Thursday, April 3, 2014

चल्नुअघि नै साहरुखको सिनेमालाई २ सय करोड

srk-and-dipika              २०७० चैत २० गते साहरुख खानले आफूलाई फेरि एकपटक बलिउडको बादशाहको रुपमा चिनाएका छन् । उनले निर्माण गरिरहेको चलचित्र ‘ह्याप्पी न्यू ईयर’ले प्रदर्शन अघि नै २ सय करोड कमाइसकेको छ । चलचित्रलाई यशराज कम्पनीले १२५ करोडमा विश्वव्यापी वितरणको जिम्मा लिइसकेको छ । केही दिन अघि मात्र यशराज कम्पनी र साहरुखको रेेड चिल्ली विच यस्तो संझौता भएको हो । यसैगरी सिनेमाको टेलिभिजन प्रदर्शन अधिकार ‘जी मिडिया ग्रुप’ले ६५ करोडमा किनिसकेको छ । यसअघि साहरुखकै ‘चेन्नई एक्सप्रेस’लाई पनि यही कम्पनीले किनेको थियो । टी-सीरिजले यो चलचित्रको म्यूजिक अधिकार १२ करोडमा किनेको बताइएको छ । फराहा खान निर्देशित यो सिनेमाले प्रदर्शन अगावै २ सय करोडको कमाई गरेर साहरुखलाई सुरक्षित पारिसकेको छ ।
          तिहारमा प्रदर्शनमा आउन लागेको चलचित्रको सामान्य ट्रेलर पनि सार्वजनिक भएको छैन । तर दीपिका पादुकोण, अभिषेक बच्चन, सोनु सुद, बोमन हिरानी लगायतका कलाकारले समेत अभिनय गरेको यो सिनेमाको मिडिया बज अत्याधिक देखिएको छ ।

No comments:

Post a Comment