Saturday, October 3, 2015

कांग्रेसले नमान्ने सरकारमा एमालेको नेतृत्व


 पटक
                     sanepa BP_smriti_bhawan_Nepali_congressकाठमाण्डौं, । प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाले एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन अस्वीकार गरेका छन् । उनले एमालेलाई प्रतिपक्षमा राखेर आफ्नै नेतृत्वमा बहुमतीय सरकार बनाउने प्रस्तावसमेत गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउनुपर्ने प्रस्ताव लिएर शनिबार साँझ बालुवाटार पुगेका एमाओवादी अध्यक्ष प्रचण्डको प्रस्ताव कोइरालाले अस्वीकार गरेको बालुवाटार स्रोतले बतायो । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
प्रचण्डले १६ बुँदे सहमति गर्दाको अनौपचारिक सहमतिअनुसार एमाले नेतृत्वमा राष्ट्रिय सरकार बनाउनुपर्ने प्रस्ताव राखेका थिए । कोइरालाले कांग्रेस नेतृत्वमा सरकार बनाउनुपर्ने र त्यसमा सहयोग गर्न प्रचण्डलाई आग्रह गरेको स्रोतले बतायो ।
‘एमाओवादी अध्यक्षले संविधान संशोधन कार्यान्वयनका लागि राष्ट्रिय सहमतिको सरकार चाहिन्छ । १६ बुँदे सहमति गर्दा एमाले नेतृत्वमा सरकार बनाउने सहमति भएकै हो भन्ने धारणा राख्नुभयो,’ बैठक स्रोतले भन्यो, ‘तर, कोइरालाले एमालेलाई सरकारको नेतृत्व दिने कुरा मान्नुभएन । उहाँले आफ्नै नेतृत्वमा सरकार बनाउने संकेत गर्नुभयो ।’ प्रचण्ड प्रधानमन्त्रीलाई भेट्न साँझ ६स्२० बजे बालुवाटार पुगेका थिए । उनी प्रधानमन्त्री कोइरालासँग २० मिनेट मात्रै कुरा गरेर निस्किएका थिए ।
- See more at: http://suchanakendra.com/archives/10239.html#sthash.k8ktNdce.dpuf

एमाले अध्यक्ष ओलीले भने-तीन दल फुटाउने प्रयास हुँदैछ

१ पटक
               kp-sharma-oliकाठमाण्डौं, । एमाले अध्यक्ष केपी ओलीले संविधान ल्याउन नचाहने शक्तिले फेरि तीन दलबीच फाटो ल्याउने प्रयास गरिरहेको आरोप लगाएका छन् । त्यसलाई चिर्दै एमाले नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाइने पनि उनले बताए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
ओलीले संविधान निर्माणमा एक भएर लागेका तीन दललाई फुटाउन अहिले विभिन्न शक्तिकेन्द्र लागेको बताए । युवा संघ नेपाल केन्द्रीय समितिको बैठकलाई शनिबार राजधानीमा सम्बोधन गर्दै ओलीले भने, ‘तीन दलभित्र र बाहिर विभिन्न शक्तिकेन्द्र खेल्न खोजिरहेका छन् । हामी त्यसलाई असफल बनाउँछौं ।’
ओलीले पछिल्लो अवस्थामा तीन दलबीच केही असमझदारी बढेको स्वीकार गर्दै संविधान कार्यान्वयनका लागि पनि तीन दल मिल्नुको विकल्प नभएको स्पष्ट पारे । संविधानसभाबाट संविधान बन्न नदिन विभिन्न शक्तिकेन्द्रले गरेको प्रयास विफल पारेको स्मरण गर्दै उनले अब हुने षड्यन्त्रलाई पनि सफल हुन नदिने दाबी गरे ।
तराईमा केही दलहरू संविधानमा जनताका अधिकार छैनन् भनेर जनतालाई भड्काउन लागेको उल्लेख गर्दै उनले त्यस्तो भ्रम चिर्न युवालाई तराई जान पनि निर्देशन दिए । उनले असोज २२ गते बहुमतीय प्रक्रियाबाट नयाँ सरकार बन्ने बताए ।
बनेपा समाचारदाताका अनुसार एमाले काभ्रेले शनिबार आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले संघीयता, जाति र वर्गका नाममा जनतालाई अलमल्याएर मुलुकलाई क्षतविक्षत पार्ने खेलमा केही तत्व सक्रिय भएको बताए ।
- See more at: http://suchanakendra.com/archives/10244.html#sthash.4j9r28gv.dpuf

रुपन्देहीमा तेलको ट्याङकर पल्टिँदा तीन जना घाइते

            रुपन्देही, । रुपन्देहीमा तेल बोकेको ट्याङकर पल्टिँदा तीन जना घाइते भएका छन् । ट्याङकरमा रहेको तेल पोखिएको छ । आयल निगमको क्षेत्रीय कार्यालय भलवारीबाट अर्घाखाँचीका लागि छुटेको लु १ ख ४९८८ नम्बरको ट्याङकर मोटरसाइकललाई जोगाउन खोज्दा सिद्धार्थ राजमार्गको मणिग्राममा शनिबार बेलुका पल्टीएको हो ।
मोटरसाइकलका यात्रारत तीन जना घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुकोे लुम्बिनी अञ्चल अस्पतालमा उपचार भैरहेको छ ।
- See more at: http://suchanakendra.com/archives/10254.html#sthash.Nz1IwU0l.dpuf