Monday, September 2, 2013

कांग्रेसको कमजोर क्षेत्रबाट रोज राणालाई उठाउने तयारी

                        संविधान सभाको निर्वाचन नजिकिदै जाँदा नेपाली कलाकारहरु पनि सांसद बन्ने तयारीमा लागेका छन् । यसका लागि कलाकारहरु दैनिक जसो आफू निकट पार्टीसँग लबिङ गर्नमा नै व्यस्त छन् ।कलाकारहरु राजेश हमाल, भूवन केसी, रेखा थापा, कोमल वली लगायतको नाम यतिबेला सर्वाधिक चर्चामा छ । यही भिडमा नेपाली सिनेमाका चतुर निर्माता रोज राणा पनि लागिपरेका छन् । नेपाली कांग्रेसको तर्फबाट प्रत्यक्षमा उम्मेदवार बन्नका लागि रोजको दौडधुप धेरै नै बढेको छ । यही क्रममा निर्माता रोज राणालाई उनकै गृहजिल्ला प्यूठानको २ नम्बर क्षेत्रबाट उम्मेदवार बनाउन सिफारिश गरिएको छ । पार्टीको क्षेत्रिय समितीबाट रोज राणालाई टिकट दिन केन्दि्रय समितीमा सिफारिश गरिएको छ । निर्माता रोज राणाले आफूलाई क्षेत्रिय समितीले सिफारिश गरेको र पार्टीको केन्दि्रय तहले पारित गरेको खण्डमा चुनाव लड्न तयार भएको जानकारी अनलाइनखबरलाई गराएका छन् । प्यूठानमा नेपाली कांग्रेसको कमजोर अवस्था रहेको र आफूले टिकट पाएको खण्डमा चुनाव जित्ने तर्क रोजको छ । केही समय अघि रोज प्यूठान पुग्दा स्थानिय जनताहरुको उल्लेख्य मात्रामा सहभागिता देखिएको थियो ।

No comments:

Post a Comment