australia-roadअष्ट्रेलिया, चैत्र २२ । अष्ट्रेलियामा भएको कार दुर्घटनामा पाल्पा घर भएकी २७ वर्षीया युवती आशा गाहाको मृत्यु भएको छ भने २ घाइते भएका छन् । एक जना युवाहरु अस्पतालबाट घर फर्किसकेका छन् । घाइतेमध्य एकजनाको अवस्था गम्भीर छ ।
मृतक आशालाई नयाँ जागर पाएको स्थानतिर पु्याउन जाने क्रममा नेपालीहरु डार्विन क्षेत्रको माटाराङ्गा भन्ने क्षेत्रमा दुर्घटनामा परेका थिए । दुई युवाको डार्विनमा रहेको डार्विन रोयल अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था अहिले खतरामुक्त रहेको छ । कारमा दुईवटा चरा आएर ठोक्किएपछि दुर्घटना भएको बताइएको छ ।
दुर्घटनामा घाइते मृतक र घाइते सबै पाल्पा जिल्लाका हुन् ।
उक्त दुर्घटनामा एक  युवा भने सामान्य घाइते भएका थिए । मृतक सिड्नीमा अध्ययनरत रहेको बुझिएको छ । सिड्नीबाट करिब ४ हजार किलोमिटरको दुरीमा रहेको डार्विन जाने क्रममा डार्विनभन्दा १ सय ३० किलोमिटर छेउमा उनीहरुको सवारी दुर्घटना भएको हो ।
नेपाली दुतावासका उप नियोग प्रमुख लोकबहादुर थापाले पीडितहरुको परिवारलाई सम्पर्कको प्रयास भइरहेको बताए । दुतावास, एनआरएन र नेपाली समाजको पहलमा युवतीको शव डार्विन ल्याउने प्रयास भइरहेको छ ।