Thursday, April 10, 2014

मालिकको धम्कीपछि नेपाली महिला कुवेती जेलमा

                  चैत २७ रोजगारका लागि घरेलु कामदारका रूपमा कुवेत पुगेकी नेपाली महिला अहिले घर फर्कने आशा मारेर जेलमा छिन्। ३१ बर्षिया मनमाया तामाङ १० दिनदेखि मालिकसँग विवाद परेपछि कुवेतको जेलमा छिन्।मैले कुवेती अधिकारीहरुसँग लडेर नेपाल फर्कने आशा मारीसकेकी छु मलाई जेलबाट छुटाउआफूसँग बहिनीले भनेको भाइ दिल बहादुर तामाङले सुनाए । मेरी बहिनी घर मालिकसँग विवाद भएपछि ३१ मार्चमा भागेकी थिइन उनी अहिले प्रहरी थुनामा छिन्दिव बहादुरले नागरिकन्युजसँग भने । उनका अनुसार मनमायालाई मालिकको घरबाट भागेकै राती प्रहरीले पक्राउ गरेको थियो । सन् २०१३ को फेब्रुअरीमा घरेलु कामदारको रूपमा कुवेत पुगेकी मनमायालाई विवादको क्रममा घर मालिकले धम्की दिएपछि भागेकी थिइन। भाइ दिल बहादुरका अनुसार मनमायालाई २९

आलिया भन्छिन्, ‘प्रेमीसँगको चुम्बन पितालाई स्विकार्य छैन’

                       बलिउडकी सुन्दर नायिका आलिया भट्टले ‘टू स्टेट’ नामक सिनेमामा नायक अर्जुन कपुरसँग दिएको चुम्बनको दृश्यले यतिबेला सनसनी मच्चाएको छ । तर आलिया भने यसलाई भूमिका मात्र भएको बताउँछिन् ।
                आलियाले पिता महेश भट्टले आफ्नो बिहे स्विकार नगर्ने बताएकी छिन् । एक कार्यक्रममा बोल्दै आलियाले भनिन्, ‘मेरो पिता मेरो बिहेको बिषयमा भावुक हुनुहुन्छ । उहाँ चाहनुहुन्न कि म बिहे गरेर अर्कै घर जाउँ ।’ महेशले आफूलाई बारम्बार ‘तिमी कतै जान्नौ, मसँगै रहन्छौ’ भन्ने गरेको समेत आलियाले खुलाएकी छिन् । एक अर्को प्रसंगमा आलियाले ‘टू स्टेट’मा गरिएको चुम्बन कलाकारको नाताले निर्वाहा गरेको बताइन् । ‘यदि मैले पिताको अघि प्रेमीलाई चुम्बन गरेको भए, उहाँले मलाई थप्पड मार्नुहुन्थ्यो ।’ आलियाले भनिन् । आलियाले आफू पिताकै बाटोमा हिड्ने गरेको बताएकी

थाइल्यान्डमा देखियो किमका मस्त जवानी

          चर्चित टेलिभिजन स्टार किम कार्दशियन यतिबेला थाइल्यान्डमा मस्ती गर्दैछिन् । थाइल्यान्डको चर्चित पर्यटकिय स्थल फुकेटमा बिदा मनाउने क्रममा किमले आफ्नो मस्त जवानी प्रदर्शन गर्न छोडिनन् । कालो विकिनीमा किमले रमाइलो गरिरहेको देख्न सकिन्छ । एक सन्तानको आमा बनेपछि किमको चर्चा पहिलेको जस्तो त छैन । तर पनि आफ्नो शरीरलाई फेरि आकर्षक बनाएपछि किम पापाराजीहरुको निशानमा पर्दै गएकी

शनि ग्रहको भू–उपग्रहमा समुद्र '

               (एजेन्सी) शनि ग्रहको भू–उपग्रहमा इन्केलेडसमा रहेको बरफको सतहमूनि समुद्र लुकेर रहेको कुरा पत्ता लागेको छ । नासाका वैज्ञानिकहरुले उक्त कुराको प्रमाण फेला पारेका हुन् । उत्तर अमेरिकामा रहेको सुपेरियर तालको आकारको उक्त समुद्रले त्यहाँ जीवनलाई सहयोग गर्ने अनुमान पनि वैज्ञानिकहरुको रहेको छ । नासाद्वारा पठाइएको कासिनी उक्त चन्द्रमा माथि उडेपछि पठाएका जानकारीलाई अध्ययन गरेपछि त्यहाँ पानीको गुरुत्वाकर्षणका संकेतहरु फेला पारेका हुन् । चन्द्रमाको बहिरी भागमा रहेको बरफको सतहभन्दा ३० देखि ४० किलोमिटर तल पानी रहेको वैज्ञानिकहरुको अनुमान रहेको छ । यो नयाँ आविष्कारले वैज्ञानिकहरुलाई पृथ्वीपछि जैविक प्राणीहरुको

वामदेवले भने,‘लोकसेवाले खोँचे थापे पनि प्रहरीको बढुवा रोकिन्न’

     काठमाडौँ,चैत२७–उपप्रधान तथा गृहमन्त्री मन्त्री वामदेव गौतमले रोकिएको प्रहरीको बढुवा कसैले रोकेर नरोकिने दावी गरेका छन् । मन्त्री गौतमले लोकसेवा आयोगले अनावश्यक खोँचे थापेको आरोप लगाउँदै प्रहरीको बढुवा कसैले रोकेर नरोकिने जिकिर गरे । ‘लामो समयदेखि रोकिँदै आएको नेपाल प्रहरीभित्रको बढुवा प्रक्रियालाई नियमावली छिटो संशोधन गरेर कार्यान्वयनमा तुरुन्त लैजान खोजेकामा लोकसेवा आयोगका तर्फबाट त्यसमा आवश्यक सहयोग भइरहेको छैन,’गृहमन्त्री गौतमले आक्रोसित हुँदै भने,‘वरिष्ठ अधिकृतको बढुवाका लागि परामर्श लिने नाममा निर्देशन लिने विगतको प्रयासले गर्दा बढुुवा प्रक्रियामा असर परेकाले अब जस्तोसुकै आरोप लागे पनि मन्त्रिपरिषद्बाट निर्णय गराएर प्रहरीको बढुवा गर्छु ।’उनले आयोगबाट अब केही समयभित्रै परामर्श प्राप्त नभए राज्यसत्ता नै बन्द हुने स्थितीमा पुग्ने तर्क गर्दै कसैको परामर्श कुरेर नवसी मन्त्रीपरिषदबाट चाढै निर्णय गरिने जानकारी दिए । यसैबीच उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले नेपाल प्रहरी अस्पताललाई त्रिभुवन

‘म हात जोडेर भन्छु सबै मिलेर समयमा संविधान बनाइदिनुस्– राष्ट्रपति’

              सिरहा, चैत २७– राष्ट्रपति डा रामवरण यदवले पर्सादेखि सप्तरीसम्मको चुरे जङ्गल उजाड भएकामा चिन्ता व्यक्त गरेका छन् । सिरहाको सारश्वरमा आयोजित विश्वकल्याण शान्ति महायज्ञको उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उनले तीस वर्ष अगाडि पर्सादेखि सप्तरीसम्मको चुरे हराभरा भएकामा अहिले उजाड भएकाले सबै मिलेर चुरे संरक्षण गर्न आवश्यक छ भने । चुरेको विनाश भएका कारण तराईमा पानीको स्रोत नै सुकेर उब्जाउ जग्गा मरुभूमिमा परिणत भएको बताउँदै राष्ट्रपतिले भने,“तराईमा पहिले पोखरी, इनार, तालतलैया सबै भरिभराउ थियो, अहिले सबै पानीको मुहान सुकिसक्यो, अब पनि चुरे जङ्गल संरक्षण गर्न सकेनौँ भने सबभन्दा बढी समस्या हामी तराईवासीलाई नै खेप्नुपर्छ ।”
अर्काे प्रसङ्गमा उनले सबै दल मिलेपछि दोस्रो संविधानसभाको चुनाव शान्तिपूर्वक सम्पन्न भएको हो भन्दै अब दलहरु एकजुट भएमा स्थानीय निकायको चुनाव पनि गराउन सकिने बताए । पाँच वर्ष बित्दा पनि संविधान जारी हुन नसकेकामा दुःख व्यक्त गर्दै राष्ट्रपति डा यादवले अब सबै दलले मिलेर समयमा गणतन्त्रात्मक संविधान जारी गर्नुपर्नेमा जोड दिए । देशमा दिगो शान्ति र संविधान बनोस् र सामाजिक, आर्थिक, सांस्कृतिकलगायत हरेक पक्षको सुरक्षा होस् भन्ने जनताको चाहना हो भन्दै उनले त्यहीअनुसार अघि बढ्न आफूले दलहरुलाई सुझाव दिने गरेको

Wednesday, April 9, 2014

कालीगण्डकीमा दिदीबहिनी बेपत्ता


स्याङ्जा । स्याङ्जा रत्नपुर गाविस–६ का दुई दिदीबहिनी कालीगण्डकी नदीमा डुबेर बेपत्ता भएका छन् । नुहाउन गएका उनीहरु मंगलबार साँझदेखि बेपत्ता भएका हुन् । १४ वर्षीया मनिषा माझी र १२ वर्षीया मन्दिरा माझी नदीमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ । डुंगाको सहायतामा उनीहरुको खोजी भइरहे पनि फेला पार्न नसकेको