Monday, July 29, 2013

मिलनचोकमा चार हजार लिटर जाँड नष्ट

सन्तोष गौतम, 
           पर्वत २०७० साउन १४ । अस्थाई प्रहरी चौकी पर्वत मिलनचोकले सोमबार मदिरा बनाउन प्रयोग हुने जाँड जफत गरि नष्ट गरेको छ । छापा मार्ने क्रममा जफत गरिएको २७ ड्रम चार हजार लिटर जाँड नष्ट गरिएको चौकीले जनाएको छ ।
                मिलनचोक, लुङ्दी र दोभील्नाका भट्टीहरुमा छापा मारि जाँड बरामद गरिएको चौकीका प्रमुख प्रहरी सहायक निरिक्षक जंगबहादुर श्रेष्ठले जानकारी दिनुभयो । मदिरा सेवनका कारण समाजमा झैझगडा, घरेलु हिंसा, कुटपिट लगायतका घटना बढ्न थालेपछि अबैध मदिरा उत्पादन,
बिक्री वितरणलाई नियन्त्रण र मदिरा सेवन गरि समाजमा अशान्ति फैलाउनेहरु माथि निगरानी बढाइएको उहाँले जानकारी दिए ।

No comments:

Post a Comment