नभई पूर्व विश्वसुन्दरी र बलिउडकी निकै रुचाइएकी नायिका ऐश्वर्या राई हुन् । टाइम्स को अनलाइन पोर्टलमा एक आर्टिकल छापिएको छ जसको शीर्षक ‘हट बेब्स विथ अग्लि लेग्स’ जसमा ऐश्वर्या रायलगायत एन्जेलिना जोली, ब्रिटनी स्पेयर्सजस्ता निकै चर्चित सेलिब्रिटीहरु सामिल छन् । ऐश्वर्याको फोटोको मुनीपट्टी लेखिएको छ, ‘पूर्व विश्वसुन्दरीको खुट्टा यस्ता छन् जसलाई छोप्दा नै राम्रो हुन्छ ।’ अहिलेसम्म यो आर्टिकलमाथि बच्चन परिवारले केहि पनि टिका–टिप्पणी गरेको छैन तर मानिसहरुलाई पुरा विश्वास छ कि टाइम्सको यो एक्सनको रियाक्सन पक्कै हुनेछ किनभने बच्चन परिवार आफ्नो परिवारको कुनै पनि सदस्यको नराम्रो र फाल्तु प्रदर्शन सहन सक्दैन । विधिवत होस्, भर्खरै टाइम्सले बलिउडकी चर्चित नायिका दिपिका पादुकोणको क्लिभेज भएको एउटा

मुटुरोग दिवसमा चिकित्सकको सुझावःमासु र मदिरा होइन,सुप र पानी खाऔं

            काठमाडौं,असोज ११ – चाडबाडको समयमा ‘मासुभन्दा सुप खान, मदिराभन्दा पानी खान’ चिकित्सकहरुले सुझाव दिएका छन् ।जिब्रोका लागिभन्दा जीउ (शरीर)का लागि खाना खान तथा माछा, मासु, मदिरामा भन्दा सागपात, फलफूलमा ध्यान दिन आम समुदायलाई उनीहरुले आग्रहसमेत गरे । विश्व मुटुरोग दिवसको पूर्वसन्ध्यामा नर्भिक इन्टरनेसनल हस्पिटलद्वारा आज यहाँ आयोजित कार्यक्रमका सहभागीले सो आग्रह गर्दै खानपानकै कारण मुटुरोग लाग्ने हुदा रोग लाग्न नदिन खानपिनमा सजग भइ नियमित व्यायाम गर्न सुझाए । सुर्तीजन्य पदार्थको प्रयोग, अस्वस्थ्य आहार व्यवहार, मद्यपान, ज्यादा मोटोपन, शारीरिक निष्क्रियताजस्ता जीवनशैलीका कारण उच्चरक्तचाप, मधुमेय

संविधान जारी गर्न मिलेर काम गरिरहेका छौंः प्रधानमन्त्री

              न्यूयोर्क, असोज ११– प्रधानमन्त्री सुशील कोइरालाले संयुक्त राष्ट्रसङ्घको ६९ आँै महासभालाई आज बिहान सम्बोधन गर्दै माओवादीलगायत नेपालका राजनीतिक दलहरु निर्वाचित संविधानसभाबाट लोकतान्त्रिक संविधान जारी गर्न सँगै मिलेर काम गरिरहेको बताएका छन् । प्रधानमन्त्री कोइरालाले भने, “नेपाललाई शान्ति, स्थायित्व, विकास र सुशासनको लोकतान्त्रिक पद्धतिमा डो¥याउन र संविधानवाद, राजनीतिक बहुलवाद, विधिको शासनको परिधिभित्र रहेर संविधानसभाभित्र र बाहिरका राजनीतिक दलहरुलाई साथै लिएर अगाडि बढ्न सरकार प्रतिबद्ध छ ।”< नेपाली जनताको लोकतान्त्रिक पद्धतिप्रतिको अविचलित विश्वास र निष्ठाका कारण सशस्त्र विद्रोहमा लागेको माओवादीलाई शान्तिपूर्ण प्रजातान्त्रिक प्रक्रियामा ल्याउन र निरङ्कुश राजसंस्थालाई हटाएर मुलुकमा लोकतान्त्रिक गणतन्त्रको सफलतापूर्वक स्थापना गर्न सम्भव भएको र यो विश्वकै लागि

Thursday, September 25, 2014

छातीमा तेश्रो स्तन थपिन् २१ वर्षे युवतीले

               सबै युवतीको चाहना राम्री बन्ने हुन्छ । सुन्दर बन्नका लागि युवतीहरुले जुनसुकै मूल्य चुकाउन पछि पर्दैनन् र आफ्नो बुताले भ्याएसम्म खर्च पनि गर्छन् । तर एक जना अमेरिकी युवतीले भने नराम्री देखिनका लागि मोटो रकम खर्च गरेकी छिन् । फ्लोरिडाकी बासिन्दा तथा पेशाले मसाज थेरापिस्ट २१ वर्षकी जस्मिन टि्रडेभिल नामकी युवतीले २० हजार अमेरिकी डलर खर्च गरेर आफ्नो वक्षस्थलमा तेश्रो स्तन
               प्रत्यारोपण गरेकी हुन् । अतिरिक्त स्तन प्रत्यारोपण गर्नका लागि जस्मिनले ठूलै संघर्ष गर्नुपर्यो । उनले ५०-६० जना डाक्टरकहाँ धाइन् तर कसैले यस्तो काम गर्न मानेनन् । कानून तोडिने डरले डाक्टरहरुले तेश्रो स्तन थपिदिन मानेनन् । तर अन्ततः उनले आफ्नो उद्धेश्य पूरा गरिन् आफ्नो वक्षस्थलमा स्तनको संख्या ३ पूराइन् । यसो गर्नका लागि उनले पूरै २ वर्ष खर्चिनुपर्यो । उनको छातिमा दुइ प्राकृतिक स्तनको विचमा एउटा कृत्रिम स्तन छ र त्यसको मुन्टोमा कलात्मक टाटु

ओलीको सहयोग खोज्दै बाबुराम बालकोटमा

बाबुरामले ओलीलाई भने-सहमति गर्न सघाउनुस् 
         ९ असोज, काठमाडौं । संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले संविधान निर्माणमा सहमति जुटाउन एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सहयोग मागेका छन् । बिहीबार बिहान ओली निवास बालकोटमा पुगेर भट्टराईले असोज १४ गतेभित्रै संविधान निर्माणमा सहमति जुटाउन बाँकी रहेका विषयमा पनि सहमति कायम गर्न सहयोग मागेका हुन् । उनले दलहरुबीच सहमति कायम गराउन सकारात्मक भूमिका निर्वाह गरिदिन एमाले अध्यक्ष ओलीलाई आग्रह गरेको स्रोतले जनाएको छ । एमाओवादी नेता भट्टराईले लामो समय संसदको अवरोध कायम रहन नहुने भन्दै संसद खुलाउने भूमिका खेल्न पनि ओलीलाई आग्रह गरेका छन् । उनले सबैलाई मान्य हुने खालको सहमति कायम गरि संसद सुचारु गर्न ओलीलाई आग्रह गरेका हुन् । उनले बिहीबार नै साना दलसँग पनि

यसरी छचल्कियो काजोलको सेक्सी जवानी (फोटो फिचरसहित)

             अर्घाखाँचीकी १८ वर्षीया काजोल खनाल मोडलिङको क्षेत्रमा उदाउँदै गएकी छिन् । मोडलिङमा लागेको ६ महिना मात्र भए पनि उनले नेपालका चल्तीका गायकगायिकाको गीतको भिडियोमा अभिनय गर्ने अवसर पाइसकेकी छिन् । 
               काजोलले गायिका अन्जु पन्तको जबसम्म मैले सास फेरिरहन्छु, माण्डवी त्रिपाठीको खोक्रो खोक्रो भयो जिन्दगीमा, खुमन अधिकारी र पूर्णकला बिसीको तिजका गीतलगायतमा उनले आफ्नो अभिनय कलासमेत देखाइसकेकी छन् ।
            आफ्नो खुबी र क्षमताले मोडलिङ क्षेत्रमा जम्ने सोच बनाएकी काजोल आफ्ना बाबुआमाले यस क्षेत्रमा जम्नका लागि सहयोग गरिरहेको बताउँछिन् । उनी मोडलिङका नाममा एक्सपोजप्रति भने सजग भएको

विनाले भनिन्-मेरो छोरा शाहरुखसँगै फिल्म खेल्छ

              मुम्बई । अस्मित पटेलसँग यौन विवादमा परेकी पाकिस्तानी आइटम गर्ल वीना मलिकलाई पुत्रलाभ भएको छ । अमेरिकाको एक अस्पतालमा उनले छोरा जन्माएकी हुन् । नी आमा भएको जानकारी उनका श्रीमान असद बशीर खानले ट्वीटर मार्फत गराएका छन् । ‘बिग बोस’ चौथो सिजनकी हट प्रतियोगी विनाले केही हिन्दी फिल्ममा उत्तेजक भंगीमा अभिनय समेत गरेकी छिन् । सन २०१३ मा दुबइका ब्यबसायी असदसँग बिबाह गरेपछि उनि अमेरिका भासिएकी थिइन् । 
 छोराको नाम अबराम 
           विनाले आफ्नो छोराको नाम अबराम राखेकी छिन् । उनलाई विश्वास छ एकदिन आफ्नो छोराले बलिउडमा शाहरुख खानसंगै फिल्म खेल्ने छ । उनी फिल्ममा आउने सम्भावना भने लगभग टरेको छ । बिबाह लगत्तै उनले आफु अभिनयमा नफर्किने बताएकी थिइन् । विना आफैमा विवादास्पद आइटम गर्ल

कांग्रेस-एमालेलाई जनताको कठघरामा उभ्याउछौं : विप्लव

                       ९ असोज, काठमाडौं । नेकपा-माओवादीका सचिव नेत्र विक्रम चन्द विप्लवले कांग्रस-एमालेलाई जनताको कठघरामा उभ्याइने बताएका
छन् ।आफ्नो अपराधलाई लुकाउन कांग्रेस र एमालेले माओवादी आन्दोलनलाई अपराधिकरण गर्न खोजेको भन्दै उनले भने-‘मैले उहाँहरुलाई यसो नगनुस् भनेको छु, यदि रोक्नुभएन भने उहाँहरुलाई जनताको कठघरमा उभ्याइनेछ । प्रगतिशील गीतकार अग्र विष्टको ‘परिवर्तनका आवाजहरु’ नामक गीती एल्वम विमोचन कार्यक्रममा माओवादी सचिव विप्लवले माओवादी सहभागिता विनाको राज्य वैधानिक नहुने बताए । उनले भने-माओवादी विनाको वैधानिक पनि हुँदैन र तपाईहरुले राज्य संचालन गर्न पनि सक्नुहुँदैन ।’< मानवअधिकारवादीहरुले गर्ने बहास भन्दपनि तल्लोस्तरमा बनाउन खोजेकाले सर्वपक्षीय गोलमेच सम्मेलन बहिस्कार गरेका उनले बताए । ‘हामीले भनेको त संविधानसभा विघठन गरौं र सर्वपक्षिय सम्मेलन गरौं हो । संविधानसभालाई मानेर हुने कुनै गोलमेचमा सहभागी हुँदैनौं’-सचिव चन्दले भने । संसादवादीहरुले माओवादीलाई तह लगाउने सोचेको भन्दै अगाडी आएसेना बनाउन

जीके भन्छन् -‘मैले सेक्सी फिल्म बनाएको छैन, अब दुबइमा सुटिङ’

            चलचित्र ‘बर्बाद’मा कलाकार तथा निर्माता भएपछि व्यवसायी जीके शर्माले आलोचना पनि धेरै नै भोग्नु पर्‍यो । तर, उनले भने आफूले ‘बर्बाद’ बनाएर कुनै गल्ती नगरेको बताए । जीकेले आफूले परिवार सबै बसेर हेर्न मिल्ने चलचित्र बनाएको भन्दै बजारमा अनावश्यक हल्ला चलेको दाबी गरे । ‘बर्बाद’को व्यापारले आफू निक्कै खुशी रहेको दाबी उनको छ । उनले अब आफूले नयाँ चलचित्र ‘यूवराज’ बनाउन लागेको जानकारी दिए ।
                ‘यूवराज’को छायांकन दुबइमा हुने उनको भनाई छ । यो चलचित्रमा लगानी अरुकै भएपनि सम्पूर्ण व्यवस्थापन उनले लिएका हुन् । ‘यूवराज’ लगतै नयाँ सिनेमा बनाउने उनको तयारी छ । सिनेमा किन बनाउनुहुन्छ भन्ने प्रश्नमा जीकेले भने-‘म एक व्यापारी हुँ । यसैले व्यापारका लागि सिनेमा बनाउँछु ।’< करिब आधा दर्जन चलचित्रमा समेत काम गरेका जीकेले आफूमा अभिनय क्षमता भएको दाबी गरे । भने-‘ममा अभिनय क्षमता छ । यसैले म सानैबाट यो क्षेत्रमा रुची राख्थे ।’ उनले आफूलाई खारिएर आएको कलाकार समेत भनेका छन् । हालै मात्र ‘लाटी’ चलचित्रमा अभिनय गरेका जीकेले बर्षमा ४ वटा सिनेमा खेल्ने र एउटा बनाउने योजना बुनेका

सार्कका लागि रंगीन काठमाडौं

                    काठमाडौं, असोज ९ – आउँदो मंसिर १० र ११ गते राजधानी काठमाडौंमा आयोजना हुने अठारौं सार्क शिखर सम्मेलनका लागि राजधानी सजाउने क्रम सुरु भइरहेको छ । सम्मेलनका लागि भृकुटीमण्डप, रत्नपार्क, सुन्धारा, थापाथली, माइतीघर, बानेश्वरलगाायत स्थानमा सौर्य सडकबत्ती जडान गरिँदैछ । सिंहदरबारस्थित पुरानो संसद भवन र राष्ट्रिय सभा गृह सिंगारिएको छ भने शहरका मुख्य–मुख्य चोकका बगैंचामा मालीले ढकमक्क फूल फुलाईसकेका छन् । सार्क राष्ट्रमा सहभागी पाहुनाहरुलाई घुमाउने योजना रहेका पाटन दरबार स्क्वायर, भक्तपुर दरबार र वसन्तपुरका मन्दिरहरुमा पनि रंग पोत्न थालिसकिएको छ ।आजकल राजधानीमा पुल पुलेसा र सडक किनारमा श्रमिकहरु रंग पोतिरहेका भेटिन्छन् । यसरी राजधानीलाई सुन्दर बनाउन श्रमिकहरु दिनरात खटिरहेका छन् । अब केही दिनमै चिटिक्कको राजधानी देख्न पाइनेछ आशा मानिसहरुले गर्न