Saturday, December 7, 2013

सैफका लागि खाना बनाउँदिनन् करिना

                      भनिन्छ हरेक पत्नी आफ्नो पतिलाई खुसी गराउनका लागि कुनै विकल्प बाँकी राख्दिनन्। बलिउड अभिनेत्री करिना कपुरले भने आफ्ना पति सैफ अलि खानलाई खुसी पार्नकै लागि भनेर केही काम गर्दैनिन् रे। 
                    उनीहरूसँगै रहे पनि सैफका लागि करिनाले हालसम्म खानासमेत नपकाएको करिनाले आफैं स्विकारेकी छिन्। यसभन्दा पहिले करिनाले सैफका लागि व्रत नबसेको बताएकी थिइन्। 
                 भारतीय सञ्चारमाध्यमले जनाएअनुसार सैफ र करिनाको विवाह भएको एक वर्ष भएको छ। केही वर्षदेखि उनीहरू सँगै बसेका पनि छन् तर करिनाले सैफलाई इम्प्रेस पार्नका लागि कहिल्यै पनि आवश्यक ठानिनन्। उनले सैफका लागि कहिल्यै पनि खाना नपकाउने बताएकी छिन्। 
                 उनका अनुसार घरमा एक कुक छन्, जसले सैफलाई मन पर्ने खाना बनाउँछन्। अहिले करिना गर्भवती भएको चर्चाले

प्रचण्डलाई १० दिनभित्र अदालतमा उपस्थित हुन आदेश

         काठमाडौँ, मंसिर २२– सिराहा क्षेत्र नं ५ बाट विजयी एमाओवादी अध्यक्ष प्रचण्डलाई १० दिनभित्रसंविधानसभा अदालतमा उपस्थित हुन आदेश जारी भएको छ ।उक्त अदालतका अध्यक्ष कल्याण श्रेष्ठ तथा सदस्यद्वय गिरीशचन्द्र लाल र सुशीला कार्कीको इजलासले अध्यक्ष प्रचण्ड, निर्वाचन आयोग, सिरहा क्षेत्र नं ५ का निर्वाचन अधिकृत उद्धब भट्टराईलगायतलाई आवश्यक कागजातसहित १० दिनभित्र उपस्थित हुन शुक्रबार आदेश जारी गरेको हो । निर्वाचनमा सो क्षेत्रमा प्रतिस्पर्धी बनेका नेकपा (एमाले)का उम्मेदवार लीलानाथ श्रेष्ठले प्रचण्डका कार्यकर्ताबाट विभिन्न मतदान केन्द्र कब्जा गरी आफूखुसी मत खसालेकाले मतदानको निष्पक्षता र स्वतन्त्रतामा असर पुगेको आरोप लगाउँदै पुनः मतदान

दर्लिङ्का अमृत बिक जो अपाङ्ग भएपनि शिक्षाले सपाङ्ग बन्न चाहन्छन

DSC00384              प्रेम सुनार, गुल्मी २०७० मंसिर २२ । घरको चरम गरिवीले कक्षा ८ पढ्दै पढ्दै ३ वर्ष अघि दिल्लीको जुठा भाँडा माझ्न पुगेका दर्लिङ्गका १६ वर्षिय अमृत बिकलाई नियतिले गएको पाँच महिना मै सडक दुर्घटनामा परी दुबै खुट्टाको अपाङ्ग बनाई दियो ।
                   १३ वर्षको कलिलो उमेरमा दिल्ली पुगेका दर्लिङ्ग ६ गैरावारीका अमृतलाई नियतिले त्यसरी वज्रपात गरेको हो । काम गर्ने होटलमा बिदा लिएर अंकलकहाँ साईकलमा भेट्न हिडेका उनलाई सडकमा सानो गाडीले ठक्कर दियो र पछिबाट आई रहेको बसले किचेर दुबै घुट्टा घाजै घाजा पारी दियो । आफन्तद्धरा अस्पताल पुराईएका अमृत डेढ वर्ष सम्म दिल्ली कै अस्पलतालमा बसे । बाबु टोपबहादुरले उहि नोकरी गर्ने भएकोले आफन्तजन र उनको कम्पनीमा १० लाख भन्दा बढि

संबिधान नबनेपछि धुर्मुस बाबु बन्दै

         २२ मंसिर, काठमाडौं । हास्य टेलिशृंखला मेरी बास्सैका कलाकार सीताराम कट्टेल धुर्मुस बाबु बन्दैछन । श्रीमती कुञ्जना घिमिरे -सुन्तली) हाल गर्भवती रहेको र चैतमा आफू पिता बन्न लागेको उनले बताए ।
                  ‘हो, म चैतमा बाबु बन्दै छु,’ प्रशन्न मुद्रामा भने । मेरी बास्सै टेलिशृंखलामा काम गदैगर्दा दुवैजना पाँच वर्षअघि विवाहबन्धनमा बाँधिएका थिए । विवाह भएको लामो समयसम्म सन्तान नभएपछि उनका नजिकका साथीहरुले दबाब दिन थालिसकेका छन् ।धुर्मुसले भने यसअघि देशले संविधान पाएपछि मात्रै सन्तान जन्माउने भन्दै शुभचिन्तकलाई जवाफ फर्काउँदै आएका थिए । तर, संविधान आउन ढिला भएपछि धुर्मुस दम्पतीले सन्तानको इच्छा रोक्न सकेनन् । कुञ्जना हाल गर्भवती रहेकै कारण मेरी बास्सै टेलिशृंखलामा उनको सुन्तलीको भूमिका पछिल्ला केही एपिसोडमा छायांकन भएको छैन् । ‘सुन्तलीको भूमिकामा अभिनय गर्न गाह्रो भएकाले छायांकन

पूनम पाण्डेको एमएमएस सार्वजनिक

             मोडल तथा नायिका पूनम पाण्डे सिनेमा खेलेर त चर्चामा आइनन् । तर उनको अश्लिल हर्कतले भने सधै नै चर्चा पाइरहेको नै हुन्छ । 
                    कहिले अश्लिल फोटो खिचाएर त कहिले उत्तेजक दृश्य दिएर पूनम चर्चामा छिन् । 
                 पूनमको विशेषगरी आफैले खिचेका र तयार पारेका फोटो तथा भिडियो बढि चर्चामा आउने गरेको पाइन्छ । यसैले पनि मोडल पूनम पाण्डे र अश्लिलता पर्याबाची जस्तै बनेका छन् । 
                    हालै मात्र पूनमको एक एमएमएस सार्वजनिक भएको छ । यो एमएमएस कुनै पार्टीमा पूनमले खिचेको प्रष्ट हुन्छ । यो भिडियोमा पूनमले पेन्टी र टिसर्ट मात्र लगाएकी छिन् । 
                  पूनमले पार्टीमा निक्कै उत्तेजक हाउभाउका साथ नृत्य गरेको देख्न सकिन्छ । नृत्यका क्रममा पूनमले आफ्नो बक्षस्थललाई उत्तेजक पाराले चलाएकी छिन् । पूनमको यस्तो एमएमएस सार्वजनिक भएसँगै यसले चर्चा पनि पाएको छ । चर्चामा आउनको लागि पूनमले गरेको अर्को हर्कतको रुपमा

भारत र चीनका जासुस काठमाडौंमा

            काठमाडौं : संविधानसभा निर्वाचनपछि राष्ट्रप्रमुखसहित सत्ता समीकरणको जोडघटाउ चलिरहेका बेला भारत र चीनका सुरक्षा, सूचना र जासुसी निकायका उच्च अधिकृतहरूको नेपाल भ्रमण बाक्लिएको छ।
चीनको विदेश मन्त्रालय बाह्य सुरक्षा मामिलासम्बन्धी प्रमुख एवं नेपालका चीनका पूर्वराजदूत क्यू गोहाङले काठमाडौंमा राजनीतिक दलका नेता र उच्चपदस्थसँग भेटघाट गरिरहेकै बेला राजनीतिमा हस्तक्षेपकारी भूमिका खेलेको आरोप लाग्ने गरेको भारतीय गुप्तचर संस्था रअ् प्रमुख आलोक जोशी बिहीबार काठमाडौं

Sunday, December 1, 2013

सुष्मा पछि स्वेताको मस्त जवानी हेर्न पाइने, छुन नपाइने

                    नायिका सुष्मा कार्कीले चलचित्र ‘लूट’मा ‘छुनलाई होइन हेर्न चै पाइन्छ’ बोलको गीतमा नृत्य गरेपछि त्यसले सर्वाधिक चर्चा पायो । अब यस्तै अर्की एक नायिका पनि जन्मिएकी छिन् 
                   जसको मस्त जवानी हेर्न मात्र पाइन्छ, छुन भने पाइदैन माघ १६ गतेबाट प्रदर्शनमा आउने भनिएको चलचित्र ‘प्रोड्यूसर’मा स्वेताको मस्त जवानी हेर्न पाइने भएको हो । निर्माणपक्षले सार्वजनिक गरेको आइटम गीतमा गायिका शित्तल मोक्तान र बाबु बोगटीले आवाज दिएका छिन् ।               
                गीतमा जनकदिप पराजुलीको शब्द, राहुल प्रधानको संगीत छ । म्यूजिक भिडियो निर्देशनमा चर्चा कमाएका जनकदिप पराजुलीले पहिलो पटक निर्देशन गरेको यो सिनेमाले निर्माताको कथा बोलेको छ । चलचित्रमा श्याम अर्याल, श्याम राई, बाबु बोगटी, विल्सन विक्रम राई, स्वेता भट्टराई, पायल रायमाझी लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रलाई ज्योतीकुमार राई र राजकुमार राईले निर्माण

भावी रणनीति तय गर्न माओवादी बैठक बस्दै

             काठमाडौं, मंसिर १७–संविधानसभा चुनाव वहिष्कार आन्दोलनमा लागेको वैद्य माओवादीले चुनाब पछिको रणनिति तय गर्दै छ ।                                           संविधानसभामा सहभागिता जनाउने÷ नजनाउने प्रमुखदलहरुसग गरिने बार्गेनिङ लगायतका विषयमा छलफल गर्न आज माओवादीको बैठक बस्दै छ ।
                       पार्टी कार्यालय बुद्धनगरमा बस्ने बैठकले विगतको समिक्षा, सरकार, संविधानसभामा सहभागी हुने, नहुने बारे ठोष निर्णय गर्ने नेताहरुले बताएका छन् । बैठकमा एमाओवादीसग गर्न सकिने सहायका बिषयमा पनि छलफल हुने छ । संविधानसभा निर्वाचनको परिणामले मुलुकलाई निकास नदिने भन्दै माओवादीले गोलमेच सम्मेलन गरी सहमतिको सरकार गठन गर्नुपर्ने

पीक्सीले छोटो पहिरन माथी तानेपछि

                 पप स्टार पीक्सी लोटले छोटो पहिरन लगाएपछि धेरैको ध्यान खिच्यो ।
                  रेडियो लाइफ जीग नामक कार्यक्रममा गीत गाउन स्टेजमा पुगेपछि उनले लगाएको छोटो पहिरन अझ माथी तानेकी थिइन् ।
               सायद उनले आफ्नो सेक्सी खुट्टा देखाउने चेष्टा गरेको हुनसक्छ । तर खुट्टा देखाउने जोशमा उनको भित्री बस्त्र पनि क्यामेरामा कैद हुनपुग्यो ।
               सेक्सी पहिरन र सबैको ध्यान खिच्ने कपालका कारण पीक्सी निक्कै आकर्षक देखिएकी

बाम गठबन्धन बनाउन दौडधुप

                              काठमाडौ। नेकांले एमाले सहितको गठबन्धन सरकार बनाउन पहल गरिरहेको बेला केही एमाले नेताहरुले  एमाओवादी लगायतका अन्य दललाई लिएर आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाउने पहल गरिरहेको थाहा भएको छ। संविधानसभाको निर्वाचनको परिणाम सार्बजनिक भएपछि नयाँ सरकार गठनका जोडघटाउ शुरुभएको छ। दुई ठूला दल कांग्रेस र एमालेका शीर्षनेताहरु सहमतीय सरकार गठनको प्रयासमा छन्।तर, कुरा नमिले अघिल्लो संविधानसभामा जस्तै सहमतिको नाम जप्दै बहुमतीय सरकार गठन नहोला भन्न नसकिने जानकारहरुको भनाई छ। समानुपातिकको समेत मत परिणाम सार्बजनिक भएपछि पनि बहुमतीय सरकार गठन आवश्यक ३०१ कुनै पनि दलसँग छैन।
                     तर, कांग्रेस र एमालेले अन्य दलको साथ लिएर सरकार बनाउन सक्ने देखिन्छ। कांग्रेस र एमालेका दुई दुई नेता दुई स्थानबाट विजयी भएका छन्। उपनिर्वाचन नहुँदासम्म मन्त्रिपरिषदबाट मनोनित २६ लाई समेत कायमगर्दा संविधानसभा ५९७ सदस्यीय हुने

एमाओवादी नेता भन्छन- ‘ज्ञानेन्द्र र प्रचण्ड यो देशका मष्तिस्क र मुटु’

                १७ मंसिर, काठमाण्डौ । एकीकृत नेकपा माओवादीका एक नेताले पूर्व राजा ज्ञानेन्द्रलाई नेपालका मुटु र मस्तिस्कका रुपमा ब्याख्या गरेका छन् । चुनाव हार्नुका कारण खोजीरहेको एमाओवादी नेतृत्व अहिले आफ्ना गल्तीबारे पनि मूल्याङ्कन गरिरहेको छ । 
                सोमबार प्रकाशित साँघु साप्ताहिकलाई अन्र्तवार्ता दिँदै एमाओवादी पोलिटब्युरो सदस्य लोकेन्द्र बिष्टले ज्ञानेन्द्रलाई पनि देशको ‘ब्रेन एण्ड हर्ट’का रुपमा टिप्पणी गरेका छन् । मुलुकका तीनवटा ब्रेन एण्ड हर्टमध्ये एउटा ज्ञानेन्द्र, अर्को प्रचण्ड र अर्को गिरिजाप्रसाद कोइराला भएको बताए । 
                     ‘यो देशमा तीनवटा ब्रेन एण्ड हर्ट थिए, एकजना पूर्व राजा ज्ञानेन्द्र र अर्को गिरिजाप्रसाद कोइराला । अहिले ब्रेन एण्ड हर्ट भनेको प्रचण्ड हो ।’ बिष्टले भने-’मैले अन्धभक्त

संविधानसभा र सरकारमा जादैनौं : गजुरेल

                 काठमाण्डौं, कार्तिक १७। नेकपा –माओवादीका उपाध्यक्ष सिपि गजुरेलले निर्वाचन सम्पन्न भयो भनेर घोषणा गरेपनि आफ्नो पार्टीले उठाएको गोलमेच सम्मेलनको समहत्व झन बढेर गएको भन्दै आफ्नो पार्टी संविधानसभा र सरकार सहभागी नहुने बताए।
                   आइतबार राजधानीमा संवाद डबलीले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै गजुरेलले आफ्नो पार्टी निर्वाचनको सम्पूर्ण प्रक्रियाकै विरोधमा रहेकाले जति सिट दिएपनि संविधानसभामा नजाने बताए। “अन्य पार्टी र नेताका बीचमा हाम्रो पार्टीलाई यतिउति सिट दिएर सहभागी गराउने हल्ला चलेको छ, अहिलेकै अवस्थामा हाम्रो पार्टीलाई जति सिट दिएपनि हामी संविधानैंभामा जादैनौं, सरकार त टाढाको कुरा हो” गजुरेले भने। उपाध्यक्ष गजुरेलले आफ्नो पार्टीले उठाएका मुद्धाहरु बिजयी हुँदै गएरहको भन्दै अहिलेको निर्वाचनले

सतबीज छरेर बाला चर्तुदशी मनाईदै

                          १७ मंसिर, काठमाण्डौं । आज बाला चर्तुदशी हिन्दू धर्माबलम्बीहरुले देशका विभिन्न शक्ति पीठहरुमा सतबीज छरेर मनाइरहेका छन । पशुपतिलगायत देशभरका शिव मन्दिरमा आज बिहानैदेखि सतबीज छर्नेको भीड लागेको छ । आफ्नो परिवारभित्रका सदस्यको दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै सतबीज छर्ने गरिन्छ ।
                           सतबीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वास छ । वर्षभरि दिवंगत भएका आफन्तका आत्माको चीरशान्तिको कामना गर्दै पशुपतिक्षेत्रको श्लेषमान्तक वनमा सतबीज छरी परिक्रमा गर्दै आज बालाचतुर्दशी पर्व मनाइँदैछ । हरेक वर्ष मंसिर कृष्ण चतुर्दशीको बिहान सबेरैदेखि जौ, धान, कालो तील, गहुँ, तोरी, मास, सानो केराउ,