Friday, May 9, 2014

हामी गलत भए महाअभियोग लगाउँनुहोस्—ढुङगाना

             काठमाडौं—२६ बैशाख,न्यायपरिषद्का सदस्य खेमनारायण ढुङगानाले आफूहरुले न्यायपरिषद्ले गरेको निर्णय फिर्ता नहुने बताउनुभएको छ । सर्वोच्च अदालतका आठ स्थायी न्यायधिश नियूक्तको लागि भएको सिफारिसमा विवाद बढिरहँदा परिषद्का सदस्य ढुङगानाले परिषद्ले  उपयूक्त, सक्षम, ईमान्दार र निष्ठावान ब्यक्तित्वलाई सिफारिस गरेकाले कुनै पनि हालतमा निर्णयमा पुनरावलोकन हुन नसक्ने दावी गर्नुभयो । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा न्यायपरिषद्ले धेरै अध्ययन गरेर मापदण्ड भित्रै रहेर निर्णय गरेकाले यस विषयमा टिका टिप्पनि गर्नु उचित नभएको बताउनुभयो । संसदीय सुनवाई समितिलाई महाअभियोग लगाउन चुनौति दिदै त्यसको लागि पनि आफुहरु तयार

सामाजिक संजालमा आलिया यसरी भइन् शिकार

                 बलिउड नायिका आलिया भट्ट ‘टू स्टेट’मा गरेको अभिनयका कारण चर्चामा छिन् । तर उनै आलियाको यतिबेला सामाजिक संजालमा खुबै आलोचना भैरहेको छ । आलियाको सामान्य ज्ञानलाई लिएर ट्विटरदेखि फेसबुकमा खुबै मजाक उडेको छ । करण जोहरको चर्चित टक शो ‘कफी विथ करण’मा सहभागी भए पश्चात आलियाको ज्ञानको मजाक उड्न थालेको हो । यो शोमा उनले सामान्य भन्दा सामान्य प्रश्नको जवाफ दिन नसकेपछि हैरानी भोग्नु परेको छ । आलियाको सामान्य ज्ञानको मजाक उडाउँदै सामाजिक संजालमा बनाइएका

विमानस्थल भन्सार कार्यालयमा अख्तियारको छापा

            काठमाडौँ,बैशाख२६– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा आज छापा मारेको छ । विभिन्न मुलुकबाट आयात भएका सामग्रीको आयातकर्ताले न्यून बिजीकरण गरी राज्य कोषमा दाखिला हुनुपर्ने कर छलेको विशेष सूचनाको आधारमा आयोगले त्यहाँ छापा मारेको हो । आन्तरिक राजस्व अनुसन्धान विभागका पदाधिकारीसहितको आयोगको टोलीले आज रु ११ लाख ५८ हजार २४० बिजक मूल्यका जाँचपास भएका एकलाख ५० हजार थान जापानी ‘वाच मुभमेन्ट’ र रु १३ लाख ८९ हजार आठसय ८८ बिजक मूल्य भएका मोबाइलमा प्रयोग हुने चार ‘गिगा बाइट’ क्षमताका ३६

पर्वतको चुवा गाबिस जिल्लाको तेस्रो खोपयुक्त गाबिस घोषित

       बिजी न्युज बैशाख २६, पर्वत / पर्वतको चुवा गाबिस जिल्लाको तेस्रो पूर्ण खोपयुक्त गाबिस घोषित भएको छ । गाबिसमा १ बर्षमुनीका शत प्रतिशत बालबालिकालाई नियमित खोपको मात्रा पुरा भएको पाइएपछि गाबिसलाई आज एक औपचारिक कार्यक्रमको आयोजना गरी पूर्ण खोपयुक्त गाबिस घोषणा गरिएको हो । बच्चा जन्मेदखी एक बर्ष सम्मको उमेरमा बिभिन्न संक्रामक रोगका बिरुद्ध लगाईने बिसीजी, डिपीटी, पोलियो र दादुराको खोप गाबिसमा रहेका कुल ३३ जना बालबालिकालाई पुरा मात्रामा लगाइएकोले गाबिस पूर्ण खोपयुक्त गाबिस घोषीत

Thursday, May 8, 2014

जेठ १४ मा हमालको बिहे पक्का

              अन्तत लामो समयको प्रतिक्षा पश्चात नायक राजेश हमालले बिहे गर्ने पक्का भएको छ । फाल्गुनमा बिहे गर्ने बताएपनि हमालले विविध कारणले गर्दा नसकेको बताएका थिए । जेठ महिनामा बिहे हुने खबर बाहिर आएपनि मिति तय भएको थिएन । अन्तत प्रेमिका मधु भट्टराइसँग हमालको बिहे जेठ १४ गते हुने पक्का भएको छ । हमालको बिहेका लागि उनका दिदीहरु अर्को साता नेपाल आउँदैछन् । हमालको बिहेमा बोलाउने १ सय जना पाहुनाको नाम पनि पक्का भैसकेको बताइएको छ । यसमा विशिष्ट व्यक्तीदेखि सिनेकर्मीसम्म छन् । यसका लागि हमाल र मधु तयारीमा पनि लागिसकेको बताइन्छ । हमालले बिहे लगतै एक पार्टी प्यालेसमा भव्य बिहे भोज दिने तयारी पनि गरेका छन् । तर बिहे भने सामान्य हुने बताइएको छ । मंगलबार उनले प्रेमिका मधु भट्टराइलाई सार्वजनिक गर्दै प्रपोज पनि गर्ने तयारी

अध्यक्षको उम्मेद्वारी घोषणा गरेको छैन : नेपाल

            २५ बैशाख, रौतहट । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्षका लागि आफूले उम्मेदवारी घोषणा नगरेको बताएका छन् । गृहनगर गौरमा पत्रकारसँग बिहीबार कुरा गर्दै नेता नेपालले सहमतिमा नेतृत्व चयन हुने बताउँदै आफूले उम्मेदवारी घोषणा गरिनसकेको बताएका हुन् ।पार्टीका युवा नेताहरुले पत्रकार सम्मेलन गरेर माधवकुमार नेपाल नै अध्यक्ष बन्नु पर्छ भनेछन’, नेता नेतापले भने, ‘मैले अहिलेसम्म अध्यक्षका लागि उम्मेदवारीको घोषणा गरेको छैन ।’आफूले उम्मेदवारी घोषणा नगरेको बताएपनि नेता नेपालले एमालेलाई बलियो र असल कमाण्डरको खाँचो रहेको बताए ।
          जनताको बहुदलीय जनवाद आफैंमा पूर्ण नभएकाले समयानुकुल परिमार्जन गर्दै अघि बढ्नुपर्ने नेता नेपालको तर्क थियो । ‘पार्टीलाई क्रान्तिकारी धारमा लैजान असल कमाण्डरको अवश्यकता छ, त्यो आवश्यकता असार १९ गते हुने महाधिवेशनबाट पूरा हुन्छ’, नेता नेपालले भने, ‘पार्टीलाई सशक्त र प्रभावकारी ढंगले हाँक्न सक्षम अध्यक्षको आवश्यकता छ ।’भारतमा नरेन्द्र मोदीले ३० हजार किलोमिटरको यात्रा गर्दा नेपालमा भने पार्टीका कमाण्डर तीन हजार किलोमिटरको यात्रा गरी कार्यकर्ताको विचार बुझ्न नसक्ने अवस्था रहेको नेपालको तर्क थियो । ‘नरेन्द्र मोदीले ३०

आफ्नै बारेमा बनिरहेको ‘लज्जास्पद’ फिल्मसँग रिसाइन् प्रियंका

          (एजेन्सी)– भारतीय महिला मुक्काबाजी र पाँच पटक विश्व च्याम्पियन बनेकी मेरी कामको जीवनसँग आधारित  बनिरहेको फिल्ममा प्रियंका चोपडा अहिले काम गरिरहेकी छिन् । अरुको जीवनमा बनिरहेको फिल्ममा काम गर्न रुचाउने चोपडा आफ्नो बारेमा फिल्म बनिरहेको खबर सुनेर निकै रिसाएकी छिन् । फिल्ममा आउनुभन्दा पहिले प्रियंका मोडलिङ गर्दथिन् त्यतिबेला असीम मर्चेन्ट उनका कथित प्रेमी थिए । त्यहि असीम मर्चेन्टले उनको बारेमा फिल्म बनाउने खबर आएको छ । जब एक पत्रकारले उनलाई यो फिल्मका बारेमा सोधे तब प्रियंकाले भनिन्, ‘म निकै रिसाएकी छु । एक महिला भएका कारण मैले जुन दुःख र समस्याहरु झेल्नुपर्यो, जसका कारण मेरो परिवारमा तनाव पैदा भयो, त्यस्तो कुरालाई कसैले पर्दामा ल्याउन चाहन्छ, कोहि मेरो दुःखलाई फिल्ममा उतार्न चाहन्छ भने त्यो निकै लज्जास्पद

एसएलसीको परीक्षाफल असारको पहिलो साता

          भक्तपुर,बैशाख२५–परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यसवर्षको एसएलसी परीक्षाको परीक्षाफल असारको पहिलो साता सार्वजनिक गर्ने तयारी गरेको छ । यसवर्ष एसएलसी परीक्षामा नियमित तर्फ ४ लाख १९ हजार ३ सय ५२ र एक्जाम्टेडतर्फ १ लाख ४६ हजार ७ सय ३३ जना गरि कूल ५ लाख ६६ हजार ८५ विद्यार्थीले परीक्षा दिएका छन् । परीक्षा नियन्त्रक बिष्णुबहादुर द्धारेले परीक्षाफल प्रकाशित गर्नका लागि आवश्यक तयारी तिब्र पारेको बिहिवार जानकारी दिए । कार्यालयले उत्तरपुस्तीका परीक्षण गर्दा कुनै पनि त्रुटी नहोस भनेर परीक्षकहरुलाई तालिम समेत दिएको उनले बताए । नियन्त्रक, उपनियन्त्रक, कार्यालयका अधिकृत समेतले सबै केन्द्रको अनुगमन समेत गरेकाले यसवर्ष त्रुटी नुहने दाबी गरे । गतवर्ष भन्दा यसवर्ष एकसाता ढिलो परीक्षा सुरु भएपनि यस पाली परीक्षाफल छिटो प्रकाशित गर्ने तयारीमा कार्यालय जुटेको द्धारेले बताए । कार्यालयले तोकेको कूल ६४ वटा केन्द्रमा उत्तरपुस्तीका परीक्षण भएकोे र १२ वटा

फोटोसुटमै यसरी देखाइन् कंगनाले

             बलिउड नायिका कंगना रनोट केही मुडी स्वभावकी मानिन्छिन् । कंगनाले अभिनय गरेको चलचित्र ‘क्विन’ हिट भएपछि उनको माग पनि बलिउडमा बढेको छ । यसैक्रममा उनले हालै मात्र ‘जीक्यू’ म्यागेजिनका लागि हट फोटोसुट गराएकी छिन् । फोटोसुटका क्रममा कंगना खुबै खुलेकी थिइन् । कालो विकिनीमा चुरोट पिउँदै कंगनाले गरेको फोटो निक्कै हट छ । यो फोटोसुट तरुण विश्वाले गरेका

Wednesday, May 7, 2014

बैद्यको ६ बुँदे प्रस्तावलाई स्बिकारे दुई माओवादीबीच एकता हुने

           काठमाडौं,बैशाख२४–नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले आफूहरुको नीति, नेतृत्व र पार्टीले अघि सारेको ६ बुँदे प्रस्तावलाई स्विकारेर आए मात्रै एकीकृत नेकपा माओवादीसँग पार्टी एकीकरण हुन सक्ने स्पष्ट पारेका छन् । राजधानीमा बुधवार आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले भने,‘ नेकपा–माओवादीले अपनाएको नीति, मोहन बैद्य किरणको नेतृत्व र पार्टीको हालै बसेको पोलिटब्यूरो बैठकले अघि सारेको ६ बुँदे प्रस्ताव स्विकारेर आए मात्रै एमाओवादीसँग पार्टी एकता हुन सक्छ । अन्यथा एमाओवादीसँग पार्टी एकता हुँदैन ।’ गजुरेलले एमाओवादीसँग एकताको लागि अहिलेसम्म खासै प्रगति नभएको स्पष्ट पार्दै प्रचण्डले बेला–बेलामा भन्ने गरेको एकताको चर्चा हावादारी भएको बताए ।बाबुराम भट्टराईलाई धम्क्याउन प्रचण्डले नेकपा–माओवादीसँग एकताको हावादारी हाल्ला फैलाएको

नेता गजुरेलको तर्क थियो । एमाओवादीको विराटनगर सम्मेलनलाई गजुरेलले हावादरी सम्मेलनको संज्ञा दिए । उनले हेटौडा महाधिवेशनको नीतिमा कुनै परिवर्तन नगरेकोले एकताको सम्भावना नरहेको बताए । उनले भने,‘परि थापाले नेतृत्व गरेको नेकपा एकीकृत र मणि थापाले नेतृत्व

Tuesday, May 6, 2014

पतिले अर्कै नायिका ताकेपछि संकटमा विद्या बालनको घरवार

            बलिउड नायिका विद्या बालन गर्भवती रहेको खबर त अब नयाँ रहेन । तर अब विद्याको घरवार ठिकसँग नचलिरहेको खबर सार्वजनिक भएको छ । जसका कारण पनि विद्या बालन यतिबेला तनावमा छिन् । विद्याका पति सिद्धार्थ रोय कपुरले अर्कै यूवतीसँग निकटता बढाएपछि विद्या तनावमा छिन् । उनले पतिकै कारणले गर्दा हालै मात्र आयोजना भएको ‘आइफा अवार्ड’मा सहभागीता नजनाएको बताइन्छ । पति सिद्धार्थ रोयले एक नायिकालाई प्रमोशन गर्नमा आफ्नो ध्यान खर्चिएका छन् । जसका कारण पनि विद्या बालन पतिसँगको सम्बन्ध बचाउन जोडतोडका साथ लागेकी छिन् । अंग्रेजी पत्रिका ‘डेक्कन क्रानिकल’का अनुसार विद्या आफ्नो बिग्रन लागेको घर बचाउन यतिबेला आफ्नो पिताको

अक्षय कुमारलाई विमानस्थलमा सुटिङ गर्न रोक

            त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलले भारतीय नायक अक्षय कुमारलाई विमानस्थलमा सुटिङमा रोक लगाएको छ । सुटिङ अघि गर्नुपर्ने सर्तहरु पुरा नभएको भन्दै विमानस्थलले फिल्म सुटिङमा रोक लगाएको हो । विमानस्थलले रोक लगाएपछि 'वसन्ती' नामक फिल्मको सुटिङ रोकिएको छ। विमानस्थलको छबी बिगार्ने किसिमका सिन लिन खोजेको भन्दै विमानस्थलले सुटिङमा रोक लगाएको हो । फिल्ममा अक्षय कुमारलाई विमानस्थलमा हुने अभद्र व्यवहारको सिन लिन खोजिएको थियो । विमानस्थलमा सुटिङ रोकिएपछि त्यस फिल्मको टोलीले अहिले ठमेल लगायतका विभिन्न स्थानमा सट लिइरहेको छ। 'विमानस्थल प्रशासनले सोमबार तत्कालका लागि सिनेमाको छायांकन विमानस्थलमा गर्न नदिने निर्णय गरेका

सलमानबिना डुबिरहेछ कट्रिनाको करियर !

       (एजेन्सी)– ‘ब्याङ्ग ब्याङ्ग’ शुटिङको तालिकामा गडबड भएको छ र सुन्नमा आएको छ कि फिल्म यो वर्ष रिलिज हुने छैन । यस्तो भयो भने यो वर्ष कट्रिनाको कुनैपनि फिल्म रिलिज हुने छैन । पूर्वप्रेमी सलमानसँग छुटिएपछि तीन वर्षमा केहि फिल्मका अलावा कट्रिनाको करियर डुबिरहेको छ । सन् २०१० मा सलमानसँगको ब्रेकअपपछि कट्रिनाको जिन्दगीमा उथल–पुथल र करियरमा स्याचुरेसन आइरहेको छ । यस्तो होइन कि उनको फिल्म फ्लप भएरहेको छ , कुरा यस्तो छ कि उनको फिल्महरु कम रिलिज भइरहेका छन् । सन् २०१० सम्म कट्रिनाको वर्षमा चारवटा फिल्महरु रिलिज हुने गर्दथ्यो ।
       खबर यस्तो छ कि ‘ब्याङ्ग ब्याङ्ग’ को शुटिङको एक प्रमुख हिस्सा अबुधाबीमा गर्ने योजना थियो । फिल्मको तालिकामा पहिले देखि नै समस्या थियो । कट्रिनाको करियरमा एकपछि अर्को गलत निर्णय भइरहेको छ । ‘धूम–३’ का लागि उनले आफ्नो १०० दिन

कुनै पनि पदमा नबस्ने भन्दै भट्टराई बैठकबाट बाहिरिए

                  काठमाडौं, वैशाख २३ एकीकृत माओवादीका नेता बाबुराम भट्टराईले कुनै पनि पदीय जिम्मेवारीमा नबस्ने बताएका छन् । भट्टराईले आफ्नो छोटो मन्तव्यमा पदमा नबस्ने घोषणा गरेका हुन् । 
               एकमनावादी सोचअनुसार प्रस्ताव आएकाले त्यसलाई अस्वीकार गर्ने उनले बताए।डा. भट्टराई बन्दशत्र छाडी काठमाडौंतर्फ आउने भएका छन् । यद्यपि बन्दशत्रबाट बाहिरिने क्रममा उनले आफू बुधबार चीन भ्रमणमा जानुपर्ने भएकाले काठमाडौं जान लागेको बताए । नेताहरू टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, खगराज भट्ट, खिमलाल देवकोटा लगायतले पनि पदीय जिम्मेवारीमा नबस्ने बताएका छन्। उता प्रचण्डले भने उनीहरुको नाम केसबाट हटाइने घोषणा

बाबुराम पक्षद्वारा एमाओवादीको नेतृत्व बहिस्कार, प्रचण्डले गरे एकतर्फी घोषणा

११ जना नेताद्वारा पदमा नबस्ने घाेषणा 
     २३ बैशाख, बिराटनगर । एकीकृत नेकपा माओवादीका बरिष्ठ नेता डा. बाबुराम भट्टराई सहित उनीपक्षका सबै नेताहरूले बिराटनगरमा जारी राष्ट्रिय सम्मेलन छाडेका छन् । बाबुरामसँगै उनको समूहका एक दर्जन नेताहरु केन्द्रीय समितिमा बस्दैनौं भन्दै बाहिरिएपछि प्रचण्डले बहिस्कारवादीको नाम हटाएर केन्द्रीय समिति घोषणा गरेका छन् । बन्दशत्रबाट बाहिरिने क्रममा डा. भट्टराईले आफू बुधबार चीन भ्रमणमा जानुपर्ने भएकाले काठमाडौं जान लागेको बताए ।
  बन्दशत्रमा के भने भट्टराईले ?
      बन्दसत्रमा बोल्ले क्रममा डा. भट्टराईले फरक र जिम्मेवारी दिने भन्दा पनि शंका गर्ने, जिम्मेवारी नदिने र निषेध गरेर अघि बढ्न खोज्ने सिस्टम हाम्रो पार्टीमा बस्यो भन्दै गुनासो गरेका थिए । ‘ अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत केन्द्रीय समितिको नामावलीमा मलाई पनि पारिदिनुभएकोमा उहाँलाई धन्यवाद’ बन्दसत्रमा डा. भट्टराईले भने-’तर, नामावलीको सूचीबाट मलाई हटाउन उहाँलाई अनुरोध गर्छु ।’
   भट्टराईले बैठकमा भने- म केन्द्रीय समितिमा नरहे पनि आन्दोलन, क्रान्ति र पार्टीमै हुनेछु । यो कम्युनिष्ट आन्दोलनको नयाँ प्रयोग हो । बन्दसत्रलाई अध्यक्ष प्रचण्डले

Monday, May 5, 2014

हुरीले छानो उडाएपछि विद्यालयको पठनपाठन प्रभावित

                  बाबियाचौर (म्याग्दी), बैशाख २३ – यहाँको ताकम–७ हिलापोखरीमा रहेको जगन्नाथ प्राथमिक विद्यालयको भवनको छानो हुरीले उडाएपछि पठनपाठन प्रभावित बनेको छ ।चैतको अन्तिम हप्ता हुरीले ६ कोठे भवनको छानो उडाएको भवनको मर्मतमा ढिलाइ हुँदा नयाँ शैक्षिकसत्र सुरु भए पनि पठनपाठन र प्रशासनिक कार्य सञ्चालन गर्न समस्या भएको हो । स्लेटले छाएको भवनको छानो उडाएपछि कक्षा सञ्चालन गर्न समस्या भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समबहादुर थापाले बताए ।झरी र गर्मीको सिजन भएकाले भवनमा पानी चुहिने तथा गर्मी हुने हुँदा विद्यार्थी मर्कामा परेका छन् । विद्यालय व्यवस्थापन समितिका अनुसार हुरीका कारण रु दुई लाख बराबरको क्षति भएको अनुमान छ । विद्यालयको आन्तरिक स्रोत न्यून

एमाओवादी नेतृत्व चयनमा झन् किचलो

image
                  विराटनगर, बैशाख २३ – एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालद्वारा प्रस्तावित ९९ सदस्यीय केन्द्रीय समितिको नामावलीमा बाबुराम भट्टराईलगायत शीर्ष नेताले असहमति जनाएका छन् । केन्द्रीय सदस्यमा दाहालले एकलौटी नाम चयन गरेको भन्दै पूर्व उपाध्यक्षद्वय भट्टराई र नारायणकाजी श्रेष्ठ तथा पूर्व सचिव पोष्टबहादुर बोगटीलगायत नेताले अस्वीकार गरेका हुन् ।नयाँ कार्यसमिति चयन किचलोले एमाओवादीभित्र संगठनको मुद्दा थप पेचिलो बनेको छ । प्रमुख शीर्ष नेताको असहमतिले कार्यसमिति चयन निर्वाचन प्रक्रियामार्फत हुने सम्भावना