Saturday, August 3, 2013

खुमबहादुरले जेलबाट निस्केपछि ४० हजार टिसर्ट बाँड्ने

khum-bdr-khadka
       २० साउन, काठमाण्डौं । भ्रष्टाचार कसुरमा सदरखोर डिल्लीबजारमा जेलजीवन विताइरहेका कांग्रेस नेता खुमबहादुर खड्का छुट्न अझै दुई महिनाभन्दा बढी समय बाँकी छ । तर, जेलबाट छुट्दा उनको स्वागतका लागि अहिलेदेखि नै सहयोगीले तयारी थालेका छन् ।
                        खड्काको स्वागत गर्न आउने कार्यकर्तालाई बाँड्न उनका सहयोगीले ४० हजारवटासम्म टिर्सट बनाउँदै छन् । कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले खड्काको स्वागतमा आउने सबै कार्यकर्तालाई टिसर्ट वितरण गर्न तयारी भएको बताए ।
                             भ्रष्टाचार कसुरमा डेढ वर्षको कैद सजाय पाएका खड्का आगमी २६ असोजमा छुट्दैछन् । खड्काले नै आफ्नो स्वागतमा आउने कार्यकर्तालाई टिसर्ट बाँड्ने तयारी गर्न निर्देशन दिएका थिए । उनका सहयोगीको मद्दतमाम आफ्नो पक्षमा जनमत देखाउमा रिहाइको दिन ५० हजारभन्दा बढी कार्यकर्ता उत्तार्ने
खड्काका सहयोगीहरुको दाबी रहेको  खबर छ ।
व्यापारीको पैसामा टिसर्ट
खड्काको स्वागतमा वितरण गरिने टिसर्ट बनाउन व्यापारीहरुले पैसा दिएका छन् । उनकै गृहजिल्लाका व्यापारीले १५ हजार टिसर्ट बनाउन पैसा दिएको एक विद्याथी नेताले जानकारी दिए । खड्का निकटका नेताहरुले पनि टिसर्ट बनाउन थप पैसा जुटाएका छन् ।

No comments:

Post a Comment