Wednesday, January 22, 2014

काँग्रेस संसदीय दलको नेता चुन्न चुनावी प्रक्रिया सुरु

               ९ माघ, काठमाण्डौ । काँग्रेस संसदीय दलको नेताका विषयमा शीर्ष तीन नेतावीच सहमति हुन नसकेपछि दलको नेता चयनको चुनावी प्रक्रिया सुरु हुँदैछ ।
                     संसदीय दलको नेताका लागि सभापति सुशील कोइराला, बरिष्ठ नेता शेरवहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले आआफ्नो अडान नछोडेपछि काँग्रेस निर्वाचन समितिले दलको नेता चयनका लागि बिहीवारवाट चुनावी प्रक्रिया थालनी गर्न लागेको हो । दिलेन्द्र बडु संयोजक रहेको निर्वाचन समितिले बिहीवार मतदाताको नामावली प्रकाशित गर्दैछ । विहान साढे ११ बजे पहिलो नामावली प्रकाशित गरेपछि दावी

रेग्मीलाई राष्ट्रपति बनाउन दूतको दौडाहा?

                 काठमाडौं। पुस २५ गते बिहीवारको मन्त्रिपरिषद् बैठकमा सहभागी हुँदासम्म ११ सदस्यीय क्याबिनेटका ९ जना मन्त्रीहरू गृहमन्त्री माधवप्रसाद घिमिरेको भारत भ्रमण कार्यक्रमबारे लगभग बेखबर थिए। मन्त्रिपरिषद् बैठकमा अचानक परराष्ट्रमन्त्री एवम् गृहमन्त्री घिमिरेको तीन दिने भारत भ्रमण कार्यक्रम अनुमोदन गर्ने प्रस्ताव आएपछि केही मन्त्रीले मुखामुख गरे। मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीकै चाहनामा यो निर्णय हुन लागेको बुझेपछि उनीहरू तैं चुप मैं चुप भए। एक दिनअघि भारतीय समकक्षी सलमान खुर्सिदबाट मगाइएको निम्तोमा घिमिरेलाई हतार हतार पठाउनुको रहस्य बुझ्नतिर लागे उनीहरू। चुनावी सरकारले आफ्नो जिम्मेवारी सम्पन्न गरिसकेको र जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरणको प्रक्रिया चल्न लागेका बेला कार्यकारी सरकारको परराष्ट्रमन्त्रीका शैलीमा कामचलाउ सरकारका मन्त्रीले भारतको औपचारिक भ्रमण गर्न आवश्यकथियो

अज्ञात रोगको संक्रमणबाट गाईभैसीहरु मर्न थालेपछी लुलाङवासी चिन्तित !

images (1)सन्तोष गौतम, 
                म्याग्दी २०७० माघ । म्याग्दीको लुलाङ गाविसमा केही दिनतया फैलिएको संक्रमणका कारण पशुहरु मर्न थालेका छन् । फिला सुनिने, ज्वरो आउने, झोक्रने र अन्तमा पशुहरु मर्ने गरेका स्थानीयले बताएका छन् ।
              संक्रमणका कारण हालसम्म ४५ वटा गाईभैसी मरीसकेका लमसुङबाट तारा पुर्जाले बताए । जिल्ला पशु सेवा कार्यालय म्याग्दीका पशु चिकित्सक जीवनप्रसाद आचार्यले रोगको पहिचान भइनसकेको र प्रभावित क्षेत्रमा प्राबिधिक परिचालन गरिएको जानकारी दिएका छन ।
                  पशुहरु मर्न थालेको जानकारी प्राप्त भएलगत्तै बुधबार ताकम पशु सेवा केन्द्रका प्रमुख धर्मराज जैसीको नेतृत्वमा थप प्राबिधिक

घुम्न नपाएपछि अपराधमा तनाव

                 काठमाडौं माघ ९। डा. बाबुराम भट्टराई नेतृत्वको सरकारका गृहमन्त्री विजय गच्छेदारको कार्यकालमा प्रहरीको अपराध अनुसन्धान विभाग अन्तर्गत सूचना संकलक भनी राखिएका विभिन्न पदका ४१ प्रहरी अहिले यता न उता भएका छन्।
                       सिभिलमा सूचना संकलन गर्न राखिएका ती प्रहरीको काम कारागार, भन्सार जस्ता  कार्यालयमा राख्ने गरिएको थियो। कारागार वरिपरि बस्ने, खुँखार अपराधी जेलबाट रिहा हुँदैछन् भने उनीहरूको बारेमा विभागमा सूचना लिने थियो। एसएसपीको कमाण्डमा भारतको सीबीआई जस्तै मोडेलमा राख्न खोजिएका ती प्रहरीको काम अपराध र भन्सार छली भए त्यसको सूचना स्थानीय प्रहरी इकाईलाई दिएर कारबाही गराउने थियो। अपराध अनुसन्धान विभागका अवकाशप्राप्त एआइजी

हलिउड फिल्म ‘एभरेष्ट’मा विजय लामा

                  नेपाली कलाकारहरुले बलिउड सिनेमामा काम गरेको त कुनै नौलो होइन । तर कलाकार विजय लामाले एक हलिउड सिनेमामा काम गरेका छन् । 
                    नेपालमा छायांकन भइरहेको चलचित्रमा विजयले छोटो तर निक्कै महत्वपूर्ण भूमिका निर्वाह गरेका हुन् । बाल्टासार कोर्माकुरले निर्देशन गरिरहेको यो सिनेमाको हाल नेपालमा छायांकन भइरहेको छ । हलिउडका कलाकारद्धय जोस ब्रोलिन र जेसन क्लार्कसँगै विजयले अभिनय गरेको बुझिएको छ । उनले कर्णेल मदन केसीको

निजी विद्यालयहरु अनिश्चितकालका लागि बन्द

chitwan map              चितवन, माघ ९–पूर्वसहमती कार्यान्वयन नभएको भन्दै नेपाल संस्थागत विद्यालय शिक्षक यूनियन (नेपाल ईष्टु) चितवनले आजदेखि नीजि विद्यालयहरु अनिश्चितकालको लागि बन्द आह्वान गरेको छ ।
                  जिल्ला शिक्षा कार्यालयको रोहबरमा प्याब्सनसँग भएको १८ प्रतिशत तलव बृद्धि र एक हजार महँगी भत्ता उपलव्ध गराउनुपर्ने सम्झौता लागु नभएको भन्दै नेपाल ईष्टुले चितवनका विद्यालय बन्द गरेको हो । ईष्टुको आन्दोलनका कारण चितवनका डेढ सयभन्दा बढि विद्यालयका झण्डै ८ हजार विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । माग पुरा नभएसम्म विद्यालय खुलाउन

शिक्षा क्षेत्र माफियाहरुको पेवा नबनोस्

                   दृष्टिकोण
                   नेपालको शिक्षा पद्धती बिगत देखि नै दुईप्रकारको भएको कुरामा दुविधा छैन । शिक्षा क्षेत्र आम जनताको लागि आशाको रुपमा रहेको क्षेत्र हो तर विगत बर्षहरुबाट यो क्षेत्र पनि केहि माफियाहरुको कमाईखाने पेषाको रुपमा विकास हुदै गएको छ यो आम चिन्ता र चासोको बिषय हो । राज्यमा रहने हरेक नागरिकहरुले एक तहको शिक्षा निशुल्क पाउनेपर्ने हो त्यसो हुन सकिएरहेको छैन त्यसकारण आम शैक्षिक तहमा निरासाको बादल मडारिईरहेको छ यो राम्रो पक्ष होइन् ।
                      राज्यले निमावि तह सम्म निशुल्क शिक्षाको ढोङ पिट्दै छ एकातिर भने अर्को तिर सेवाको नाममा शिक्षा क्षेत्रको ब्यापार गर्ने ब्यापारीहरु बार्षिक रुपमा बिस÷तिस प्रतिसतका दरले शुल्क बढाईरहेका छन् । नेपाली जनतामा यसको भार र मार दुवै परिरहेको छ यो विषयमा अभिभावक संघ र राजनैतिक पार्टीहरुका भातृसंगठनहरुले सामान्य रुपमा बिषयहरु उठान गरेता पनि सम्झौताबाट आन्दोलनहरु समाप्त पारिएको छ । तर उनीहरुको साथै अन्य सरोकारवाला निकाय खरो रुपमा उत्रिन सकिरहेका छैनन् । यसले एकातिर राज्य आफु नै गैरजिम्मेवार बन्दै छ भने अर्कोतर्फ शिक्षा क्षेत्रमा केहि लगानी गरेकाहरु बिगत लगानीको ब्याज खादामा नै आफुलाई बौद्धिक ठानिरहेका छन् । यसले आम शिक्षा क्षेत्रलाई नयाँ प्रकारको खाडलतिर

सुशीलको एसएमएसले कांग्रेसमा हंगामा

                 काठमाडौ माध ८ । भावी प्रधानमन्त्रीका रूपमा लिइएका कांग्रेस सभापति सुशील कोइरालालाई त्यागी नेताका रूपमा लिइन्छ। किनकि, अहिलेसम्म उनले बिहे पनि गरेका छैनन् र सुविधाको पद पनि लिएका छैनन्।
                   कुनै आर्थिक विवादमा पनि मुछिएका छैनन्।नेपाली राजनीतिमा त्यसकारण अन्य पार्टीका नेता कार्यकर्ताले पनि उनले सम्मान नै गर्छन्। तीनै सोझा नेताको अल्पज्ञान यतिबेला कांग्रेसभित्र हाँसोको विषय बन्न पुगेको छ।
                      ट्रेड यूनियनको राजनीतिमा आबद्ध रीता खनाल सभापति कोइरालाकी निकट नेतृमध्ये मानिन्छन्। कोइरालालाई भेट्न उनलाई कुनै पनि बेला रोकतोक छैन।कोइरालाले पनि खनालबारे विशेष चासो लिइरहन्छन्। करिब दुई साताअघिको कुरा हो। खनाल सभापति कोइराला निवासमा पुगेकी थिइन्। चुनावमा बढेको कोइरालाको व्यस्तता

बढ्दो क्रममा बलत्कारका घटना

' बर्षमा पर्सामा १४ बलात्कारका घटना ' 

images (3)
             
                          वीरगन्ज, माघ ८ – गएको वर्ष पर्सामा १४ वटा बलात्कार र चार हत्याका घटना भएका छन् ।
               अनौपचारिक सेवा केन्द्र (इन्सेक)द्वारा आज यहाँ आयोजित “नेपाल मानव अधिकार वर्ष पुस्तक २०१४ वार्षिक समीक्षा” गोष्ठीमा इन्सेक पर्साका प्रतिनिधि केसी लामिछानेले जबर्जस्ती करणीका ती घटनामा चार वर्षीया बालिकादेखि ३४ वर्षीया महिलासम्म सिकार भएको जानकारी दिए ।
                  उनले बलात्कारका घटनामध्ये नौ वटा नाबालिकासँग सम्बन्धित रहेको बताउँदै यस्ता घटनाले महिला हिंसाको अवस्थामा पर्सा जिल्ला अझै सन्तोषजनक देखिएको छैन भने ।
                  सन् २०१३ मा जिल्ला प्रहरी कार्यालय पर्सामा चार सय ९८ वटा मानव अधिकार उल्लङ्घनका मुद्दा दायर भए । यसमध्ये कर्तव्य ज्यानका चार, मानव बेचबिखनका छ, अपहरणका दुई, हातहतियार खरखजानाका नौ, जबर्जस्ती करणीका १३, जबर्जस्ती करणी उद्योगका तीन, बोक्सीको आरोपका एक, डाँका एक, लागुऔषध एक सय ४६ र अन्य तीन सय १४ रहेका

मोदीको समर्थक भएको भन्दै सलमानको सिनेमा नेहेर्न अपिल

                     सलमान खानले बीजेपी नेता मोदीको साथमा चंगा उडाएपछि अहिले उनी अप्ठ्यारोमा पर्न थालेका छन् । 
                 आन्ध्रा प्रदेशको राजनीतिक दल ‘अल इन्डिया मजलिस ए इत्तेहादुल मुसलमीन’ले आफ्ना समर्थक र कार्यकर्तालाई सलमानको सिनेमा नहेर्न सार्वजनिक अपिल नै गरेको छ । 
               हैदराबादका सांसद एवं पार्टीका अध्यक्ष असुदुद्दीन ओवैसीले सलमानको प्रदर्शनमा आउन लागेको चलचित्र
              ‘जय हो’ नहेर्न आदेश दिएका छन् । सलमान मोदीको समर्थक भएको भन्दै उनको सिनेमा नहेर्न अपिल गरिएको हो । उनी एक नाच्ने कलाकार भएको भन्दै सलमानलाई ‘मैने प्यार किया’को साटो ‘मैने प्यार क्यू किया’को नजरबाट

आफुलाई अध्यक्ष भन्दै हँसाए बामदेवले

                  काठमाडौ, माघ ८ – मंगलबार संविधानसभा भवनमा शपथग्रहण कार्यक्रम सकिएपछि नेकपा एमालेले आफ्ना सबै सभासदलाई बल्खुमा रहेको पार्टी कार्यालयमा बोलायो । संविधानसभा वैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा प्रशिक्षण दिन बोलाइएको कार्यक्रममा शीर्ष नेताहरुले सबैलाई मज्जाले हँसाए । 
                     एमाले निकट बुधबार साप्ताहिकका अनुसार पार्टी उपाध्यक्ष बामदेव गौतमले कार्यक्रमको सुरुमा आफ्नो परिचय दिँदै भन्नुभयो ‘अभिवादन, म वामदेव गौतम, केन्द्रीय कमिटी अध्यक्ष ।’ गौतमले यसो भनेपछि हल निकैबेर हाँसोले गुञ्जियो ।अध्यक्ष झलनाथ खनालसँगै रहेका गौतमले केही समयपछि फेरि भन्नुभयो, ‘मैले त किसान महासंघको अध्यक्ष पो भनेको त ।’ त्यसपछि फेरि हाँसोको फोहोरा छुट्यो । जुनसुकै कार्यक्रममा पनि हँसाउन खप्पिस अर्का नेता केपी शर्मा ओली पनि

रणवीर र कट्रिनाको ब्रेकअप भएकै हो त ?


                भारतका केही अनलाइनहरुले बलिउडका चर्चित हट जोडी रणवीर कपुकट्रिना कैफको सम्बन्धमा फाटो आएको उल्लेख गरेका छन् । 
                     नयाँ बर्ष मनाउन न्यूयोर्क पुगेकारणवीर रकट्रिनाफर्किँदा एक्लाएक्लै थिए । उनीहरुको ब्रेकअप नै भएको बताइएको छ । 
                    कट्रिनाले आफ्नो करिअरको कारण दर्शाउँदै रणवीरसँग तत्काल बिहे गर्न नसक्ने बताएकी थिइन् । हाल यी दुर्इबीचको सम्बन्ध चिसिएको बताइन्छ ।
                       यस विषयमा दुबैजनाको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन । दुई जोडीले आजसम्म आफूहरु बिच प्रेमसम्बन्ध रहेको खुलेरै बताएका छैनन् । 
                      तर केही समयअघि स्पेनमा बिदा मनाउने क्रममा कट्रिनाको विकिनी र रणवीरको टपलेस फोटो सार्वजनिक भएपछि हंगामा मच्चिएको

संविधानसभाको विरोध गर्दै नयाँ बानेश्वरमा ३३ दलको नाराबाजी


                      ८ माघ, काठमाडौं । संविधानसभाको पहिलो बैठक बस्नुभन्दा केहीबेर अगाडि नयाँ बानेश्वरमानेतृत्वको"३३दलीय मोर्चाले नाराबाजीसहित विरोध प्रदर्शन सुरु गरेको छ। नेकपा- माओवादी नेतृत्वको ३३ दलीय मोर्चाका कार्यकर्ताले निशेधित क्षेत्रभन्दा केही पर नयाँ बानेश्वरको कृष्ण सदन अगाडि ‘राष्ट्रघाती संविधानसभा खारेज गर’ भन्दै नाराबाजी गरेका छन् । मोहन वैद्य नेतृत्व नेकपा माओवादीको नेतृत्वमा रहेको मोर्चाले संविधानसभा भवन अगाडि विरोध प्रदर्शन गर्नुका साथै सभासदलाई कालो भण्डा देखाउने कार्यक्रम तय गरेका थिए । तर, जिल्ला प्रशासनले संविधानसभा वरपर निषेधित