Sunday, July 13, 2014

रिसाएकी शिल्पाको प्रश्न, आखिर कहिलेसम्म बनूँ वेश्या ?

                  (एजेन्सी)– फिल्म ‘चक दे इन्डिया’ की बिन्दिया, सानो रोलबाट सबैको मनमा बास बस्न सफल भएकी बिन्दिया अर्थात शिल्पा अहिले रिसाएकी छिन् । उनी आफूलाई फिल्मका लागि अफर गरिएको रोलका कारण रिसाएकी छिन् । फिल्म ‘बिए पास’ मा उनी निकै बोल्ड अवतारमा मानिसहरुमाझ आएकी थिइन् । उक्त फिल्ममा उनले पुरुष वेश्यावृत्तिको व्यवसाय चलाउने एक महिलाको भूमिका निभाएकी थिइन् । उक्त फिल्ममा उनको बोल्ड अवतार देखेर जो–कोही पानी–पानी भए । यसपछि उनी समक्ष बोल्ड र वयस्क रोलका लागि लाइन नै लाग्यो जसका कारण शिल्पा निकै तनावमा छिन् । निकै रिसाएर उनले भनिन्, ‘आखिर म प्रत्येक फिल्ममा वेश्या कसरी बनौँ ?’ शिल्पाद्वारा अभिनित ‘बीए पास’ सन् २०१३ को अगस्टमा प्रदर्शित भएको थियो जसलाई अजय बहलले निर्देशन
गरेका थिए ।

No comments:

Post a Comment