११ असोज, दाङ । एकीकृत नेकपा माओवादी स्थायी समिति सदस्य लोकेन्द्र बिष्टले कांग्रेस र एमालेले आफूहरुको सहमति विना संविधान जारी गर्न खोजे त्यसको कडा प्रतिकार गर्ने चेतावनी दिएका छन् । रिपोर्टर्स क्लब नेपाल दाङले शनिवार बिहान तुलसीपुरमा गरेको साक्षात्कारमा उनले एमाओवादीलगायतका दलहरुको सहमति बिना काँग्रेस एमालेले आफ्नो दस्तावेजलाई नै संविधान बनाउन खाजे त्यसलाई जलाउने चेतावनी दिएका हुन् । साक्षात्कारमा नेता विष्टले संविधानलाई कुनै दल विशेषको नभई सम्पूर्ण राजनीतिक दल र जनताले अफनत्तो महसुस गर्ने खालको हुनु पर्नेमा जोड दिए । उनले कांग्रेस-एमाले लगायतका दलहरु अन्य दललाई बाइबास गरेर जंगवहादुरको शैलीमा अघि बढे फेरि विद्रोह हुन सक्ने वताए । उनले भने-‘संघीयता पक्षधर दलहरुलाई बाइपास गरेर संविधान जारी गर्ने बाटोमा जानु हुँदैन । यदि कांग्रेस एमालेले एकलौटीरुपमा संविधान जारी गर्न खाजे मुलुक मुठभेडमा जान्छ । त्यसतर्फ सचेत हुनु जरुरी छ ।’
बिष्टले दलहरुवीच राज्य पुर्नसंरचना, संघीयता, शासकीय स्वरुप, न्याय प्रणाली र निर्वाचन प्रणालीका विषयमा सवै दलवीच कुरा मिले माघ ८ मै संविधान जारी हुने दावी गरे । बैद्य माओवादीसँग पार्टी एकताबारे छलफल जारी
उनले मोहन बैद्य नेतृत्वको नेकपा-माओवादीसँग पार्टी एकताका विषयमा छलफल भइरहेको वताए । उनले पार्टी एकताका बारेमा अध्यक्ष वैद्यसँग निरन्तर छलफल भइरहेको जानकारी दिए । विष्टले वैद्य माओवादीले पार्टी एकताका लागि पठाएको लिखित ६ बुँदे प्रस्ताव मध्ये जनयुद्धको कार्यदिशालाई भने आफ्नो दलले स्वीकार गर्न नसकेकाले पार्टी एकतामा ढिलाई भएको बताए ।
No comments:
Post a Comment