विभिन्न खालका भूमिका निर्वाहा गरेर
दर्शकको माया पाएकी नायिका नम्रता श्रेष्ठलाई अब बोल्न नसक्ने अवस्थामा
देख्न सकिने छ । असोज ११ गतेबाट एकसाथ देशव्यापी प्रदर्शन हुन लागेको ‘मौन’
चलचित्रको प्रोमोमा नम्रता र नायक अर्पण थापाको रोमाञ्चक प्रेमकथालाई
उतारिएको छ ।काठमाण्डौमा
एक पत्रकार सम्मेलनको आयोजना गरी निर्माणपक्षले चलचित्रको प्रोमो र
प्रदर्शन मिति सार्वजनिक गरेको हो । कार्यक्रममा बोल्दै नायिका श्रेष्ठले
आफ्नो मिहिनेतलाई दर्शकले मन पराउने विश्वास गरेकी छिन् । उनले सांकेतिक
भाषा पुर्खाहरुको भएपनि गहिराइमा पुगेर यसको अध्ययन गर्न आफूलाई केही
गाह्रो भएको बताइन् । सुरज भुषालको निर्देशनमा तयार भएको यो
चलचित्रमा शेखर चापागाँई, बसन्त भट्ट, रश्मी, अरुणा कार्की, विजय बराल
लगायतका कलाकारको अभिनय छ । मौन क्वार्क फिल्म र आदित्य इन्टरटेन्मेन्ट
प्रालीको संयुक्त लगानीमा निर्माण भएको यो फिल्मले सिने नगरीमा नयाँ कथाको
थालनी गर्ने विश्वास गरिएको छ ।
No comments:
Post a Comment