Monday, July 29, 2013

संवेदनशील अङ्ग छोएको आरोपमा कुटेर हत्या !

              १४ साउन, कैलाली । घरमा सुतेकी विवाहित एक महिलाको संवेदनशील अङ्ग छोएको आरोपमा कुटपिट हुँदा एक युवकको मृत्यु भएको छ ।
             मृत्यु हुनेमा रतनपुर-५ बस्ने २८ वर्षीय श्यामनाथ चौधरी रहेका छन् । उनको कुटपिटबाट सोमबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका नायब उपरीक्षक ऋषिराम
कँडेलले बताउनुभयो ।
धनगढी नगरपालिका-८ धनगढी गाउँ निवासी ३० वर्षीया महिला बिल्ली राना सुतिरहेको अवस्थमा चौधरीले                सम्वेदनशील अङ्ग समाउँदा बिल्ली कराएपछि उनका आफन्तले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए ।
                  कुटपिटबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिटमा संलग्न बिल्ली राना उनका पति श्याम राना, छोरा बीरबल राना, देवर बिलासी राना र छिमेकी करन रानालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको बताइएको छ । रासस

No comments:

Post a Comment