Thursday, August 1, 2013

राष्ट्रपतिले प्रचण्डलाई भने-निर्वाचनमा कुनै दल छुट्नु हुँदैन


rambaran-prachanda                १७ साउन, काठमाण्डौं । राष्ट्रपति डा. रामबरण यादबले मंसिर ४ का लागि तय भएको संविधानसभा निर्वाचनमा कुनै पनि दल छुट्न नहुने बताउनुभएको छ ।
                       एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग आज शीतल निवासमा भएको भेटमा राष्ट्रपति यादबले दलहरुबीच भइरहेको छलफलको निष्कर्षका बारेमा बुझ्दै सम्पूर्ण दललाई चुनावमा सहभागी गराउने पहल गर्न आग्रह गर्नुभएको हो । उहाँले
निर्वाचनको विपक्षमा रहेका दलहरुसँग वार्ता गरी चाँडो निर्वाचनमा सहभागी हुने वातावरण बनाउन पनि आग्रह गर्नुभएको थियो । जवाफमा प्रचण्डले दलहरुबीच निर्वाचन गर्ने विषयमै सहमति जुटाउन विभिन्न चरणमा छलफल भइरहेको र निर्वाचनको विपक्षमा रहेका दलहरुसँग पनि विना सर्त वार्ता गर्न सरकारले पत्राचार गरेकाले अव चाँडै निकास निस्कने बताउनुभएको थियो ।

No comments:

Post a Comment