Saturday, July 13, 2013

नक्कली कारोबारले नेपाली कफीको अन्तराष्ट्रिय बदनामी


coffee३० असार, काठमाण्डौ । नेपाली कफीको माग अन्तराष्ट्रिय रुपमा बढिरहेका बेला केही कमाउ धन्दाका ब्यापारीका कारण यसको भबिष्य धरासायी हुने देखिएको छ ।
                 नेपालमा उत्पादन भएभन्दा निकै धेरै कफी अहिले बिदेश निर्यात भइरहेको छ । बिदेशबाट आयातित न्यून गुणस्तरको कफीलाई नेपाली कफी भन्दै निर्यात गरेका कारण नेपाली कफीले अबसानको बाटो लिन थालेको  छ । कफी ब्यबसायी र राष्ट्रिय चिया तथा कफी बिकाश बोर्डको अनुमानमा कुल उत्पादनको ६० प्रतिशत कफी नेपालमै खपत हुन्छ । गत बर्षमात्र नेपालमा ४ सय टन गि्रन बिन्स कफी उत्पादन भएको थियो । ६०
प्रतिशत अर्थात २ सय ४० टन कफी आन्तरिक खपत भएको मान्ने हो भने अब बिदेश निर्यात भएको नेपाली कफी १ सय ६० टनमात्र हुनुपर्ने हो । तर, गत बर्ष नेपालबाट १५ मुलुकमा २ सय ८० टन कफी निर्यात भएको सरकारी तथ्याङ्कले देखाउँछ । बजारमै नभएको १ सय २० टन कफी कहाँबाट आयो ? प्रष्टै छ त्यो बिदेशबाट आयातित कम गुणस्तरको कफी थियो ।
                     भारत र चीनबाट तस्करीमार्फत् नेपाल भित्राउने कफीलाई अन्तराष्ट्रिय माग पुरा गर्न निर्यात गरिएको देखिएको समाचारमा उल्लेख छ । हाइल्याण्ड कफी प्रोमोसन कम्पनीका प्रबन्धक सन्तोष पोखरेल बजारमा माग उच्च र उत्पादन न्यून भएका कारण मिसावट गरेर बेच्नुपरेको बताउँछन् । हाल नेपाली कफी प्रतिकिलो ६ सय ५० देखि ८ सय ५० रुपैयाँमा बिक्रि भइरहेको तर अन्य देशको कफी ४ सय ५० रुपैयाँमै उपलब्ध हुने ब्यबसायीहरु बताउँछन् । अस्वस्थ्य प्रतिस्पर्धाका कारण अन्तराष्ट्रिय बजारमा इज्जत कमाउने तरखरमा रहेको नेपाली कफी धरासायी हुने अबस्थामा पुग्न थालेको छ ।

No comments:

Post a Comment