Monday, July 29, 2013

जेलमा जन्मदिन मनाउँदै संजय, मान्यताको सरप्राइज गिफ्ट

                  बलिउड नायक संजय दत्त यतिबेला जेलमा सजाँय काटिरहेका छन् । 
                 पुणेको यरवदा जेलमा सजाँय काटिरहेका संजयको सोमबार जन्मदिन परेको छ । उनी सोमबारबाट ५४ बर्षको उमेरमा प्रवेश गरेका छन् । 
                      सन् १९९० मा मुम्बइमा भएको बम ब्लाष्टमा सहयोग गरेको आरोपमा संजयलाई ५ बर्षको जेल सजाँय सुनाइएको थियो । 
                    यसैबिच संजय पत्नी मान्यता सोमबार यरबदा जेल पुगेकी छिन् । 
                    उनले संजयलाई कविता र चिठ्ठी उपहार दिएकी छिन् ।संजयबाट टाढा हुनुपरेपछि भोगेका पिडाहरु समेटेर मान्यताले चिठ्ठी र कविता लेखेकी हुन् । उनले संजयलाई २० मिनेट भेटेको बताइएको छ ।

No comments:

Post a Comment