Thursday, August 1, 2013

बाबुरामको अभिव्यक्ति गजडीको गफ : विष्ट

keshar-bahadur-bista                       १७ साउन, काठमाण्डौ । राप्रपा नेपालका बरिष्ठ नेता केशरबहादुर बिष्टले एकीकृत माओबादीका नेता डाक्टर बाबुराम भट्टराईका पछिल्ला अभिब्यक्ति गजडीका गफ भएको आरोप लगाउनु भएको छ ।  रिपोर्टर्स क्लब दाङले तुलसीपुरमा बिहीबार आयोजना गरेको साक्षात्कारमा बिष्टले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जेल हालेर देखाउन भट्टराईलाई चुनौती दिनुभयो ।
                 उहाँले गणतन्त्रलाई उपहास गर्दै हिडेका यस्ता पार्टी र नेतालाई अबको  संबिधानसभाको निर्बाचनबाट जनताले पररास्त गर्नुपर्ने बताउनुभयो । सधै झुठ र ढाँटको खेती गर्दै हिड्ने बानी परेका मुख्य ठुला दलका केही नेतालाई निर्बाचनबाट परास्त नगरि मुलुकमा आमुल परिवर्तन हुन नसक्ने उहाँको भनाई छ । उहाँले हिमान ट्रष्टले पश्चिम नेपालमा राहत बितरण कार्यक्रममा सहभागी हुन गएका पूर्वराजालाई राहत बितरणमा रोक लगाउनु दुर्भाग्यपुर्ण घटना भएको
वताउनुभयो । बिष्टले नेकपा-माओबादीले उठाएका केहीमाग सकारात्मक भएको वताउनुभयो । उहाँले भन्नुभयो,’गोलमेच सम्मेलनको माग गलत होइन । पहिलो संबिधान सभाको निर्बाचनमा अस्तित्वमा रहेका पार्टीलाई गोलमेच संम्मेलनमा सहभागी हुने ब्यबस्था मिलाउनु पर्छ ।’ उहाँले माओबादी लगायतका आन्दोलनरत दलहरुका माग पुरा भए संबिधानसभाको निर्बाचन मंंसिर ४ मै हुने विश्वास व्यक्त गर्नु भयो ।

No comments:

Post a Comment