१७
भदौ, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्डसँग चुनाव लड्ने बताउँदै
आउनुभएका नेपाली कांग्रेसका युवा नेता गगन थापा अन्ततः एमाओवादीका
पूर्वसैन्य कमाण्डर नन्दकिशोर पुन (पासाङ) सँग चुनाव लड्ने लगभग निश्चित
भएको छ । एमाओवादीले पासाङका लागि नाम सिफारिस गरेको काठमाडौं ४ नम्बर
क्षेत्रमै कांग्रेस नेता थापाको पनि नाम सिफारिस भएको छ । कांग्रेस
नेता थापालाई आगामी संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट
उम्मेदवार बनाउन पार्टीले सिफारिस गरेको हो । क्षेत्रीय समितिले थापासहित ३
जनाको नाम प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिस गरेको हो । थापासँगै
महासमिति सदस्य चिरञ्जीवीनिधि तिवारी र क्षेत्रीय सभापति
न्हुच्छेनारायण
श्रेष्ठको नाम पनि सिफारिस भएको छ । स्रोतका अनुसार थापा उम्मेदवार बन्ने
प्रवल सम्भावना छ । अघिल्लो निर्वाचनमा विजयी पूर्वसभासद
सुप्रभा घिमिरेको नाम भने यसपटक समानुपातिकमा राखिएको छ । घिमिरेले भने
समानुपातिकमा सभासद हुने पक्का नभए प्रत्यक्षमै उम्मेदवार बन्ने इच्छा
देखाउनुभएको छ । यस्तै नेपाल सांस्कृतिक संघका कार्यवाहक अध्यक्ष राजु
श्रेष्ठ, कर्माछेरिङ शेर्पा, आत्माराम पौडेल र अनार बस्नेतलाई पनि
कांग्रेसले समानुपातिकमा सिफारिस गरेको छ ।
काठमाडौं क्षेत्र नं ४ मा एमाओवादीले
पासाङको नाम सिफारिस गरेको छ । यद्यपि पासाङको नाम रोल्पा र दाङबाट पनि
सिफारिस भएको एमाओवादी स्रोतले बताएको छ । गगन थापाका लागि छानिएको
क्षेत्रमा एमालेबाट विद्या भण्डारीको नाम चर्चामा आएको छ । तर, स्थानीय
नेता एवं काठमाडौंका एमाले अध्यक्ष निर्मल कुइँकेलको नाम पनि क्षेत्र नं ४
बाटै सिफारिसमा परेको एमाले स्रोत बताउँछ । काठमाडौं क्षेत्र नम्बर १ बाट महामन्त्री
प्रकाशमान सिंहको मात्र नाम सिफारिस भएको छ भने २ र ३ बाट नाम आउन बाँकी छ ।
क्षेत्र नम्बर ५ बाट नरहरी आचार्य, क्षेत्रीय सभापति रेमश खड्का र
समुन्द्र खड्काको नाम सिफारिस भएको छ ।
क्षेत्र नम्बर ६ बाट जिल्ला सभापति
भिमसेनदास प्रधान, सपोज वानी र जीवन डंगोल को नाम सिफारिस भएको छ भने ७ को
क्षेत्रीय बैठक हुन बाँकी छ । क्षेत्र नम्बर ८ बाट उम्मेदवारका लागि
क्षेत्रीय सभापति मोहन बस्नेत, पूर्व सभासद नविन्द्रराज जोशी र पूर्व सभासद
कृष्ण अमात्यको नाम सिफारिस भएको छ ।
क्षेत्र नम्बर ९ बाट तिर्थराम डंगोल र
ध्यानगोविन्द रन्जितको नाम सिफरिस भएको छ भने क्षेत्र नम्बर १० बाट
राजकुमार नकर्मी र राजन केसी र घनश्याम खड्काको ना सिफारिस भएको छ ।
क्षेत्रीय समितिबाट आएको नामलाई अन्तिम रुप दिएर केन्द्रमा पठाउन कांग्रेस
काठमाडौं जिल्ला कार्यसमितिको बैठक १९ गते बोलाइएको छ ।
No comments:
Post a Comment