Saturday, April 2, 2016

ओलीको नेतृत्वमा न्युक्लिअस गठन, सशस्त्र सङ्घर्षको स्वरूपबारे बहस गर्ने


           
             दाङ, । पूर्व एमाओवादी पोलिट्ब्युरो सदस्य हेमन्तप्रकाश ओलीको संयोजकत्वमा कम्युनिस्ट न्युक्लिअस, नेपालको गठन गरिएको छ । दस बर्से महान् जनयुद्धमा सहभागी माओवादी नेता–कार्यकर्ताहरुको दाङमा सम्पन्न भेलाले कम्युनिस्ट न्युक्लिअस, नेपाल गठन गर्ने निर्णय गरेको हो ।
शनिबार दाङमा एक पत्रकार सम्मेलनको आयोजना गरी सो घोषणा गरिएको हो । सम्मेलनमा बोल्दै संयोजक ओलीले न्युक्लिअसले मार्क्सवाद-लेनिनवाद–माओवादलाई निर्देशक सिद्धान्त, नयाँ जनवादी क्रान्ति नेपाली क्रान्तिको न्युनतम कार्यक्रम र सशस्त्र सङ्घर्षमार्फत मात्र जनताको सत्ता प्राप्त गर्ने सकिने कुरालाई आधारभुत नीति बनाएको जानकारी गराए ।
अन्य सदस्यहरूमा डा. ऋषिराज बराल, बिकास शर्मा, रमेश पुन, बिमर्श शर्मा, शेरकुमार खड्का, मनप्रसाद श्रेष्ठ , तिर्थ ओली र धनवहादुर ओली रहेका छन् । २ सदस्य पछि थन गर्ने पार्टी कार्यसमितिले घोषणा गरेको सो अबसरमा संयोजक ओलीले बताए । “न्यक्लिअसले सच्चा मालेमावादी क्रान्तिकारीहरूबीच एताकको वातावरण बनाउन पहल गर्ने र राष्ट्रिय स्वाधीनता तथा जनतन्त्रका लागि संयुक्त मोर्चा तथा कार्यगत एकतामार्फत सहकार्य गर्दै अघि बढ्ने छौँ” संयोकज ओलीले भने ।
थरीथरीका माओवादी सङ्गठनहरूमा नयाँ समुह थप्ने र नेता हुने उद्देश्य नभई नेपाली नयाँ जनवादी क्रान्तिप्रति प्रतिबद्ध पक्षहरुसँग एकता गर्ने न्युक्लिअसका सदस्य डा.ऋषिराज बरालले बताए ।
नेकपा–माओवादीका पूर्व केन्द्रीय सदस्य समेत रहेका बरालले आफू सम्बद्ध पार्टीमा आएको वैचारिक विचलनका कारण अन्योलमा रहेका कार्यकर्ता र पुर्वजनमुक्ति सेनालाई सहभागी गराई माओवादी क्रान्तिकारीहरूको नयाँ केन्द्र निर्माण गर्न न्युक्लिअस गठन गरिएको बताए ।
“क्रान्तिकारी माओवादीहरूबीच सशस्त्र सङ्घर्ष नै नेपाली क्रान्तिको मूल बाटो हो भन्ने कुरामा विवाद नरहे पनि ठोस रूपमा नेपाली नयाँ जनवादी क्रान्तिको कार्यदिशा तय गर्ने, खासगरेर सशस्त्र सङ्घर्षको स्वरूप कस्तो हुने भन्ने विषयमा नै अहिलेको मूल बहस केन्द्रित रहेको छ र यसमा बृहत् छलफल गरी समान धारणा बनाउँदै अघि बढ्ने कार्यमा न्युक्लिअसले आफ्नो भूमिका केन्द्रित गर्नेछ” बरालले अनलाइन डबली डटकमसँग भने ।
उनका अनुसार किरण नेतृत्वका नेकपा (क्रान्तिकारी माओवादी) र विप्लव नेतृत्वको नेकपा माओवादीलाई सो न्युक्लिअसले नजिकको शक्ति मान्ने छ । - See more at: http://suchanakendra.com/archives/24141.html#sthash.blWVki9t.dpuf

No comments:

Post a Comment