Saturday, May 2, 2015

गर्भवति पत्नी छाडेर बेलायती राजकुमार नेपाली दूतावासमा

          काठमाडौं, वैशाख २० – बेलायती राजकुमार विलियम आफ्नी पत्नी केटले छोरीे जन्माउनुअघि लण्डनस्थित नेपाली दूतावासमा उपस्थित भएका थिए । उनले नेपालमा गएको प्रलयकारी भूकम्पका विषयमा चिन्ता व्यक्त गरे । उनले नेपाली दूतावासमा लेखेका छन्, ‘ज्यान गुमाएकाप्रति मेरो हार्दिक समवेदना र भूकम्प प्रभावितहरुमा मेरो प्रार्थना ।’ उनले नेपालमा गएको भूकम्पका विषयमा आफ्नो टिप्पणी सार्वजनिक गरेपछि केही घण्टापछि नै श्रीमती केटले दोस्रो बच्चाका रुपमा छोरीलाई जन्म दिएकी छिन् । राजकुमार विलियम बेलायतको गद्धीका लागि रानी ऐलिजावेथ र उनका बाबु चाल्र्सपछिका उत्तराधिकारी हुन् । बेलायत सरकारले नेपालमा गएको भूकम्प पीडितका लागि नगद, राहत सामाग्री तथा उद्धारका क्रममा सैन्य सहयोग गरेको छ । यसबाहेक बेलायती जनताहरुले स्वतस्र्फूत रुपमा भूकम्प पीडितका लागि सहयोग रकम संकलन गरिरहेका छन् । अभिनेत्री जोन्ना लुम्ले, फुटबलर डेभिड बेकह्याम तथा वायनी रुनी लगायतका सेलिब्रेटीहरुले सहयोगका

रणवीरले भने-‘आउनुहोस्, हाम्रो छिमेकीको आँशु पुछौं”

              नेपालमा शनिबार आएको महाभूकम्पले हजारौं मानिसको ज्यान लिएको छ भने लाखौं मानिस विस्थापित भएका छन् । यो महाविपत्तीमा विश्वभरबाट सहयोग र प्रार्थना सुनिएका छन् । बलिउडका कलाकार पनि अहिले नेपालीलाई सहयोग गर्नका लागि लागिपरेका छन् । 
            बलिउडका चर्चित नायक रणवीर कपुरले युट्युबमा एक सन्देश दिदै नेपालीलाई सहयोग गर्न आग्रह गरेका छन् ।
उनले एक छिमेकी नै अर्को छिमेकीलाई आवश्यक पर्ने भन्दै सहयोग गर्न आग्रह गरेका हुन् । स्टार नेटवर्क र केयर इन्डियाले सुरु गरेको सहयोग अभियानमा हातेमालो गर्न रणवीरले आग्रह गरेका हुन् । उनले भनेका छन्-‘आउनुहोस्, हाम्रो छिमेकीको

नेदरल्याडमा हमालले जुटाए ९० लाख

             नायक राजेश हमाल अहिले नेदरल्याण्ड पुगेका छन् । उनले त्यहाँ पुगेर सहयोग राशी जुटाएको बताएका छन् । भूकम्प पीडितहरुका लागि हमालले विभिन्न संचारमाध्यमबाट सहयोगका लागि अपिल गरेको बताए । उनले दिनभरमा ९० लाख नेपाली रुपैयाँ संकलन भएको पनि बताए । यो रकमलाई विभिन्न फाउन्डेशनको मार्फत नेपालका भूकम्प प्रभावित क्षेत्र र त्यहाँका बासिन्दामाझ पुर्‍याइने हमालको भनाई छ । उनले फेसबुकमा यो कुराको जानकारी गराउँदै आउँदो बिहिबार नेपाल र्फकने पनि बताए । भूकम्पबाट प्रभावित भएकाहरुलाई बलिउड र हलिउडबाट सहयोगको अपिल भएपनि नेपाली कलाकार सुस्ताएको गुनासो आइरहेको थियो । अहिले नेपाली चलचित्रकर्मीहरु सहयोगका लागि सक्रिय

बारपाकमा भूकम्पपछि पहिरो

            गोरखा, वैशाख २० – बारपाकलाई केन्द्र बनाएर शनिबार बिहान ११ बजे गएको ५.१ रेक्टर स्केलको भूकम्पले गोरखाको बारपाकमा ३ ठाउँमा पहिरो गएको छ । स्थानीयवासीकाअनुसार भूकम्पको धक्का महसुस गरेपछि भागदौड हुँदा एक जना स्थानीय महिला सामान्य घाईते भएको स्थानीय जितबहादुर घलेले जानकारी दिए । बारपाक गाउँभन्दा २ किलोमिटरमाथि वडा नम्बर–३ को वारगाउँ र धामी गाउँमा पहिरो गएको उनले बताए । पहिरोले नेपाल टेलिकमको टावरमा क्षती पुगेको छ । गत शनिबार गएको भूकम्पले बारपाकको मान्द्रेलगायत एकदर्जन गाउँमा पहिरो गएको थियो, भने जमिनहरु भासिएका थिए । त्यस ठाउँमा स्वास्थ्य टीमसहित ४३ जना भारतीय सेनाले उद्धार र राहत वितरणको काम गरेका छन् । उद्धार र राहतका लागि भनेर गोरखाको मान्द्रे गाउँमा नेपाली सेनाका क्याप्टेन नारायण प्रसाद आचार्यको नेतृत्वमा टोलीलाई

राहत ल्याउलान्भन्दा रमिते बने सभासद्

सभासद् महोदय सर्प पनि मरोस् लट्ठी पनि नभाँचियोस भन्ने काम नगर

          पर्वत, वैशाख २० – शनिवार आएको भूकम्पका कारण पर्वत जिल्लामा ठूलो रुपमा भौतिक क्षति भएको छ । महाविनासकारीका रुपमा आएको भूकम्पका कारण जिल्लामा हालसम्म ४ हजार १ सय १८ घरहरु क्षतिग्रस्त भएका छन् । भूकम्पका कारण दक्षिण भेगका अधिकांश घरहरुमा पूर्ण रुपमा क्षति भएपछि सुत्केरी समेत बारीमा चिसो भुइँमा बस्न बाध्य भएका छन् । भूकम्पको पूर्ण क्षतिको विवरण जिल्ला प्रशासन कार्यालयले अहिलेसम्म संकलन गर्न सकेको छैन । भूकम्पका कारण घरवारविहिन भएका भूकम्प पीडितलाई स्थानिय प्रशासनले कुनै पनि राहत वितरण नगरेको भन्दै आक्रोश पोखेका छन् । संविधानसभाको निर्वाचनमा विभिन्न सेवा र सुविधाको व्यवस्था मिलाईदिने भन्दै भोट माग्दै हिँडेका सभासद्हरु चुनाव जितेपछि आफुले गरेका बाचा भुलेको स्थानियहरुले आक्रोश पोखेका छन् । शुक्रवार भूकम्पको क्षतिको अवलोकन गर्न दक्षिण भेगतर्फ गएकी सभासद् कल्पना चापागाई देखेपछि

भूकम्पका परी ज्यान गुमाउनेको संख्या सात हजार ४० पुग्यो

         २० बैशाख, काठमाडौँ । विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको संख्या सात हजार ४० पुगेको छ । गृह मन्त्रालय मातहतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार भूकम्पबाट घाइते हुनेको सङ्ख्या १४ हजार तीन सय ९८ पुगेको छ । भूकम्पका कारण १० हजार चार सय ७७ सरकारी घर तथा भवन पूर्णरुपमा क्षति भएका छन् । आंशिकरुपमा १४ हजार एक सय ६८ घर तथा भवन क्षति भएका छन् । सर्वसाधारणका एक लाख ४१ हजार दुर्इ सय ३३ घर पूर्ण क्षति भएका छन् भने आंशिक एक लाख ४९ हजार ६ सय ५९ घर क्षति भएका छन् । पूर्वाञ्चलमा ५२, मध्यमाञ्चलमा छ हजार तीन सय ६९, पश्चिमाञ्चलमा चार सय १८ र मध्यपश्चिमाञ्चलमा दुई जनाको मृत्यु भएको केन्द्रले जनाएको

भूइँचालोमा एक हजार युरोपियन हराएको दाबी

नेपालको भूकम्पमा विदेशी नागरिकको चास  

            २० वैशाख, काठमाडौं । भूकम्पपछि काठमाण्डौस्थित अमेरिकी दूतावासमा अमेरिकी नागरिकहरुको खोजविनका लागि ठूलो संख्यामा निवेदन आउन थाले । चाप बढ्दै गएपछि अमेरिकी दूतावासले आफ्ना नागरिकको उद्दारमा हेलिकप्टर नै पठाउनुपरेको र लाङटाङ क्षेत्रबाट ३ अमेरिकीलाई उद्दार गरिएको बताइएको छ । त्यस्तै शुक्रबार ७ अमेरिकीलाई गोर्खालगायतका क्षेत्रबाट उद्दार गरी काठमाण्डौ ल्याइएको छ । नेपालमा अहिले २ देखि ३ हजार जना अमेरिकी नागरिकहरु स्थायीरुपमा बसोबास गर्दै आएको अमेरिकी दूतावासको अनुमान छ र अन्य ३ हजारजना अमेरिकी नागरिकहरु यस समयमा नेपाल भ्रमण रहेको दूतावासका अधिकारी बताउँछन् अन्तराष्ट्रिय सञ्चार माध्यम आरटिई न्यूजले नेपालमा भूकम्पबाट १ हजार जना युरोपेलीहरु