Thursday, August 1, 2013

‘बीग बोश’मा १३० करोड लिदै सलमान, कर विभागको उड्यो होश

                        बलिउड नायक सलमान खान यतिबेला पैसा बर्साइरहेका छन् । उनी जे छुन्छन् त्यो पैसा नै बन्ने गरेको छ । गतबर्ष मात्र ‘बीग बोश सिजन ६’ मा एक भागको साढे २ करोड लिएका सलमानले यसपटक आफ्नो पारिश्रमिक बढाएका छन् । उनले ‘बीग बोश सिजन ७’ मा एक भागको ५ करोड लिएको खबरले यतिबेला बलिउड मात्र होइन विश्व बजार तताएको छ ।
                          सलमानले २६ भाग संचालन गरेको १३० करोड लिएको बताइएको छ । यसपटक
सलमान ‘बीग बोश’मा दोहोरो भूमिकामा देखिदैछन् । यसैले पनि उनले पारिश्रमिक डबल बनाएको वुझिएको छ । यसैबिच सलमानले ‘बीग बोश’का लागि १३० करोड लिएको चर्चा बजारमा आएसँगै भारतिय इनकम ट्याक्स डिपार्टमेन्टको होश उडेको छ । इनकम ट्याक्सको आखा पर्नुको मुख्य कारण सलमानले यो सबै रकम उनको एनजीओ ‘बीइङ ह्यूमन’को नाममा राखेर करबाट बच्न पनि सक्नेछन् । सलमान बलिउडमा छोटो पर्दामा सबैभन्दा धेरै पारिश्रमिक लिने पहिलो कलाकार हुन् ।

No comments:

Post a Comment