१३ पर्वत धर्मकै माध्यामबाट राष्ट्रियता, राष्ट्रिय एकता, अखण्डता, सहिष्णुता सद्भाव संरक्षणको सम्बद्र्धन गर्दै आन्तरीक तथा बाह्य पर्यटकको प्रवद्र्धन गर्नुका साथै नेपाल र नेपालीको छुट्टै पहिचान कायम गर्दै नेपालको छविलाई अन्तराष्ट्रिय क्षेत्रमा उच्च राख्ने उद्येश्यबाट चैत्र १ गते हरिद्धार चतनाधामबाट शुरु भएको अमृतमय कुम्भ घडा पर्वत सदरमुकाममा बुधबार साझँ आइ पुगेको छ ।
नेपालका पवित्र नदिहरुको जल सहित अमृतमय कुम्भ घडा पर्वत सदरमुकाम कुश्मामा आईपुग्दा सयौ सर्वसाधारणहरुको भिडलागेको थियो । पर्वतका प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी बल पर्वतका प्रमुख, नेपाल प्रहरी पर्वतका प्रमुख, स्थानिय विकास अधिकारी लगायतले शिवालय चोकमा अमृतमय घडाको पुजा गरेपछि सदरमुकाममा घडा यात्रा गराइएको थियो ।छ वटा घडामा आएको कुम्भमेला प्रचार प्रसार समितिलाई पर्वतमा स्वागत गर्दै भजन कृतन सहित सयौं सर्बसाधारणले बजार परिक्रमा गरेका
थिए । घडा बुधबार पर्वतको सदरमुकाम स्थित जिल्ला प्रहरी कार्यालयमा राखिएको थियो ।
No comments:
Post a Comment