Friday, March 28, 2014

अघिल्लो संविधानसभाको कामको स्वामित्व ग्रहण

             १४ चैत, काठमाडौं । संविधानसभाले अघिल्लो संविधानसभाले गरेको कामको स्वामित्व ग्रहण गरेको छ । संविधानसभाको शुक्रबार बसेको पहिलो बैठकले स्वामित्व ग्रहणको प्रस्ताव पास गरेको हो । बैठकमा संविधानसभा सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले अघिल्लो संविधानसभाका ११ समितिले गरेका निर्णय र कारबाहीका अभिलेखहरु पेश गरेका थिए । लगतै सभाध्यक्ष सुवास नेम्वाङले अभिलेखहरु अभिलेख अध्ययन तथा निक्र्योल समितिमा पठाउने प्रस्ताव निर्णयार्थ पेश गरेका थिए । ध्वनी मतका आधारमा प्रस्ताव पास भएको छ । यसअघि स्वामित्व ग्रहणको प्रस्तावको विपक्षमा रहँदै आएका राप्रपा नेपालले समेत प्रस्तावको विरोध गरेन । बैठकमा राप्रपा नेपालका अध्यक्ष कमल थापा भने अनुपस्थित थिए । उनी हैटौडामा छन् । बैठकमा सहभागी राप्रपा नेपालका संसदीय दलका सचिव सुशील श्रेष्ठले स्वामित्व ग्रहण नभएको भन्दै ’पुराना अभिलेखहरु महासचिवले सभाध्यक्षलाई
बुझाएको मात्र हो । अब अभिलेख समितिमा हाम्रो असहमति राख्छौं ।’ स्वामित्व ग्रहणपछि अभिलेख अध्ययन तथा निक्र्योल समितिले अध्ययन गरेर सहमति भएका विषय मस्यौदा लेखन समितिमा पठाउनेछ । सहमति नभएका विषयहरु भने शीर्ष नेताहरु रहने संवैधानिक सम्वाद तथा सहमति समितिमा पठाएनेछ । समितिहरु शुक्रबार बस्ने दोस्रो बैठकबाट गठन हुनेछ । बैठक ३ बजे बोलाइएको छ । बैठकले पाँच वटा समिति गठन गर्नेछ । पहिलो बैठकमै समिति गठनको घोषणा हुने भनिएपनि दलहरुले नाम नबुझाका कारण समिति गठन हुन ढिलाइ भएको हो ।

No comments:

Post a Comment