Saturday, December 28, 2013

कस्ले जित्ला ‘बीग बोस ७’ ?, संग्रामको संभावना बढि

big-boss-final                     २०७० पुष १३  टेलिभिजनको भिडमा सर्वाधिक चर्चित मानिएको रीयालीटी शो ‘बीग बोस ७’ को नतिजा आज बेलुकासम्म आइपुग्ने छ । ‘बीग बोस ७’ को बिषयमा यतिबेला विश्वभर नै एक प्रकारको चर्चा सुरु भएको छ ।‘बीग बोस ७’ को अन्तिम ४ मा पुग्न सफल संग्राम सिंह, तनिषा मुखर्जी, गौहर खान र एजाज खान बिच चर्को प्रतिस्पर्धा हुँदैछ । यतिबेला यि ४ जना मध्ये ‘बीग बोस ७’ कसले जित्ला भन्ने अड्कल
पनि सुरु भएको छ ।
                     तर ‘बीग बोस ७’ को अन्तिम भिडन्त संग्राम सिंह र तनिषा मुखर्जी बिच हुन सक्ने देखिएको छ । भारतीय चर्चित अनलाइनहरुले तनिषा र संग्राम मध्ये एउटाको संभावना बलियो रहेको जनाएका छन् । यसैक्रममा एक चर्चित भारतीय न्यूमोरोलोजिष्ट संजय बी जुमानीले संग्रामको संभावना बलियो रहेको दाबी गरेका छन् । उनले यस अघिका ३ सिजनमा पनि यस्तै दाबी गरेका थिए । जुन सत्य पनि भएको थियो । यसैले पनि ‘बीग बोस ७’ मा संग्रामको पल्ला भारी हुनसक्ने देखिएको छ ।

No comments:

Post a Comment