raja             काठमाडौं। कुनै पनि चुनाबमा उमेदबार नभएका र उमेदबार पनि नहुने पूर्वराजा ज्ञानेन्द्रले बाढी पीडितलाई राहत बितरण गरेको बिषयलाई लिएर बिभिन्न क्षेत्र र पक्षमा चर्चा हुन थालेको छ। 
                     कतिपयले यो निर्वाचन आचारसंहित बिपरितको कुरा भनेका छन् भने कतिपयले पूर्ब राजाले सक्रियता बढाउने प्रयास गरेको बताएका छन्। 
                    ज्ञानेन्द्रको सक्रियताबारे शीतलनिवासमा राष्ट्रपति डा. रामवरण यादव र एमालेका नेता माधव नेपालवीच छलफल नै भएको बताइएको छ। पछिल्लो समयमा पूर्वराजाको चलखेल बढेको भन्दै नेपाल र यादव दुबैले चिन्ता
व्यक्त गरेको समाचार बाहिर आएको छ। 
                नेपालले भारत भ्रमणमा जानु अघिको राष्ट्रपतिसँगको भेटका बेला विविध राजनीतिक विषयमा छलफल गर्नुका साथै ज्ञानेन्द्रको चलखेलबारे समेत नेपाल र यादववीच कुराकानी भएको बताइएको थियो। चार दलका कारण नेपालको गणतन्त्र र राष्ट्रपति समेत असफल बन्दै गएकाले कुनै पनि बेला ०४७ को संविधानसहित राजतन्त्र फर्कन सक्ने भन्दै नेकां, एमाले र एमाओवादीका नेताहरुले नै टिकाटिप्पणी गर्न थालेकाछन्। हाल राजनीति गर्न असफल भैसकेका दलहरु नयाँ निर्वाचन पनि असफल गराउने प्रयासमा लागेको देखिएको छ।