Thursday, August 14, 2014

झलनाथको लन्डनमा हुने उपचार खर्च पनि सरकारले नै व्यहोर्ने

              काठमाडौं,साउन ३०–नेताहरूको उपचारखर्च सरकारले बेहोर्ने निर्णय विवादास्पद बनिरहेका बेला मन्त्रिपरिषद्ले एमाले निवर्तमान अध्यक्ष झलनाथ खनाललाई लन्डनमा उपचार गर्न लाग्ने सबै खर्च बेहोर्ने निर्णय गरेको छ। एक मन्त्रीका अनुसार उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमको प्रस्तावमा उक्त निर्णय भएको हो। गौतमले खनाललाई ‘भिटामिन डी डिफिसेन्सी’ को रोग लागेको भन्दै लन्डनमा उपचार गर्ने खर्च बेहोर्ने एक पृष्ठको विवरणसहितको प्रस्ताव पेस गरेपछि केही मन्त्रीले मेडिकल काउन्सिलको सिफारिस ल्याएरमात्र गर्नुपर्ने धारणा राखेका थिए। गौतमले ती सबै प्रक्रिया पूरा गरिने भन्दै निर्णय गर्न अनुरोध

'मझेरीमै पिसाव गर्थे माइकल ज्याक्सन' ५ जना महिलाले अनौठा अनौठा कुरा खुलासा !

         स्वर्गीय विश्वप्रसिद्ध पपस्टार माइकल ज्याक्सनको विषयमा उनको घरमा काम गर्ने ५ जना महिलाले अनौठा अनौठा कुरा खुलासा गरेका छन् । ती महिलाहरुले माइकल ज्याक्सनलाई हिलउडकै सबैभन्दा फोहोरी र फोहर मन पराउने ब्यक्तिको सज्ञा समेत दिएका छन् । अमेरिकी अखवार न्यूयोर्क टाइम्ससँग कुरा गर्दै ती महिलाहरुले माइकल ज्याक्सनले शौचालय समेत नगएर भुँइमै पिसाव गर्ने गरेकोखुलासा गरेका हुन् । एक महिलालले माइकल ज्याक्सन कुनै समय जनावरले विष्ट्याउन लागेको समयमा गोठमा जाने र कसैले पर हट्न भने गोवरले प्रहार गर्ने गरेको समेत बताइन् । सन् १९९३ मा माइकल ज्याक्सनमाथि एक किशोरलाई यौन दुर्ब्यवहार गरेको आरोप

नेपालमा जनविद्रोहको सम्भावना छैन : विप्लव

डन र भ्रष्टाचारीलाई ठोक्दै भूमिगत बन्ने प्रस्ताव
            साउन ३०–, । मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्दको गोप्य योजना के छ भन्ने धेरैलाई थाहा छैन । मिडियामा उतिसाह्रो आउन नरुचाउने विप्लवको भित्री कार्ययोजना अनलाइनखबरले फेला पारेको छ । नेकपा-माओवादीको गत असारमा सम्पन्न केन्द्रीय समिति बैठकमा अध्यक्ष मोहन वैद्यको काउन्टरमा विप्लवले अलग्गै दस्तावेज ल्याएका थिए । उक्त दस्तावेज सुरक्षा निकाय र सेनासम्म पुगिसकेको भए पनि वौद्धिक समदाय र मिडियामा भने यसबारे खासै बहस भएको छैन । आफ्नो दस्तावेजमा विप्लवले नेपालमा जनविद्रोह असम्भव रहेको ठोकुवा गरेका छन् । विद्रोह असम्भव भएकाले पार्टीलाई भूमिगत बनाएर जनयुद्धमा जानुपर्ने र डन एवं भ्रष्टाचारीमाथि कारवाही थाल्नुपर्ने उनले प्रस्ताव गरेका छन् । माओवादीका केन्द्रीय नेताले राजधानी छाड्नुपर्ने विप्लवको प्रस्ताव छ । जनयुद्धको जगमा जनविद्रोह सारसंग्रहवाद विप्लव भन्छन्- नेपालमा विद्रोहको सम्भावनै छैन, विद्रोह विद्रोह भन्दै गइयो भने एमाले र प्रचण्डकै ठाउँमा पुगिन्छ पार्टीले पालुङटार बैठकदेखि नै लिँदै

शुक्रबार सर्वोच्च जाने चरीका आफन्तको भनाइ, कस कसलाई हाल्दै छन् मुद्दा !

               प्रहरीको गोलीले मारिएका दिनेश अधिकारी चरीका आफन्त शुक्रबार अदालत जाने भएका छन् । आफूहरु न्यायका लागि सर्वोच्च जान लागिएको चरीका दाजु ध्रुव अधिकारीले बताए।  प्रहरीले चरीको सुनुयोजित हत्या गरेको भन्दै आफूहरु अदालत जान लागेको उनले बताए ।  मंगलबार हनुमानढोका प्रहरी कहाँ जाहेरी दिन जाँदा प्रहरीले दर्ता गर्न नमानेपछि उनीहरु  मानव अधिकार आयोग, बार एशोसिएशन
गएका थिए । चरीका आफन्तहरुले अदालत जानु अघि  कानुनी प्रक्रियाबारे वकिलहरुसँग जानकारी लिएका छन् ।बुधबार नै अदालतमा मुद्दा हाल्ने बताएपनि कानुनी प्रक्रिया नपुगेको भन्दै मुद्दा हाल्न ढिलाई भएको अधिकारीले बताए ।   उनीहरुले  महानगरीय आयुक्त कार्यालयका डिआइजी विज्ञानराज शर्मा,

आधाजसो जागिर गर्ने श्रीमतीहरुले बाहिरै परपुरुषसँग सम्बन्ध !!!

           वैवाहिक जीवनमा निरासा तथा बेमेलको कुरा नौलो होइन, विश्वव्यापी सनातन सत्य हो । तर लोग्नेस्वास्नीको झगडा परालको आगो भनेझैँ धेरै दम्पतिको हकमा यस्तो झगडा छिटै सामसुम भैहाल्छ अनि हठात् अँगालोमा बाँधिन्छन् लोग्नेस्वास्नी । लोग्ने स्वास्नी भएपछि सम्भोग भन्ने कुरा सामान्य हो र वैवाहिक जीवनको लागि एक अनिवार्य शर्त जस्तै हो । तर जापानमा भने आधाजसो दम्पतिले सहबास नगर्ने गरेको अनौठो तथ्यको खुलासा भएको छ । कण्डम निर्माता कम्पनी सागमी गोमुले गरेको सर्भेका अनुसार जापानमा आधाजसो वैवाहिक सम्बन्ध सम्भोग रहित हुन्छन् । आखिर किन भयो होला यस्तो ? कारण पनि निकै डरलाग्दो छ । जागिर गर्ने श्रीमतीहरुले बाहिरै परपुरुषसँग सम्बन्ध राख्ने गरेकै कारण लोग्नेस्वास्नीबीच सेक्स नहुने गरेको तथ्य सर्भेले खुलासा गरेको छ । जापानका धेरै कामकाजी महिलाहरुले आफ्नो लोग्नेसँग सम्भोग नगर्ने र कार्यालयको कामका सिलसिलामा भेट हुने पुरुषसँग

अस्पताल पुर्‍याउँदै गर्दा मलेसियामा नेपालीको ज्यान गयो

              मलेसियामा रोजगारीको लागि आएका एक नेपाली श्रमिकको शुक्रवार विहान ज्यान गएको छ । रसुवा जिल्ला श्रमथली गाविस वडा न ६ चिलाउने गाउँका बीरवहादुर रुम्वाको शुक्रवार विहान करीव साढे ३ वजेतिर ज्यान गएको हो । जोहोरको कुलाईजयामा रहेको युनाईटेड कम्पनीमा कार्यरत रुम्वाले विहीवार राती करीव १२-१ वजेसम्म घरपरिवारसँग कुराकानी गरी सुतेका थिए । राती करीव तीन वजेतिर हात खुट्टा चल्न छाडेपछि एक्कासि चिच्याएका थिए । सोहि कम्पनीमा कार्यरत उनका दाई लालकाजी रुम्वा उठेर भाईको हात खुटटा तन्काई दिई अस्पतालमा लैजादै गर्दा वाटैमा ज्यान गएको हो । हाल शवलाई पोस्टमार्टमको लागि स्थानिय कुलाईजया अस्पतालमा राखिएको अनलाइनखबर प्रतिनिधि भिम तामाङले

आगामी वर्षदेखि कोरीयन भाषा परीक्षाको फराम अनलाइनमा

                  काठमाडौं, साउन ३०–आगामी वर्षदेखि वैदेशिक रोजगार विभागको रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरीया जानका लागि लाइन बस्नुपर्ने झण्जट नहुने भएको छ । इपीएस शाखाका निर्देशक डिल्लीराम बाँस्तोलाले अहिलेको भद्रगोलपूर्ण अवस्थालाई ध्यानमा राख्दै इपिएसले आगामी वर्षदेखि आवेदन फाराम अनलाइन प्रणालीमा लैजाने तयारी गरेको जानकारी दिए । निर्देशक बाँस्तोलाले भने  “विद्यमान प्रणाली उपयुक्त भएन, यसलाई अनलाइनमा लैजानैपर्ने आवश्यकता छ, नेपालको भौगोलिक अवस्था, यातायातको असुविधा, समयको अभाव र बढी खर्चिलो भएकाले आफ्नो घरछेउ नजिक इन्टरनेट पहुँच भएमा त्यहीँबाट फाराम भर्न सकिने गरी सम्बद्ध निकायको सहयोग भएमा आगामी वर्षदेखि अनलाइन लैजाने गरी आवश्यक प्रक्रिया अघि बढाएका छौँ ।“ उनले अहिलेको उत्साहजनक भिड हेर्दा अब बाँकी दुई दिनसम्ममा ६० हजारको सङ्ख्यामा आवेदन फाराम पर्ने आँकलन गरिएको बताए । दिनभरको लगातार मौसमका कारण आवेदन दिन गएका हजाराँै सर्वसाधारणको

अलबिदा सरोज गोपाल

       पोखरा, २९ साउन ।लोकप्रिय सदाबाहार गायक सरोज गोपालको ६५ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ । उनको बिहीबार आफ्नै निवास पोखरामा निधन भएको हो ।
             करोडौँ मुटुहरुको एउटै ढुकढुकी नेपाल बोलको चर्चित गीतका गायक गोपालको वास्तविक नाम सरोज गोपाल ब्रजाचार्य हो । उनले गाएको विजयपुर खोला तरेर बोलको गीत अहिले पनि उत्तिकै चर्चित छ । यस्तै नक्कलीलाई भगाइ लग्योबोलको गीत पनि चर्चित छ । गीतकार, संगीताकार, गायक र सञ्चारकर्मीको राम्रो पहिचान बनाएका गोपालकी श्रीमती बाबा राणा पनि लोकप्रिय गायिका

‘मुर्गा’ बन्न हैन, सिनेमा बनाउन आएकी फेशन डिजाइनर

            फेशन डिजाइनर पूनम गौतम यतिबेला चर्चामा छिन् । विशेषगरी उनले चलचित्र ‘अझै पनि’मा लगानी गरेपछि एकाएक उनको चर्चा बढेको हो । आलोक नेम्वाङको निर्देशनमा उनले अर्का निर्देशक सुदर्शन थापास“ग मिलेर ‘अझै पनि’को निर्माण गरेकी हुन् । लामो समयदेखि फेशन डिजाइनिङमा व्यस्त पूनमले सिनेमा निर्माणलाई निरन्तरता दिने बताइन् । अनलाइनखबरस“ग कुरा गर्दै उनले भनिन्–‘मैले सुनेको छु, यहा“ नया“ निर्मातालाई ‘मुर्गा’ बनाइन्छ रे । तर म मुर्गा बन्न हैन, सिनेमा नगरीलाई योगदान दिन आएकी हु“ ।’ पूजा शर्मा, सुदर्शन थापाको मुख्य भूमिका रहेको यो सिनेमा फागु पूर्णिमाको अवसर पारेर प्रदर्शनमा आउ“दैछ । सिनेमाको प्रदर्शनस“गै आफू फेशन डिजाइनरबाट निर्मात्री पनि बनेर चिनिने

मादक पदार्थ सेवन गर्ने पाँच प्रहरी कारबाहीमा !

सन्तोष गौतम, 
     म्याग्दी २०७१ साउन २९ जिल्ला प्रहरी कार्यालय म्याग्दीले संगठनको आचरण र मर्यादा विपरीत काम गर्ने पाँच जना प्रहरीलाई कारबाही गरेको छ । मादक पदार्थ सेवन गरेर संगठनको आचरण र मर्यादा उल्लङ्घन गरेकाले उनिहरुलाई कारबाही गरिएको हो ।
            पाँच जनालाई घटुवा गरेर सेवा प्रवेश गरेको पदमा झारेको प्रहरी नायव उपरिक्षक जर्नादन जिसिले बताए । र्प्रहरी संगठन भित्र सेवा प्रवेश गरेको पदमा घटुवा गर्नु भनेको कडा कारबाही हो’ प्रनाउ जिसीले भर्ने कारबाहीमा परिसकेकाले आचरण सुधार नगरे जागिरबाटै निष्काशन हुन सक्ने अवस्था आउन सक्छ ।’ समुदायमा विकृती र अपराध फैलाउने मादक पदार्थ एक प्रमुख कारण भएकाले त्यसको अबैध उत्पादन र उपभोग निरुत्साहीत एवं नियन्त्रण गर्न समाज र संगठनमा प्राथमिकता दिएको प्रनाउ जिसीको

सलमानले शाहरूखलार्इ हाने ‘किक’

शाहरूखको रेकर्ड तोड्दै सलमान 
                कुरामा होइन काममा हामी भरोसा गर्छौं……अघिल्लो साल भएको एक कार्यक्रममा सलमान खानले यसो भनेका थिए । सलमानले अघिल्लो साल रिलिज भएको शाहरुख खानको फिल्म चेन्नई एक्सप्रेसबारे गरेको टिप्पणी यस्तो थियो, ‘यसमा कुनै शंका छैन, शाहरुखको चेन्नई एक्सप्रेसको रेकर्ड धेरै बलियो छ तर त्यो रेकर्ड मैले नै तोड्ने छु ।’ शाहरुखलाई चुनौति दिएको वर्ष दिन नपुग्दै सलमानले प्रमाणित गरेर देखाएका छन् । सलमानको हालै रिलिज भएको फिल्म किकले धुवाँधार कमाई गर्ने क्रम अझै रोकिएको छैन । फिल्म रिलिज भएकेा दोस्रो हप्ताबाट उकालो लागिसक्दा पनि किक हेर्ने दर्शक घटेका छैनन् । किकले बुधबारसम्ममा २ सय २३ करोड भारतीय रुपैयाँ कमाईसकेको छ । किकले पैसा कमाउने क्रममा अझै पूर्णविराम लागेको छैन । किकले शाहरुखको चेन्नई एक्सप्रेसको रेकर्ड बुधबारै तोड्ने अपेक्षा गरिएको छ ।

सलमानले तोड्दैछन् शाहरुखको रेकर्ड अघिल्लो वर्षको सुपरहिट फिल्म चेन्नई एक्सप्रेसले कुल २ सय २६ करोड कमाई गरेको थियो । यो अवस्थामा बुधबारै चेन्नई एक्सप्रेसको रेकर्ड तोडिने सम्भावना छ ।  रेकर्ड ब्रेक हुने अवस्था भएपछि किङ खान भनिने शाहरुख खानका अगाडि आफू बलिउडको असली दबङ्ग भएको प्रमाणित गर्न सफल भएका छन् । तपाईँहरुलाई थाहै होला,

शरद भेसवाकरले अमेरिकामा लिग क्रिकेट खेल्ने

      २९ साउन, काठमाडौं । नेपाली क्रिकेटर शरद भेरवाकरले अमेरिका लिग क्रिकेट खेल्ने भएका छन् ।  
             उनी आज अमेरिका जाँदैछन् ।सिकागोमा यसै महिनाको अन्त्यमा हुने लिगमा उनले पन्जाव लायनबाट खेल्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । 
             क्लबका मालिक लोभकेस कालिया हुन्, उनको भेन्चर स्पोट्स म्यानेजमेन्ट कम्पनीमा पाकिस्तानका मोहम्मद सामी, शाविर अहमद र वेष्टइण्डिजको र्विन डेलियन पनि छन् । 
            शरद भेसवाकरले नर्थ टेक्सास लिग पनि खेल्नेछन् । उनी सेप्टेम्बर दोस्रो साता नेपाल

बाबुरामलाई मनाउन प्रचण्ड समुहले हदैसम्मको लचकता अपनाउने

                    काठमाडौँ, साउन २९– एकीकृत नेकपा (माओवादी) को संस्थापन पक्षले पार्टी एकताका लागि हदैसम्मको लचकता अपनाउने निर्णय गरेको छ ।एमाओवादी अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा बसेको पार्टीको स्थायी समितिको बैठकले पार्टी एकताको लागि विशेष महाधिवेशनको विकल्प खुला राख्ने निर्णय गरेको हो । एमाओवादीका कोषाध्यक्ष हरिबोल गजुरेलले संविधान लेखनलाई निस्कर्षमा पु¥याउन पार्टी एकताका लागि अधिकतम् लचकता अपनाउने निर्णय स्थायी समितिको बैठकले गरेको बताए । बरिष्ठ नेता डा बाबुराम भट्टराई पक्षसँग पार्टी एकताका विषयमा थप छलफल गर्ने र सो पक्षले राखेका मागहरूमा नरमरूपमा प्रस्तुत हुनेसमेत बैठकले निर्णय गरेको छ । गजुरेलले तत्कालै भट्टराईलगायतका नेताहरूसँग खुलारूपमा सबै विकल्पमा छलफल अगाडि बढाइने बताए । नेता भट्टराईसँगको छलफलमा संविधानका कार्यसूचीमा दुवै पक्षको समान मत लिएर अगाडि बढ्नेबारे पनि छलफल हुनेछ । पार्टीभित्र विवाद बढ्दै जाँदा संविधान लेखनका विषयमा पार्टीले आफ्ना कार्यसूचीमा ध्यान दिन नसकेको निस्कर्ष बैठकले

किन सुनेनन् भगवानले श्वेताको पुकार ?

अझै बोल्न सकेकी छैनन् श्वेता 
काठमाडौं,साउन२९–विवाहबन्धनमा बाँधिएको एक महिनामै विधवा बन्ने कुराको कल्पनासम्म पनि गर्न सक्दैनन् महिला । यही अकल्पनीय बज्रपात परेको छ, नायिका श्वेता खड्कालाई । एक महिनाअघि नायक श्रीकृष्ण श्रैष्ठसँग धुमधामसँग गरेको बिहे उनका लागि केवल चिसो स्मृति बन्न पुगेको छ ।
श्रीकृष्णको वियोगको चोट देशभरिका प्रशंसकलाई पर्यो,तर यसको पीडा श्वेतालाई जति अरु कसलाई महसुस् होला ? भारतमा पतिको प्राण गएदेखि नेपालमा ल्याएर दाहसंस्कार गर्दासम्म उनी असह्य बेदनामा थिइन् । अहिले पनि उनी अर्धमुर्छित अबस्थामै छिन् । भेट्न आउनेको लर्को छ,सहानुभुति दिनेको भीड छ । तर श्वेता कसैसँग बोल्नसक्ने अबस्थामा पनि छैनन् ।
सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएपछि श्वेता श्रीकृष्णको घर (म्हेपी बालाजु)मा परिवार सदस्यका साथ किरियामा बसेकी छन् । तर उनी पुर्ण होसमा भने छैनन् । छिनमै टोलाउछिन्,छिनमै रुन्छिन् । उनलाई सम्झाउन र सम्हाल्न करिब एक दर्जन महिला उनको वरिपरि बसेका छन् । शबयात्रा र दाहसंस्कारमा मात्र होइन्,घरमा समेत श्रीकृष्णप्रति श्रदान्जली अर्पण गर्न दर्शक,शुभ चिन्तक र आफन्तको भीड लागिरहेको छ । जसरी,कोहिनुर हेर्न देशभरका हलमा दर्शकको घुँइचो लागिरहेको छ । ‘श्वेता बहिनिले साहस जुटाउनु पर्छ’,कोहिनुरका निर्देशक आकास अधिकारी भन्छन्,‘श्रीकृष्णले केही सपना हामीसँग बाड्नु भएको थियो,त्यो भन्दा बढी पत्नी श्वेतासँग बाड्नुभएको थियो होला ।त्यसैले श्वेता बहिनिले श्रीकृष्णजीको सपना