Wednesday, February 7, 2018

नेपालमै यस्तो हुन्छ ! वडा सदस्यमा हारेका व्यक्ति राष्ट्रिय सभा सदस्यमा बिजयी

सुर्खेत, – राष्ट्रिय सभा सदस्य निर्वाचनमा कालिकोटका नरपति लुहार विजयी भएका छन् । उनी गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा रास्कोट नगरपालिका ८ को वडा सदस्यमा पराजित भएका थिए ।
माओवादी केन्द्रका उम्मेदवारसँग ४ मत अन्तरले पराजित लुहारले राष्ट्रिय सभा निर्वाचनमा ३ हजार ६ सय ६६ मतभार प्राप्तगरे । ०४७ सालमा एमालेमा आबद्ध उनी हाल जिल्ला कमिटीको सचिवालय सदस्य हुन् । ०४४ सालमा उपप्रधानपञ्च, ०५४ सालमा एमालेबाट तत्कालीन फुकोट गाविसको वडाध्यक्ष निर्वाचितभएका
थिए ।
सशस्त्र द्वन्द्वकालमा ८ वर्ष भारत निर्वासित भएका उनी शान्ति स्थापनापछि भारतबाट फर्केर एमालेको राजनीतिसँगै जातीय विभेदविरुद्ध सामाजिक गतिविधिमा संलग्न रहे ।
राष्ट्रिय सभामा विजयी भएपछि लुहारले जातीय विभेदको चपेटमा परेको दलित समुदायको पक्षमा निरन्तर आवाज उठाउने प्रतिक्रिया दिए । ‘म दलित हुँ । मेरो समुदायले भोगेको पीडा मजति अरूलाई थाहा छैन’, उनले भने, ‘राष्ट्रिय सभामा पुगेको छु । सिंगो दलित, उत्पीडित समुदायको हकहितमै आफ्नो समय खर्चिन्छु ।’ कान्तिपुरले खबर छापेको छ

No comments:

Post a Comment