Monday, March 31, 2014

राजनीतिक संयन्त्रको काम छैनः अध्यक्ष थापा

                काठमाडौं,चैत१७–राप्रपा नेपालका अध्यक्ष कमल थापाले उच्चस्तरिय राजनीतिक संयन्त्र देशका लागि घातक हुने भन्दै यसलाई निकम्माको संज्ञा दिएका छन् । राजधानीमा आज आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रमुख दलको सिण्डिकेट हुने गरी गठन गर्न लागिएको लागिएको संयन्त्रको कडा शव्दमा विरोध गरे ।‘दलहरुले बनाउन लागेको उच्च स्तरिय राजनीतिक संयन्त्रको काम समाधान भन्दा पनि समस्या निम्त्याउने हुन्छ’ थापाले प्रतिप्रश्न गर्दै भने,‘समस्या निम्त्याउने संयन्त्रको के काम ?’ उनले यसको कुनै काम नै नरहेको जिरह गर्दै दलहरुले संविधानसभालाई अनिर्णयको बन्दी बनाउने उदेश्य vबमोजिम यस्तो समितिको परिकल्पना गरेको
आरोप लगाए ।
उनले दलहरुले संविधानसभालाई बाइपास गरेर यसको क्षेत्राधिकारमाथि कुण्ठित गर्न खोजेको भन्दै आक्रोस पोखे । ‘संविधानको कामलाई प्रभावित पार्ने यस्तो संयन्त्रको काम छैन,’उनले भने त्यसैले यसलाई तत्काल भंग गर्नुपर्छ

No comments:

Post a Comment