Wednesday, February 26, 2014

देशभर शिवरात्रि मनाइँदै , शिव मन्दिरमा भक्तजनको घुइचो

                काठमाडौँ,फागुन १५। भगवान शिवको पुजा तथा अर्चना गर्दै आज देशभरका  हिन्दू धर्मावलम्बीले शिवरात्रि पर्व मनाउर्दै छन्। प्रत्येक वर्ष फागुन चर्तुदर्शीका दिन हन्दू धर्मावलम्बीले पशुपतिलगायत देशभरका शिवालयमा भगवान शिवको पूजा तथा आराधना गरी शिवरात्रि मनाइने प्रचलन रहेको छ। विभिन्न १२ ज्योतिर्लिङ्गमध्ये पशुपतिनाथ पनि महत्वपूर्ण भएकाले हिन्दू धर्मावलम्बीले शिवरात्रिमा सो मन्दिरमा दर्शन तथा पूजा गर्ने प्रचलन छ। नेपालका राष्ट्रिय र आराध्य देवताका रूपमा पनि उनी

जिशिअ मार्फत शिक्षा मन्त्रालयलाई ज्ञापनपत्र

                पर्वत, १५ फागुन१५ नेकपा–माओवादी निकटको अखिल नेपाल शिक्षक संगठन पर्वतले विभिन्न शैक्षिक तथा पेसागत माग राखी जिल्ला शिक्षा अधिकारीमार्फत शिक्षा मन्त्रालयलाई ज्ञापनपत्र पठाएको छ । संगठनका जिल्ला अध्यक्ष भूमिराज शर्माको नेतृत्वमा गएको शिक्षकहरुको टोलीले विभिन्न शीर्षकमा तत्काल पूरा गर्नु पर्ने ११ बुँदे शैक्षिक तथा पेसागत मागहरु, दीर्घकालिन १७ बुँदे पेशागत, १२ बुँदे शैक्षिक र १६ बुँदे स्थानीय मागसहितको ज्ञापनपत्र बुधबार जिल्ला शिक्षा अधिकारी घनश्याम पौडेललाईलाई बुझाएको हो । जिल्ला शिक्षा कार्यालयमै पुगी अध्यक्ष शर्मासहित संगठनका केन्द्रीय सचिवालय सदस्य रेशमलाल सापकोटा, राज्य समिति सदस्यद्धय दिलमान केसी र बिष्णु प्रसाद भुसाल,

वामदेवको निष्कर्ष-एमाओवादी समाप्त हुन्छ, कांग्रेस मुख्य प्रतिद्वन्द्वी

               १५ फागुन, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले अबका दिनमा मुलुकबाट एकीकृत नेकपा माओवादीको अस्तित्व नै समाप्त हुने निष्कर्ष निकालेका छन् । 
                           पार्टीको नवौं महाधिवेशन लक्षित राजनीतिक दस्तावेजको मस्यौदामा उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष गौतमले सो निष्कर्ष अघि सारेका हुन् महाधिवेशन तयारीका सिलसिलामा स्थायी समितिका तर्फबाट २१ सदस्यीय राजनीतिक दस्तावेज लेखन समितिको संयोजकसमेत रहेका गौतमले हत्या, हिंसाको राजनीति गर्ने समूह र एमाओवादीको अस्तित्व समाप्त हुने निष्कर्षसहित आजको अवस्थाअनुसार सुध्रिएर आएमा भने ऊसँग पार्टी एकतासमेत हुन सक्ने किटानी गरेका छन् । आठौं महाधिवेशनयता एमाओवादीलाई उग्रवामपन्थी शक्तिका रूपमा संघर्षभन्दा

अनिल र सुब्रिनाले ‘झेली’ गरेपछि

              चैत्र १४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘झेली’ अहिले चर्चामा छ । ‘झोला’ र ‘झोले’ चलेपछि दर्शकले उस्तै नामबाट बनेको ‘झेली’को स्वाद चाख्न पाउनेछन् । चलचित्रमा अनिल थापा, सुब्रिना कार्की, अस्कर शर्मा, दीपा बीसी, विष्णु रिजाल, गीता अधिकारी लगायतका कलाकारको अभिनय छ । चलचित्रमा सुर्य किरण लामाको संगीत, भेषमान श्रेष्ठको कथा, कविराज गहतराजको नृत्य, रोशन लामिछानको सम्पादन, चन्द्र पन्तको द्वन्द्व छ । सोनम लामाको प्रस्तुतीमा तयार भएको यो सिनेमालाई भेषमान श्रेष्ठले निर्माण गरेका हुन् । चलचित्रलाई कमल दाहालले निर्देशन गरेका हुन् । चलचित्र प्रदर्शनमा आउने भएपछि

बैगुनीलाई गुनले मार्छु भन्दै ओनसरीलाई कमल थापाको समर्थन


                   १४ फागुन, काठमाडौं । दलहरुले सहमति शब्दको दुरुपयोग गरेको राप्रपा नेपालका अध्यक्ष कमल थापाले बताएका छन् । संविधानसभामा बुधबार भएको उपाध्यक्षको निर्वाचनमा एमाओवादी उम्मेदवार ओनसरी घर्तीलाई समर्थन गर्दै थापाले सहमतिको आवरणमा आफ्नो स्वार्थलाई लाद्ने काम भइरहेको बताए । सभासद थापाले भने- ‘शक्ति सन्तुलनका आधारमा उपाध्यक्ष राप्रपा नेपालको हुन्थ्यो तर, सहमतिको आवरणमा पुरानै प्रवृत्तिलाई निरन्तरता दिन काम भइरहेको छ ।’ राष्ट्रपति, उपराष्ट्रपति सहितका पदको निर्वाचन हुनु पर्ने शक्ति सन्तुलनका आधारमा सहमति गर्नु पर्ने भए पनि सुरुमै कांग्रेस र एमालेले सातबुँदे सहमति गरेर एमाओवादीसहितका दलहरुलाई निषेध गरेको उनले बताए । प्रतिपक्षमा रहेका दलहरुलाई समथमा लिएर अघि बढ्नु पर्नेमा एमाओवादीले सत्तारुढ दलहरुसँग साँठगाँठ गरेको भन्दै उनले भने-’एमाओवदीले सभामुख नपाएपछि प्रमुख प्रतिपक्षको नेताको गरिमामय पद र जिम्मेवारीबोध

दिलशोभालाई यौन दुराचारको आरोप

                काठमाडौं, फागुन १४ – आमाघरको नाममा वृद्धा र अनाथ बालबालिकाको स्याहारसुसार गरेर चर्चामा आएकी समाजसेवी दिलशोभा श्रेष्ठ आश्रयको आवरणमा यौन दुराचारका क्रियाकलापमा संलग्न रहेको तथ्य फेला परेको छ । उनको आश्रममा वृद्धासहित ५३ बालबालिका छन् ।
                 उनले राजधानीको रविभवनस्थित आफ्नो वृद्धाश्रममा रहेकाहरूलाई पैसा लिएर अर्काको घरमा काम गर्न र रात बिताउन पठाउँदै आएको नागरिकलाई प्राप्त अडियो रेकर्डबाट खुलेको छ। नागरिकसँग सुरक्षित ३ मिनेट ३९ सेकेन्डको उक्त अडियो रेकर्डमा दिलशोभाले भनेकी छन्, ‘१५ सय जति पैसा दिने, बेलुका पकाएर खुवाउने एक छाक, बिहान खुवाउनुपरेन, तपाईंलाई माया लाग्छ भने एक कप चिया खुवाएर पठाउनू, बेलुका आएर तपाईंलाई पकाएर खुवाउँछ, रातभरि तपाईंसँग सुत्छ, माया माया माया

डन दीपक मनाङ्गे फुटबल हेर्दाहेर्दै पक्राउ

                          काठमाडौं, फागुन १४- चर्चित डन दीपक दीपक मनाङ्गे मंगलबार पक्राउ परेका छन् । कुटपिट, सर्वसाधरणलाई आतंकित बनाएको, अवैध कृयाकलापमा संलग्न भएको तथा जवरजस्ती रकम असुलेकोलगाएत  अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरीको दाबी छ ।मनाङ मर्स्याङ्गदी र पुलिस क्लबबीचको फुटबल खेल हेर्न राजधानीको दशरथ रंगशाला पुगेका उनलाई प्रहरीले पक्राउ गरेको हो ।
                        उनलाई महानगरीय प्रहरी परिसर हनुमानढोकामा राखिएको प्रहरीले जनाएको छ । रमेश खरेल काठमाडौं प्रहरी प्रमुख भएर आएयता प्रहरीले गुण्डागर्दी नियन्त्रण गर्न विशेष अभियान चलाएको छ । खरेलले गुण्डागर्दी र आपराधिक गतिविधिलाई परास्त गरेरै छाड्ने बताउँदै आएका छन् । उनको घोषणा अनुसार अहिलेसम्म दर्जनौं गुण्डा र तिनका नाइकेलाई प्रहरीले पक्राउ गरिसकेको छ । मनांगे  यसअघि पनि पटक पटक पक्राउ पर्दै रिहा हुँदै आएका छन् । मनाङेलने काठमाडौंको ठमेल क्षेत्रलाई आधार बनाई अपराधिक गतिविधि

Monday, February 24, 2014

सुरक्षा विशेष समितिमा झलनाथदेखि बाबुरामसम्म

            १२ फागुन, काठमाडौं । व्यवस्थापिका संसदको बैठकले ८१ सदस्यीय सुरक्षा विशेष समिति गठन गरेको छ । सोमबार बसेको संसद बैठकले व्यवस्थापिका संसदको कार्यसञ्चालन नियमावली ०६५ को नियम ११७ अनुसार समिति गठन गरेको हो । 
                समितिमा नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, सहमहामन्त्री पूर्ण वहादुर खड्का, कोषाध्यक्ष चित्रलेखा यादव, नेता कुलवहादुर गुरुङ, विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, कमला पन्तलगायतका रहेका छन् । यसैगरी एमालेवाट अध्यक्ष झलनाथ खनाल, संसदीय दलका नेता केपी शर्मा ओली, बरिष्ठ नेता माधव कुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, नेता भरतमोहन अधिकारी

आर्यनलाई ‘नाइके’ बन्न हतार, नम्रता र्‍याम्पमा

              आफूले नै निर्माण गरेको पहिलो चलचित्र ‘नोभेम्बर रेन’को प्रचारमा खासै मन नदेखाएका नायक आर्यन सिग्देल पोखरा पुगेका छन् । पोखरामा नै छायांकन हुन लागेको चलचित्र ‘नाइके’मा अभिनय गर्न उनी त्यता लागेका हुन् । चैत्र १४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘नोभेम्बर रेन’का निर्माता तथा नायक आर्यनले यो सिनेमाको प्रचारमा ध्यान नदिएको आरोप लाग्दै आएको छ । जुन कुरालाई स्वयंम आर्यनका गतिविधीले पनि पुष्टी गरिरहेको छ । यसैबिच चलचित्रको निर्माणपक्षले नेसनल फेसन इन्सिच्यूटसँग मिलेर फेशन शोको आयोजना गरेको छ । 
                  जहाँ व्यवसायिक मोडलसँग मिलेर नायिकानम्रता श्रेष्ठले र्‍याम्प नापेकी छिन् । उनको साथमा चलचित्रका निर्देशक दिनेश राउत, छायांकार राजेश श्रेष्ठ, लेखक छेतन गुरुङले पनि र्‍याम्पको अनुभव बटुलेका छन् । सुवास गिरीको निर्माणमा तयार भएको यो सिनेमाले प्रेमको कथा बोल्छ । चलचित्रको प्रचारप्रसारबाट अर्की नायिका छुल्ठिम गुरुङ पनि टाढा

अख्तियारद्वारा विद्युतमा व्यापक छानविन

          काठमाडौ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बिद्युत प्राधिकरणका पूर्वप्रमुख, जिएम, चिनीयाँ कम्पनीसमेतका बारेमा छानविन थालेको छ। आयोगले प्राधिकरणको ट्रान्सफरमर खरिदमा अनियमितता गरेको आरोपमा १८ करोड २४ लाखको बिगो सहित गत साता मुद्दादायर गरेको हो। प्राधिकरणका पूर्व प्रमुख,महाप्रवन्धक, उच्च अधिकारी, चिनीयाँ ठेकेदार कम्पनी, एजेन्टसहित १७ जनाबिरुद्ध गत शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेपछि बिद्युत माफिया बीचमा हलचल शुरु भएको छ। समाचारसूत्रहरुले बताए अनुसार प्राधिकरणको ठेक्का नं. डिसिएस–२०६६/६७–१४ अन्तर्गत सिचुआन दोङफाङ ट्रान्सफरमर कम्पनी लिमिटेड, चीनबाट खरिद गरिएका विभिन्न क्षमताका ५७५ थान ट्रान्सफरमर खरिद प्रक्रियादेखि भण्डारणसम्मका चरणहरुमा भिन्दाभिन्दै व्यक्तिहरुको सामूहिक संलग्नता रहेको पनि अख्तियारले पुष्टी गरिसकेको छ। अख्तियारले प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक

दुब्लाएकी अनुले भनिन्, ‘जीरो फिगरको तयारी’

                           एक कार्यक्रममा आकर्षक तबरले प्रस्तुत भएकी नायिका अनु शाहले जीरो फिगर बनाउन लागेको बताइन् । उसो त नेपाली नायिकाहरु दुब्लाएपछि जीरो फिगर बनाउन लागेको जवाफ फर्काउँछन् । नायिका अनु शाहको हकमा पनि यस्तै देखियो । 
                     वन पिस पहिरनमा आकर्षक देखिएकी अनुले आफूले केही तौल घटाएको बताइन् । तर उनले तौल घटाउनुको कारणबारे स्पष्ट पार्न चाहिनन् । ‘आधी बाटो’ हिरोइनले सिने बजारमा खासै सफल सिनेमा भने दिन सकेकी छैनन् । तर पनि उनको व्यस्तता म्यूजिक भिडियोमा धेरै र चलचित्रमा सामान्य नै देखिएको छ । नायिका सुष्मा कार्की र विनिता घिमिरेले पनि जीरो फिगर बनाउन लागेको जनाएका थिए ।
                अहिले नेपाली नायिकाहरुमा जीरो फिगरको ह्याङ चढ्न थालेको छ । तर जीरो फिगर कसरी बन्छ भन्ने जानकारी भने धेरैलाई थाहा छैन । नायिका अनु शाह पनि दुब्लाउँदो शरीरलाई जीरो फिगरको संज्ञा

गृह पाउने भएपछि एमाले सरकारमा जाने

             काठमाडौँ, फागुन १२। नेकपा (एमाले) ले मन्त्रालय बाँडफाँटमा नेपाली काँग्रेससँग भएको सहमति कार्यान्वयन भएमा सरकारमा जाने निर्णय गरेको छ।एमालेको  केन्द्रीय कमिटीको बैठकमा नेपाली काँग्रेससँग गत माघ २६ मा भएको सातबुँदे सहमतिको अनुमोदन गर्दै बैठकमा सो सहमति हुँदा एमालेले उपप्रधानमन्त्री तथा गृह मन्त्रालय पाउनेबारेमा जानकारी गराइएको थियो। 
                    एमालेको शनिबारदेखि प्रारम्भ भएको २६ औं केन्द्रीय कमिटीको बैठक जारी रहँदा काँग्रेसले सरकारमा सहभागिताका लागि गृह मन्त्रालय दिन तयार भएको जानकारी आएपछि बैठक छोट्याएर दुई दलबीच वार्ता भएको थियो। एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख प्रदीपकुमार ज्ञवालीले काँग्रेससँगको लिखित र मौखिक सहमति पालना भएमा पार्टी सरकारमा जाने अन्यथा नजाने भन्ने एमालेको नवौं महाधिवेशनको कार्यसूचीबारे आजको बैठक छलफल प्रारम्भ भएको पोलिटब्युरो

अमरेशले भने, ‘सुशीलको आयु तीन महिना’

          काठमाडौं, फागुन १२ – नेपाली राजनीतिका भविश्यवेत्ता अर्थात् विश्वकप फुटवलका ‘पाउल अक्टोपस’ झैं मानिएका काँग्रेस नेता अमरेशकुमार सिंह अचेल नयाँ भविश्यवाणी गर्दै हिँड्न थालेका छन् । उनले भनेका छन्, ‘सुशील कोइरालाको आयु तीन महिना मात्र हो ।’
       प्रधानमन्त्री कोइराला र भारतवीच तालमेल मिल्न नसकिरहेकै बेला अमरेश जसरी पनि शुसीललाई ढालेर एमाले नेता केपी ओलीलाई प्रधानमन्त्री बनाउने अभियानमा जुटेका छन् । ‘हामी (लैनचौर)ले भनेको नमान्ने त्यो महाराजगञ्ज(सुशील)को साटो जे भन्यो त्यही मान्ने बालकोट(केपी)लाई नै पावरमा ल्याउनुपर्छ’, अमरेश निकट मानिने एक

यस्तो छ कमल थापाको संविधान बनाउने फास्ट ट्रयाक

कात्तिकमा जनमत संग्रह, फागुन ७ गते संविधान जारी
          
             १२ फागुन, काठमाडौं । राप्रपा नेपालले एक वर्षभित्र संविधान निर्माणका लागि आठबुँदे फास्ट ट्याक योजना प्रस्ताव गरेको छ । २०७१ साल फागुन ७ गते प्रजातन्त्र दिवसका दिन संविधान जारी गरी लागू गर्ने उसको प्रस्ताव रहेको छ ।
                     राप्रपा नेपालले अघि सारेको प्रस्तावमा पाँचवटा विषयगत, दुई वटा प्रक्रियागत र संवैधानिक समिति बनाउने प्रस्ताव गरेको छ । अघिल्लो संविधानसभाका विषयगत समितिहरुमा भएका निर्णय सभासदहरुले पेश गर्न चाहे नयाँ प्रस्ताव ल्याउनुपर्ने र त्यसमाथि छलफल गरी आवश्यक निर्णय गरी संवैधानिक समितिमा पेश गर्ने र यो काम आगमी वैशाख मसान्तभित्र गर्ने उसको प्रस्ताव छ । विषयगत समिति र संवैधानिक समितिबाट प्राप्त प्रस्तावका आधारमा प्रारम्भीक मस्यौदा तयार पर्ने र तयार भएको मस्यौदालाई

Sunday, February 23, 2014

एमाले नेता ओलीले अस्पतालमा लड्डु बाँडे


                 काठमाडौँ, फागुन ११ । आज ११ गते नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीको ६३ औ जन्मदिन हो । उहाले आफ्नो जन्मदिन अस्पतालमै लड्डु बाँडेर मनाउनुभएको छ । अस्पतालमा लड्डु बाँडेर जन्मदिन मनाउदा शुभकामना दिनेहरुको घुईचो लागेको छ । तेह्रथुम जिल्लामा ६३ वर्षअघि जन्मीनुभएका ओली १८ वर्षको उमेदेखि नै कम्युनिष्ट राजनीतिमा सक्रीय हुनुहुन्छ । 
                  २०२६ सालपछिको दुई दशक कठोर कारागार र सकसपूर्ण राजनीतिमा बिताउनुभएका ओली २०४६ मा बहुदल आए यता राष्ट्रिय राजनीतिको केन्द्रमा हुनुहुन्छ । ओली भर्ना भएपछिग्रान्डी अस्पतालमा भेट्न जानेको घुँइचो लागेको छ । कांग्रेसका उपसभापती रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला, मन्त्री रामशरण महत लगायतले भेटसँगै सरकारको बिषयमा छलफल गरेको पनि बुझीएको छ । त्यस्तै एमालेका सबै शीर्ष नेताहरु अस्पताल पुगि ओलीको स्वास्थ्य अबस्थाबारे जानकारी लिएकाछन् । ओली हात सुन्निएका कारण शुक्रबार धापासीस्थित ग्रान्डी अस्पताल भर्ना भएर उपचार

झोले’को आक्रमक कलेक्शन, दर्शक भन्छन्-’हसाँएरै मार्छ

                       ‘झोले’ आक्रामक कलेक्शन गर्ने यसबर्षको पाचौ फिल्म हो । यसअघि ‘होस्टेल’, ‘काली’, ‘छ एकान छ’ र ‘झोला’ले आफूलाई करोड क्लबमा उभ्याइसकेका छन् । शुक्रबारबाट देशभरका हलमा एकसाथ प्रदर्शनमा आएको डार्क कमेडी बिषयको ‘झोले’ले आक्रामक कलेक्शन गर्दै सिने बजारमा खुशी तरंगित गरिदिएको छ । टेकेन खड्काको निर्माणमा तयार भएको यो सिनेमाको बिषयवस्तु अनुसारको कमेडी र क्लाइमेक्सको दृश्यलाई दर्शकले उत्कृष्ट भनेका छन् ।   दर्शकलाई सिनेमाको कथावस्तु र प्रस्तुतीले बाँधेको देखियो । सिनेमा हेरेर फर्किएका अधिकांश दर्शकले कमेडी फिल्मलाई उत्कृष्ट

संविधान बनाउन एक वर्षपनि लाग्दैनः पुन

                    पाँचथर, फागुन ११–एकीकृत माओवादी नेता वर्षमान पुनले एक वर्षभित्र सविधान वन्ने दावी गरेका छन् । 
                    पाचथरको फिदिममा आइतबार संचारकर्मीसित कुरा गर्दै पुनले पार्टी सरकारमा नगई प्रतिपक्षमा नै बसेर पनि संविधान निर्माणका लागि रचनात्मक भूमिका खेल्ने बताए । 
                       विगतमा भएका सहमतिलाई नकोट्याई विवादित विषयमा मात्र प्रमुख तीन दलले सम्झौता गरे संविधान निमार्णका लागि एक वर्ष पनि नलाग्ने उनको दावी छ । नेता पुनले एक वर्षभित्र संविधान नबने आप्mनो पार्टी सडक संघर्षमा जाने चेतावनी

यादव पक्राउको नेकपा–माओवादीद्वारा विरोध

              काठमाडौं, फागुन ११–नेकपा माओवादीले द्धन्द्धकालिन मुद्धामा आफ्ना कार्यकर्ता पक्राउ गरिएको भन्दै आपत्ती जनाएको छ । वृहत शान्ति सम्झौता अनुरुप युद्धकालीन मुद्दाहरु नचलाउने र सत्य निरुपण तथा मेलमिलाप आयोग बनाउने नीति विपरित मिथिला राज्य सदस्य सत्यनारायण महतोलाई पक्राउ गरिएको भन्दै उसले विरोध आपत्ती जनाएको हो । माओवादी प्रवक्ता पम्फा भुसालले एक वित्रप्ती जारी गर्दै घटनाको विरोध गर्दै उनको शीघ्र रिहाईको माग गरेकी छन् । विज्ञप्तीमा भनिएको छ– हाम्रो पार्टी यस घटनाको भत्र्सना एवं निन्दा गर्दै वहाँको स–सम्मान शीघ्र रिहाईको माग गर्दछ । साथै, यसप्रकारका घटना नदोहो¥याउन समेत आग्रह गर्दछ । यस्ता प्रकारका घटनाले सरकारले विस्तृत शान्ति सम्झौता भङ्ग गरी नेपालमा पुनः