Wednesday, January 22, 2014

संविधानसभाको विरोध गर्दै नयाँ बानेश्वरमा ३३ दलको नाराबाजी


                      ८ माघ, काठमाडौं । संविधानसभाको पहिलो बैठक बस्नुभन्दा केहीबेर अगाडि नयाँ बानेश्वरमानेतृत्वको"३३दलीय मोर्चाले नाराबाजीसहित विरोध प्रदर्शन सुरु गरेको छ। नेकपा- माओवादी नेतृत्वको ३३ दलीय मोर्चाका कार्यकर्ताले निशेधित क्षेत्रभन्दा केही पर नयाँ बानेश्वरको कृष्ण सदन अगाडि ‘राष्ट्रघाती संविधानसभा खारेज गर’ भन्दै नाराबाजी गरेका छन् । मोहन वैद्य नेतृत्व नेकपा माओवादीको नेतृत्वमा रहेको मोर्चाले संविधानसभा भवन अगाडि विरोध प्रदर्शन गर्नुका साथै सभासदलाई कालो भण्डा देखाउने कार्यक्रम तय गरेका थिए । तर, जिल्ला प्रशासनले संविधानसभा वरपर निषेधित क्षेत्र घोषणा गरेपछि प्रदर्शनकारीहरुले टाढैबाट नाराबाजी गरेका हुन् ।

No comments:

Post a Comment