rahat                  पाँचथर, पुस २२– द्वन्द्वपीडितको नाममा फर्जी कागजात बनाई रु एक करोड २२ लाख हिनामिना गरेको आरोपमा जिल्लाको माङ्जाबुङ र सराङडाँडामा स्थापित फक्ताङ्लुङ चिया उत्पादक कम्पनीका कार्यकारी निर्देशक शन्तवीर आङ्देम्बेलाई प्रहरीले पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएपछि हिनामिनाको थप रहस्य खुल्न थालेको छ।
                फक्ताङ्लुङ टी स्टेटका अध्यक्ष मनप्रसाद आङ्देम्बेसहित १३ जनाले उनीविरुद्ध प्रहरीमा उजुरी दिएका थिए। उनीहरुको उजुरीका आधारमा पक्राउ परेका आङ्देम्बेविरुद्ध आज प्रहरीमा थप हिनामिनाको उजुरी दर्ता हुने भएपछि रहस्य खुलेको हो। प्रहरीका अनुसार निर्देशक आङ्देम्बेले चार वर्षदेखि वैदेशिक रोजगारीमा गएका आफन्तको नाममा समेत जिल्ला प्रशासन कार्यालयबाट