Thursday, August 1, 2013

कमल यता, कमरेड उता

kamal-Thapa1
                        तर, कुनै दिन कमल थापाहरूलाई लत्याएर आफ्नो दरिलो शाखा बनाएको एमाले चारै क्षेत्रमा चुनाव जितिन्छ भन्ने २०६४ सालमा झैं निष्कर्ष निकालेर हाइ काढेर बसेको छ। त्यति मात्र होइन, चुनावका लागि दौड्नुपर्ने नेता कार्यकर्ताहरू रामदेव बाबाकोमा योगा सिक्न हरिद्वार गएको समाचार सुन्दा पत्याउन गाह्रै पर्छ। एमालेको जिल्ला नेतृत्व तहका नेताहरू रामदेवको योग सिक्न भन्दै सात दिनको हरिद्वार भ्रमणमा निस्केका हुन्। त्यसमा  केन्द्रीय सदस्य ललित बस्नेतले नेतृत्व गरेका छन्। भ्रमणमा राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य तथा दुई पटकसम्म संासद भएका जिल्ला सचिवालय सदस्य तथा नारायणी अञ्चल समन्वय कमिटीका प्रचार विभाग प्रमुख कृष्ण दाहाल, उनकी पत्नी तथा अनेमसंघकी केन्द्रीय सदस्य तथा एमाले मकवानपुरकी सदस्य पद्मा पौडेल, मकवानपुरका सचिवालय सदस्य रघुनाथ खुलाल र जुनेली श्रेष्ठ, नारायणी अञ्चल सचिव अनन्त पौडेलकी पत्नी तथा मकवानपुरकी सदस्य दुर्गा पौडेल, जिल्ला सदस्य गणेशकुमारी प्रधान, मकवानपुर–३ नम्बर क्षेत्रीय उपाध्यक्ष रघु आचार्य, सदस्य बसुन्धरा ढुंगानालगायतका २ दर्जन नेता तथा कार्यकर्ता छन्।
                              केही दिनअघि बसेको बैठकले थप केही जिल्ला सदस्यलाई मनोनीत गरी ९७ सदस्यीय जिल्ला कमिटी बनेको र निर्वाचन तथा पार्टीका कामहरूको मूल्यांकन समीक्षा भइसकेको अवस्थ्ाामा उनीहरू आनन्दले भारत घुम्न गएको बुझिएको छ। एमालेका नेतृत्वदायी र प्रभावशाली नेताहरू भारत भ्रमणमा रहँदा जनआन्दोलनका दमनकर्ता कमल थापाहरू भने दैनिक दर्जनौंलाई राप्रपाको गाई चुनावचिह्नमा गोलबद्ध गर्दै छन्। स्थानीयको घरघरमै पुगेर यस्तो अभियान चलाइरहेका थापा सबैको मन जित्नका लागि अत्यन्तै क्रान्तिकारी भएर प्रस्तुत भइरहेका छन्। एमाले एक जिल्ला सदस्यका अनुसार नेताहरू चुनावमा अवसरका लागि पलेंटी कसेर पार्टी कार्यालयमा धर्ना बस्छन्, कामको बेला रामदेवको दर्शन गर्न जान्छन्। ‘अहिले गाउँ–गाउँमा पानी पर्दा पनि घुम ओढेर आफ्ना चुनावी अभियानमा लाग्दै जनतालाई सम्झाई बुझाई हिँड्ने बेला हरिद्वार गएपछि कसरी लालकिल्ला बन्छ कामरेड?’– ती जिल्ला सदस्यले व्यंग्यात्मक शैलीमा भने।

No comments:

Post a Comment