बलिउड नायकहरु प्रहरीको फन्दामा पर्ने
क्रम रोकिएको छैन । बलिउड नायक संजय दत्त यतिबेला जेलमा सजाँय भोगिरहेका
छन् । अर्का नायक सलमान खानलाई पनि १० बर्षको जेल सजाँय हुने सम्भावना
बढ्दै गएको छ ।
अब
यो भिडमा बलिउड नायक अक्षय कुमार पनि परेका छन् । सन् २००९ मा आयोजना भएको
एक फ्याशन शो मा पत्नी ट्विकल खन्नाको हातबाट अक्षयले आफ्नो जिन्स
पाइन्टको फस्नर खोलाएका थिए । र्याम्पमा उत्रिएका अक्षयले एकाएक पत्नीको
हातबाट यस्तो हर्कत गराएपछि त्यतिबेला सर्वाधिक आलोचना भएको थियो । उक्त
घटना फेरी एकपटक बल्झने सम्भावना बढेको छ । भारतिय
संचारमाध्यका अनुसार बम्बे
हाइकोर्टले मुम्बई प्रहरीलाई अक्षय र ट्विकलको विरुद्धमा अभियोग चलाउन आदेश
दिएको छ । उक्त कार्यक्रम आयोजना गर्ने कम्पनीको सेक्रेटरीलाई भने
अपराधबाट मुक्त गराइएको थियो । तर यो घटनामा अक्षय र ट्विकल भन्ने फन्दामा
पर्ने संकेत देखिएको छ ।
No comments:
Post a Comment