Saturday, September 21, 2013

काठमाण्डौ १ बाट भुवनको सिफारिस : प्रचण्ड पुत्रीसँग लडाइँ !


              अभिनेता भुवन केसी नेकपा एमाले पार्टीको तर्फबाट काठमाण्डौ क्षेत्र नम्वर १ बाट आगामी संविधान सभाको प्रत्यक्ष उम्मेरद्वारका लागी सिफारिसमा परेका छन् । अभिनेता केसीसँगै १ नम्वर क्षेत्रबाट एमालेका विदुर मैनाली र सपना प्रधान मल्ल पनि प्रत्यक्ष उम्मेरद्वारको सिफारिसमा छन् ।
               एमाले पार्टीको केन्द्रिय कमीटीको बैठकले मल्ल र मैनालीलाई पाखा लगाएर केसीलाई निर्वाचनको टिकेट उपलब्ध गराएमा उनको लडाइँ एमाओवादी अध्यक्ष प्रचण्ड पुत्री रेणु दाहालसँग हुने सम्भावना छ । 
                  काठमाडौ क्षेत्र नम्वर १ बाट एमाओवादीले अध्यक्ष दाहाल पुत्रीको सम्भावनालाई प्रथामिकता दिएका छन् । नेपाली काङ्ग्रेस तर्फ भने काठमाण्डौ क्षेत्र नम्वर १ मा अभिनेता केसीको चुनावी लडाइँ प्रकाशमान सिंहसँग हुनेछ ।
                  फिल्म क्षेत्रको प्रतिनिधित्व गर्दै अभिनेत्री रेखा थापा पर्सा क्षेत्रबाट चुनाव लड्ने तयारीमा छिन् । एमाओवादीको तर्फबाट रेखाले

पर्वतमा म्यादी प्रहरी भर्ना प्रकृया शुरु

                   पर्वत आसन्न संविधान सभा निर्वाचनका लागि मुलुकभर म्यादी प्रहरीको भर्ना प्रक्रिया शुरु भइरहेका बेला जिल्ला प्रहरी कार्यालय पर्वतले पनि भर्नाका लागि आवेदन लिन शुरु गरेको छ ।
               प्रहरीले असोज ४ गतदेखि असोज १४ गते सम्मको समयावधि तोकेर भर्ना प्रक्रिया अघि बढाएको हो । संविधानसभा निर्वाचनमा पर्वतमा २ सय ७३ जना म्यादी प्रहरी परिचालन

आशा नम्रताको : ‘मौन’ नम्रतालाई सबैले हेर्न पाउने

                      यदि तपाई नम्रताको नयाँ चलचित्र हेर्नका लागि पर्खदै हुनुहुन्छ भने खुशीको खबर छ । असोज ११ अर्थात आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मौन’लाई सबै दर्शकले हेर्न पाउने भएका छन् । चलचित्रलाई सेन्सर बोर्डले यूनिभर्सल सर्टिफिकेट दिएको छ । 
                    सुरज भुषालको निर्देशनमा तयार भएको यो चलचित्रमा नम्रताको साथमा अर्पण थापाले अभिनय गरेका छन् । चलचित्रमा नम्रता र अर्पणलाई बोल्न नसक्ने अवस्थामा देख्न सकिनेछ । यसैले पनि नेपाली सिने नगरीका लागि यो नौलो प्रयोग हो । बलिउड चलचित्र ‘बर्फी’मा रणवीर कपुर पि्रयंका चोपडाको यस्तै भूमिका हेरेका

मातृका यादव भन्छन्, 'नेताहरुले धोका दिए'

                काठमाडौं- नेकपा माओवादीका संयोजक मातृका यादवले बसिखाने र गरिखाने वर्गबीचको सङ्घर्षमा कम्युनिस्ट नेताहरुले धोका दिएको र विदेशीको इसारामा चलेका कारण नेपाली जनताले दुःख खेप्न परिरहेको बताएका छन्। नेकपा–माओवादीले आयोजना गरेको 'नेपालको राजनीतिक सङ्कट र निकास' विषयक अन्तर्क्रियामा उनले राष्ट्रियता नेता र राजाहरुमा मात्र होइन, जनतामा पाइन्छ भन्दै अहिले पनि सशस्त्र जनआन्दोलनको आवश्यकता रहेको बताए।
                    नेकपा एकीकृतका महासचिव परि थापाले शान्ति प्रक्रिया नटुङ्गिएको दाबी गर्दै अहिलेको अवस्थामा अग्रगामी शक्तिको एकता र सङ्घर्षले निरास नबनाएको बताए। युवा जनसुरक्षा बलका

मतदाता परिचयपत्र छपाइमा राष्ट्रघात

vote                    काठमाडौं। मंसिर ४ गते दोस्रो निर्वाचनको तयारीमा तीव्रताका साथ जुटिरहेको निर्वाचन आयोगले गम्भीर किसिमको राष्ट्रघात गर्न थालेको पाइएको छ। हेर्दा र सुन्दा सामान्य लाग्ने आयोगको कदम वास्तविकता बुझ्दा भने कहालीलाग्दो र डरलाग्दो रहेको छ।
                      आयोगले मंसिर ४ मा हुने निर्वाचनका लागि मतदाता परिचयपत्र छाप्ने तयारी गरिरहेको छ। करोडौं प्रति छापिने मतदाता परिचयपत्रका लागि आयोगले टेन्डर आव्हान गरिसकेको छ र त्यसमा दर्जनौं प्रेसले आफूलाई आयोगमा सूचीकृत गराई सकेका छन्। त्यसमध्ये भारतीय लगानीमा सञ्चालित एउटा प्रेसले पनि टेन्डर हालेको छ। आयोगका केहि पदलोलुप र घुस्याहा

नाच सिकाएर विदेशमा यौनधन्दा

               काठमाडौं — कला देखाउने काम भन्दै गाउँका सोझासिधा बेरोजगार युवतीलाई तेस्रो मुलुक पु¥याएर यौनधन्दामा लगाउने गिरोहको सक्रियता पछिल्लो समय बढेको छ। भारतीय 'रेडलाइट' एरिया पुर्‍याएर बिक्री गरी यौनधन्दामा विवश तुल्याउने गरिएकामा पछिल्लो समय दिल्ली र मुम्बईका अलावा खाडी मुलुक, एसियाली र अफ्रिकी देशसम्म कलाकारको आवरणमा लगेर धन्दामा लगाउने क्रम बढ्दो छ ।
                   प्रहरीले भदौ अन्त्यतिर पक्राउ गरेको यस्तै एक गिरोहबाट

टिकट लिन कांग्रेसमा तस्करको प्रवेश

                  काठमाडौं। विचार र सिद्धान्तमा विश्वास गर्ने लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसभित्र यतिखेर संविधान सभाको निर्वाचनमा टिकट पाउन समाजमा गुण्डा कहलिएका र तस्कर भनेर चिनिनेहरुको प्रवेश हुन थालेको छ। समाजमा डन तथा गुण्डा भनेर चिनिनेदेखि देशकै प्रमुख तस्कर समेत संविधान सभा निर्वाचनमा टिकट लिन करोडौं रुपैंया खर्च गर्ने तयारीमा रहेको बुझिएको छ।
               यतिखेर वीरगञ्जस्थित आदर्शनगरमा बंगलाजत्रो घर बनाएर बसेका एकजना प्रमुख तस्कर राजेश्वर साह पर्साको कुनैपनि क्षेत्रबाट चुनावमा टिकट पाउनका

Friday, September 20, 2013

पश्चातापमा माओवादी नेताहरू

                       नयाँ नेपालका राजनीतिक नेताहरूमा सबैभन्दा भारतपरस्त नेतामा बाबुराम भट्टराईको नाम पहिलो नम्बरमा आउँछ। उनको आफ्नै दलले समेत उनलाई उक्त आरोप लगाएको र कारबाहीसम्म चलाएको हुनाले कतै प्रमाणित गर्न गइराख्नु पर्दैन। अझ उनका गुरु भनेर चिनिने नेपाल विशेषज्ञ भारतीय विद्वान एसडी मुनिले पुस्तकमै कसरी बाबुराम र पुष्पकमल दाहालले भारतको अहित नगर्ने प्रण गरेको पत्र लेखेर बुझाए भन्ने विवरण सार्वजनिक गरेपछि त यो विषयमा थप बहस गर्नै परेन।
                तर, अचानक भारतीय प्रहरीले बर्दियाको एउटा घरमा प्रवेश गरेको

कमरेडहरूको वर्ग रूपान्तरण देख्दा मन रुन्छ - पूर्वलडाकु


prachanda-baburam                        मेरो जीवनको ४७ वर्षमध्ये दस वर्ष त राज्यसत्तासँगको सशस्त्र युद्धमै बिते भने शान्ति प्रक्रियायताका सात वर्ष पनि पार्टीभित्रको वर्गीय युद्धमै गुजेरका छन्। सर्वहारा वर्गको उन्नतिका लागि छँदाखाँदाको मास्टरी छाडेर ०५२ सालमा युद्धमा होमिएँ। सामन्ती राज्यसत्ताको परिवर्तन, वर्गीय असमानताको अन्त्य र आम जनताको हक, अधिकार र स्थापित गर्ने सपना पूरा गर्न आफ्नो सर्वश्व गुमाउँदा पनि आनन्द लागेको थियो। पार्टी नेतृत्व नै सबथोक हो भनेर तत्कालीन नेकपा (माओवादी)को झन्डा

दसैं आयो कि तेलको हाहाकार

nepal_oil_corporation                काठमाडौं। एक महिनायता मात्रै पेट्रोलियम पदार्थको मूल्य दुईपटक वृद्धि गरिएपछि सर्वसाधारण उपभोक्ता आन्दोलित भएका छन्। दसै तिहारमा पेट्रोलियम पदार्थको हाहाकार हुने दाबी नेपाल आयल निगमले गरेको छ।
                 अमेरिकी डलरको मूल्य निरन्तर बढेसँगै पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्य पनि निरन्तर बढ्दै गइरहेका कारण नेपाल आयल निगम घाटामा गएको हो। पछिल्लो पटक गरिएको मूल्यवृद्धिपछि आयल निगमको घाटा मासिक सवा अर्ब रुपैयाँबाट घटेर ८० करोड रुपैयाँमा

सेक्सी दीपिकाको ईन्टरनेटमा सर्वाधिक खोजी

dipika-padukone                   नायिका दीपिका पादुकोणले बलिउडका सबै नायिकालाई पछि पार्दै नयाँ नयाँ रेकर्ड बनाइरहेकी छिन् । यो बर्ष मात्र प्रदर्शनमा आएका तिन चलचित्रले दीपिकालाई बलिउडको नम्बर १ स्थानमा पुर्‍याएको छ । 
                            अन्य चर्चित नायिकाहरुको तुलानामा दीपिका महंगी र खोजी गरिएकी नायिकाको सूचिमा पर्न थालेकी छिन् ।हालै मात्र गरिएको एक सर्बेका अनुसार दीपिकाले अन्य नायिकाहरुलाई उछिन्दै इन्टरनेटमा सबैभन्दा ज्यादा खोजिएकी

बैद्य मोर्चाले संघर्षका कार्यक्रम तय गर्ने

               ५ असोज, काठमाण्डौं । निर्वाचनको विपक्षमा रहेको नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चाको बैठक आज बस्दैछ । माओवादी पार्टी कार्यलय बुद्धनगरमा दिउँसो बस्ने बैठकमा विभिन्न संर्घषका कार्यक्रमका बारेमा छलफल हुनेछ ।
                निर्वाचन प्रकि्रयाप्रति असन्तुष्ट जनाउदै आएका ३३ दल निर्वाचन आयोगले निर्वाचन सम्बन्धी कार्यतालिका एक साता पछि सारेपछि झन आक्रोशित भएका छन् । आगामि असोज १० गते संविधानसभाको लागी मनोनयन दर्ता गर्ने गरी तय गरेको कार्यक्रमलाई प्रभावित पार्ने गरी आन्दोलानरत ३३ दलले असोज ९ र १० गते नेपाल बन्दको घोषणा

महासंघमा प्रचण्डको हस्तक्षेप , चण्डी ढकालले छोडे गाँसबास

prachanda-dahal                       काठमाडौं। नेपाल उद्योग बाणिज्य महासंघको तीन वर्षे नेतृत्व चयन हुने समय अब जम्मा सात महिना मात्र बाँकी रहेको छ। महासंघभित्रको अहिलेसम्मको राजनीति हेर्दा सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना कमभन्दा कम देखिन्छ। 
                        महासंघको २०७० चैत मसान्तभित्रै हुने भनिएको  निर्वाचनमा पनि दुई पक्षबीच नै घमासान भिडन्त हुने लगभग निश्चित मानिएको छ। यो पटकको निर्वाचनमा २०६८ को महासंघ निर्वाचनमा एकै खेमामा रहेर सुरज समूहलाई जिताउन कम्मर कसेर मेची–काली खटिएका दुई सशक्त कमाण्डरहरूबीचमा

फेसबुकबाट साली पट्याउन खोज्दा सोझै जेलमा…

         ५ असोज, काठमाण्डौं । साली पर्ने एक युवतीलाई फेसबुकको दुरुपयोग गरी पट्याउन खोज्दा एक युवक प्रहरी खोरमा परेका छन् । रोशन गजुरेल फेसबुकमार्फत साली पर्ने एक युवतीसँग नाजायज फाइदा लिन खोजेको आरोपमा पक्राउ परेका हुन् ।
        महानगरीय प्रहरी अपराध महाशाखाले अघिल्लो साता ३३ बर्षका गजुरेललाई पक्राउ गरी विद्युतीय कारबाही ऐनअनुसार कारबाही थालिएको छ । सो ऐन अनुसार गजुरेललाई

Thursday, September 19, 2013

नम्रता परिन् तानातानीमा

namrata shrestha                 काठमाडौ । एक समय झन्डैझन्डै कलाकारिता क्षेत्रबाट पलायनकै अवस्थामा पुगिसकेकी थिइन् अभिनेत्री नम्रता श्रेष्ठ। त्यतिबेला विवादमा व्यापक रूपमा तानिइन् उनी। त्यो अवस्थामा विचलित नभईकन आफूलाई सम्हाल्दा नम्रताका आगामी दिन सुखमय हुने देखिएको छ।
                  अब भने नम्रताको व्यस्तता क्रमशः बढ्दै जान थालेको छ। एकातिर उनले अभिनय गरेका चलचित्र रिलिज हुँदै छन् भने अर्कोतर्फ नयाँ–नयाँ चलचित्रका

अयोग्य लडाकु पनि लड्ने तयारीमा

ladaku                       काठमाडौ । नेपाली सेनामा समायोजन हुन नसकेका तथा अयोग्य घोषित माओवादी लडाकुहरूले राष्ट्रघाती तथा देशद्रोही नेताहरू भन्दै विभिन्न नेतालाई कारबाही गर्ने दाबीसहित सूची तयार गरेका छन्। वैद्य नेतृत्वको नेकपा–माओवादीमा आबद्ध उनीहरूले कारबाहीको सूचीमा सयभन्दा नेताहरूको नाम समावेश गरिसकेको र यो सङ्ख्या बढ्ने क्रम जारी रहेको बताएका छन्। राष्ट्र र आफ्नो जीवनमाथि खेलवाड गरी भविश्य नै अन्धकार बनाएको भन्दै द्वन्द्वमा संलग्न लडाकुहरूले लिष्टमा परेको नेताहरूलाई खोजी–खोजी कारबाही गर्ने चेतावनी

रणबीर–दिपिकाको ‘रामलीला’

ramleela                    (एजेन्सी)–सञ्जय लीला भंसालीद्वारा निर्देशित ‘रामलीला’को पहिलो झलक पेश गरिएको थियो । फिल्ममा रणबीर सिंह र दिपिका पादुकोणको मुख्य भूमिका रहेको छ । फिल्म १५ नोभेम्बरमा रिलिज हुने छ ।
                  यो मौकामा रणबीरले भने, ‘दिपिकाको साथमा मेरो जोडी फिल्मको मुख्य आकर्षण हुनेछ । यो रोमियो र जुलियटको जस्तै एक प्रेम कहानी हो र मलाई लाग्छ कि हाम्रो जोडिले काम गर्नेछ ।’
              फिल्मको सुटिङको दौरान रणबीर र दिपिकाको कथित अफेयरको खुब चर्चा र परिचर्चा भए । यो बारेमा मिडियाले दुबैजनासँग प्रश्न गरे

डाक्टर आफैँ मानसिक रोगी

                    ४ असोज, काठमाण्डौं । २५ वर्षअघि मानसिक रुपमा अस्वस्थ भएकी डाक्टर अरुणा उप्रेतीले आफूलाई के भएको पत्ता लगाउनै सकिनन् । त्यतिबेला उनलाई खान मन नलाग्ने, परिवारका सदस्यसँग बोल्न मन नलाग्ने, श्रीमानसँग झगडा गरिरहने लगायत समस्या थियो । कसै गर्दा पनि ठीक नभएपछि धामीझाँक्रीकहाँ गएर बुटीसमेत बाँधिन । ‘एकजना बैद्यले फुकेर खरानी दिए,’ उनले भनिन् ‘महिनादिनसम्म पानी खाएँ, तर केही

खिलराज रेग्मीका तीन ऐतिहासिक भूल


संविधानसभाका मलामी, न्यायालयका धुन्धुकारी र द्वन्द्वका जन्ती

khil-raj-regmi                       4 असोज, काठमाडौं । संविधानसका अन्तरवस्तुमा सहमति हुनै लागेका बेला शक्ति पृथक्कीकरणलाई तिलाञ्जली दिँदै व्यवस्थापिका माथि न्यायिक हस्तक्षेप गर्दै संविधानसभा विघटन कसले गर्‍यो ? तत्कालीन प्रधानन्यायधीश खिलराज रेग्मीले ।
                    स्वतन्त्र न्यायालयको प्रधानन्यायधीशजस्तो गरिमामय पद र अन्तरिम संविधानलाई समेत भाँडमा हालेर लिजमा मन्त्रिपरिषद अध्यक्ष बन्ने चार दलका नेताको लाचार प्रस्तावलाई कसले रातारात स्वीकार गर्‍यो ? खिलराज

मिति सारेर बैद्यलाई चुनावमा ल्याउनु पर्छः कोइराला

              ३ असोज, काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले निर्वाचनको मिति सरेर भए पनि मोहन बैद्य किरण नेतृत्वको नेकपा-माओवादीलाई संविधानसभा निर्वाचनमा सहभागी गराउनु पर्ने बताउनु भएको छ ।
                          माओवादीलाई बाहिर राखेर चुनावै हुन नसक्ने र भई हाले पनि त्यसले संविधान बनाउनुको साटो मुलुकमा द्वन्द्व निम्त्याउने उहाँको भनाई छ ।
रिपोर्टर्स क्लब नेपालले विहीबार आयोजना गरेको साक्षात्कारमा कोइरालाले भन्नुभयो-’दललाई बाहिर राखेर गरिने निर्वाचनको अर्थ छैन । निर्वाचन शान्ति र स्थिरताका लागि हो,

Wednesday, September 18, 2013

अर्काकी श्रीमती विवाह गर्न नपाएपछि आत्महत्या

             २ असोज, जाजरकोट । अर्काकी श्रीमतीसँग विवाह गर्न नपाएको झोँकमा स्थानीय एक युवकले आत्महत्या गरेका छन् ।
            सीमा गाविस-९ का २४ वर्षका उदय परियारले स्थानीय बजारमा पसल गरी बस्ने सल्यान बामे गाविसकी ३८ वर्षकी बिर्मी नेपालीसँग बिहे गर्न नपाएपछि झुन्डिएर आत्महत्या गरेको स्थानीय पूर्णसमिर महताराले बताउनुभयो ।
                    बिर्मीका श्रीमान् केही समयअघि मात्रै वैदेशिक रोजगारमा गएका छन् । बिर्मीलाई लिएर भाग्ने उदयको चाहना अन्य स्थानीय तथा आफन्तले थाहा पाएपछि बिहे गर्न नसक्ने देखेर आत्महत्या

Tuesday, September 17, 2013

वेनी बजारलाई नदीको कटानबाट जोगाउन रु १ करोड

beni bazar (2)                म्याग्दी २०७० असोज १ । म्याग्दी सदरमुकाम वेनीलाई नदी कटानबाट जोगाउनका लागी १ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।
              कालीगण्डकी र म्याग्दी नदीको कटानको जोखीममा रहेको सदरमुकाम वेनीको संरक्षणको लागी सिँचाई मन्त्रालय अन्र्तगत रहेको जलउत्पन्न प्रकोप नियन्त्रण विभागले उक्त बजेट विनियोजन गरेको हो ।
               नदी कटानको उच्च जोखीममा रहेको बेनी बजारको संरक्षणको लागी जल उत्पन्न प्रकोप नियन्त्रण विभागबाट यो बर्ष १ करोड रुपैयाँ बजेट विनियोजन भएको सिलिङ्ग आएको छ, जिल्ला विकास समिति म्याग्दीका

सर्वोच्चलाई दाहालको जवाफ, 'कारबाही होइन, फुर्सद पाउँ'

             काठमाडौं- एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले अदालतको मानहानी गर्ने आफ्नो कुनै पनि मनसाय नरहेको बताएका छन्। उनले आफ्ना वारेस मुकुन्द न्यौपानेमार्फत् सर्वोच्च अदालतलाई पठाएको लिखित जवाफमा अदालतको मानहानी गर्ने आफ्नो मनसाय नभए पनि राजनीतिक कुरालाई कानुनी रुप दिन बदनियतपूर्ण तवरले रिट निवेदन दायर गरिएको उल्लेख गरिएको छ।
             एक सार्वजनिक कार्यक्रममा अदालतको मानहानी गरेको भन्दै अध्यक्ष दाहालविरुद्ध अधिवक्ता दिनेश त्रिपाठीले रिट निवेदन दर्ता गरेका थिए। अध्यक्ष दाहालले रिटमा अदालतको नाममा आफ्नो

चर्चित गायिका अञ्जू पन्तको वियोगान्त कथा

मैले किन बिहे गरें ? छोरीले गाली गर्छे

anju-panta                      १ असोज,  काठमाडौं । एक्लै भएपछि कहिलेकाँही प्रेम प्रस्तावले हैरान पार्दा रहेछन् । केही फ्यानका प्रस्तावले हैरान भएकी छु । ए लेभल पदमा रहेका व्यक्तिहरु, ठुल्ठुला बिजनेस म्यान, एनआरएनहरु सबै क्षेत्रका फ्यानहरुले प्रस्ताव राख्नुहुन्छ । ‘अञ्जुजी, जिन्दगीलाई यसरी लानुपर्छ’ भनेर सँगै हिँड्ने बाचा पनि गर्छन् । बिहेको प्रस्ताव गर्नेमा आर्मीको मेजरभन्दा माथिल्लो ओहोदाका व्यक्ति धेरै छन् । राजनीतिक दलका ठुल्ठुला नेता पनि मरिहत्ते

नेकपा-माओवादी फेरि आक्रोशित चुनाव बहिष्कार गर्ने र बिथोल्ने

                काठमाडौ, आश्विन १ - नयाँ राजनीतिक सहमतिमार्फत वार्ता सफल बनाउने प्रयास विफल भएपछि नेकपा-माओवादी नेतृत्वको मोर्चाका नेताले चुनाव बहिष्कार गर्ने र बिथोल्ने कार्यक्रम प्रभावकारी ढंगले देशव्यापी बनाउने प्रतिक्रिया दिएका छन् ।'बहिष्कार गर्ने भन्दाभन्दै हामी हदैसम्म लचिलो भएका हौं,' उच्चस्तरीय राजनीतिक समितिसँगको वार्ता असफल बनेपछि माओवादी सचिव देव गुरुङले भने, 'समितिले हामीले सुझाएका विकल्प सुनेन । हामी आन्दोलनमै जानुपर्ने भयो ।'वार्ताबाट राजनीतिक उपलब्धि देखिए चुनावलाई सकारात्मक रूपमा लिने, नभए बिथोल्ने कार्यनीति लिएको मोहन वैद्य

साहरुखसँग ३ हजार करोड, सलमान १४४ करोडका मालिक

bollywoodartist                     बलिउडमा सफल कलाकारको चर्चा जति हुन्छ, त्यति नै धन सम्पत्तीका मालिक छन् उनीहरु । सिनेमामा अभिनय गर्ने कलाकारहरु सफलतासँगै धनसम्पत्ती पनि प्रशस्त कमाउने गर्दछन् ।
                   बलिउडका कलाकारहरुको घरमा सम्पत्तीको खजना नै छ ।बलिउडको मात्र नभई विश्वकै धनी कलाकारको सूचिमा साहरुख खानको नाम आउछ । साहरुखसँग बैंक ब्यालेन्स मात्र ३ हजार करोड रहेको बताइन्छ । यो बाहेक उनीसँग महंगा तिनवटा घर, महंगा गाडी र अन्य सम्पत्ती छ । साहरुख विश्वकै धनी कलाकारको सूचिमा समेत पर्दछन् ।
               हालसम्म बिहे नगरी बसेका बलिउडका चर्चित नायक सलमान खानसँग १ सय ४४ करोड सम्पत्ती

अयोग्य नेताहरुलाई छानीछानी ठीक पार्छौः बहिर्गमित लडाकू

               काठमाडौं, माओवादीका बहिर्गमित लडाकूहरुले अहिले भनिरहेको संविधानसभाको चुनाव नाटक मात्र भएकोले आफुहरुले सो चुनाव सक्रिय रुपमा बहिस्कार गर्ने बताएका छन् । उनीहरुले आफुहरुलाई अयोग्य भन्न लगाउनेहरु संविधान बनाउने कार्यमा अयोग्य भएको दावी गर्दै भने, ‘हाम्रो जिन्दगीमाथि खेलवाड गर्ने अयोग्य नेताहरुहरुलाई छानी छानी ठिक पार्छौ ।’
        राजधानीको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले सो दाबी गरेका हुन् । सो संगठनका अध्यक्ष लालचन्द्र

नयाँ रणनीति बनाउँदै वैद्य माओवादी


३३ दलले आजै आफ्नो धारणा सार्वजनिक गर्ने


              १ असोज, काठमाडौं । सरकार र प्रमुख राजनीतिक दलहरुले २५ बुँदे बाधा अड्काऊ तत्काल संशोधन गरी मंसिर ४ को चुनावलाई तिब्रता दिने बताएलगत्तै वैद्य माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले पनि आफ्नो रणनीति तयार गर्न मंगलबार बैठक डाकेको छ ।
            राष्ट्रपति र उच्चस्तरीय राजनीतिक समितिसँगको वार्ता असफल भएपछि भावी रणनीति तय गर्न नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चाको बैठक बुद्धनगरमा डाकिएको हो । ३३ दलको बैठकअघि कार्यदलको बैठक बस्ने माओवादी सचिव देव